Wednesday, January 12, 2011

पुस २७ गते २०६७

प्रधानमन्त्री निर्वाचनको पूरानो प्रक्रिर्या अन्त्यः

नेपाली काँगे्रसले राजनीतिक सहमतिका लागि भन्दै दलहरुको आग्रहमा प्रधानमन्त्रीको उमेदवारी फीर्ता लिएको छ । काँग्रेसले आफ्नो उम्मेद्ध्वारी फिर्ता लिएपछि गत साउनबाट संसदमा जारी प्रधानमन्त्री निर्वाचनको पूरानो श्रृंखला अन्त्य भएको छ । 

व्यबस्थापिका संसदको आज साँझ अवेर बसेको बैठकमा कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलको उमेदवारका प्रस्तावक शेरवहादुर देउवाले उमेदवारी फीर्ता लिनु भएको हो । त्यसअघि संसद भवन परिसरमा बसेको कागे्रस केन्द्रीय समितिको आकस्मिक बैठकले पौडेलको उमेदवारी फीर्ता लिने निर्णय गरेको थियो । 
उमेदवारी फीर्ता लिदै काँग्रेस नेता देउवाले शान्ति प्रक्रिया सुरु गर्ने पार्टीको हैसियतले नयाँ शिरावाट राजनीतिक सहमतिको सुरुवात गर्दै अगाडि बढ्न चाहेको बताउनुभयो । ‘छ महिनासम्म सरकार निर्माण हुन नसकेको अबस्थामा राष्ट्रिय सहमतिको आधारमा शान्ति र संविधान बनोस भन्ने कागे्रसको चाहाना हो, देउवाले भन्नुभयो । उहाँले सहमतिको वाताबरण तयार गर्नका लागि उमेदवारी फीर्ता लिएको उल्लेख गर्नुभयो । संसदको अर्को बैठक भोली दिउँसो ३ बजे बस्ने छ ।

पौडेलको प्रस्ताव फीर्ता भएपछि गत साउन ५ गते सुरु भएको प्रधानमन्त्री निर्वाचन प्रक्रिर्या समाप्त भएको सभामुख सुवाुचन्द्र नेम्वाङ्गले घोषणा गर्नुभयो । नयाँ प्रक्रिर्या वारे भोली व्यवस्थापिका संसदको कार्यव्यबसथा परामर्श समितिको बैठकमा नियमावली संशोधन गरी नयाँ प्रक्रियाृ सुरु गरिने सभामुख नेम्वाङले बताउनुभयो ।

यसैवीच प्रमुख दलका नेताहरुले रामचन्द« पौडेलको उम्मेद्धारी फिर्तापछि राष्ट्रिय सहमतिको वातावरण बनेको भन्दै सहमतिकासाथ अघि बढ्ने बताएका छन् । यद्यपी तीनै दलका नेताहरुले  प्रधानमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । 
संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलको उम्मेद्ध्वारी फिर्ता पछि नयाँ आधारमा सहमतिको वातावरण बनेको बताउँनु भयो । उहाँले छिटै सरकार बनोस भन्ने जनताको चाहना पुरा गर्न नयाँ प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानसभाको ठूलो दलको हैसियतले सरकारको नेतृत्वको मुख्य दावेदारी माओवादीको रहने समेत बताउँनु भयो । 

प्रधानमन्त्रीका उम्मेद्धारी फिर्ता लिनुभएका काँग्रेस संसदीय दलका नेता रामचन्द« पोडेलले आफ्नो उम्मेद्धारी फिर्ताले सहमति खोज्न सहज वातावरण बनेको प्रतिक्रिया दिनुभयो । तोकिएको समयमै संविधान जारी गर्न आफूले उम्मेद्धारी फिर्ता लिएको बताउदै पौडेलले नयाँ सरकारको नेतृत्व अब काँग्रेसले पाउनुपर्ने बताउनु भयो । 
एमाले अध्यक्ष झलनाथ खनालले अब सहमतीको वातावरण बनेको भन्दै तीन दल सहमतीका साथ अघि बढ्ने प्रतिज्ञा गर्नुभयो । साथै उहाँले तेश्रो दलको हैसियतमा नयाँ सरकारको नेतृत्व अब आफ्नो पार्टीको दाबी रहने स्पष्ट पार्नुभयो ।  

एमालेको समाचार 

नेकपा एमाले अनुशासन आयोगले केन्द्रीय समिति बैठक बोलाउन भन्दै पार्टीका बरिष्ट नेता समेत रहनु भएका प्रधानमन्त्री माधाव कुमार नेपालको सहभागीतामा केन्द्रीय सदस्यहरुको छुट्टै भेला आयोजना गरी हस्ताक्षेर संकलन गरेको भन्दै आपत्ति जनाएको छ । 

अनुशासन आयोगको आज बसेको आकास्मिक बैठकले प्रधानमन्त्री निर्वाचनको बारेमा पार्टीको पाँचौ केन्द्रीय समितिको बैठकले निर्णय गरिसकेको अवस्थामा निर्णयलाई कार्यान्वयन गर्नुको साटो स्थायी समितिको बैठक समेत चालु रहेको अवस्थामा छुट्टै भेला आयोजना गर्नुलाई आयोगले गम्भीर रुपमा लिएको बैठक पछि जारी विज्ञप्तिमा जनाउको छ । 

बरिष्ट नेता समेत रहन ुभएका प्रधानमन्त्री माधाव कुमार नेपालको सहभागीतामा प्रधानमन्त्री निवास बालुवाटारमा भेला आयोजना गरेर हस्ताक्षर संकलन गर्न विधानको मर्म र भावना विपरित रहेको आयोगले ठहर गरेको छ । 

अहिलेको सम्बेदनशील अवस्थामा पार्टीको मर्यादालाई आँच  आउने काम नगर्न सचेत गराएको छ । पार्टीको एकता र अनुसाशानलाइृ खुकुलो पार्नेै यस्तो कार्य नगर्न र पार्टी निर्णयहरुमा फरक फरक अभिव्यक्ति सार्वजानकि नगर्न पनि अनुशासन आयोगले नेताहरुलाई सचेत गराएको छ । 

डोजर चालकको मृत्यु

ललितपुरको भट्टेडाँडामा आज भएको डोजर दुर्घटनामा  डोजर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चापागाँउ मुलडोलका डोजर चालक एक्का तामाङ रहेको प्रहरीले जनाएको छ । कान्ति राजपथको दोहोरो ट्रयाक खोल्ने क्रममा भट्टेडाँडाको कार्कीवासबाट झण्डै एककिलोमिटर तल खोलामा खसेर डोजर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ । तामाङको शव भीरको बीचबाट प्रहरी र स्थानीय बासिन्दाले निकालेका थिए । 

यस्तै, विषाक्त रक्सीको सेवनबाट ललितपुरकै टीकाथलीमा तीन युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा निर्मलकुमार केसी, राजन थापा रहेका छन् भने एकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । टीकाथली प्रहरी प्रभागका असई नरेश रावलका अनुसार रक्सी भट्टीलाई नियन्त्रणमा लिई त्यहाँको रक्सी अनुसन्धानका लागि  प्रयोगशाला पठाइएको छ ।


कार्यदलको बैठक बिना निष्कर्ष टुङ्गियो 

काठमाडौँ, २८ पुस । राष्ट्रसङ्घीय मिसन अनमिनको बहिर्गमनपछि शान्ति प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा सुझाव दिन गठित तीन दलीय कार्यदलको आज बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । 

दिउसो सिंहदरबारमा बसेको कार्यदल बैठकमा अनमिनको बहिर्गमनपछि अनमिनले गर्दै आएको कार्य कसरी गर्ने भन्ने बारेमा सहमति जुटाउने प्रयास गरिए पनि कुनै ठोस निर्णय हुन नसकेको बैठकपछि नेताहरुले नेताहरुले बताएका छन् । बैठकमा आफूहरुले अनमिनलाई सानो आकारको प्राविधिक एकाई बनाएर वा उसको कार्यादेश घटाएर केही समयका लागि म्याद थप्नुपर्ने प्रस्ताव राखेको कार्यदलमा माओवादी सदस्य वर्षमान पुनले जानकारी दिनुभयो । 

कार्यदलमा काँग्रेस र एमाले सदस्यहरुले भने विषेश समितिबाटै शान्ति प्रक्रियामा सहयोग पु¥याउने भएकाले अनमिनको म्याद थप गर्नु आवश्यक नरहेको भनाइ राखेका थिए । अघिल्लो साता बसेको एकीकृत माओवादी, नेपाली काँगे्रस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठकले अनमिनको बहिर्गमनपछि मुलुकको शान्तिप्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सुझाब दिन कार्यदल गठन गरेको थियो । 

कार्यदलमा माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ प्रकाश र वर्षमान पुन अनन्त, काँगे्रसबाट डा मिनेन्द्र रिजाल र कृष्ण सिटौला तथा एमालेबाट गृहमन्त्री भीम रावल र ईश्वर पोखरेल रहनुभएको छ । 

कार्यदलले आगमी माघ १ गतेबाट अनमिन फर्केपछि नेपालको शान्ति प्रक्रियालाई कसरी टुङ्गोमा पु¥याउन सकिन्छ भन्ने सम्बन्धमा जतिसक्दो चाँडो सहमति कायम गर्ने प्रयास गरिने जनाइएको छ । 

माधव–साझेदार देश

प्रधानमन्त्री माधवुकमार नेपालस“ग आज नेपालस्थित नेपालको विकास साझेदार युरोपेली युनियनका राजदूत, संयुक्त राष्ट्रसंघ र ईयुका विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सामूहिक भेट गरेका छन् । 

भेटमा संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि रोर्बट पाइपरले नेपालका विकास साझेदारहरुका तर्फबाट सन् २०१५ सम्मका लागि तयार गरिएको ५ बर्षे ‘नेपाल शान्ति तथा विकास रणनीति हस्तान्तरण गर्नुभयो । भेटमा युरोपियन युनियन सम्बद्ध फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, अष्ट्रेलिया, डेनमार्कका राजदूतहरु तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । 

संयुक्त राष्ट्रसंघीय निकायहरु, द्विपक्षीय सहयता निकायहरु, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु, गैरसरकारी संस्थाहरुलगायतको सहभागीतामा रणनीति निर्माण गरिएको साझेदार मुलुकहरुका तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । नेपालमा दीगो शान्ति स्थापनामा सहयोग पु¥याउने उद्देश्यले साझेदारी मुलुकहरुले रणनीति हस्तान्तरण गरेका हुन् । भेटमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि तथा मानवीय संयोजक रोर्बट पाइपरले नेपालका विकास साझेदारहरु आगामी दिनमा शान्ति प्रक्रियामा सहयोग पु¥याउन तयार रहेको बताउनुभयो । विस्तृत शान्ति सम्झौताले अल्पकालीन राजनैतिक प्रयासहरुका अतिरिक्त दीर्घकालीन रुपान्तरणमा दिएको जोडलाई विकासकर्मीका हैसियतले महत्वपूर्ण ठानेको पाइपरले बताउनुभयो । रणनीतिमा विस्तृत शान्ति सम्झौतालाई पथप्रदर्शकको रुपमा प्रयोग गर्दै सहयोगका लागि आउन सक्ने आग्रहका क्षेत्रहरु समेत पहिचान गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, विज्ञप्तिमा बहिर्गमन लडाकुहरुको पुनःस्थापन, संविधान निर्माण, द्वन्द्व प्रभावितहरुलाई सहयोग जस्ता विषयहरुलाई रणनीतिमा समेटिने उल्ल्ेख छ । 

करिन भेटघाट

नेपालस्थित राष्ट्रसंघिय नियोग अनमिनको बहिर्गन नजिकिदै गर्दा अनमिन प्रमुख करिन लेनग्रेनले अन्तिम बिदाईका लागि दलका नेता तथा सभामुखसँगको भेटवार्तालाई तिव्रता दिनुभएको छ । 

उहाले आज सभामुख सुवास नेम्वाङ र एकिकृत नेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गर्नुभएको हो । सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुख नेम्वाङसँग भएको भेटमा अनमिन प्रमुख लेनग्रेनले अनमिनको बहिर्गमन पछि पनि नेपालमा शन्ति र संबिधान निर्माण प्रक्रियाले पुर्णता पाउने बिश्वास व्यक्त गर्नु भएको थियो । सभामुख नेम्वाङले नेपालमा शान्ति प्रक्रियाका लागि सहयोग गरेकोमा  अनमिनको भुमिकाप्रति धन्यवाद दिनुभयो । 

यस्तै लेनग्रेनले बिहान माओवादी उपाध्यक्ष भट्टराइसँग भेटवार्ता गर्नुभएको थियो ।  भट्टराई निवास शान्तिनगरमा भएको भेटमा उपाध्यक्ष भट्टराईले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन अनमिन अझै रहनु पर्ने बताउनु भएको छ । भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अझै सम्पन्न नभएकोले राष्टसंघको उपस्थिति जरुरी रहेकोले माओवादीले राष्टसंघसमक्ष आग्रह गरेको बताउनु भएको थियो । 

सो अवसरमा अनमिन प्रमुख लनग्रेनल्े भने अन्तिम समय सम्मपनि अनमिनको म्याद थप बारेमा यहाँका दलहरुवीच सहमति हुन नसकेकोले अनमिनको फिर्ताी प्रक्रिया शुरु भइसकेको बताउनु भएको छ । यसअघि अन्तिम पटक भनिएपनि प्रमुख दलहरुवीच सहमति भएको भए अनमिनको म्याद थप्न पनि सक्ने उहाँले जानकारी गराउनु भएको थियो ।  अनमिनको अन्तिमपटक भनी थप गरिएको म्याद तिनदिनपछि सकिदैछ । 

झलनाथ

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वामपन्थी वा दक्षिणपन्थी दुवैखाले ध्रुवीकरणको चिन्तन राष्ट्रको हितका लागि अफापसिद्ध भएको बताउनुभएको छ । राजधानीमा आज नेपाल प्रगतिशील प्राध्यापक संगठनको आठौ राष्टिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष खनालले दुबै खतराबाट मुलुकलाई बचाउनुपर्ने धारणा राख्नुभयो । 

अध्यक्ष खनालले काग्रेस र माओवादी दुवै पार्टीले आ–आफ्नै नेत्तृत्वमा सरकारको दावी नछोडेकोले छ महिना भन्दा बढी समयमा पनि सरकार निर्माण गर्न नसकिएको बताउनुभयो । एमाले अध्यक्ष खनालले फेरी पनि दलहरुबिच सहमतिको विकल्प नरहेको दोहोरयाउदै अब गरिने सहमति अन्तीम र मुलुकलाई निर्णयक बिन्दुमा  पुरयाउने खालको हुने दावी गर्नुभयो ।

कार्यक्रममा माले महासचीव सीपी मैनालीले माओवादीले यसअघि गरेका प्रतिवद्धता पूरा नभएुम्म लोकतान्त्रीक गठबन्धन तोड्न नहुने बताउनुभयो । माओवादीले आफू अनुकुलको शान्ति र संविधान चाहेकाले सरकारमा जान खोजेको उहाको भनाइ छ । भारतको सहयोग लिएर नेपालमा हिंसा मच्चाउने माओवादीले अहिले उसैलाई प्रधान शत्रु भन्नुले माओवादी नियत ठिक नभएको र उसलाई विश्वास गर्न नसकिने बतातनुभयो । 

No comments: