Tuesday, January 11, 2011

पुस २६ गते २०६७

केन्द्रीय कमिटी बैठक बोलाउन माग

KP Oli Vs JN Khanal
भोली हुने प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेस उम्मेद्ध्वार रामचन्द्र पौडेलको विपक्षमा मतदान गर्ने÷नगर्ने भन्ने विषयमा प्रमुख सत्तारुढ नेकपा एमालेमा आन्तरिक मतभेद उत्कर्षमा पुगको छ । 

पौडेलको विपक्षमा उभिने यसअघिको केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने भन्दै अध्यक्ष झलनाथ खनालले तत्काल केन्द्रीय समिति बैठक नडाक्ने देखिएपछि बरिष्ट नेता समेत रहनु भएका प्रधानमन्त्री माधावकुमार नेपालले आज तत्काल केन्द्रीय समितीको बैठक बोलाउन माग गर्दै अध्यक्ष खनाल समक्ष ३५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउनु भएको छ । 

एमालेको आज बसको स्थायी समतिको बैठकका क्रममा प्रधानमन्त्री नेपालले अध्यक्ष खनाल समक्ष ४५ जना केन्द्रीय सदस्यको नामावली सहित ३५ जनाको हस्ताक्षर गरि बुझाउनु भएको हो । प्रधानमन्त्री नेपालद्धारा प्रस्तुत हस्ताक्षरमा धेरैजसो बैकल्पिक सदस्य रहेको श्रोतले जनाएको छ । तर एमाले अध्यक्ष झलनाथ खनालले तत्काल केन्द्रीय समिति बोलाउन सम्भव नरहेको भन्दै भोली हुने प्रधानमन्त्री निर्वाचनमा यसअघिको पाँचौ केन्द्रीय समिति बैठककै निर्णय कार्यान्वयन हुने स्पष्ट पार्नु भएको श्रोतले जनाएकोृ छ । 

एमाले विधानमा एक तिहाइ केन्द्रीय सदस्यले आवेदन गरे अध्यक्षले तिन साता भित्र केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने ब्यवस्था  छ । एमाले स्थायी समिती बैठकले भोली हुने प्रधानमन्त्री चयनको निर्वाचनमा रामचन्द्र पौडेलको उमेद्धारीको विपक्षमा मतदान गर्ने निणयलाई कायमै राखेको छ । बैठकपछि एमाले महासचिव इश्वर पोखरेलले केन्द्रीय समिति बैठकको निर्णय यथावत रहने निर्णय गरेको जानकारी दिनुभयो । 

नेपाली काँग्रेसले भने एमालेलाई आफ्नो निर्णय बदल्न आज पुनः आग्रह गरेको छ । काँग्रेस नेताहरुले आज प्रधानमन्त्री माधाव कुमार नेपाल लागयत एमाले नेताहरुसंग बालुवाटारमा भेटगरी निर्णय परिवर्तन गर्न आग्रह गरेको हुन् । बैठकपछि काँग्रेस नेता लक्ष्मण घिमिरेले एमालेले भोली सम्ममा केन्द्रीय समितिको बैठक बसेर यसअघिको निर्णय परिवर्तन गर्दै प्रधानमन्त्री निर्वाचनमा काँग्रेसको पक्षमा मतदान गर्नु विश्वास व्यक्त गर्नुभयो । 

यसैबीच एमाले संसदीय दलले पौडेलको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । आज बसेको संसदीय दलको बैठकपछि केन्द्रीय समितिको निर्णय अनुसार उम्मेद्वारी फिर्ता नभए विपक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक भीम आचार्यले सांसदहरुलाई ह्वीप जारी गर्नुभएको हो । एमालले आफ्ना सांसदहरुलाई सर्वोच्चको आदेश अनुसार विशेष कारण बाहेक संसद अनुपस्थित नहुन र मत नहाली नबस्न निर्देशन दिएको छ ।

भोली हुदैँछ प्रधानमन्त्री चयनको निर्वाचन ः आज छलफलमा तिव्रता

नयाँ प्रधानमन्त्री चयनकालागि व्यवस्थापिका संसदमा भोली १७ औ चरणको प्रधानमन्त्री निर्वाचन हुने भएको छ । व्यबस्थापिका संसदको भोली अपरान्ह बस्ने बैठकमा प्रधानमन्त्रीका एकमात्र उमेदवार रामचन्द्र पौडेलको प्रस्तावमाथी १७ औ चरणको मतदान हुनेछ । एकीकृत नेकपा माओवादी र नेकपा एमालेले पौडेलको विपक्षमा मतदान गर्ने बताएका कारण पौडेलको विपक्षमा बहुमत देखिएको छ । कागे्रसको पक्षमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तराइ मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्रपार्टी, जनशक्ति पार्टी लगायत सरकारमा रहेका एमाले बाहेकका अधिकाशं दलहरुले कागे्रसको पक्षमा मतदान गर्ने बताएका छन । 

गत साउन ५ गते सुरु भएको प्रधानमन्त्री निर्वाचनको पुरानो सृङ्खला भोली टुङ्गिने प्राय निश्चित भएको छ । सभासदहरु टतस्थ बस्न नपाउने सर्वोच्च अदालतको निर्देशनका कारण भोलीको बैठकवाट पौडेलको उमेदवारी भोली खारेज हुने संभावना बढेको हो । उमेदवारको विपक्षमा बहुमत सभासद उभिए उमेदवारी रद्द हुने सभामुख सुवासचन्द्र नेम्वाङ्गले बताउनु भएको छ । कागे्रस नेता विमलेन्द्र नीधिले बहुमत सभासदले पौडेलको विपक्षमा मतदान गरे कागे्रसले उमेदवारी फीर्ता लिने बताउनुभयो । आठौ चरणको निर्वाचन वाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उमेदवारी फीर्ता लिएपछि प्रधानमन्त्री निर्वाचनको रेशमा पौडेल एकमात्र उमेदवार हुनुहुन्छ । 

यसअघि आजै सरकार गठनको नयाँ समिकरणवारे माओवादी र एमालेका शीर्ष नेताहरुबीच छलफल भएको थियो । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा दुबैदलले कागे्रसलाइ उम्मेदवारी फिर्ता लिन आग्रह गर्नै तर उम्मेदवारी फिर्ता नभए दुबै दलले पौडेलको विपक्षमा मतदान गर्ने सहमती गरेका हुन् । 

बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समिकरण बनाएर जाने बिषयमा राम्रो कुराकानी भएको जानकारी दिनुभयो । तर कुन कुन विषयमा सहमती भएको सो बारेमा भने प्रचन्डले केही खुलाउनुभएन । एमाले अध्यक्ष झलनाथ खनालले नयाँ समिकरणको बिषयमा कुनै टुङ्गो नलागेपनि कागे्रसलाइ समेत एकताबद्ध गरेर लैजानेवारे छलफल भएको बताउनुभयो । बैठकमा माओवादी उपाध्यक्ष मोहन बैद्य किरण र एमाले उपाध्यक्ष अशोक राइ सहभागि हुनुहुन्थ्यो । 

त्यस्तै आजै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीका प्रत्यासी कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलवीच समेत छलफल भएको थियो । संविधानसभा भवन नयाँ बानेश्वरमा नेताद्वयबीच झण्डै आधा घण्टा कुराकानी भएको थियो । बैठकमा प्रचण्डले उमेदवारी फीर्ता लिन पौडेलसंग आग्रह गर्नुभएको स्रोतले बतायो । उहाँहरुबीच अन्मिनको बहिरगमनपछि स्थापनागर्ने भनिएको संभावित विकल्प बारे समेत कुाकानी भएको बुझिएको छ । यसअघि माओवादी र एमालेबीच पटक÷पटक कुराकानी भएको थियो । 

माओवादी रणनीति

एकीकृत नेकपा माओवादीले अन्तिम समयसम्म आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गर्नै निर्णय गरेको छ । संसदिय दलको कार्यालय सिंहदरवारमा विहान बसेको माओवादी पदाधिकारी बैठकले कङग्रेस नेता रामचन्द्र पौडेलको उमेदवारी खारेज भएपनि आफ्नै नेतृत्वमा सरकार गठनगर्न पहल गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । पहिलो प्रंयास आफ्नै नेतृत्वमा सरकार बनाउन लगाउने र कसैगरी पनि आफ्नो नेतृत्व सम्भव नभएमात्र आफू अनुकुलको नेतृत्वका लागि समर्थन गर्ने माओवादीले रणनीति तय गरेको छ । यसअभि माओवादीले एमालेसँग छलफल गरी पौडेलको विपक्षमा मतदान गर्न सहमत गराएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेताहरुसंग भएको छलफलवारे जानकारी गराउदै नयाँ सरकार गठनगर्न एमाले अध्यक्ष झलनाथ खनाललाइ आफ्नो नेतृत्वको विकल्पका रुपमा समर्थन गर्न सकिने बताउनु भएको स्रोतले दावी छ । माओवादीले राष्ट्रसंघीय नियोग अन्मिनको बहिरगमन पूर्बनै संभावित विकल्पवारे सहमतिमा पुग्न कागे्रस र एमालेसंग आग्रह पनि गरेको छ । अनमिनको अनुपस्थितिमा उसले गर्दै आएको कार्य सम्पादन गर्नकालागि बनाउने संयन्त्रबारे दुइदलसंग छलफल गर्ने सहमति भएको प्रकाशले बताउनुभयो । बैठकमा उपाध्यक्ष डा वाबुराम भट्टराइले भारतीय नेताहरुसंग भएको छलफलवारे पार्टी नेतृत्वलाई जानकारी गराउनुभएको थियो । 

अनमिनको ठाउँ ओगट्ने बारे गठन भएकोः कार्यदललाई पूर्णता 

अनमिनको बिदाइ पछि उसको स्थान कसले लिने भन्ने विवाद भइरहँदा दलहरुले यसको स्थानमा काम गर्ने निकाय निमार्ण सम्बन्धमा छलफलका लागी कार्यदललाइ पूर्णता दिएका छन् । दलहरुले अनमिनको विदाईपछि शान्प्रिक्रियाई गती दिने सम्बनधमा सुझाव दिन गठित कार्यदललाई आज पूर्णता दिएका हुन् । कार्यदलले अनमिनको अनुपस्थिितीमा शान्प्रिक्रियाको पूर्णताका लागि सुझाव दिने बताइएको छ । ६ सदस्यीय कार्यदलमा शीर्ष तीन दललका २—२ जना नेताहरु रहेका छन् । कार्यदलमा माओवादीका तर्फबाट नाराण्याकाजी श्रेष्ठ, वर्षमान पुन, कङग्रेसबाट डा.रामशरण महत र डा मिनेन्द्र रिजाल तथा एमालेबाट ईश्वर पोखरेल र भीम रावल रहनुभएको छ । यद्यपी कङग्रेसले महत असवस्थ भएकाले ततकालका लागि कृष्ण सिटौलालाई तोकेको छ । अनमिनको बर्हिगमन पछि नेपालको शान्तिप्रक्रिया धरापमा पर्ने भनाईहरुको प्रंतिवाद स्वरुप दलहरुले कार्यदल गठन गरेका हुन् । कार्यदलले पुष मसान्तमा अनमिनको म्याद सकिएपछि मात्र एक गतेबाट कार्य थाल्ने बताइएको छ ।

संविधानसभाद्वारा नियमाबली संशोधन कार्यदल गठनः 

काठमाण्डौ, पौष २७ । संविधानसभाले संबिधानसभा नियमावली संशोधनका लागि ५ सदस्यीय मस्यौदा समिति गठन गरेको छ । झण्डै छ महिनाको अन्तरालपछि संविधानसभा भवन नयाँ वानेश्वरमा आज बसेको संबिधानसभाको बैठकले बिषयगत समितीको मस्यौदा प्रतिबेदन फरक मत सहितपनि संबैधानिक समितीमा पठाउन सक्ने गरी नियमावली संशोधन मस्यौदा समिति गठन गरेको हो । समितीमा एकीकृत नेकपा माओबादीका एकराज भण्डारी, नेपाली कांग्रेशमा पुष्प भुसाल, नेकपा एमालेका धिरेन्द्र श्रेष्ठ, तमलोपाका बृजेशकुमार गुप्ता र राष्ट्रिय जनमोर्चाका सन्तबहादुर नेपाली सदस्य रहेका छन् ।

नियमावली संशोधनपछि सम्बैधानिक समितिलाइ बिषयगत समितिमा रहेका प्रतिवेदनमा रहेका विबाद टुङ्गो लगाउन बाटो खुल्नेछ । नियमावली मस्यौदा कार्यदल गठन गरियोस भनि माओवादी मुख्य सचेतक पोष्ट बहादुर बोगटिले राख्नुभएको प्रस्ताव सर्बसम्मत पारित गरेको हो । संविधानसभाको आजको बैठकमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले शंखुवासभाका एमाले सभासद डम्बर खड्काको निधन भएकोले स्थान रित्तताको सूचना सुनाउनु भएको थियो । संविधानसभाको आर्को बैठक आगामी माघ ३ गते तीन बजे बस्नेछ । गत जेठमा संविधानसभाको कार्यकाल एकबर्ष थप गरिएपछि संविधानसभाको बैठक बसेको दोस्रो पटक हो । 

यसअघि बिषयगत समितिका मस्यौदा प्रतिवेदन फरकमत सहितपनि सम्बैधानिक समितिमा पठाउन सक्नेगरी संविधानसभा नियमावली संशोधन गर्न २८ दलीय संयन्त्रमा सहमति भएको थियो । संविधानसभाले सुझाव र निर्देशन सहित प्रतिवेदन सम्बैधानिक समितिमा पठाउने विद्यमान व्यबस्था परिवर्तनगरी सहमति विना पनि सम्बैधानिक समितिमा पठाउन सकिने व्यबस्था गर्न दलहरु राजी भएका हुन् । सविधानसभा सचिवालय सिंहदरबारमा विहान बसेको बैठकमा सम्बैधानिक समितिलाइ सक्रिय बनाउन नियमावली परिवर्तन गर्ने सहमति भएको नेकपा मालेका महासचिव सीपी मैनालीले जानकारी दिनुभयो ।

नियमावली संशोधनपछि सहमति नभएका बिषयलाइ संविधानसभामा मतदानवाट टुङ्गोलगाएर सम्बैधानिक समितिमा पठाउन बाटो खुल्नेछ । 

२८ दलीय संयन्त्रमा सम्बैधानिक समितिलाइ सक्रिय बनाएर औपचारीक अनौपचारिक छलफलगरी संविधान निर्माणको कामलाइ तीब्रता दिने सहमति भएको मैनालीले बताउनुभयो । यसकालागि उच्चस्तरिय कार्यदलले सहमतिगर्न नसकेका ८३ बुदाँमा सहमतिगर्न संविधानसभा अध्यक्षले माघ १ गतेसम्म अनौपचारिक छलफल गर्नुहुने छ । अनौपचारिक छलफलपछि माघ २ गते बस्ने २८ दलीय संयन्त्रको बैठकमा सहमतिको प्रयास गरीने प्रजातान्त्रिक समाजवादी जनतादलका नेता पे्रमबहादुर सिंहले जानकारी दिनुभयो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच शक्ति बाडफाडमा कुरा मिलेपछि मात्र संविधान निर्माणले गति लिने धारणा राख्नुभएको थियो ।

चिसोका कारण मृत्यु

केही साता यता तराईका विभिन्न जिल्लामा बढेको चिसो र शीतलहरका कारण आज थप ७ जनाको मृत्यु भएको छ भने जनजीवन अत्यन्तै प्रभावित भएको छ । तराईका सप्तरी, सर्लाही, सुनसरी र महोत्तरी आज मात्रै सात जानको ज्यान गएको हो । 

अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीमा तीन जनाको ज्यान गएको छ । सप्तरी मधेपुराका बैरशु शाह र खतरीदेबी यादव तथा गोदरगाडाका सुकदेव सदाको चीसोका कारण कठाङग्रिएर ज्यान गएको हो ।

यस्तै अत्याधिक चिसोका सर्लाहीमा आज थप दुई जनाको ज्यान गएको छ । सर्लाहीको गौरीशङकर ९ का ६० बर्षीय अनारदेवी पाठक र शंकरपूरकाी ६५बर्षीय ईन्द्रमाया मगरको चीसोका कारण ज्यान गएको हो । 

उता महोत्तरीमा पनि चिसोकै कारण आज थप एक जनाको मृत्यु भएको छ । महोत्तरीको बेलगाछी ५ की अनु रागिया धन्कारको मृत्यु भएको हो । यो सँगै महोत्तरीमा चिसोका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

यस्तै जाडोका कारण सुनसरीमा आज  थप एक जनाको मृत्यु भएको छ ।अत्याधीक जाडोका कारण बिहान सुनसरीको खनारमा गोबिन्द घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतीरहेकै स्थानमा जाडोले कठाङ्ग्रीएर घिमिरेको मृत्यु भएको भएको हो । घिमिरेसँगै जाडोका कारण ज्यान जानेको सङ्ख्या सुनसरीमा ५ पुगेको छ । बढ्दो जाडो र शितलहरलाई ध्यानमा राख्दै सुनसरीका सम्पूर्ण शैक्षिक संस्थाहरु आजदेखि एक साताका लगि लागी बन्द समेत गरिएको छ ।

राष्ट्रिय एकता दिवस 

राष्ट्रिय एकता दिवस आज विभिन्न संघ संस्थाहरुले मनाएका छन् । पृथ्वीनारायण शाहको जन्म दिवशलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउँने प्रचलनलाई निरन्तारता दिदै केही संस्थाहरुले यो दिवश मनाउने गर्दछन् । विभिन्न व्यक्तिहरु मिलेर गठन गरेको नागरिक समारोह समितिले आज विहान र्यालीको आयोजना गर्दै सिंहदरवार अगाडी रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्र्यापण गरेको थियो । माल्यार्पणमा मन्त्रि, बिभिन्न दलका नेता, सभासद् लगायतको उपस्थिती रहेको थियो । लोतान्त्रिक गनतन्त्रको स्थापना पछि सरकारले भने यो दिवशलाई खारेज गरेको थियो । 

No comments: