Monday, January 31, 2011

माघ १७ गते २०६७


सहमतिय सरकार गठनको संभावना पनि समाप्तः 

Major three party meeting on Singhadurbar
सरकार गठन तथा लडाकु समायोजनबारे सहमती जुटाउन आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज पनि निश्कर्षविहीन बनेको छ । योसंगै बहुमतिय भीत्रपनि सहमतिको सरकार बन्ने संभावना टरेर गएको छ । तीन दलवीच लडाकु समायोजनको बारेमा मतभेद कायमै रहेपछि सिंहदरवार स्थित शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा दिउसो बसेको बैठक केही बेरमात्र बसेर स्थगित भएको थियो । 

माओवादीले कागे्रस÷एमाले गम्भीर नभएका कारण सहमति जुटन नसकेको बताएको छ भने कागे्रस–एमालेले लडाकू समायोजन र शान्ति प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याउन माओवादी प्रतिबद्ध नभएका कारण सहमति जुटन नसकेको आरोप लगाएका छन । द्विपक्षीय छलफलमा सहमति जुटेमात्र पुनः तीनदलको बैठक बस्नेवारे तय हुने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि जानकारी दिनुभयो । आवाज
काँगेस संसदीय दलका नेता रामचन्द« पौडेलले शान्ति र संविधानका लागि राष्ट्रिय सहमति अपरिहार्य भनिएपनि ऐजेण्डामा सहमति गर्न माओवादी तयार नभएका कारण सहमतिको सहमतिको कुरा मिथ्या सावित भएको बताउँनु भयो । उहाँले काँग्रेस सहमतिका लागि बाधक नभएको दावीगर्दै एजेण्डामा सहमति नभएका कारण व्यक्तीमा सहमति जुटन नसकेको दावी गर्नुभयो । यद्यपी उहाँले दलहरुबीच सहमतिकालागि आगामी दिनमा समेत पहल हुने विश्वास व्यक्त गर्नुभयो । 

एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधान सहमतिवाट बन्ने भएका कारण सहमतिय सरकार बनाउन आग्रह गरेपनि सहमति जुटन नसकेको बताउनु भयो । उहाँले राष्ट्रिय सहमतिका लागि अन्तिमसम्म प्रयासलाई जारी राख्ने दावी गर्नुभयो । राष्ट्रिय सहमति सर्वोत्तम विकल्प भएपनि त्यसमा सहमति नभए अन्य विकल्पमा जान समेत एमाले तयार रहेको बताउनुभएको थियो । 

स्रोतका अनुसार बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेतृत्वमा सरकार गठनगर्न तयार नभए सअमतिको कुरागर्नु व्यर्थ हुने भन्दै बैठक छोट्याउन आग्रह गर्नुभएको थियो । लडाकू शिविरलाइ विशेष समिति मातहत ल्याएपछिपनि माओवादीलाइ सरकारको नेतृत्ववाट बञ्चित गर्न खोज्नु शान्ति र संविधान निर्माणको विपक्षमा हुने भन्दै प्रचण्ड आक्रोशित बन्नु भएको थियो ।

दलहरुबीच सहमति जुटन नसकेपछि व्यबस्थापिका संसदमा आगामी २० गते सुरुहुने प्रधानमन्त्री निर्वाचनमा दुइ भन्दा बढि उमेदवार हुने निश्चित जस्तै देखिएको छ । प्रधानमन्त्री निर्वाचनकालागि पर्सि बुधवार उमेदवारको मनोनयन गर्ने कार्यक्रम छ । 

माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनाल भेटवार्ता

एकीकृत नेकपा माअ‍ेवादीले सहमतिय सरकार निमार्णका लागी काँग्रेसलाइ मनाउन एमालेलाइ आग्रह गरेको छ । आज बसको तिन दलको बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालसँग छुट्टै भेटगरी माओावदी नेताहरुले सहमतिय सरकार निमार्णमा काँग्रेसको अडान बाधक भएको भन्दै उसलाइ मनाउन आग्रह गरेको हो ।  

सिंहदरबार स्थीत माओवादी संसदिय दलको कार्यलयमा भएको भेटमा माओवादीले  खनाललाइ माओवादी नेतृत्वमा सहमतिय सरकार निमार्णमा सहयोग गर्न आग्रह गरेको बुझिएको छ । भेटपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सहमति सरकार निमार्णका लागी काँग्रेसलाइ मनाउन आग्रह गरिएको बताउनुभयो । प्रकाशले तिन दलको बैठकमा सहमति नहुनु गम्भीर विषय भएको दुइ दलले ठहर गरेको उल्लेख गर्दै अझैपनि सहमतिय सरकार निमार्णका लागी छलफल जारी राख्ने सहमति भएको बताउनुभयो । प्रकाशले पटक पटक भएका छलफल निष्र्कष विहीन हुदाँ माओवादी चिन्तीत बनेको समेत उल्लेख गर्नुभयो । 

त्यस्तै एमाले अध्यक्ष झलनाथ खनालले सहमतिय सरकार निमार्णका लागी छलफल जारी राख्न दुबै दल सहमत भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री चयनको निर्वाचनसम्म पनि सहमतिका लागी प्रयास जारी राखिने बताउनुभयो । 

प्रमुख तीन दलको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित हुनासाथ माओवादी र एमालेका नेताहरुबीच भएको छलफललाइ महत्वका साथ हेरिएको छ । 

काँग्रेस सभापतिद्धारा केन्द्रीय सदस्यमा मनोनयन

नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाले काँग्रेसको विधानको धारा २१ ठ अनुसार ९ जना केन्द्रीय सदस्यहरुको मनोनयन गर्नु भएको छ । सभापति कोइरालाले महाधिवेशनमा पराजीत भएका सदस्यहरुलाइ केन्द्रीय सदस्य पदमा मनोनयन गर्नु भएको हो । 

मनोनयनमा पर्ने केन्द्रीय सदस्यहरुमा विमलेन्द्र निधी, रामकृष्ण ताम्राकार, भीमबहादुर तमाङ, लीला कोइराला, दिलबहादुर घर्ति, गोपालराज पहाडी, नरहरि आचार्य, फरमुल्लाह मन्सुर र पद्मनाराण चौधरी रहनु भएको छ । मनोनयनमा परेका मध्ये निधी र आचार्य महामन्त्री पदमा प्रकाशमान सिंह सँग पराजीत भएको थियो । काँग्रेसको गत असोज १ देखी ६ गते सम्म चलेको महाधिवेशनले ६४ जनालाइ प्रत्यक्ष मतदानबाट चयन गरेको थियो । आजको मनोनयन सँगै काँग्रेसमा केन्द्रीय सदस्यहरुको संख्या ७४ पुगको छ । काँग्रेसको केन्द्रीय समिती ८५ सदस्यीय रहेको छ । 

पशुपतिनाथ मन्दिरको ढुकुटि नखोल्न सरकारको नाममा अन्तरिम आदेश : सर्वोच्च अदालतको 

सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरको ढुकुटि नखोल्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । यसअघि गत पुस ११ गते बसेको मन्त्रीपरिषद् बैठकले एक समिती गठन गरि पशुपतिनाथ मन्दीरको ढुकुटि खोल्ने निणर्य गरेको थियो । पशुपतिनाथको मन्दीरको ढुकुटि खोल्ने निणर्यको विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधिश गिशिचन्द लालको एकल इजलासले ढुकुटी आउँदो २७ गते सम्म नखोल्न आदेश दिएको हो । 

परापूर्वकाल देखी बन्द रहेको ढुकुटी नखोल्न माग गर्दै भरत जंगमले सर्वोच्च अदालतमा मुद्या दायर गर्नु भएको थियो । दायर रिटमा ऐन नियम काुनन विना नै कामचलाउम सरकारले ढुकुटी खोल्न गैर कानुनी हुने उल्लेख गरिएको छ । सरकारले पशुपतिको ढुकुटीमा धेरै सम्पती जम्मा भएको हुनसक्ने भन्दै संस्कृति मन्त्रालयका सचिवको संयोजकत्वमा एक समिती गठन गरी सम्पती सार्वजनिक गर्ने निणर्य गरेको थियो ।

संविधानको एकीकृत मस्यौदा तयारगर्ने काम भोलीदेखी

काठमाण्डौ, माघ १७ । आगामी एकसय दिनमा नयाँ संविधान बनाउने गरी सम्बैधानिक समितिले नयाँ संविधानको एकीकृत मस्यौदा निर्माणको कामलाइ भोलीदेखी तीब्रता दिने भएको छ । लामो समयको अन्तरालपछि संविधानसभा सचिवालय सिंहदरवारमा आज बसेको सम्बैधानिक समिति बैठकले विबादित बिषयलाइ सहमतिगर्दै नयाँ संविधानको एकीकृत मस्यौदा निर्माणको कामलाइ तीब्रता दिने बिषयमा सहमति गरेको हो । बैठकपछि समिति सभापति निलाम्बर आचार्यले भोली साशकीय स्वरुप समितिको मस्यौदावाट छलफल सुरु गरिने बताउनुभयो । 

सहमति भएका बिषयलाइ मस्यौदामा समावेश गर्ने र सहमति नभएका बिषयलाइ छलफलगर्दै लगिने उहाँले उल्लेख गर्नुभयो । 

यसअघि एकीकृत मस्यौदा निर्माणगर्न सम्बैधानिक समितिलाइ एक महिनाको समय दिएपनि समय छेटो भएका कारण यसपटक एक महिना भन्दा छोटो समयमा मस्यौदा तयार गर्नुपर्ने उहाँले बताउनुभयो । गत जेठ १४ मा संविधानसभाको म्याद थपिएपछि सम्बैधानिक समितिको बैठक ते्रसो पटक बसेको हो । समितिको बैठक भोली विहान ८ः३० मा पुनः बस्दैछ । 

प्रधानमन्त्री माधवकुमार नेपाल

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकु अब विशेष समितिको नियन्त्रणमा रहेका बताउनुभएको छ । नेपाल नगरपालिका संघले आज राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री नेपालले शक्तिखोर कार्यक्रमपछि लडाकुहरु कुनै राजनीतिक दलको अधिनमा नरहेको बताउनुभयो । विशेष समिति मातहत आइसकेका लडाकु अब सरकारको जिम्मेवारीको विषय भएको प्रधानमन्त्री नेपालको भनाइ थियो । 

नेपालको आन्तरिक समस्या नेपाली आफैंले समाधान गर्नु पर्ने भन्दै प्रधानमन्त्री नेपालले संघीय लोकतन्त्रिक गणतन्त्र संस्थागत गर्न राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको बताउनुभयो । दलहरुबीचका आपसी मतभेदका कारण जनताको मनमा धेरै आशंका उत्पन्न भएको प्रधानमन्त्रीको नेपालले टिप्पणी गर्नुभयो । 

रब पुगेर अलपत्र परेकाहरूको उद्धारको माग गर्दै : परराष्ट्र मन्त्रालयमा धर्ना

रोजगारको लागि साउदी अरब पुगेर अलपत्र परेकाहरूको उद्धारको माग गर्दै आफन्तहरुले आज परराष्ट्रमन्त्रालयमा धर्ना दिए । नेपालबाट रोजगारीका लागि साउदी अरब पुगेकाहरु अलपत्र परेपछि छिटो उद्धारको माग गर्दै आफन्तले परराष्ट्रमन्त्री सुजाता कोइरालाको कार्यकक्ष अगाडि धर्ना दिएका हुन् । धर्नाकारीलाई हटाउन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । लाठीचार्जबाट धर्नाकारीहरु घाइते भएका छन् । धर्नाका कारण कार्यालयमा कर्मचारी प्रवेशमा अवरोध हु“दा काममा समेत बाधा पुगेको थियो । धर्नाकारीका माग सुनेपछि परराष्ट्रमन्त्री सुजाता कोइरालाले रोजगारमा गएकाहरुलाई फर्काउने विषयमा आफ्नो मन्त्रालय अन्तगर्तन नपर्ने भन्दै श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो । 

यसैगरी अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याई स्थायी गरिनु पर्ने माग गर्दै अस्थायी शिक्षकहरुले आज देशभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन । अस्थायी शिक्षक आन्दोलन केन्द«ीय समितिले सेवा अवधि गणना गरी स्थायी प्रक्रिया शुरु गरिनुपर्ने माग गर्दे आजदेखी आन्दोलन सुरु गरेको हो । अहिले देशभरका ७५ जिल्लाका शिक्षा कार्यालय अगाडि धर्ना दिएको संघर्ष सििमतका महासचिव दिनेश थापाले जानकारी दिनुभयो । 

समाधिस्थलको रुपमा प्रयोग गर्नु पाउनुपर्ने माग गर्दै आज पनि प्रर्दशन 

Kirati vows for dead Body's right
काठमांडौ, १७ माघ । आफुहरुले चिहानको रुपमा प्रयोग गर्दै आइरहेको पशुपति क्षेत्रको श्लेष्मान्तक वनलाई समाधिस्थलको रुपमा प्रयोग गर्नु पाउनुपर्ने माग गर्दैै विभिन्न किराँत समुदायले आज गौशाला क्षेत्रमा प्रर्दशन गरेका छन् । 

सरकारले विकल्प नदिएसम्म पशुपति क्षेत्रको वनलाई नै समाधी स्थलको रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै शव सहीत प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीवीच पटक पटक दोहोरो झडप भएको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुकासाथै लाठी चार्ज गरेको थियो । 

यसैवीच किरांत सम्बद्ध बिभिन्न संघसंस्थाका प्रतिनीधिहरुले आज प्रधानमन्त्रि माधवकुमार नेपालसंग भेटी समस्या समाधानको लागि ध्यानाकर्षण गराएका छन् । 

प्रधानमन्त्रिको कार्यालय सिंहदरबारमा भेटी उनीहरुले बैकल्पिक स्थान नहुन्जेलसम्म श्लेष्मान्तक जङगलमा नै समाधिस्थल बनाउन दिनुपर्ने माग गरेका हुन् । भेटमा प्रधानमन्त्रि नेपालले तत्कालका लागि हाल जम्मा भएका शवहरु सोही क्षेत्रमा समाधी गर्न दिने र भोली संवद्ध निकायसंग छलफल गरी समाधान खोज्ने आश्वसन दिनुभएको किरात याक्थुङ चुम्लुङका महासचिव योगराज लिम्बुले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको आश्वासनपछि भोली किराँत राई समुदायले शक्ति पदर्शन सहीत जम्मा भएका तीन वटा लासलाई पशुपति वन क्षेत्रमा समाधी गर्ने यायोक्खाका अध्यक्ष चतुर्भुज राईले जानकारी दिनुभयो ।  

भट्टराईको चेतावनी 

एकिकृत नेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति र संबिधान निर्माण प्रक्रियालाई टुङग्याउन नसके मुलुक भयङकर दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ । उहाले दुर्घटनाको संकेत जनताले देखाउन थालिसकेको दाबी गर्दै केहि हप्ता अघि एमाले अध्यक्ष झलनाथ खनालमाथि भएको आक्रमण दुर्घटनाको संकेत भएको टिप्पणी गर्नुभयो । धादिङको मौदीमा आज एक बिद्यालयको स्वर्ण महोत्सव कार्याक्रममा उपाध्यक्ष भट्टराईले शान्ति र संबिधानका लागि दलहरुबिचको सहमतीको बिकल्प नभएको बताउनु भयो । उहाले शान्ति र संबिधानमा माओबादी प्रतिबद्ध रहेको भन्दै निर्धारित समयमै संबिधान जारी गर्न माओबाीको नेतृत्व आवश्यक रहेको दाबी भयो । 

क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनशिप बजेटका कारण अन्यौलमा 

आउँदो फागुन आठमा काठमाडौंंको गोकर्णमा आयोजना हुने भनिएको ११ औ एसियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनशिप बजेटका कारण अन्यौलमा परेको छ । 

नेपाल एथलेटिक्स संघले आज ललितपुरमा पत्रकार सम्मलेन गर्दै प्रतियोगिताका लागि सरकारको तर्फबाट अहिले सम्म बजेट नछुट्याइएको गुनासो गरेको हो । संघले प्रतियोगिताका लागि चाहिने थप ८५ लाख रुपैया सरकारले नछुट्याए निर्धारित मितिमा प्रतियोगिता नहुने संकेत गरेको थियो । प्रतियोगिताका लागि हालसम्म ४५ मध्ये २२ राष्ट्रले सहभागिता जनाउने निश्चित गरिसक्दा प्रतियोगिता हुने वा नहुने अनिश्चित बनेको हो । संघले प्रतियोगिताका लागि एक करोड पाच लाख  रुपैयाको बजेट लाग्ने जनाउदै थप ४५ लाख नीजि क्षेत्रबाट उठाउने भएको छ । यसैबीच संघले प्रतियोगिताका दौरान अन्तराष्ट्रिय एथलेटिक्स एसोशियसनका अध्यक्ष लामिन डायक नेपाल आउने जनाएको छ । 

No comments: