Monday, January 10, 2011

पुस २५ गते २०६७

पौडेलको विपक्षमा मतदन गरिए सहकार्य तोडिने कागे्रसको चेतावनी ः नडराऊने एमाले भनाइ

Candidate of Prime minister of Nepal. RC Poudel 
नेकपा एमालले प्रधानमन्त्रीका एक्ला उमेद्धार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्न काँग्रेसले गरेको प्रस्ताव अस्वीकार गरेको छ । एमालेले नेपाली काँग्रेसले पर्सि बुधबार हुने प्रधानमन्त्री चयनको निर्वाचनमा पौडेलेको नेतृत्वमा यहि बाम लोकतान्त्रीक गठबन्धनलाइ निरन्तरता दिन गरेको प्रस्ताव अस्वीकार गरेको हो । 

आज दुइ पटक सम्म भएको दुइदल बिचको बैठकमा काँग्रेसले रामचन्द्र पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेको एमाले नेता भरतमोहन अधिकारीले जानकारी दिनुभयो । तर काँग्रेसले भने एमालले पर्सी बुधवार हुने प्रधानमन्त्री निर्वाचनमा एमालेले रामचन्द्र पौडेलको बिपक्षमा मतदान गरे एमालेसंगको सहकार्य तोडिने चेतावनि दिएको छ । कागे्रसले एमालेले पौडेलको विपक्षमा मतदान गरिए आफ्नो तर्फवाट सरकारमा सहभागि मन्त्रीहरु फीर्ता गराऊने तथा सबै किसीमको सहमती तोडिने चेतावनी दिएको हो । 

आज बिहान सिंहदरबारमा भएको दुइ दल बिचको बैठकमा कांग्रेस सभापति सुशील कोईरालाले पर्सीको प्रधानमन्त्रीय निर्वाचनमा एमालेले पौडेलको बिपक्षमा मतदान गरे पर्सीबाटै सरकार छाड्ने बताउनु भएको कागे्रसस नेता विमलेन्द्र नीधिले जानकारी दिनुभयो । 

तर एमाले नेता भरत मोहन अधिकारीले पौडेलको उम्मेद्धवारीको बिपक्षमा मतदान गर्ने केन्द्रीय समितिले औपचारीक निर्णय गरीसकेकाले निर्णय परिवर्तन हुन नसक्ने बताउनुभयो । बैठकमा एमाले नेताहरुले दिउँसो बस्ने स्थायी समिती बैठकपछि थप छलफल गर्ने बताएका थिए । 

त्यसलगत्तै आजै दिउँसो भएको बैठकमा समेत एमालले केन्द्रीय समितीको निणर्य अनुसार पौडेलले उमेद्धारी फिर्ता नलिए विपक्षमा मतदान गर्ने निणर्य सदर गर्दै रामचन्द्र पौडेलको उमेद्धारीको समर्थन नगर्ने बताएको थियो । एमाले पार्टी केन्द्रीय कार्यालय बल्खुमा भएको बैठकमा कागे्रसले आफ्नो पक्षमा समर्थन गर्न तथा एमालेले उमेदवारी फीर्तालिन कागे्रससंग आग्रह गरेपनि कुनै सहमति हुन नसकेको नेताहरुले बताएका छन ।

बैठकपछि कागे्रस उमेदवार रामचन्द्र पौडेलको पक्षमा मतदानगर्न आग्रह गरिएको कागे्रस नेता बिमलेन्द्र नीधिले जानकारी दिनुभयो । तर एमालेले उमेदवारी फीर्तागर्न आग्रह गरेका कारण सहमति जुटन नसकेको उहाँले बताउनुभयो । दुइदलबीच भोली पुनः छलफल गर्ने सहमति भएको छ । 

यसअघि आजै दिउँसो बसको एमाले स्थायी समिती बैठकले नेपाली कांग्रेसको चेतावनीबाट नडराउने भन्दै पौडेलको विपक्षमा मतदान गर्ने निणर्य गरेको थियो । यद्यपी एमालेले जारी प्रक्रिर्या अन्त्यभएपछि माओवादी बाहेकको जुनसुकै पार्टीको नेतृत्वमा सरकार गठन गर्न खुल्ला रहने निणर्य गरेको छ । एमाले स्थाइ कमिटि बैठकले पौडेलको पक्षमा मतदान नगर्ने पूर्वबत् निर्णयमा यथावत रहने निर्णय गरेको सचिव शंकर पोखे्रलले जानकारी दिनुभयो ।

प्रचण्डजी नयाँ प्रक्रिया सुरु भएपछि मलाइ समर्थन गनुुस्र ः खनाल 

 CPN UML Leader JN Khanal
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री चयनको यो प्रक्रिया अन्त्य भएपछि सुरु हुने नयाँ प्रक्रिमा आफुलाइ प्रधानमन्त्रीका लागी समर्थन गर्न आग्रह गर्नु भएको छ । माओवादी अध्यक्ष प्रचण्ड सँग आज बिहान भएको भेटमा खनालले प्रधानमन्त्री चयनको जारी प्रक्रियामा एमालले रामचन्द्र पौडेलको विपक्षमा मतदान गर्ने भन्दै नयाँ प्रक्रियामा आफुलाइ समर्थन गर्न आग्रह गर्नु भएको हो । 

छलफल पछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमाले अध्यक्ष झलनाथ खनाललाइ समर्थन गर्ने माओवादी निणर्य पुरानो भएपनि फेरी पनि सहमती कायम गर्न सकिने बताउनुभयो । प्रकाशले माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने अडान कायम रहेपनि सबै परिस्थितिलाइ बिचार गरेर खुल्ला ढंगले छलफलगर्न तयार रहेको उपाध्यक्ष प्रकाशले बताउनुभयो । 

प्रकाशले एमाले सँग रामचन्द्र पौडेलको उमेद्धारीको विपक्षमा मतदान गरि नयाँ प्रक्रिया सुरु गरि प्रधानमन्त्री चयन गर्ने सहमती भएको समेत जानकारी दिनुभयो । 

यद्यपी एमाले अध्यक्ष झलनाथ खनालले भने राष्ट्रसंघीय नियोग अन्मिनको अनुपस्थितिमा संभावित विकल्पवारे छलफल भएको बताउनुभयो । खनालले अन्मिनको अनुपस्थितिमा के गर्ने भन्ने विकल्पबारे माओवादीसंग छलफल भएको जानकारी दिनुभयो । उहाँले संभावित विकल्पवारे सहमति कायमगर्न एउटा कार्यदल गठन गर्ने बिषयमा माओवादीसंग सहमति भएको बताउनुभयो । भेटमा एमालेका तर्फवाट भरतमोहन अधिकारी पनि सहभागि हुनुहुन्थ्यो ।

तमलोपाद्वारा कागे्रसलाइ समर्थन गर्ने घोषणाः

तराइ मधेश लोकतान्त्रिक पार्टीले आगामी बुधवार हुने प्रधानमन्त्री निर्वाचनमा कागे्रस उमेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तमलोपा केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गठबन्धनलाइ निरन्तरता दिनुपर्ने ठहर सहित पौडेललाइ समर्थन गर्ने बताएको हो । केन्द्रीय समितिका निर्णय सार्वजानिक गर्न आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा तमलोपा अध्यक्ष महन्थ ठाकूरले संविधानसभा निर्वाचनपछि माओवादी र एमालेको नेतृत्व असफल भएकोले एक पटक कागे्रसलाइ नेतृत्व दिनुपर्ने बताउनुभयो । 

संसदमा तमलोपाका ११ सभासद छन । तमलोपाले माओवादीले गर्ने भनिएको जनबिद्रोह र राष्ट्रिय स्वाधिनताको आन्दोलन मधेशलाइ रणभुमि बनाउने नियतबस आएको भन्दै बिरोध गरेको छ । माओवादीको भारत विरोधी आन्दोलनका बिरुद्ध तराइका जिल्लामा जनचेतनामूलक कार्यक्रम गर्ने तमलोपाले जनाएको छ । तमलोपाले पार्टी विभाजन गर्नुपर्ने कुनै बैचारिक विबाद नरहेका कारण नयाँ पार्टी खोलेका नेताहरुलाइ पार्टीमै फर्कीन आग्रह गरेको छ । 

यसैबीच, कागे्रस उमेदवार रामचन्द्र पौडेलको पक्षमा समर्थन जुटाउनज राष्ट्यि जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित समितिले एमाले नेताहरुसंग आज छलफल गरेको छ । बाम–लोकतान्त्रिक गठबन्धन कायमगर्न गठित तीन सदस्यीय बार्ता टोलीले एमाले नेताहरुसंग छलफल गरेको हो । छलफलमा एमालेले सहमतीको सरकार नै गठन हुनुपर्ने अडान लिएको नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेश जोशीले जानकारी दिनुभयो । छलफलमा माले महासचिव सीपी मैनाली र नेकपा संयुक्तका अध्यक्ष जोशी सहभागि हुनुहुन्थ्यो ।  

मेरो भनाइको अपव्याख्या भयोः करिन

नेपाल स्थित संयुक्त राष्ट्रसंघीय नियोग अन्मिन प्रंमुख करिन लनगे्रनले शान्ति प्रक्रिर्या भंङ्ग भए राष्ट्रपति साशनको खतरा रहेको भन्ने आफ्नो भनाइको अपव्याख्या भएको बताउनु भएको छ । उक्त भनाइ राष्ट्रसंघको नभइ नेपाली जनतामा रहेको आशंकालाइ आफुले व्यक्त गरेको लनगे्रनले दावी गर्नुभयो । राष्ट्रसंघीय सुरक्षा परिषदमा नेपाल सम्बन्धी प्रतिवेदन पेश गरेर नेपाल फर्कीएकी अन्मिन प्रमुखले आज राजधानीमा पत्रकार सम्मेलनगरी आफ्नो भनाइको बचाउ गर्नुभएको हो । ‘शान्ति प्रक्रिर्या भंग भए राष्ट्रपति साशन वा सैनिक साशनको खतरा भन्ने राष्ट्रसंघको भनाइ होइन, उहाँले भन्नुभयो–नेपाली जनतामा व्याप्त आशंका अभिव्यक्त गर्न खोजिएको मात्र हो, यसमा म प्रतिबद्ध छु ।’ 

अन्मिनको बहिरगमनपछि माओवादी सेनाका लडाकूको अनुगमन र संयुक्त अनुगमन समन्वय समिति जेएमसीसीको भविश्यप्रति राष्ट्रसंघ चिन्तित रहेको लनगे्रनले बताउनुभयो । अन्तिम मिनेटमा सहमति गर्ने नेपाली नेताहरुको विशेषता रहेको स्मरणगर्दै फेरीपनि अन्तिम समयमा संभावित विकल्पमा सहमति हुने उहाँले विश्वास व्यक्तगर्नुभयो । अन्मिन फर्कीनु पूर्व जनवरी १४ मा बस्ने सुरक्षा परिसदको बैठकले अनिमनको विकल्पमा रहने राष्ट्रसंघीय निकायको टुङ्गो लगाउने लनगे्रनले बताउनुभयो । अन्तिम पटक थपिएको कार्यकाल सकि अन्मिन आगामी शनिवार नेपालवाट फीर्ता हुदैछ । 

२८ दलीय संयन्त्रलाइ सक्रिय बनाउने तीनदलको निर्णयः 

प्रमुख तीनदलवीच संविधानका विबादिब बुदालाइ सुल्झाउन २८ दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको पहलमा संविधानसभा सचिवालय सिंहदरवारमा भएको तीनदलको छलफलमा प्रधानमन्त्री निर्वाचनको भोली पल्टदेखी २८ दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको हो । २८ गतेको प्रधानमन्त्री निर्वाचनपछि माघ १ गतेसम्म लगातार छलफल गर्ने सहमति भएको कागे्रस मुख्य सचेतक लक्षण घिमिरेले जानकारी दिनुभयो । कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलको आग्रहमा भोलीका लागि निर्धारण गरिएको २८ दलको बैठक भने २९ गतेकालागि सारिएको छ । 

उच्चस्तरिय कार्यदलले सहमतिगर्न बाकी ८३ बुदाँमा सहमतिगर्न तीनदिन लगातार बैठक बस्ने सहमति भएको घिमिरेले बताउनुभयो । शीर्ष नेताहरुको अपस्थिती नभएका कारण संविधान निर्माणले गति नलिएको भन्दै शीर्ष नेताहरुलाइ नियमित उस्थित हुन नेम्वाङ्गले आग्रह गर्नुभएको थियो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कागे्रस संसदीय दलका नेता पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल लगायत सहभागि हुनु भएको थियो । 

प्रधानमन्त्री ग्रैह्र जीम्मेवार भए ः उपाध्यक्ष मोहन बैद्य किरण

एकिकृत नेकपा माओबादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले माओबादीसंग सहकार्य नगर्ने प्रधानमन्त्रीको भनाईप्रती आपत्ती जनाउनु भएको छ । कृृपास्वर स्मृती प्रतिष्ठानद्धारा प्रकाशित कृती “कमरेड कृपास्वर, एक आस्था पुञ्ज” को आज राजधानीमा बिमोचन गर्दै उहाले सहकार्य र सहमतीको बिकल्प नरहेका बेला प्रधानमन्त्रीको यस्तो अभिब्यक्ति आपत्तीजनक भएको बताउनु भएको हो । प्रधानमन्त्री नेपालले केही दिनअघि माओबादीसंग सहकार्य गरे एमालेका लागि घातक हुने बताउनु भएको थियो । 
उपाध्यक्ष किरणले देश संघिन मोडमा उभिएका बेला सरकार प्रमुखबाट यस्तो अभिब्यक्ति आउनुले सरकार शान्ति र संबिधान निर्माणप्रती गम्भिर नरहेको स्पष्ट भएको टिप्पणी गर्नु भयो । अनमिनको बहिगर्मन पछि नेपालको शान्ति प्रक्रियामाथी देशी प्रतिक्रियाबादी र भारतीय बिस्तारबादी शक्तिको खतरा रहेको भन्दै दलहरु सचेत हुनु पर्नेमा उहाले जोड दिनु भयो ।

अनमिन के गर्ने त ः शान्ती मन्त्री तथा अनन्त 

शान्तिमन्त्री रकम चेमजोङ्घले अनमिनलाई बिदा गर्दैंमा नेपाललको शान्ति प्रक्रियालाई कुनै असर नपर्ने बताउनुभएको छ । 
आज राजधानीमा भएको साक्ष्ाँत्कारमा मन्त्री चेमजोङले अनमिनले सेना र हतियारको अनुगमन मात्रै गरेकाले उसलाई बिदा गर्दैमा शान्ति प्रक्रियामा कुनै असर नपर्ने बताउनुभयो । अनमिनलाई बिदा गरेपछि माओवादी लडाकु र  हतियारको अनुगमन सेना समायोजन बिष्मेश समितीले गर्ने मन्त्री चेमजोङको भनाइ छ । 

साक्ष्ाँत्कारमा माओवादी नेता बर्षमान पुन अनन्तले सरकारले शान्ति प्रक्रिया नटुङ्गीदै सरकारले अनमिललाई बिदा गरेमा शान्ति प्रक्रिया भंग हुने चेतावनी दिंदै मुलुक युद्धबिरामको स्थितीमा पुग्ने बताउनुभयो । नेता अनन्तले माओवादी अध्यक्ष्ँ प्रचण्डलाई भारतीय बिदेश सचिव श्यामशरणले प्रधानमन्त्री बन्न नदिएको ठोकुवा गर्नुभयो । कार्यक्रममा  राजपाका नेता डाक्टर प्रकाशचन्द्र लोहनीले शान्ति प्रक्रिया भंग भएमा त्यसको जिम्मेवारी ठुला तीन दलले लिनुपर्ने बताउनु भयो । 

No comments: