Saturday, January 8, 2011

पुस २३ गते २०६७

भोली देखी संसद अधिवेशन शुरु हुदैँ 

व्यबस्थापिका संसदको नियमित हिउदे अधिवेशन भोलीदेखी सुरु हुदैछ । भोली अपरान्ह सुरुहुने अधिवेशनको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री निर्वाचनलाइ पहिलो प्राथमिकतामा राखेर आह्वान गरिएको संसदको अधिवेशनमा झण्डै दुइ दर्जन बढि विधेयक, केहि अध्यादेश र सन्धीहरु पारित गर्ने कार्यसूची रहेका छन् । संसदमा प्रधानमन्त्री निवाचनको मिति भने यही मंसिर २८ गतेको लागि तय भएको छ । 

संसदको विधेयक अधिवेशनका लागि विभिन्न विधेयक, गैर सरकारी विधेयक र अध्यादेश गरी ४८ विजनेश रहेका छन् । अधिवेशनको पहिलो प्राथमिकता प्रधानमन्त्री निर्वाचन र अध्यादेशवाट आएको बजेटको अनुमोदन मुख्य विजनेश हुने संसद सचिवालयका एक अधिकारीले जानकारी दिनुभयो । 

Suvash Nembang
यसैवीच सभामुख सुवाषचन्द्र नेम्वाङ्गले प्रधानमन्त्री चयनका लागी आगामी २८ गते संसदमा हुने निर्वाचनबाट समेत प्रधानमन्त्री चयन नभए नयाँ प्रक्रिया थाल्ने बताउनु भएको छ । काभ्रेको बनेपामा सहकारी बैङ्कको उद्घाटन कार्यक्रयमा नेम्वाङ्गले संविधान निमार्णमा ढिलाइ भइरहेकोले आउँदो २८ गते पनि प्रधानमन्त्री चयन नभए नयाँ प्रक्रिाया सुरु गरी तत्काल यो प्रक्रिया टुग्याउने बताउनुभएको हो । 

सभामुख नेम्वाङ्गले दलहरु सामू निर्धारित समय भित्र प्रधानमन्त्री चयन गर्ने वा अहिलेका सबै प्रक्रियाहरु बन्द गरी नयाँ प्रक्रियामा जाने दुई विकल्प मात्र बाँकी भएको समेत बताउनुभयो । उहाँले सर्वोच्च अदालतको फैसलाका कारण पनि अब प्रधानमन्त्री चयन प्रक्रिया सहज भएको टिप्पणी गर्नुभयो । नेम्वाङ्गले संविधान सभाबाटै संविधान जारी हुनेमा निश्चीन्त हुन समेत सबैलाइ आग्रह गर्नुभयो । 



अनमिन प्रतिवेदन हावादारी ः प्रम नेपाल

प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसङघीय सुरक्षा परिषदमा अनमिन प्रमुख करिन लनग्रेनले प्रस्तुत गर्नु भएको नेपाल सम्बन्धी प्रतिवेदनामा उल्लेख भएको राष्ट्रपति शाशन तथा सैनिक कु को विषय हावादारी भएको टिप्पणी गर्नुभएको छ । 

पोखरा विमानस्थलमा पत्रकारहरु सँग कुरा गर्दै प्रधानमन्त्री नेपालले राष्ट्रपतिले टेक ओभर गर्ने कुरा, कपोकल्पीत, असम्भव, मनगढंते हावादारी तथा अपत्यारिलो भएको बताउनुभयो । साथै प्रधानमन्त्री नेपालले नेपाली सेनासरकारको पूर्ण मातहतमा रहेकाले उसले पनि टेक ओभर गर्ने कुरा हावादारी भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री नेपालले भन्नुभयो ः राष्ट्रपति तथा सेनाले टेक ओभर गर्ने दुबै विषय हावादारी हुन् । यद्यपी प्रधानमन्त्री नेपालले माओवादी पालुङटार जन विद्रोहको निती तय गरिसकेकाले उसले भने सत्ता कब्जा गर्न सक्ने उल्लेख गर्नुभयो । उहाँले माओवादीले टेक ओधर गर्न सक्ने कुरा भने सत्य भएको बताउनुभयो । 

तनहुँ महोत्सवको उद्घाटनका लागी तनहुँ पुग्नु भएका प्रधानमन्त्री नेपालले यसअघि नै अनमिनको म्याद थप अन्तीम पटकका लागी म्याद थर्न आग्रह गरिसकिएकाले फेरी उसको म्याद थपका लागि आगं्रह गर्ने आफ्नो नैतिक आधार नभएको बताउनुभयो । प्रधानमन्त्री नेपालले राष्ट्रसंघका महासचिव वान कि मुनले आफु सँग शान्ती प्रक्रिया लम्बिएको भन्दै लामो सयम धान्न नसकिने बताउएको समेत सुनाउनुभयो । उहाँले अन्मिनले गर्ने काम विशेष समितिले गर्न सक्ने र विशेष समितिको मातहतमा सचिवालय समितिले गर्न सक्ने दावि गर्नुभयो । उहाँले भन्नुभयो ः अनमिन गएपनि  आकाश खस्छ भनेर कसैले पनि सोच्नुनपर्दैन ।  

एक अर्काे प्रसङगमा प्रधानमन्त्री नेपालले माओवादीसँग मिलेर एमालेले सरकार गठन गरे एमालेका लागि त्यो आत्मघाती कदम हुने दावी गर्नुभयो । लडाकू र हतियार बोकेको माओवादी निःशस्त्र नभएसम्म माओवादीसँग मिलेर एमालेले सरकार निर्माण गर्ने कुरा कल्पना पनि गर्न नसकिने प्रधानमन्त्रि नेपालको भनाई थियो । प्रधानमन्त्री नेपालले अब पनि बाम लोकतान्त्रीक गठबन्धनलाइ निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । 

भारतीय संस्थापन पक्ष नेपालमा माओवादी नेतृत्वको सरकार स्विकार्न तयार : डा.बाबुराम भट्टराई

Dr. Baburam Bhattarai
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले भारतीय संस्थापन पक्ष नेपालमा माओवादी नेतृत्वको सरकार स्विकार्न तयार रहेको दावि गर्नुभएको छ । भारतमा भएको नेपाल सम्बन्धी एक कार्यक्रममा सहभागी भएर स्वदेश फकर्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भट्टराइले भारतीय उच्च नेतृत्व माओवादीलाई अलग्याएर नेपालको शान्ति प्रक्रिया टुङगोमा नपुग्ने बुझेकाले भारतले माओवादी नेतृत्वको सरकार स्वीकार्न तयार रहेको आफुले पाएको बताउनुभयो । भट्टराईले नेपालको समस्या नेपालकै दलहरु मिलेर हल गरुन् भन्ने भारतीय चाहना रहेको समेत बताउनु भयो । भट्टराइले भारतिय नेताहरुसँगको भेटमा नेपालमा भारतिय शुभेच्क्षा आवश्यक रहेपनि अनावश्यक हस्ताक्षप हुन नहुने बताएको जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा डा. भट्टराईले भारतिय नेताहरु तथा सरकार समेत नेपाल सम्बन्ध बारे बढि नै चनाखो रहेको आफुले बुझेको बताउनुभयो । उहाँले भारतिय नेताहरुले नेपालमा शान्ती प्रक्रिया तथा संविधान निमार्ण बाटै स्थायीत्व आएको हेर्न चाहेको बताएको उल्लेख गर्नुभयो ।  भारतमा रहँदा उपाध्यक्ष भट्टराईले भारतीय विदेशमन्त्री एसएम कृष्णा, गृहमन्त्री पी चिदम्बरम्, पूर्वविदेश सचिव श्याम शरण, भारतीय कम्युनिष्ट पार्टीका नेता प्रकाश करातलगायतसँग भेटवार्ता गर्नुभएको थियो । 

उपाध्यक्ष भट्टराईसँगै भारत भ्रमणमा रहनुभएका माओबादी स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले भारतका सुरक्षाविद्हरूको पनि नेपालीले आप्mनो समस्या आफैं समाधान गर्नुपर्ने धारणा राखेको बताउनुभयो । 

सत्ता गठबन्दन दलको बैठक

संसदमा रहेका मधेशवादी तथा साना दलहरुले काँग्रेसलाइ यहि गठबन्धनलाइ कायम राख्न सुझाव दिएका छन् । उनीहरुले यो गठबन्धन कायम राख्नुपर्ने भन्दै एमाले सँग छलफलका लागी तिन सदस्यीय वार्ता समिती समेत गठन गरेका छन् । वार्ता समितीमा नेकपा मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनशक्ती पार्टिका सह अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी रहनु भएको बैठकपछि राजपाका सहअध्यक्ष लोहनीले जानकारी दिनुभयो । 

नेपाली कांग्रेशको आह्वान्मा सानेपा स्थीत काँग्रेस पार्टि कार्यलयमा आज बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको दाबी गर्दै आएको एकिकृत नेकपा माओबादी निशस्त्र नभएसम्म उसलाई सरकारको नेतृत्व दिन नहुने भन्दै बर्तमान बाम लोकतान्त्रीक बर्तमान गठबन्धलाई नै निरन्तरता दिनु पर्नेमा जोड दएका हुन्् । बैठकमा कांग्रेशले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्न अन्य दलहरुसँग आग्रह गरेको थियो । 

यसैगरी काँग्रेस लगायत मधेशवादी तथा सानादलहरुको बैठकले अनमिनको विदाइपछि उसको काम सेना समायोजन विषेस समितीले गनुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरुले माओवादीद्धारा प्रस्तावित अनमिनको ठाउँमा नयाँ राजनैतिक सहयोगी समुह गठन गर्ने प्रस्तावको समेत अस्वीकार गरेका छन् । बैठकपछि काँग्रेस नेता अजुर्ननरसिंह केसीले सेना समायोजन विषेश समितीले माओवादी लडाकुको समायोजन तथा रेखदेख गर्नें भन्दै अन्य संयन्त्र जरुरी नरहेको बैठकको ठहर रहेको बताउनुभयो । 

यसैवीच कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्रीका एक्ला उम्मेद्धार रामचन्द्र पौडेलले प्रधानमन्त्री निर्वाचनमा आफ्नो विपक्षमा बहुमत देखिएपनि उम्मेद्धारी फिर्ता नलिने बताउनु भएको छ । 

दलहरुसंगको छलफल पछि आज पार्टी कार्यालयमा संचारकर्मीहरुसंग छलफल गर्दै पौडेलले निर्वाचनको एउटा प्रक्रिया शुरु भइसकेपछि पुनः नयाँ प्रक्रिया थाल्ने बारेमा नियमावलीमा कतै उल्लेख नभएकाले आफ्नो उमेद्धारी रद्य नहुने समेत जिकिर गर्नुभयो । पौडेलले यस्तो अवस्थामा नियमावली परिवर्तन समेत गर्न कानूनी जटीलता रहेको दावी गर्नुभयो । नेता पौडेलले सर्वोच्च अदालतको निर्णयका आधारमा आफुलाई निर्विरोध प्रधानमन्त्री घोषणा गर्न सभाुमख सुवास नेम्वाङले हिचकिचाहट गर्दा सरकार गठनमा अन्योलता थपिएको वताउनुभयो । प्रत्रिया जटिल हुँदै जाँदा प्रधानमन्त्री निर्वाचन अब सभामुख र संसदको लागि निकै चुनौतीपूर्ण बनेको पौडेको धारणा थियो । 

No comments: