Friday, October 7, 2011

राष्ट्रपतिकोमा भन्दा पूर्वराजाको टीका लगाउन भीड

Ashok Dahal
अशोक दाहाल
नेपालको अन्तरिम संविधान अनुसार राष्ट्रपति नेपालको राष्ट्रप्रमुख हो । त्यसैले राष्ट्रप्रमुखलाई भेट्ने र उनको हातबाट दसैंको टीका ग्रहण गर्ने रहर कस्को पो नहोला र । त्यही भएर होला बिहीबार राष्ट्रपति कार्यालयमा टीका ग्रहण गर्नका लागि पूर्व मन्त्री सुरक्षा निकायका प्रमुखदेखि सर्वसाधारणसम्म पुगेका थिए । र यो स्वभाविकै पनि थियो । 
तर अस्वभाविक भीड भने पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा देखियो । न मुलुकको कुनै कार्यकारी अधिकार न संवैधानिक नै । तर पूर्वराजा शाहको निवासमा दसैंको टीका लगाउन राष्ट्रपतिकोमा भन्दा पनि ठूलो भीड लागेको थियो । राष्ट्रपति कार्यालय शितल निवासमा उपराष्ट्रपति प्रधानसेनापति नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित बहालवाला अधिकारीहरुको बढी चहलपहल देखियो भने त्यसको ठिकविपरित पूर्वराजाको निवासमा पूर्वहरुकै । मुलुकको कार्यकारी प्रमुखको हातबाट टीका ग्रहण गर्ने रहरकै कारण सर्वसाधारण पनि टाढा-टाढाबाट राष्ट्रपति कार्यालय पुगेका थिए ।
राष्ट्रपतिको गृह जिल्लाको बासिन्दा वा नातेदारका रुपमा राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न जानेको संख्या पनि उत्तिकै थियो शितल निवासमा । हाँबाट आएका र जोसुकै भएपनि धेरैको प्रतिकि्रयामा राष्ट्रपतिको व्यक्तित्व र राष्ट्रिय एकताको भावनाकै कारण टीका ग्रहण गर्न लालयित भएको आशय थियो । तर मुलुकको संवैधानिक प्रमुखकोमा भन्दा संवैधानिक हैसियतबिनाका पूर्वराजासँग टीका लगाउनेको ठूलो भीड ७३ढटण्स संवैधानिक रुपमा सर्वसाधारणको हैसियतका पूर्वराजा शाह पनि सर्वसाधारणलाई टीका लगाइदिँदै थिए तर कुन हैसियतमा निर्मल निवासमा भने राजसंस्था र हिन्दु परम्पराप्रतिको आस्थाका कारण टीका ग्रहण गर्नका लागि सर्वसाधारण लाइन लागेका भेटिए । पूर्व राजाकोमा टीका ग्रहण गर्न हिन्दु धर्मगुरु स्वामी प्रपन्नाचार्य पूर्व सचिव मेयर र जिल्ला सभापतिहरुलगायत भेला भएका थिए । पूर्व राजाकै निवासमा टीका ग्रहणका लागि लाइनमा देखिएका बिपी कोइरालाका पुत्र प्रकाश कोइरालाले पनि पुरानो संस्था भएकाले आÏनो आस्थाका कारण टीका ग्रहणका लागि आएको प्रतिकि्रया दिए । पूर्वराजाका केही समर्थकहरु भने नेपालमा पुनः राजतन्त्र आउनसक्ने अड्कल पनि काट्दै थिए । तर केही अनुहार भने दुवैतिर देखिए । जसमध्ये एक थिए पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द । राष्ट्रपतिको हातबाट टीका ग्रहण गरिसकेपछि पूर्वराजाको हातबाट टीका लगाउन लाइनमा बसेकी एक महिला भन्छिन दुवैको अ-आÏनो महत्व भएकाले दुवैतिर टिका लगाउन गएको । राष्ट्रप्रमुखको हातबाट टीका लगाउने भीडलाई त स्वभाविकै मान्न सकिएला । तर पूर्वराजा शाहकॊ निवासमा देखिएको भीड र भीडमा सहभागी सर्वसाधारणको लाइनले परिवर्तनको नारा जपिरहेका दलहरुको कायैशैलीप्रति व्यङ्ग्य गरिरहेको त होइन । दलहरुले गम्भिर भएर सोच्न जरुरी छ ।

1 comment:

santosh said...

Does popularity matters with politics?