संसदको हिउदे अधिवेशन सुरु, प्रधानमन्त्री निर्वाचन २८ गतेः
काठमाण्डौ, पौष २५ । व्यबस्थापिका संसदको नियमित हिउदे अधिवेशन आजदेखी सुरु भएको छ । संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको संसदको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङ्गले राष्ट्रपति डा रामबरण यादलवले अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर अधिवेशन सुरु भएको जानकारी गराउनु भएको हो । यसैबीच, प्रधानमन्त्री चयनकालागि संसदमा आगामी २८ गते बुधवार १७ औ चरणको मतदान हुने भएको छ । संसदको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङ्गले पौष २८ गते प्रधानमन्त्री चयनकालागि १७ औ चरणको निर्वाचन मिति तोकिएको जानकारी गराउनु भएको हो ।
मंसिर १६ गतेकालागि प्रधानमन्त्री निर्वाचनको मिति तोकिएको अबस्थामा मंसिर ३ गते संसदको आठौ अधिवेशन अन्त्य भएपनि प्रधानमन्त्री निर्वाचितगर्ने आधारभूत सम्बैधानिक दायित्वबाट संसद अलन हुन नसक्ने बताउनु भयो । उहाँले संसदको सोही दायित्व अनुसार आगामी २८ गते प्रधानमन्त्री निर्वाचनको पुरानो सृङ्गखलालाइ निरन्तरता दिन लागिएको उल्लेख गर्नुभयो ।
सभामुखले अग्रीम स्वीकृत बिना सभासद अनुपस्थित रहन नपाइने सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन नभएको भन्दै संसदमा रुलिङ्ग गर्नुभएको छ । आजको बैठकमा २ सय सभासदले पूर्व जानकारीनिवा अनुपस्थित रहेकोले अघिल्लो निर्देशन पालना नभएको भन्दै निर्देशन पालनाकालागि रुलिङ्ग गर्नुभएको हो । संसदको बैठकले शंखुवासभा क्षेत्र नं २ वाट निर्वाचित एमाले सभासद डम्बरबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । खड्काको गत पुष १० गते भक्तपूरमा भएको मोटर साइकल दुर्घटनामा मृत्यु भएको थियो ।
प्रधानमन्त्री निर्वाचित हुने पौडेलको दावीः
![]() |
Let's see who will win PM election of Nepal |
कागे्रस संसदीय दलका नेता एवं प्रधानमन्त्रीका एक्ला उमेदवार रामचन्द्र पौडेलले संसदमा २८ गते हुने १७ औ चरणको निर्वाचनवाट आफू प्रधानमन्त्री निर्वाचित हुने दावी गर्नुभएको छ । उहाँले आगामी २८ गते हुने निर्वाचनमा एमालेले आफ्नो पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । संसद बैठकपछि पत्रकारहरुलाइ प्रतिक्रिया दिर्दै पौडेलले आफ्नो उमेदवारी शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधानका लागि भएको दावीगर्दै प्रधानमन्त्री निर्वाचित हुने दावी गर्नुभएको हो । भोली सभामुखले प्रमुख दलको बैठक बोलाउनु भएकोले आफ्नो पक्षमा समर्थन जुटने पौडेलको विश्वास थियो ।
एमाले अध्यक्ष झलनाथ खनालले २८ गते मतदान हुनु अगावै पौडेलले उमेदवारी फीर्ता गर्ने दावी गर्नुभयो । मतदानको अबस्था आए एमालेले पौडेलको विपक्षमा मतदान गर्ने उहाँले स्पष्ट गर्नुभयो । खनालले यही जनवरी महिना भीत्रमा नयाँ सरकार बन्ने समेत दावी गर्नुभयो ।
पौडेलको विपक्षमा मतदान गरेपनि बाम–लोकतान्त्रिक गठबन्धन कायमै रहने खनालले दावी गर्नुभयो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पौडेलको उमेदवारी खारेज भएको भन्ने माओवादी दावी रहेको भएपनि निर्वाचन तोकिएको अबस्थामा पौडेलको विपक्षमा मतदान गर्ने स्पष्ट गर्नुभयो । उहाँले अब कसरी अघि बढ्ने भन्ने बिषयमा भने दलहरुसंग छलफल गर्ने जानकारी दिनुभयो ।
साशकीय स्वरुपवारे सहमतिगर्न बसेको २८ दलको बैठक विना निश्कर्ष स्थगित,
काठमाण्डौ, पौष २५ । नयाँ संविधानमा राज्यको साशकीय स्वरुप र निर्वाचन प्रणालीवारे सहमति जुटाउन आज बसेको २८ दलीय संयन्त्रको बैठक विना निश्कर्ष स्थगित भएको छ । संविधानसभा सचिवालयल सिंहदरवारमा आज बसेको बैठकले संविधानमा विबादित ८३ बुदाँ मध्ये तीनवटामा आशिंक सहमति गरेको नेताहरुले दावी गरेका छन । साशकीय स्वरुप र निर्वाचन प्रणालीको बिषयमा संविधानसभा अध्यक्षले प्रमुख दलका शीर्ष नेताहरुसंग अनौपचारिक परामर्श गरेपछि मात्र छलफललाइ अघि बढाउने सहमति भएको मधेशी जनअधिकार फोरमका समेतक चन्द्रिकाप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले प्रमुख दलका शीर्ष नेताहरु उपस्थित नभएका कारण २८ दलीय संयन्त्रमा कुनै सहमति जुटन नसकेको बताउनुभयो ।
आजको बैठकमा प्रदेशमा संकटकाल लगाउदा कार्यकारी अधिकार केन्द्रले लिनेकी प्रदेशमा रहने भन्ने बिषयमा छलफल भएपनि ठोस सहमति नभएको माओवादी नेता देवप्रसाद गुरुङ्गले बताउनुभयो । यसैगरी राष्ट्रिय पार्टीकालागि निश्चित मापदण्ड लगाउने नलगाउने बिषयमा पनि दलहरुबीच आज सहमति जुटन नसकेको उहाँले बताउनुभयो । मिश्रित सदस्य समानुपातिक निर्वाचन प्रणाली अपनाउनमा सहमति भए निर्वाचनमा तीन प्रतिशत मत ल्याउने दललाई राष्ट्रिय दलको मान्यता दिनेमा सहमति नजिक पुगिएको गुरुङले वताउनुभयो । २८ दलीय संयन्त्रको बैठक आगामी मंगलवार विहान ९ बजे पुनः बस्नेछ ।
भारतकालागि नेपाली राजदुतलाइ फीर्तागर्न संसदीय समितिको निर्देशनः
काठमाण्डौ, पौष २५ । व्यबस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले भारतका लागि नेपाली राजदुत रुक्मशम्शेर राणालाइ तत्काल फीर्ता बोलाउन सरकारलाइ निर्देशन दिएको छ । राजदुतजस्तो व्यक्ती कुनै विबादास्पद कम्पनिको पक्षमा बोल्दै हिड्नु कुटनीतिक मर्यादा विपरित भएको भन्दै उनलाई फीर्ता बोलाउन समितिले निर्देशन दिएको हो । संसद सचिवालय सिंहदरवारमा आज बसेको बैठकले विबादास्पद व्यबसायीक संस्थामा आबद्ध व्यक्तीले कुटनीतिक जिम्मेवारी बहनगर्न नसक्ने भन्दै फीर्ता बोलाउन निर्देशन दिइएको सभापति पद्मलाल विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकमा सभासदहरुले डाबर नेपालमा संलग्न व्यक्ती राजदुत हुन पाएकोमा गर्व लागेको भन्ने राणाको अभिव्यक्तीप्रति तीब्र आपत्ति जनाएका थिए । एकीकृत माओवादीका सीपी गजुरेल, कागे्रसकी कमला थापा, एमालेकी राधा ज्ञवाली लगायतले संचार माध्यममा आएका राजदुतका अभिव्यक्ती आपत्तिपूर्ण रहेको भन्दै फीर्ता बोलाउन माग गरेका थिए । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराइले डाबर नेपालमा राजदुत राणाको २ दशमलव ५ प्रतिसत गलानी रहेपनि उहाँ कार्यकारी पदमा नभएका कारण राजदुत बन्नकालागि योग्य रहनु भएको बताउनु भएको थियो । सुजाता कोइराला परराष्ट्रमन्त्री भएपछि राणा झण्डै डेड बर्षअघि भारतको राजदुत नियुक्त हुनुभएको थियो ।
यसैबीच, अन्तराष्ट्रिय समितिले साउदी अरेबीयाकालागि नेपाली राजदुत हमिद अन्सारीले मृतक कामदारका नाममा आएको क्षतिपूर्ती रकम नीजि खातामा राखेको सम्बन्धमा तत्काद छानविन सुरुगर्न सरकारलाइ निर्देशन दिएको छ । समितिले मृतक कामदारको क्षतिपूर्ती रकम नीजि खातामा जम्मा गरेको प्रमाणित भए उनलाइ तत्काल फीर्ता बोलाएर कार्वाही चलाउन सरकारलाइ निर्देशन दिएको छ । बैठकमा सचिव भट्टराइले यस विषयमा छानविन भइरहेको बताउनु भएको थियो ।
एमालेमा सहमितको प्रयास
नेकपा एमाले काठमाण्डौको नयां नेतृत्व चयनका लागि आज मतदान समपन्न भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि हिजोबाट गरिएको प्रयास विफल भएपछि नेतृत्व चयनका लागि बन्द सत्रमा मतदान भएको हो । कुल ४९४ अधिवेशन प्रतिनिधी रहेकोमा ४९१ मत मात्र खसेको बताईएको छ । मतदान भर्खरै सकिएको र अहिले मतगणनाका लागि नियमहरु बनाईरहेको एमालेले जनाएको छ । नेतृत्वका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव सहचिवमा २—२ जना प्रत्यासी मैदानमा ओर्लिएका एमाले केन्द्रिय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका चार मध्ये २ ले फिर्ता लिएका थिए एमाले काठमाडौँको अध्यक्ष पदको प्रत्यासीमा लालबहादुर तामाङ र निर्मल कुइकेल रहेका छन् । यसअघि उमेद्धारी दिएपनि विदुर मैनाली र श्याम घिमिरेले उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
यस्तै उपाध्यक्षमा कृष्ण राई र नारायण सिलवाल, सचिवमा विद्यासुन्दर शाक्य र सागर नेपाल तथा सहसचिवमा सरिता न्यौपाने र सुरेन्द्र मानन्धरले उममेदवारी कायम नै राख्नुभएको छ । जारी अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिब गरि ९१ जनाको नयाँ जिल्ला कार्य समिती चयन गर्नेछ ।
झण्डै छ महिनापछि मंगलवार संविधानसभाको बैठकः
झण्डै छ महिनाको अन्तरालपछि आगामी मंगलवार संविधानसभाको बैठक बस्ने भएको छ । संसदको आज बसेको बैठकमा सभामुखले संविधानसभाको बैठक बस्ने जानकारी गराउनु भएको हो । कार्यतालिका संशोधनकालागि गत साउन २ गते बसेर स्थगित संविधानसभाको बैठक मंगलवार दिउसो ३ बजे बस्नेछ । संविधानसभा बैठकले उच्चस्तरिय कार्यदलले सहमति जुटाएका तीनवटा बिषयगत समितिका मस्यौदा प्रतिवेदन सम्बैधानिक समितिमा पठाउने संविधानसभा सचिवालय स्रोतले बतायो । गत जेठ १४मा संविधानसभाको कार्यकाल थप गरिएपछि साउन २ मा बाहेक संविधानसभाको बैठक बस्न सकेको थिएन ।
एमाले केन्द्रीय समिती
नेकपा एमालेको केन्द्रिय समितीको आजबाट शुरु हुने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ । नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुवीच वार्ता र छलफल अघि बढाउनु परेकोले केन्द्रीय समिति बैठकको तयारी अपुग भएकोले बैठक स्थागित गर्नुपरेको सचिव शंकर पोखरलले जानकारी दिनुभयो ।
बैठक शुरु हुने भनेपछि पार्टी कार्यालय बल्खु पुगेका नेताहरुवीच अनौपचारक छलफल गरी बैठक स्थागित गर्ने निर्णय गरेको हो । यही २८ गते प्रधानमन्त्रीको निर्वाचन हुने भएकोले दलहरुवीच सरकार निर्माणमा सहमति जुटाउन एमालेले पहल गर्ने पनि नेताहरुले निर्णय गरेका छन् । यसका लागि भोली स्थायी समितिको बैठक बसेर अन्य दलहरुसंगको वार्तालाई अघि बढाउने बारेमा निर्णय गरीने सचिव पोखरेलले जानकारी दिनुभयो ।
आजबाट शुरु हुने भनिउको केन्द्रिय समिती बैठकमा ब्यबस्थापिका ससदको आज बाट सुरु हुने हिउदे अधिबेशनमा पार्टीले खेल्ने भुमिका, सांगठनिक जिम्मेवारी, प्रधानमन्त्री निर्वाचनमा पार्टीको थप धारणा लगायतका बिषयमा छलफल हुने बताईएको थियो । एमालेको अघिल्लो केन्द्रीय समितिको बैठकले काँग्रेस नेता रामचन्द्र पौडेललाई उम्मेद्धारी फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए विपक्षमा मतदान गर्ने र त्यसपछि नयाँ चरणको प्रक्रिया शुरु गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयप्रति केपी ओलीपक्षले भने असहमति जनाउदै आएको छ ।
राजको फोटो भएको नोट चल्दैन अब
![]() |
Past King On Nepali Currencies |
आउँदो चैत्र महिनादेखि राजाको तस्विर अंकित नोटहरु नचल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी फागुनभित्रै राजाको तस्वीर अंकित नोट बजारबाट खिच्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अश्विनीकुमार ठाकुरले पुराना नोटका आयु कम हुने भएकोले राष्ट्र बैंकले त्यस्ता नोट खिचेर सफा नोट मात्र चलनचल्तीमा लैजान लागेको जानकारी दिनुभयो ।
‘ग्राहकलाई पुराना, कोरिएका, स्टिच लागेका र राजाका तस्वीर भएका नोट भुक्तानी नदिन बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन दिइसकेका छौं,’ विभागका कार्यकारी निर्देशक ठाकुरले भन्नुभयो । ग्राहकबाट बैंक तथा बित्तिय संस्थामा आएका नोट राष्ट्र बैंकमा साटेर सफा नोट लैजाने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । ठाकुरका अनुसार पुराना र राजाको तस्वीर अंकित नोट चैत्रपछि निश्चित ठाउँमा मात्रै केही अवधिका लागि लिने गरी नीति बनाइने र सो अवधिमा नआएमा प्रचलनमा प्रतिबन्ध लाग्ने छ ।
सभापति कोइरालाद्वारा निन्दा
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आजबाट सुरु भएको संसदको हिउँदे अधिभवेशनले संसदको गतिरोधको अन्त्य हुने बताउनुभएको छ । हेटौडामा आयोजित पत्रकार सममेलनमा उहाँदे संसद् अधिवेशनबाट प्रधानमन्त्री चयन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै एमाले, माओवादी र अन्य साना दललाई आफ्नो दलका उम्मेदवार रामचन्द्र पौडेलका पक्षमा मतदान गर्न आग्रह समेत गर्नुभयो । माओवादीले गर्नै भनेकोे जनविद्रोहबाट नेपाली जनता डराउनु नपर्ने भन्दै उहाँले प्रजातन्त्रमा विश्वास गर्ने पार्टीलाई जनविद्रोह नसुहाउने विचार व्यक्त गर्नुभयो । प्रजातन्त्रका विकल्प प्रजातन्त्र नै भएकाले त्यसप्रतिको माओवादी बुझाइ कमजोर रहेको सभापति कोइरालाको भनाइ थियो ।
अनमिन प्रमुख करेन ल्यान्डग्रेनले हालै सुरक्षा परिषद्मा प्रस्तुत गरेको प्रतिवेदन आधारहीन भएको भन्दै कोर्यरालाले सो प्रतिवेदनको खन्डन गर्नुभयो । ल्यान्डग्रेनजस्तो जिम्मेवार व्यक्तिबाट त्यस्तो अभिव्यक्ति आउनु लाजमर्दो कुरा भएको भन्दै सो अभिव्यक्ति पदीय मर्यादाविपरीत भएको सभापती कोईरालाको टिप्पणी थियोे ।
राजु बुढा मगरको अन्त्येष्टि ः बक्सिङ
गत हप्ता हेटौडामा सम्पन्न अन्तर नगर महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको दौरान घाईते भई मृत्यु भएका बक्सिङ खेलाडी राजु बुढामगरको आज अन्त्यष्टि गरिएको छ । उनको आज राजधानीमा क्रिष्चियन धर्म अनुसार अन्त्यष्टि गरिएको हो ।
यस अघि आजै उनको शबलाई राष्ट्रिय खेलकुद परिषद्मा लगि श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । कार्यक्रममा परिषद्का सदस्य सचिब हरिबाबु चौधरी, परिषद्का सदस्यहरु बक्सिङ सँघका पदाधिकारीहरु लगायत उपस्थित थिए । प्रतियोगिताको दौरान खेल खेल्ने क्रममा प्रतिद्धन्दिको मुक्का लागि रिङमै ढलेका बुढामगरको गत बिहिबार उपचारका क्रममा राजधानीमा मृत्यु भएको थियो । उनको मृत्यु भएपछि प्रतियोगिताको आयोजना गरेको हटौडा नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, बक्सिङ सँघ, काठमाण्डौँ महानगरपालिका र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि सँघले उनको परिवारलाई सामुहीक रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने सहमति जनाएका छन् ।
No comments:
Post a Comment