चेन अफ कमाण्ड माओवादी मातहत नै छ । ः अध्यक्ष प्रचण्ड
![]() |
चेन अफ कमाण्ड मेरै नेतृत्वमा छ ः प्रचण्ड |
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेना समायोजन प्रक्रिया नटुङ्गिए सम्म मओवादी लडाकुको चेन अफ कमाण्ड आफ्नै मातहत रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा संचारकर्मीहरु सँग कुरा गर्दै प्रचण्ड लडाकुहरु विषेश समितीको निगरानीमा गएपनि कमाण्ड भने माओवादी कै रहेको बताउनु भएको हो । प्रचण्डले भन्नुभयो ः समायोजन र पुनस्थापना टुङ्गिए मात्र कमाण्ड विषेश समिती मातहत जान्छ ।
प्रचण्डले लडाकु विषेश समिती मातहत जानु ऐतिहासिक घटना भएको उल्लेख गर्दै अन्तराष्ट्रिय रुपमा शान्ती प्रक्रियाको विश्वासिलो खुड्किलो बनेको धारणा राख्नुभयो । उहाँले चितवनको कार्यक्रमले विश्वासको वातावरण निमार्णमा सहयोग पु¥याएको दावि समेत गर्नुभयो । साथै प्रचण्डले सरकारमा जानकै लागी माओवादीलाइ सर्त नतेस्याउन संसदवादी दलहरुलाइ आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो ः माओवादीलाइ सरकारको नेतृत्व दिनका लागी सर्त माथी सर्त नराख्नुस् । माअोवादीले सहमतिय सरकारको नेतृत्वका लागी पहल गरिरहेको बताउँदै प्रचण्डले नभए बहुमतिय सरकारमा भएपनि नेतृत्व लिने बताउनुभयो । प्रचण्डले सरकार मै जानका लागी तिन दिनमा लडाकु समायोजनको खाका निमार्ण हुन नसक्ने समेत टिप्पणी गर्नुभयो । प्रचण्डले भन्नुभयो ः सरकार निमार्ण भएपछि सबै मिलेर जान्छ । प्रचण्डले माओवादी बाहेकका दलको नेतृत्वमा शान्ती र संविधान सुनिश्चीत नहुने भन्दै माओवादीलाइ कसैले रोक्न नसक्ने बताउनुभयो । प्रचण्डले पार्टिमा बाहिर हल्ला भएजस्तो लडाकुलाइ विषेश समिती मातहत ल्याउने विषयमा विवाद नभएको समेत जिकिर गर्नुभयो ।
यसअघि आज बिहान भएको एक कार्यक्रमा अध्यक्ष प्रचन्डले आफूहरु जनयुद्धबाट खुला राजनीतिामा आए लगत्तैदेखि चौतर्फी घेराबन्दीमा परेको बताउनुभएको थियो । दाहालले चौतर्फी घेराबन्दीका कारण माओवादी हिलोमा फसेको समेत टिप्पणी गर्नु भयो । माओवादी उपाध्यक्ष मोहन बैद्य किरणद्धारा लिखित मार्कसवादी दर्शन नामक पुस्तकको राजधानीमा विमोचन गर्दै अध्यक्ष प्रचन्डले शान्ति प्रक्रियामा आएपछि आफूहरु हिलोमैलोबाट ढाकिएको गुनासो गर्नुभयो ।
तर माओवादी निरन्तर हिलोमैलोबाट मुक्त हुने अभियानममा लागिरहेको भन्दै प्रचन्डले हिलोमैलो भित्रैबाट क्रान्ति पूरा गरेरै छाड्ने दावी गर्नुभयो । माओवादीलाई प्रतिक्रियावादी र संसोधनवादीहरुले घेराबन्दीमा पारेको तर आफूहरु हिलोमैलोबाट पनि फूल फुलाउन प्रयासरत रहेको उहाँको अठोट छ । पार्टीका केही कार्यकर्ताले बजारमा पाईने माक्र्सवाद पढेकाले पार्टीमा केही विचलन जस्तो देखिएको उल्लेख गर्दे उहाँले किरणद्धारा लिखित पुस्तकलाई पार्टीको पाठ्यक्रमकै रुपमा कार्यकर्ता सम्म लैजाने जानकारी दिनुभयो ।
कार्यक्रममा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पुस्तकको समिक्षा गर्दै विचारको रक्षा र प्रयोगकालागि पार्टीमा अन्तरसङघर्ष भएको दावी गर्नुभयो । माओवादी उपाध्यक्ष किरणले सो पुस्तक ११ वर्ष लगाएर लेख्नुभएको र पुस्तककमा कार्ल माक्र्सदखि माओत्से तुङले गर्नुभएका कार्यहरु समेत समेटिएको बताईएको छ ।
कार्यलदलले तयार पारेको अवधारणाप्रति सकारात्मक : प्रमुख तीन दलको बैठक
सरकार गठन तथा लडाकु समायोजनबारे तीन दलीय कार्यलदलले तयार पारेको अवधारणाप्रति प्रमुख तीन दलका शीर्ष नेताहरु सकारात्मक देखिएका छन् ।
लडाकु समायोजन सम्बन्धमा तयार पारिएको कार्यदलको प्रतिवेदनमाथि आज प्रमुख तीन दलका शिर्ष नेताहरुले प्रारम्भिक छलफल गर्दै सकारात्मक रहेको बताएका हुन् । प्रधानमन्त्री माधव कुमार नेपालसहीतको सहभागीतामा लाजिम्पाटस्थित र्याडिसन होटलमा भएको बैठकमा कार्यदलले तयार गरेर प्रतिबेदन प्रस्तुत गरेको र प्रतिवेदनमा नेताहरु सकारात्मक रहेको बैठकपछि माओवादी नेता वर्षमान पुन अनन्तले जानकारी दिनुभयो । कार्यदलले प्रस्तुत गरेको मोडालिटीका सम्बन्धमा भने नेताहरुले केही प्रतिक्रिया दिन मानेनन् । अहिले तत्कालै दलहरुको पोजिसनको बारेमा सार्वजानिक गर्दा निष्कर्षमा पुग्न नसकेकोले सार्वजानिक नगरेको बैठकपछि नेताहरुले बताएका छन् ।
कार्यदललले तयार पारेको समायोजनको खाका शीर्ष नेताहरुलाई बुझाएको र सो मोडालिटीमा सकारात्मक ढंगले छलफल भएको अनन्तको भनाई थियो । कार्यदलको प्रतिवेदनमाथि तीन दलले आन्तरिक तथा द्धिपक्षीय छलफल गरी पर्सी पुनः तीन दलको बैठक बसेर सहमति कायम गर्ने सहमति भएको बैठक पछि काँग्रेस नेता रामशरण महतले जानकारी दिनुभयो । बैठकमा सहभागी गृहमन्त्री भीम रावलले कार्यदलले शान्ती प्रक्रिया लगायत सरकार गठन लगायतका विषयमा शिर्ष नेतालाई जानकारी गराएको र पर्सी शीर्ष नेताको बैठकमा छलफल गरिने बताउँनु भयो ।
कार्यदलले सुरक्षा निकायमा समायोजन गरिने लडाकूको सङ्ख्या, समायोजनको मापदण्ड, हतियार व्यवस्थापनको विधि लगायत शान्ति प्रक्रियाका विवादित विषयहरुमा हिजो दिनभरी छलफल गरी अवधारणा निर्माण गरेको थियो । कार्यदलले कुनै एउटा खाकामा सहमति जुटाउन नसकिए पनि मिश्रित, सिंगै इकाई र सिंगल लगायतका मोडालिटीहरुको प्रस्ताब गरेको बताईएको छ ।
कोशीमा भारतको ज्यादती
भारतीय पक्षले हिजोबाट सुनसरीको कोशी ब्यारेजका ढोका बन्द गरिएपछि ब्यारेज आसपासका सयौं बिगाह नेपाली भुभाग डुबानमा परेको छ । भारत सरकारले बनाँउदै आएको राष्ट्रिय राजमार्ग अन्र्तगत बिहारको भवटिहायीमा कोशी नदीमा पुल निर्माणका लागि भन्दै हिजोदेखी कोसी व्यारेजको ५२ वटै ढोका बन्द गरिएको हो । व्यारेजका सबै ढोका बन्द गरीएपछि पानी ओभर फ्ल्लो भइ सुनसरीको करिव १ सय ५० विगहा खेतीयोग्य जग्गा डुवानमा परेको स्थानीयले बताएका छन् ।
भारत सरकारको महत्वकाक्षिं योजना अन्तरगत पुर्व पश्चिम राजमार्ग को भवटियामा वन्न लागेको पुलको ढलानको काम करिव तीन दिन सम्म चल्ने कोशी व्यारेजस्थित कन्टेल रुमले जानकारी दिएको छ । तीनदिन पछि काम पुरा हुने बताए पनि त्यस अवधिमा नेपाली भुभागमा लगाइएको गहुवाली भन्ने पुरै नस्ट हुने स्थानिय रहमुल अन्सारीले बताएका छन् ।
कोशी नदीमा कुनै पनि निमार्णको काम गर्दा दुवै देशको सहमितमा वन्ने र भारतिय पक्षले निमार्ण वा मर्मतका क्रममा क्षति पुगे क्षतिपुर्ति दिने व्यवस्था रहेपनि अहिले सम्म भारतीय पक्षले डुबान बारे कुैनै प्रतिक्रिया दिएको छैन् ।
लास गाड्ने विषयमा ः पशुपतिमा तनाब
पशुपति क्षेत्रमा लास गाड्ने विषयलाइ लिएर किरातँ समुदाय र प्रहरी बिच झडप भएको छ । पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदासुचीमा रहेको पशुपति क्षेत्रका जङ्गलमा चिहान बनाउन नदिने बताएपछि किराँत समुदाय र सुरक्षाकर्मीवीच झडप भएको हो ।
राजधानीमा बसोबास गर्ने किराँत समुदायले लामो समयदेखि पशुपतिको बनमा आफुहरुले लास गाड्दै आएको भन्न्दै लास गाड्न दिन माग गरेपछि चिहानको लागि जग्गा दिने विषयमा विवाद भएको हो ।
उदयपुरका एक जनाको निधन भएपछि दाहासंस्कारका लागि पशुपति लगिएकोमा प्रहरीले चिहान दिन नमिल्ने बताएपछि उपस्थित मलामी र प्रहरीवीच झडप भएको किराँत राई यायोक्खाका अध्यक्ष चतुर्भुज राईले बताउनु भयो ।
किराँत समुदायले सो क्षेत्रमा किराँतीहरुको सास्कृतिक स्थलको रुपमा सदियौ देखि चिहान गाड्ने स्थानको रुपमा प्रयोग गर्दै आएको उहाँले बताउनु भयो । यसअघि पनि सो क्षेत्रमा चिहान बनाउन नदिने निर्णय गरेपछि २०५५ सालमा किराँत समुदाय र सरकारवीच भएको सहमतिमा सरकारले विकल्प नदिए सम्मको लागि सोही स्थान प्रयोग गर्न दिने सहमति भए अनुसार नै आफुहरुले चिहानको रुपमा प्रयोग गर्दै आएको अध्यक्ष राईले बताउनु भयो ।
सो क्षेत्रमा किराँत समुदाय, दशनमी समाज र क्रिश्चयन समुदायले लास गाड्दै आएका छन् । विश्व सम्पदासूचिमा सुचिकृत पशुपति क्षेत्रमा अतिक्रमण भयो भन्ने जनगुनासो बढ्दै गएपछि पशुपति क्षेत्र विकास कोषले १५ दिन अघि अबदेखि सो क्षेत्रमा चिहानको ालगि स्थान नदिने निर्णय कोषले गरेको थियो ।
समयोजनको मोडालिटीमा सहमति हुनासाथ राष्ट्रिय सरकार : प्रधानमन्त्री
प्रधानमन्त्री माधवकुमार नेपालले सेना समयोजनको मोडालिटीमा सहमति हुनासाथ राष्ट्रिय सरकार बन्ने बताउनुभएको छ । राजधानीमा आदिवासी जनजाती यूवा महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री नेपालले लडाकुहरुको समायोजन र पुनःस्थापनाको मोडालिटीमा सहमति भए तत्काल राष्ट्रिय सरकार बन्न सक्ने बताउनुभयो । त्यसका लागि सहमतिको भावनालाई तीब्र रुपमा अघि बढाउनुपर्ने उहांले बताउनुभयो । सबै नेताहरु एक कदम लचिलो बन्ने हो भने समझदारी त्यति टाढा नरहेको प्रधानमन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्री नेपालले माओवादी सेनाका लडाकुहरुलाई विशेष समितिको मातहतमा ल्याएपछि विश्वासको नया“ जग निर्माण हुन लागेको सन्देश प्रवाहित भएको बताउनुभयो । सहमतिमा तयार हुने समायोजन मोडालिटीले मात्र शान्ति प्रक्रिया, संविधान लेखन प्रक्रिया गन्तव्यमा पुग्ने उहांले बताउनुभयो । विगतका सबै घटना र आरोहअवरोहहरुलाई बिर्सिएर गम्भीर बन्न आग्रह गर्दै प्रधानमन्त्री नेपालले नया“ समझदारीका साथ अगाडि बढ्न सबै दलहरुलाई आह्वान गर्नुभयो ।
सभामुख सुवासचन्द्र नेम्वाङले अव हुने निर्वाचनले देशलाई प्रधानमन्त्री दिने विस्वास व्यक्त गर्नुभयो । वर्तमान उपलब्धिलाई संस्थागत गर्न दलहरु नया सहमतिका साथ अगाडि बढ्नुपर्ने सभामुख नेम्वाङले बताउनुभयो ।
कार्यक्रममा आदिवासी जनजातिका पहिला सभामुखका रुपमा सभामुख नेम्वाङ र प्रधानसेनापति छत्रमानसिंह गुरुङ्गलाई सम्मान गरिएको थियो । यस्तै, पहिलो शहिद लखन थापा मगरलाई मरोणाप्रान्त सम्मान प्रदान गरिएको थियो । आदिवासी जनजाती यूवा महासंघको यो दोस्रो राष्ट्रिय महाधिवेशनले नया नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि उमेद्वारहरुले जनजातिहरुको हक अधिकारका र जनजातिका मुद्धालाई उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राजधानीकै अर्काै एक कार्यक्रममा प्रधानमन्त्री नेपालले अहिलेको राजनीतिक अस्थिरता अन्धाले हात्ती छामेजस्तो भएको टिप्पणी गर्नुभयो । नेकपा (एमाले) रौतहट काठमाडाँै सम्पर्क मञ्चको नवौँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रि नेपालले दलहरुबीच राजनीतिक अन्यौलता अन्त्य गर्न उच्चस्तरीय वार्ताहरु भइरहेपनि जारी अन्यौलता कहिले टुङिगने भन्नेमा आफु समेत अनबिज्ञ रहेको बताउनुभयो ।
अध्यक्ष झलनाथ खनाल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रिया तथा नेपालमा संबिधान निर्माण कार्यमा आवरोध पु¥याउन देशी बिदेशी शक्तिहरुले षड्यन्त्र गरीरहेकाले शान्ति र संधिानलाइ पहिलो प्राथमिकतामा राख्न दलहरुलाई आग्रह गर्नुभएको छ । ललितपुरमा आज आयोजित एक कार्याक्रममा अध्यक्ष खनालले देशको अस्तित्वमाथि बिभिन्न शाक्तिले धावा बाल्न थालेको भन्दै यसबाट सचेत हुन आग्रह गर्नुभएको हो । त्यस्ता शक्तिलाई परास्त गर्न दलिय सहमती आवश्यक रहेको उहाको भनाई थियो । अध्यक्ष खनालले दिगो शान्तिको खाका प्रस्तुत गर्ने दलले सरकारको नेतत्व गर्न सक्ने बताउनु भयो । माओबादी पनि शान्ति र संबिधान निर्माण प्रति प्रतिबद्ध भए उसको नेतृत्वको पनि सरकार पनि स्विकार गर्न सकिने दोहो¥याउनु भयो ।
क्यासिनो ¥याडमा छापा
राजधानीको लाजिम्पाटमा रहेको होटल ¥याडिसनको क्यासिनो ¥याडमा दिउ“सो प्रहरीले छापा मारी ५ नेपालीलाई पक्राउ गरेको छ । पछिल्ला दिन क्यासिनोमा नेपालीहरूको प्रवेश बढेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेला प्रहरीले आज दिउ“सै छापा मारेको हो । प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक लाख एघार हजार दुई सय बराबरका क्वाइन सहिन ५ नेपालीलाई पक्राउ गरेको छ । नेपाली प्रवेश गरेको गोप्य सुचनाका आधारमा प्रहरी परिसर हनुमानढोकाबाट गएको विशेष टोलीले नेपालीहरुलाई क्यासीनोबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रकाश लामा, सन्दु लामा, नविन लामा, गणेशकुमार शाक्य र बाबुराम गौतम छन् । उनीहरुका साथबाट दश हजारका ११ वटा, १ हजारको एउटा र १ सयका दुईवटा क्वाइन बरामद भएको प्रहरीले जनाएको छ ।
राष्ट्रपतिको भारत भ्रमण
भारत भ्रमणमा रहनुभएका राष्टपति डाक्टर रामवरण यादवले आज पश्चिम बंगालमा रहेको प्रसिद्ध शान्ति निकेतन विश्वविद्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । शान्ति निकेतन एशियाकै तर्फबाट पहिलो पटक नोबल पुरस्कार जित्न सफल बंगाली साहित्यकार तथा कलाकार रविन्द्रनाथ टेगोरले खोलेको शैक्षिक संस्था हो । भारतीय वायुसेनाको विशेष विमानबाट यादव शान्ति निकेतन पुग्दा विश्वविद्यालयका उपकुलपति प्राध्यापक राजत कान्तो राय सहित पश्चिम बंगालका वरिष्ठ अधिकारीहरुले उहाको स्वागत गरेका थिए । शान्ति निकेतन अहिंसाको पर्याय भएको बताउदै राष्टपति यादवले हिंसाले कुनै पनि समस्याको समाधान ननिस्कने बताउनुभयो । बंगाली भाषा पूर्वी सभ्यताका लागि वरदान सावित भएको भन्दै उहाले यसबाट पश्चिमेली मुलुकपनि अछुतो नरहेको धारणा राख्नुभयो ।
भोलि उहां“ तिरुपतिका लागि प्रस्थान गर्नुहुनेछ भने सोमबार नया“दिल्ली पुग्नुहुनेछ । नया“दिल्लीमा राष्ट्रपति यादवले भारतीय समकक्षी प्रतिभा पाटिल, उपराष्ट्रपति मोहमदहमिद अन्सारी, प्रधानमन्त्री डाक्टर मनमोहन सिंह, कांग्रेस आईकी अध्यÔ सोनिया गान्धीलगायत भारतका दुवै सदनका विपÔी नेता र अन्य वरिष्ठ नेताहरुसं“ग भेटवार्ता गर्नुहुनेछ । १० दिने भ्रमण्ँ पूरा गरी उहा“ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।
आहा गोल्डकप
![]() |
आहाको नवौँ संस्करणको उपाधि थीस्टारलाइ |
पोखरामा समपन्न नवौं आहा गोल्डकपको उपाधि काडमाडौको नविल थी्रस्टारले जितेको छ । थी्रस्टारलाई उपािध दिलाउन खेलको २५ औ मिनटमा बुद्ध चेम्जोङले निर्णायक गोल गरेका थिए । पहिलो हाफमा केही दवावमा देखिएको मनाङले दोस्रो हाफमा उत्कृष्ट खेल पपिस्कएपनि गो्लको खाता खोल्न नसक्दा हार टार्न भने सकेन । पोखरा रंङशालामा भएको खेलमा दुबै पक्षमा राष्ट्रिय टिमका अधिकाशं खेलाडीहरु भएकाले भिडन्त प्रतिस्पर्धात्मक र रोचक भएको थियो । यस अघि राजधानीमा संचालन भएको ब्रिटिस गोर्खा कपको फाइनलमा पनि थ्रीस्टारले मनाङलाई स्तब्ध पारेको थियोे । जितसँगै थ्रीस्टारले २ लाख रुपैंया र उपविजेता मनाङले १ लाख नगद हात पारेका छन् ।
No comments:
Post a Comment