Nawaraj Mainali |
नवराज मैनाली
काठमाडौं । देशको आर्थिक क्षेत्रमा अपराध बढेपछि प्रहरीका आखा पछिल्लो समयमा बैंकर तथा व्यापारीमाथि पर्न थालेको छ । गत सालबाट युनीटि लाइफ इन्स्योरेन्सका कर्मचारीलाई मोष्ट वान्टेमा राखेयता प्रहरीले दर्जनौं बैंकर तथा व्यापारीलाई पक्राउ पुर्जी जारी गरिसकेको छ । यही क्रममा गत बिहिबार गोर्खा डेभलपमेन्ट बैंकका निलम्बित कार्यकारी अध्यक्षबर बहादुर तामाङ ( डीबी बम्जम) पक्राउ परेका छन् । उनले पदको दुरुपयोग गरेर बैंकलाई हानि नोक्सानी हुने २९ वटा कसुर गरेको अभियोग छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बमजमलाई नयाबानेश्वर मिलनचोकस्थित उनकै घरबाट पक्राउ गरेको हो । बैंकको अध्यक्ष रहदा मापदण्डविपरीत करोडौं कर्जा प्रवाह गरेर अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गर्न नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयमार्फत प्रहरीलाई आग्रह गरेको थियो ।
गोरखा विकास बैंकलाई संकटग्रस्त घोषणा गरेर राष्ट्र बैंकले अनुसन्धान गरेको थियो । बमजनले अब्दुल कबाडी ट्रेडिङ प्रालिलाई अनियमित रुपमा १२ करोड ४१ लाख कर्जा प्रवाह दिएका थिए । त्यस्तै उनले मदन एण्ड गुरुङ हाउजिङको धितो एक करोड मूल्याङकन भए पनि चार सय २९ प्रतिशत बढाएर पा“च करोड १३ लाख कर्जा दिलाएका थिए ।
वमजन अध्यक्ष रहेको सन्चालक समितिले कृषि प्रेमुरा पोपर्टिजलाई बिना धितो सात करोड कर्जा दिएको राष्ट्र बैंकको ठहर छ । त्यस्तै विभिन्न व्यक्ति तथा कम्पनीलाई कर्जा नीति विपरीत बैंकबाट ऋण दिएर व्यक्तिगत फाइदा उठाएको तथा नक्कली कम्पनीको नाममा समेत कर्जा दिएको अभियोग बमजममाथि छ ।
तत्कालिन कार्यकारी अध्यक्ष बमजमको निर्देशनमा प्रवाह भएका सबै कर्जा निकै जोखिमपूर्ण देखिएको नेपाल राष्ट्र बैंकको अनुसन्धानमा खुलेको छ । बैंकका निक्षेपकर्ता एर्व संस्थाको हीत विपरीत कार्य गरेको अभियोगमा बमजमविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ७, ८, र ९ अनुसार उनलाई कारबाही प्रक्रिाय अघि बढाइएको प्रहरीले जनाएको छ ।
बमजम बिकास बैंकहरुको साझा संस्था नेपाल विकास बैंक संघका निर्वतमान अध्यक्ष समेत हुन् । राष्ट्रबैंककै आग्रहअनुसार प्रहरीले बमजमलाई पक्राउ गरेको सीआईबीका डीएसपी भुपेन्द्र खत्रीले बताए । बम्जमलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । शुक्रबार राष्ट्र बैंकबाट फाइल झिकाएर उनीविरुद्ध कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।
नियम विपरित कर्जा प्रबाह गरेको आरोपमा बैंकका १५ जना संचालक र व्यवस्थापकलाई पनि पक्राउ गर्न राष्ट्र बैंकले प्रहरीलाई अनुरोध गरेको छ । सन्चालकहरु धनबहादुर राई, रमेश तामाङ, राजेन्द्रमान श्रेष्ठ, मिना श्रेष्ठ, संजीव अग्रवाल, प्रवीण नौलखा, पुनम खेतान, रुची जसडीया, राकेश अडुकिया, संजीव मिश्र, निर्मल गुरुङ, दीपक रानामगर र माधव रिजालमाथि पनि बैंकिङ नियम विपरित कर्जा प्रबाहमा गरेका आरोप छ । तीन महिनाअघि कर्जा प्रबाहमा विवाद भएपछि वमजनले राजिनामा दिएलगत्तै सन्चालक समितिले निर्मल गुरुङलाई अध्यक्ष बनाएको थियो । तर सहयोगीका साथ बैंकमा आएका वमजनले पुरानो निर्णय उल्टाएर अध्यक्ष भएका थिए । यसरी दुई महिनामा दुई पटक अध्यक्ष फेरिएपछि राष्ट्र बैंकले अनुसन्धान तीव्र बनाएको थियो ।
त्यसैगरी बैंकका तत्कालिन महाप्रबन्ध राजेन्द्रमान श्रेष्ठ र संचालक रहेकी उनकी श्रीमती मिना श्रेष्ठको पनि अनियमित कर्जा प्रवाहमा मिलेमतो देखिएको छ । स्रोतका प्रहरीले पक्राउ पुर्जी जारी गर्नुअघि नै श्रेष्ठ दम्पती क्यानाडा उडिसकेका छन् ।
कर्जा प्रवाहमा महत्वपूर्ण भूमिका भने बैंकका अर्का संचालक राजेश अडुकियाको देखिएको छ । भारतको राजस्थानबाट नेपाल आएका उनी डलर र सेयर कारोबारमा संलग्न रहेको प्रहरी स्रोत बताउछ । स्रोतका अनुसार अडुकियाको योजनामा अरु सन्चालकले साथ दिएका हुन् । तर राष्ट्र बैंकले अनुसन्धान थालेपछि उनी आफै भने राजस्थान फर्किसकेका छन् ।
कृषि पे्रमुराका समेत संचालक रहेका प्रवीण नौलखाका पनि बम्जनका नजिकका व्यक्ति हुन् । नौलखा पनि भारत भागिसकेका छन् । बैंकको कर्जा विभाग प्रमुख दीपक राना मगर कर्जा नियमिताका अर्का प्रमुख अभियुक्त हुन् । उनी बम्जनका विश्वासपात्रका रुपमा बैंकमा काम गर्दे आएका थिए । बैंककी अर्की संचालक रुची जसडिया बैंकक भागेकी छिन् ।
बैंकका अर्का फरार संचालक संजीव मिश्र चर्चित गायिका नलिना चित्रकारका श्रीमान् हुन् । उनीहरु सबैको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment