Sunday, January 30, 2011

माघ १६ गते २०६७


आउँदो २३ गते पनि सरकार बन्दैन ः अध्यक्ष प्रचण्ड

Chairman Prachanda
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो २३ गते पनि देशले नयाँ प्रधानमन्त्री नपाउने बताउनु भएको छ । प्रचण्डले केही दलहरुले आउँदो निर्वाचन पनि बहिष्कार गर्ने तयारी गरेकाले आफुलाइ नयाँ प्रधानमन्त्री चयन हुनेमा शंका लागेको बताउनुभयो । 

सुनसरीको हासँपोसामा शहिद स्मीतृ आवासिय विद्यायलको उद्घान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो ः सर्वोच्चको तटस्थ बस्न नपाइने आदेश तथा नियमवालि बदलिएका कारण प्रधानमन्त्री चयन हुन्छ जस्तो लागेको थियो तर तिन दलको बैठकमा एक नेताले बहिष्कार बारे बताएपछि प्रधानमन्त्री चयनमा शंका लागेको छ । प्रचण्डले सरकार बनोस् भन्ने माओवादी चाहना रहेको तथा त्यसमा दावि रहेकाले निवार्चन सफल नहुने आफुले पाएको बताउनुभयो । 

त्यस्तै प्रचण्डले माओवादीलाइ पाखा लागउने तयारी भएको भन्दै चोर लाइ चौतारो र साधुलाइ शुलि भए जन विद्रोहमा जान जनता बाध्य हुने बताउनुभयो । प्रचण्डले भन्नुभयो ः चोरलाइ चौतारो र साधुलाइ शुलि भइरहे जनाताले विद्रोह गर्नुपछृ । विपी कोईरालालाइ चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्रीबाट अपदस्थ गरिएको भन्दै प्रचन्डले आफूलाई पनि भारतले अप्ठेरोमा पारिरहेको गुनासो गर्नुभयो । आगामी प्रधानमन्त्री निर्वाचनमा भोट विगारेर भएपनि परिणाम विहिन बनाउने सङकेत पाएको दावी गर्दे उहाँले जनविद्रोहको विकल्प नभएकोमा जोड दिनुभयो । आफ्नो पार्टी संविधान सभामा सबैभन्दा ठूलो दल भएको र शान्ति प्रक्रियाको एक हिस्सा भएकाले पनि अबको सरकारको नेतृत्व माओवादीले नै पाउनुपर्ने प्रचण्डले जिकिर गर्नुभयो । प्रचण्डले कुनै पनि दलको नेतृत्वमा सरकार बन्न नदिन चलखेल भइरहेको भन्दै भोली बस्ने तिन दलको बैठक समेत निष्कर्ष विहीन बन्ने बताउनुभयो । 

यसैबिच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले माघ २३ गतेसम्म पनि सरकार नबन्ने दाबी गर्नु भएको छ । पार्टिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै बिजुक्छेले तत्काल सहमतिको सरकार पनि नबन्ने र बहुमतीय सरकार पनि बन्न नसक्ने बताउनुभयो । सरकारको नेतृत्व दाबी गर्ने तीनवटै दल आ–आफ्नै अडानमा रहेकाले सहमतीय सरकार नबन्ने र निर्वाचनको दिनमा पनि सभासद् उपस्थित नहुने र मतदान नगर्ने दाबी गर्नुभयो । 

उहाँले अहिलेकै सरकार रहँदा पनि ठूला तीनवटै दललाई फाइदा भइरहेकाले अहिलेको समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाउनुभयो । काँग्रेस, एमाले सरकारमा बसेर फाइदा लुटिरहेका र माओवादी विपक्षमै बसेर सरकार सरहको फाइदा लुटिरहेकाले समस्या समाधानमा गम्भीर नभएको बिजुक्छेको भनाइ थियो ।  

लडाकू समायोजनको मोडालिटिवारे छलफलः 

भोलि बस्ने तिन दलको बैठक अघि काँग्रेस तथा एमालले सेना समायोजनको मोडालिटीबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा दुइ दलले प्रधान सेनापति छत्रमान सिंह गुरुङ्ग तथा सेना समायोजन विषेश समिती संयोजक बालानन्द शर्मासँग समेत परार्मश गरेका थिए । 

बैठकमा कार्यदलले तयार गरेको मोओवादी लडाकुको समायोजन प्रस्तावबारे सामान्य कुराकानी भएको काँग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले एकीकृत माओवादीका जनसेनाका लडाकूको समायोजन मापदण्डवारे छलफल भएपनि कुनै निष्कर्षमा नपुगिएको बताउनुभयो । 

त्यस्तै बैठकपछि विषेश समिती संयोजक बालानन्द शर्माले बैठकमा सेना समायोजन कसरी गर्ने बारे कुराकानी भएको बताउनुभयो । उहाँले बैठकमा सेनामा कति र कसरी समायोजन गर्ने भन्ने विषयमा चर्चा भएको समेत बताउनुभयो । शर्माले बैठकमा प्रधानसेतापति गरुङ्गले समायोजन बारे दलहरु बिच हुने सहमति पालना गर्ने बताएको समेत जानकारी दिनुभयो । शर्माले भन्नेभयो ः सेनाले राजनैतिक निणर्य मान्छु भनेको छ । 
बैठकमा सहभागीा हुन एमाले नेताहरु स्थायी समिती बैठक छोट्याएर बालुवाटार पुगेका थिए । छलफलमा एमाले अध्यक्ष झलनाथ खनाल, कागे्रस वरिष्ठ नेता शेरबहादुर देउवा लगायत सहभागी हुनु भएको थियो । 
यसअघि माओवादीले सनाको उच्च तहमा समेत समायोजन प्रस्ताव गरेपछि समायोजन प्याकेजमा सहमति गर्न बसेको तीनदलको बैठक निश्कर्षहीन भएको थियो । माओवादीले गरेको प्रस्ताव अनुसार समायोजन गरे नेपाली सेनामा राजनीतिक प्रभाव बढ्ने निश्कर्ष दुइदलले राखेका थिए । भोली बस्ने तीनदलको बैठकमा व्यक्तीगत योग्यताका आधारमा समायोजन गर्ने प्रस्ताव लैजाने कागे्रस–एमालेवीच सहमति भएको छ । 

एमाले स्थायी कमिटिको बैठक

सहमतीय सरकार निर्माणको म्याद सकी बहुमतीय प्रक्रिया शुरु भएपनि नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास जारी राख्ने निणर्य गरेको छ । केन्द्रीय कमिटीको बहुमियत प्रक्रियामा जाने निणर्यलाइ पुर्न विचार गर्दै एमालले सहमतिका लागी पुन पहल गर्ने निणर्य गरेको हो । 

सरकार गठनमा सहमति निर्माण हुन नसकी अन्योल उत्पन्न भइरहेको बेला एमालेको आज बसेको स्थाई कमिटिको बैठकले सहमतिय सरकारका लागि अन्तिम पटक पहल गर्ने निणर्य गरेको हो । बैठकपछि एमाले महासचिव इश्वर पोखरेलले दलहरुसँगको सहमतिका लागी एक पटक पुन छलफल गर्ने निर्र्णय भएको जानकारी दिनुभयो । साथै एमालले पुन सुरु भएको प्रधानमन्त्री चयनको निर्वाचनबारे आधिकारीक धारणा तय गर्न पर्सि १८ गतेका लागी केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ । एमालेमा बहमतीय प्रणालीमा सरकार गठन गर्नुपरेमा माओवादीको समर्थनमा एमालेले सरकारको नेतृत्व गर्ने या काँग्रेसलाई सरकार गठनका लागि समर्थन गर्ने भन्नेमा विवाद रहँदै आएको छ । 

सम्वैधानिक समिति सभापति आचार्यद्वारा माओवादीसंग परामर्शः

काठमाण्डौ, माघ १६ । सम्बैधानिक समितिको नयाँ भूमिकावारे सम्बैधानिक समितिका सभापति निलाम्वर आचार्यले दलहरुसंग परामर्श गर्नुभएको छ । यसक्रममा सभापति आचार्यले आज एकीकृत माओवादी, मधेशवादी लगायत साना दलहरुसंग दिउसो छलफल गर्नु भएको छ । संविधानसभा सचिवालय सिंहदरवारमा दिनभर भएका परामर्शमा नयाँ संविधानको एकीकृत मस्यौदा तयार गर्नेवारे छलफल भएको थियो । माओवादीले नयाँ संविधानको एकीकृत मस्यौदा निर्माणको कामलाइ उत्ससाहपूर्वक अगाडि बढाउने प्रतिबद्धता जनाएको उपाध्यक्ष प्रकाशले जानकारी दिनुभयो । 

सहमति भएका विबषयलाइ संविधानको एकीकृत मस्यौदामा समावेश गर्न तथा मिल्न बाकी बिषयलाइ छलफलगर्दै जान प्रस्ताव गरिएको उहाँले बताउनुभयो । भेटपछि सभापति आचार्यले नियमावली संशोधनपछि सम्बैधानिक समितिको भूमिका समेत परिवर्तन भएको सम्बन्धमा भोलीदेखी सुरुहुने बैठकवारे दलहरुसंग परामर्श गरेको बताउनुभयो । 

उहाँले संविधानसभावाट पारित भएर आउनुपर्ने मस्यौदा प्रतिवेदन विबाद सहित सम्बैधानिक समितिमा आएकोले सहमतिकालागि अधिकतम पहल गर्ने बताउनुभयो । 

कागे्रस र एमालेसंग छलफल गरीसकेका आचार्यले दिउसो अन्य साना दलसंग परामर्श गर्नुहुनेछ । झण्डै ८ महिनाको अन्तरालमा संम्बैधानिक समितिको बैठक भोली विहान बस्दैछ । 

कोइराला काँग्रेस नेतृत्व जरुरी छ ।

नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाले नयाँ बन्ने सरकारमा काँग्रेसका तर्फबाट प्रधानमन्त्रीको उमेद्धार रामचन्द्र पौडेलनै रहने बताउनु भएको छ । कोइरालाले आउँदो सरकार काँग्रेस नेतृत्वमा बन्नुपर्ने समेत बताउनुभयो । कोइरालाले भन्नुभयो ः अबको सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्ने हो । बाराको सिमराको एक कार्यक्रममा बोल्दै सभापति कोइरालाले अहिले माअ‍ोवादीको कारण सरकार बन्न नसकेको समेत बताउनुभयो । उहाँले माओवादीको अडानका कारण दलहरु बिच सहमति जुट्न नसकेको समेत बताउनुभयो । 

आज शहिद दिवश 

प्रजातन्त्र प्राप्तिका लागी आफ्नो ज्यान बलिदान दिने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा आज देशभर  सहिद दिबस मनाइएको छ ।  

सहिद सप्ताह मुल समारोह समितीको आयोजनामा राजधानीको लैनचौरस्थित शहीदपार्कमा आज बिहान बिशेष समारोहकाबीच श्रद्धाञ्जली सभा आयोजना गरेको छ  । समारोहमा प्रधानमन्त्री माधब कुमार नेपालले अमर सहीदहरुको स्तम्भमा माल्र्यापण गरी सहीदप्रति श्रद्धान्जली प्रकट गर्नुभएकोृ थियो । कार्यक्रममा मन्त्रीहरु,  सरकारका वरिष्ठ अधिकारीहरु र सुरक्षा प्रमुखहरुको समेत सहभागीता रहेको थियो । दिवशको अवसरमा राजधानी लगायत देशका विभीन्न स्थानमा प्रभातफेरी, रक्तदान लगायतका बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 

नेपाली जनतालाई रैती र प्रजा बाट सार्बभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन ,निरकुश पञ्चायती ब्यबस्था र तानाशाही राजतन्त्र बिरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनहरुमा वीर सपुतहरुले गरेको बलिदानको स्मरणमा हरेक बर्ष माघ १६ गते सहिद दिबस मनाउने गरिन्छ ।

जहानियाँ राणा शासनको अन्त्यका लागी ज्यानको बाजी लगाएका नेपालका अमर शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दका साथै लोकतन्त्र प्राप्तीका लागी बलिदान दिने ज्ञात अज्ञात शहिदहरुको सम्झनामा प्रत्येक बर्ष  माघ १० गते देखि एक साता सम्म सहिद सप्ताहको रुपमा मुलुक भर बिभिन्न कार्यक्रम गर्ने गरिएको छ  । 

यसैबिच सहिद दिबसको अबसरमा राष्ट्रपति डा रामवरण यादवले राष्ट्रको सुखद् भविष्यका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । राष्ट्रपति डा यादवले ‘हामी सबैको दयित्व यतिखेर सहिदको सपना प्रतिविम्बित हुने नयाँ संविधान निर्माण गर्नु रहेको भन्दै यसका लागि समृद्ध र न्यायपूर्ण समाज निर्माणको परिकल्पनासहित लोकतन्त्रका लागि आफ्नो जीवन बलिदान गर्ने वीर सहिदले देखाएको बाटो अनुशरण गर्नु आवश्यक रहेको’मा जोड दिनुभएको छ ।

यस्तै प्रधानमन्त्री माधवकुमार नेपालले सम्पुर्ण सहिद प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको बलिदान र योगदानकै कारण मुलुकमा गणतन्त्र स्थापित भएको बताउनु भएको छ । सहिदहरु बलिदान, समर्पण र प्रेरणाका अजश्र स्रोत भएकोले सहिदले छोडेको जिम्मेवारी र उनीहरुका अधुरा सपना पूरागर्ने अभियानमा इमान्दारीपूर्वक लाग्न पनि प्रधानमन्त्री नेपालले सम्पूर्ण राजनैतिक दल, वर्ग र समुदायलाई आह्वान गर्नुभएको छ । यसैगरि नेपाली कग्रेश लगायत विभिन्न राजनीतिक दलहरुले विज्ञप्ति जारी गरी सहीदप्रति श्रद्धान्जली प्रकट गरेका छन् ।

बादलको समाचार

एकिकृत नेकपा माओबादीका महासचिब रामबहादुर थापा बादलले गणतन्त्रको संस्थागत विकासका लागि अन्तिम बिद्रोह आवश्यक रहेको बताउनु भएको छ । दलहरुबीच सहमतीको कुनै संभाबना नभएकोले अन्तिम बिद्रोहको लागि तयार रहन पनि उहाँले कार्यकर्तालाइ निर्देशन दिनुभयो । चितवनको भरतपुरमा शहिदको शालिक अनाबरण गर्न आयोजित कार्यक्रमलाय संवोधनगर्दै महासचिब बादलले जनताका अधिकारको रक्षकालागि बिद्रोह जरुरी रहेको बताउनु भएको हो ।  जनताको म्यान्डेड अनुसार माओबादीको नेतृत्वमा सरकार बनाउनको लागि अन्य दलले आनाकानी गरेको कारण गतिरोध अन्त्य हुन नसकेको उहाँको भनाई थियो । नया संबिधान र स्वाधिनताको लागि का्रन्तिको आधीबेहरी ल्याउनुको विकल्प नभएको भन्दै बादलले त्यस्तो आन्दोनले मात्र विदेशी हस्तक्षेप रोक्न सक्ने धारणा राख्नुभयो । 

पत्रकार महासंघ र बार एसोसिएसन

शान्ति र सबिधान,,नेपाल पत्रकार महासघको अभियान भन्ने मुलनाराका साथ सुरु भएको महासङघको शान्ति ¥यालीले न्युरोड।असन,भोटाहिटी लगायत शहरका विभिन्न भागहरुको परिक्रमा गरी रत्नपर्काको शान्ति वाटिकामा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दे पत्रकार महासङघका सभापती धर्वेन्द्र झाले दलहरुले तोकिएको समयमा संविधान पूरा गर्नेमा ध्यान नदिएकाले खबरदारी गर्न ¥यालीको आयोजना गरिएको बताउनुभयो । ०६२—६३ को जनआन्दोलनमा पनि पत्रकार तथा कानुन ब्यवसायीहरुको संयुक्त  पहलमा दवावमूलक कार्यक्रमको आयोजना गरिएको र अब पनि दवाव दिने उदेश्यका साथ कार्यैक्रम गरिएको बताउनुभयो । दलहरुलाई खबरदारी गरिने अभियान जारी राखिने झाले जानकारी दिनुभयो । ¥यालीमा उल्ल्ेख्य मात्रामा पत्रकार तथा सन्चारकर्मीहरुको उपस्थिती रहेको थियो । महासङघको नेतृत्वमा अन्य जिल्लाहरुमा पनि दवावमूलक कार्यक्रमहरुको आयोजना भईरहेको बताईएको छ ।

यस्तै नेपाल बार एसोसिएसनले पनि राजधानीको भद्कालीबाट नै मौनजुलुस निकालेको छ । सो मौन जुलुसले पनि शहर परिक्रमा गरि बार भबनमै मैनबत्ती बालेर अभियानलाई औपचारिक सुरुवात गरेको छ । शान्ति वाटिकामा नै आयोजित कोणसभामा वरिष्ठ अधिबक्ता कृष्णप्रसाद भन्डारीले जनताको अधिकार सुनिशिचत गर्नका लागि तोकिएको समयमै संविधान लेखिनुपर्ने र त्यसका लागि दलहरुलाई निरन्तर खबरदारी गरिनुपर्ने बताउनुभयो ।

पशुपतिमा तनाब 

काठमाडौ । पशुपति क्षेत्रका श्लेष्मान्तक जङ्गलमा समाधिस्थलको रुपमा प्रयोग गर्न रोक लगाएको बारेमा विभिन्न किराँती समुदायले गम्भीरु आपत्ति जनाएको छ । 

किराँत आदिवासीहरु राई लिम्बु, याक्खा र सुनुवार सम्बद्ध विभिन्न संस्थाहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले सरकारले तत्काल सो क्षेत्रमा चिहानको रुप्मा प्रयोग गर्न नदिए गम्भीर परिस्थिति आउन सक्ने चेतावनीदिइएको छ । त्यसतो परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने बिज्ञप्तिमा उल्लेख छ । 

पशुपतिको वनमा आजपनि किराती समुदाय र प्रहरीवचि झडपका घटनाहरु भएका छन् ।  झडपका कारण तीलगँगा क्षेत्रमा साँझ सम्म तनाब उत्पन्न भएको छ । किराँत राई यायोक्खा, किराँत याक्थुप चुम्लुङ, सुनुवार सेवा समाज र किराँत याक्खा छुम्माले आज जारी संयुक्त विज्ञप्तिमा २०५५ सालमा किरात समन्वय समिति र सरकारवीच भएको सहतिमा अर्र्को विकल्प नभएसम्मक ालािग सौही स्थानलाई समाधीस्थलको रुपमा प्रयोग गर्ने सहमति भएको र पशुपती क्षेत्र विकास कोाषले उक्त सहमतिलाई लत्याउदै रोक लगाएको भन्दै उनीहरुले विरोध गरेका छन् । 

यसैवीच नेपाल आदिावासी जनजाति महासंघले किराँती समुदायले समाधी स्थलको रुपमा प्रयोग गर्दै आएको स्थान पशुपति जंगलको बारेमा भएको विवादलाई तत्काल वार्ताको माध्यमबाट समधान गर्न सरकार संग माग गरेको छ । सदियौ देखि प्रयोग गर्दै आएको क्षेत्रमा रोक लागाउने निर्णयलाई तत्काल पुनर्विचार गर्न समेत महासंघले आग्रह गरेको छ । 

No comments: