अनमिन प्रमुखको भनाईप्रति राष्टपति यादवद्धारा दुःख व्यक्त,
![]() |
UN Mission chief to Nepal Karin Landgren |
काठमाडौ पुस २३ । राष्ट्रपति डा रामवरण यादवले नेपालमा राष्टपतिले शासन लिने, जनविद्रोह हुने र सैनिक कु हुने त्रास रहेको भन्दै अनमिन प्रमुखले राष्टसंघमा व्यक्त धारणा प्रति दुख व्यक्त गर्नुभएको छ ।
राष्टपति यादवले आज सभामुख सुवाचन्द्र नेम्वाङ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग गर्नुभएको छुट्टा छुट्टै भेटमा यस्तो हल्लामा आधार भएर तयार गरिएको प्रतिवेदन राष्ट्रसंघिय सुरक्षा परिषद्मा पुगेको प्रति दुख ब्यक्त गर्नु भएको हो । भेटमा राष्टपति यादवले आफु यही व्यवस्थालाई नै सफल पार्ने प्रक्रियामा लाग्ने विश्वास दिलाउनु भएको र अनमिन प्रमुखको भनाई प्रति दुख व्यक्त गर्नुभएको माओवादी अध्यक्ष प्रचण्डले बताउनु भयो ।
अनमिन प्रमुख करिन लनग्रेनले सुरक्षा परिषद्मा पेश गर्नु भएको प्रतिवेनको विषयलाइ लिएर भएको छलफलमा राष्ट्रपति यादवले नेपालमा एकतन्त्रीय शाशनको सम्भावना नरहेको भन्दै आफुले सत्ता हातमा नलिने बताउनु भएकोले आफु थप विश्वस्त भएको प्रचण्डको भनाई थियो । अनमिन प्रमुख करिन लनग्रेनले राष्ट्रसंघिय सुरक्षा परिषद्मा नेपाल सम्बन्धी प्रतिवेदन पेश गर्दै नेपालमा राष्ट्रपति शाशन, जन विद्रोह तथा सैनिक कु को सम्भावना रहेको बताउनु भएको थियो ।
राष्ट्रपति कार्यालय शितलनिवासमा भएको छुट्टा छुट्टै भेटमा राष्ट्रपति यादवले लनग्रेनले बजारमा चलेको हल्लाका आधारमा प्रतिवेदन पेस गरेको भन्दै असन्तुष्टि जनाउनु भएको हो । केही दिन अघि उपराष्ट्रपति परामान्द झाले राष्ट्रपति सक्रिय हुने भनेर दिएको अभिब्यक्तिको समेत राष्ट्रपति यादवले खण्डन गर्नु भएको थियो । भेटपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले आफु सक्रिय हुने कुनै सम्भावना नरहेको बताएको जानकारी दिनुभयो । उहाँले राष्ट्रपतिको यहि ब्यवस्थामा सन्तुष्ट भएको भन्ने भनाइमा आफु पूर्ण रुपमा आश्वस्त भएको समेत बताउनुभयो । प्रचण्डले राष्ट्रपतिले शान्ती प्रक्रिया प्रति चासो प्रकट गर्दै यो प्रक्रिया नबिथोलियोस् भन्ने चाहेको आफुले पाएको सुनाउनुभयो । प्रचण्डले तत्काल नेपालमा सैनिक कु, जन विद्रोह तथा राष्ट्रपति शाशनको सम्भावना नरहेको धारणा राख्नुभयो । संचारकर्मीको एक जीज्ञासामा प्रचण्डले माओवादी शान्ती र संविधान छाडेर जनविद्रोहमा नजाने बताउदै पूर्ण प्रयास गर्दा पनि त्यो पुरा नहुने अवस्था आए तथा यसमा षडयन्त्र भए मात्र जनतामा विद्रोहमा जाने अधिकार सुरक्षित हुन्छ भनेको स्पष्ट पार्नुभयो ।
त्यसअघि सभामुख सुवाष चन्द्र नेम्वाङ सँगको भेटमा पनि राष्ट्रपति यादवले आफ्नो सक्रियताको विषय हल्ला मात्र भएको स्पष्ट पार्नु भएको थियो । भेटपछि सभामुख सुवाचन्द्र नेम्वाङले राष्ट्रपति यादवले आईतवारदेखी सुरुहुने व्यबस्थापिका संसदको नियमित अधिवेशनको तयारी तथा समसामयीक घटनाक्रमका बिषयमा चासो ब्यक्त गरेको जानकारी दिनुभयो । नेम्वाङले राष्ट्रपतिले आफुले साशन गर्ने हल्ला आएकोप्रति चिन्ता व्यक्तगर्दै त्यसप्रकारको आफ्नो कुनै मनोसाय नरेहेको बताउएको समेत उल्लेख गर्नुभयो । भेटमा जारी राजनैतिक परिस्थीत, अनमिनको बिदाइ लगायतका विषयमा समेत छलफल भएको थियो । यसअघि राष्ट्रपतिले हिजो प्रधानमन्त्री नेपालसंग भेटगरी अन्मिनको आशंकाप्रति आपत्ति जनाउनु भएको थियो ।
तमलोपा सरकार बाट बाहिरीयोः
पार्टी फुटाउने नेताहरुलाई प्रधानमन्त्रीले पदमुक्त नगरको भन्दै तराई मधेश लोकतान्त्रि पार्टीले बर्तमान कामचलाउ गठबन्धन सरकारबाट बाहिरीने निर्णय गरेको छ । तमलोपाको आज बसको केन्द्रीय समितीको बैठकले तमलोपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले सामूहिक राजीनामा दिएर सरकारबाट बाहिरिने निर्णय गरेको सह महामन्त्री जीतेन्द्र सोनलले जानकारी दिनुभयो । त्यस्तै बैठकपछि तमलोपा अध्यक्ष महन्थ ठाकुरले एमाले नेतृत्वले पार्टि फुटेको भन्दै पुन प्रधानमन्त्रीको कृयाकलापले यसको पुष्टि गरेको बताउनुभयो । तमलोपाले पार्टि फुटाएर नयाँ पार्टि खालेको भन्दै अन्य मन्त्रीहरुलाइ सरकार बाट हटाउन माग गरेको थियो । तमलोपा संस्थापन पक्षबाट सरकारमा शिक्षा मन्त्री सवेन्द्र नाथ शुक्ल, शिक्षा राज्यमन्त्री गोविन्द चौधरी, खेलकुद मन्त्री गणेश नेपाली तिवारी तथा खेलकुद राज्य मन्त्री चन्दा चौधरी सरकारमा सहभागी रहेका थिए ।
मन्त्रीहरुले आजै पार्टि अध्यक्ष महन्थ ठाकुरलाइ राजिनामा प्रस्तुत गरेका थिए । त्यस लगत्तै ठाकुर राजीनामा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो । सबै सभासद र पार्टीका भातृ संगठनका अध्यक्षको समेत सहभागिता रहेको केन्द्रीय समिति बैठकले पार्टी विभाजनको समिक्षागर्दै मधेशमा आन्दोलनको रणनीति बनाएको एन नेताले जानकारी दिए ।
यसैबीच तराइ मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष एवं उद्योग मन्त्री महेन्द्र यादवले आफ्नो पार्टी सरकारवाट नहट्ने स्पष्ट गर्नुभएको छ । तमलोपा संस्थापन पक्षले सरकारवाट हटाउन अल्टिमेटम दिएपनि सरकारवाट हट्नु पर्ने कुनै कारण नभएको उहाँले दावी गर्नुभयो ।
संसद सचिवालय सिंहदरवारमा पत्रकारहरुसंग कुरागर्दै यादवले पार्टी विभाजन सम्बैधानिक प्रक्रिर्यावाट भएकोले सरकारवाट हटनु पर्ने कारण नभएको बताउनु भएको हो । उहाँले आफ्नो पार्टी वर्तमान लोकतान्त्रिक गठबन्धनको निरन्तरताको पक्षमा रहेको स्पष्टगर्दै सरकारवाट हटनु पर्ने कारण नभएको जीकिर गर्नुभयो । अध्यक्ष यादवले आजै प्रधानमन्त्री माधवकुमार नेपालसंग परामर्श गर्नुभएको थियो ।
जनविद्रोहको गैर जिम्मेवार कुराले देशको बर्बादीः खनाल
काठमाडौ पुस २३ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीले गर्ने भनेको जनविद्रोहले देशलाई बर्बादीमा पु¥याउने भएकोले त्यसको कुनै औचित्य नभएको बताउनु भएको छ ।
शान्ति र संविधान निर्माण प्रक्रिर्यालाई निश्कर्षमा पु¥याएर देशमा आर्थिक, सामाजिक क्रान्ति गर्नुपर्ने समयमा जनविद्रोहका गैर जिम्मेवार कुरा नगर्न अध्यक्ष खनालले माओवादीलाई आग्रह समेत गर्नुभयो । एमाले काठमाण्डौ जिल्लाको पाँचौ अधिवेशनको आज राजधानीको खुल्ला मंञ्चमा उदघाटन गर्दै अध्यक्ष खनालले जनआन्दोलनवाट भएको राजनीतिक क्रान्तिलाई संस्थागत गर्न अग्रगामी संविधान जरुरी भएको बताउनु भयो । उहाँले सरकार गठनका लागि आफ्नै नेतृत्वको ढिपी छाड्न माओवादी र कागे्रससंग आग्रह गर्नुभयो ।
अध्यक्ष खनालले देश संघीन घडिमा पुगेको उल्लेख गर्दै देशलाई दुर्घटनामा जान नदिन लोकतान्त्रिक गणतन्त्रलाई सुद्रीढ गर्ने मुख्य कार्यभारबाट कोहि पनि विचलित हुन नहुने बताउनु भयो । शान्ति प्रक्रिर्यालाई पूर्णतामा पु¥याउने र संविधान बनाउने दुइवटा कार्यभार पूरा गर्ने राष्ट्रिय दायित्वलाई पूरा गर्न परिवर्तनकामी शक्तिहरुबीच एकता जरुरी रहेको उहाँको भनाइ थियो । उग्रवामपन्थी र दक्षिणपन्थी अतिवादवाट देशलाइ बचाएर लैजाने चुनौति रहेको भन्दै त्यसको सही नेतृत्व एमालेले गर्ने अध्यक्ष खनालले दावी गर्नुभयो ।
सभालाई संवोधन गर्दै एमाले प्रभावशाली नेता केपी ओलीले बिद्रोहका कुरा गर्न छाडेर शान्ति र संविधान निर्माणमा जिम्मेवारीपूर्वक लाग्न माओवादीसंग आग्रह गर्नुभयो । उहाँले मााअेवादीले लिएको नीतिले देश उन्नत राष्ट्र बन्न नसक्ने भन्दै सपनाका भ्रममा पर्न छाडेर एमालेमा आएर देश बनाउने अभियानमा लाग्न माओवादी कार्यकर्तालाई आग्रह गर्नुभयो ।
एमालेले नौ महिने साशन कालमा कयौ उपलव्धी हासील गरेको दावी गर्दै माओवादी सरकारलाई नालायकको संज्ञा दिदै माओवादीमा लागेर देशका लागि लडेका युवा र भुलवश लागेर घाइते भएका युवालाई केहि गर्न नसकेको टिप्पणी गर्नुभयो । ओलीले १९ हजारको नाममा माओवादीले पैसा लगे पनि क्यान्टोनमेण्टमा बसेर पार लाग्दैन भनेर धेरै जसो भागिसेको दावी गर्नुभयो । कार्यक्रममा नेताहरुले पार्टी एक ढिक्का रहेको दावी गरेका थिए । दुई दिनसम्म चल्ने जिल्ला अधिवेशनमा चार सय ६० प्रतिनिधी सहभागी हुने छन् । आठौ महाधिबेशन लगत्तै संस्थापन पक्ष र नेता ओली पक्षका समानान्तर समिती बनेको काठमाण्डौ जिल्ला समितीलाई सात महिना अघि एउटै बनाइएको थियो ।
अध्यक्ष खनाल र नेता ओलीले विगतको फुट र विवादबाट पुगेको क्ष्तिबाट पाठ सिकेर सबल नेतृत्व छान्न काठमाण्डौका एमाले कार्यकर्ताहरुलाई सुझाव दिनु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्ने एमाले नेताहरुले एकताकासाथ अघि जाने प्रण गरेका छन् । विगतको विवादले पार्टीलाई संविधानसभा निर्वाचनमा धक्का पु¥याएको भन्दै उनीहरुले निर्वाचन भए पनि पार्टी एकताबद्ध भएर जाने विश्वास लिएको बताए ।
जनगणतन्त्रकालागि प्रतिबद्धः प्रचण्ड
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनगणतन्त्रका लागि आफ्नो पार्टीले सुरु गरेको लडाई जारी रहेको बताउनुभएको छ । राष्ट्रिय स्वाधिनता र जनगणतन्त्रका पक्षधर र राष्ट्रिय आत्मसमर्पणवादीहरुबीच तीब्र धु्रवीकरण भईरहेको भन्दै प्रचण्डले रुप फरक भएपनि लडाँई भने जारी रहेको बताउनुभयो । कृष्ण सेन ईच्छुक प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी आफ्नो मिसनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै जनगणतन्त्रको लडाई जितेर्रै छाड्ने दावी गर्नुभएको हो । उहाँले क्रान्ती जारी रहेको भन्दै अहिलको अवस्थामा चनाखो भएर क्रान्तीका लागी तयार रहन समते कार्यकर्तालाइ आग्रह गर्नुभयो ।
नेपाली जनताको आत्मसम्मानमा ठेस पुग्न नदिन र लामो बलिदान बाट प्राप्त उपलब्धीहरुको रक्षाकालागि आफ्नो पार्टी जीवन मरणको लडाँईमा होमिएको प्रचण्डको दावि थियो । प्रतिक्रान्तिलाई रोक्न जनमत जुटाउन कार्यकर्तालाई निर्देशन दिर्दै उहााले राष्ट्रिय स्वाधिनता र प्रतिक्रान्तिको अन्त्यका लागि माओवादी सिंह बन्ने चेतावनि दिनुभयो । गणतन्त्र, नयाँ संविधान र स्वाधिन नेपाल नै जनयुद्धको मुल लक्ष्यवाट माओवादी विचलित बन्न नसक्ने उहाको भनाइ थियो ।
कार्यक्रममा उपाध्यक्ष मोहन वैद्य किरणले राष्टिय स्वाधिनता र गणतन्त्रको प्रश्न गंभिर वन्दै गएकोले नयाँ जनवादी क्रान्तिलाई सम्पन्न गर्न माओवादी प्रतीवद्ध रहेको वताउनुभयो । उहाँले राष्ट्रियता र जनगणतन्त्रको आन्दोलन सँगसँगै लैजानुपर्नै भनाई थियो ।
राष्ट्रपतिबाट पर्यटन वर्ष २०११ उद्घाटन हुने
नेपाल पर्यटन वर्ष २०११ को यही पुस ३० गते राजधानीको दशरथ रङ्गशालामा भव्य समारोहकाबीच उद्घाटन गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ । १० लाख पर्यटक भित्र्याउने लक्ष्य सहितको पयटन वर्षको राष्टपति डा. रामबरण यादवले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । समारोहमा प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल पर्यटन वर्ष २०११ को राष्ट्रिय अभियान औपचारिकरुपमा प्रारम्भ भएको घोषणा गर्नुहुनेछ ।
उद्घाटन समारोहमा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (डब्ल्युटिओ)का महासचिव, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का पर्यटनमन्त्रीहरु, अन्य एसियाली राष्ट्रका उच्चपदस्थ प्रतिनिधिमण्डल, लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहने नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालले २०६५ साल माघ नौ गते ‘समृद्धिका लागि पर्यटन’ भन्ने नाराका साथ नेपाल पर्यटन बर्ष २०११ मनाउने निणर्य गरेको थियो ।
त्यसैगरी रङ्गशालामा हुने उद्घाटन समारोहमा समाजका विभिन्न क्षेत्रका करिब २५ हजार विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको पर्यटन बोर्डका कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठले बताउनुभयो ।
उद्घाटन समारोहको समाचार सङ्कलनका लागि भारत, चीन, रुस, क्यानडा, बेलायत, सिङ्गापुर, कतारलगायतका राष्ट्रबाट करिब ४० जना पत्रकार र सञ्चारमाध्यमको सहभागिता रहने बोर्डका निर्देशक आदित्य बरालले जानकारी दिनुभयो ।
भारत भेट
नेपाल सम्बन्धी एक कार्यक्रममा सहभागी हुन दिल्लीमा रहनुभएका उपप्रधानमन्त्री सुजाता कोइराला र एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले आज पनि राजनीतिक भेटवार्ता गर्नु भएको छ । उहाँहरुले आज भारतिय विदेश मन्त्री एस एम कृष्णा, भाजपा अध्यक्ष लालकृष्ण आडावाणि लगायत सँग भेटवार्ता गर्नु भएको हो ।
भेटमा विदेशमन्त्री कृष्णाले सरकार नबन्ने अवस्था तथा जारी गतिरोध बारे चासो प्रकट गर्नु भएको थियो । माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराईसँगको भेटमा कृष्णाले माओवादीको भारतप्रतिको दृष्टिकोणका विषयमा समेत चासो राख्नुभएको बताईएको छ । जवाफमा भट्टराईले नेपालको शान्ति र संविधान निर्माण कार्यलाई निश्कर्षमा पुर्याउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दैै सहमतिमै सरकार निर्माण गरे शान्ति र संविधानको भावी बाटो सहज हुने बताउनुभयो ।
यस्तै उपप्रधानमन्त्री कोइरालाले पनि भारतीय जनता पार्टी भाजपाका बरिष्ठ नेता लालकृष्ण आडवाणी, पूर्व अध्यक्ष राजनाथ सिह र अध्यक्ष नितिन गडगडिसँग भेटावर्ता गर्नुभएको छ । भेटको क्रममा नेपालका पछिल्लो राजनीतिक अवस्थासँगै भारतीय जनता पार्टीले नेपाललाई पुन हिन्दु अघिराज्य बनाउनु पर्ने भनि अभिब्यक्ति दिएकोे सन्दर्भममा कोइरालाले जिज्ञासा राख्नुभएको थियो । प्रतिउत्तरमा भाजपाका नेताहरुले नेपाली जनताले गर्ने निर्णय आफूहरुलाई स्विकार्य भएको भन्दै त्यसमा आफूहरुको कुनै स्वार्थ नभएको बताएका थिए ।
No comments:
Post a Comment