मनोज सत्याल
काठमाण्डौँ । नेपालीमा समेत विभिन्न गजल गाएका चर्चित भारतिय गजल गायक जगजित सिंहको ७० वर्षको उमेरमा आज बिहान निधन भएको छ । गजल गायनको बादशाहको रुपमा परिचित सिंहको मतिष्कघातका कारण मृत्यु भएको हो ।
![]() |
Jagjit Singh (In Nepali Albuml) |
भारतको राजस्थानको श्रीगंगानगरमा सन् १९४१ को फेव्रवरी मा जन्मनु भएका सिंहलाई ब्रेन ह्यामरेज भएपछि गत शुक्रबार मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उहाँले गाउनु भएका गजलहरु भारतमा मात्र नभइ विश्वमै चर्चित रहेका छन् । सिंहले नेपालीमा गाउनु भएको कुन माया सदर भो.......कुन माया बदर भो बोलको गजल निकै चर्चित भएको थियो ।
उर्दू, पंजाबी, भोजपु्री लगायतका भाषामा गजल गाउँनु भएका सिंहलाई भारत सरकारले सन् २००३ मा सर्वोच्च नागरिक सम्मानका साथ पद्यभूषण प्रदान गरेको थियो । सिंहले कयौँ बर्षसम्म आफ्नै श्रीमती चित्रा सिंह सँग गजल गाउनु भएको थियो भने उहाँको लता मंगेशकसँग मिलेर निकालिएको एल्बम सजदा निकै चर्चित भएको थियो । सिंहको मृत्यु प्रति भारतिय प्रधानमन्त्री मनमोहन सिंह विभिन्न राजनैतिक नेताहरु तथा संगितकार, गायक र कलाकारले दुःख ब्यक्त गर्दै एक महान् ब्यक्तिको मृत्युले अपुरणिय क्षति भएको बताएका छन् ।
No comments:
Post a Comment