Thursday, October 13, 2011

सिन्धुलीमा भयावह बस दुर्घटना, ४१को मृत्यु

Sindhuli Bus Accident (Date : 2068/06/26)
काठमाण्डौँ । सिन्धुलीको पूरानो झाँगाझोली ६ मा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार ४१ जनाको मृत्यु भएको छ । विपि राजमार्ग हुँदै सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना ३ ख ९४१२ नम्बरको बस झाँगाझोली नजिकै सडक छेउको भीरबाट बिहान साढे १० बजे सुनकोशी नदीमा खस्दा ४० जनाको घटनास्थलमै र एक जनाको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विमलकुमार पोखरेलले दुर्घटनास्थलमा मृतक सबैको शव फेला परिसकेको जानकारी दिनुभयो । दुर्घटनामा १६ जना गम्भीर घाइते भएका र उनीहरुमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको पोखरेलले बताउनुभयो ।
  • क्षमता भन्दा बढी यात्रु भएको तथा बाटो अत्यन्तै सानो भएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । कच्ची र साँघुरो सडकका कारण सोही बाटोमा गत साल पनि बस दुर्घटना हुँदा २२ यात्रुको ज्यान गएको थियो ।
मृत्यु हुनेमा बसका चालक प्रेम तामाङ सहित अन्य १५ जनाको सनाखत भएको प्रहरीले बताएको छ । बसमा करीब ८० यात्रु सवार रहेको बताइएको छ । बस नदीमा खसेपछि छतमा रहेका ११ जनाले भने हाम फालेर ज्यान जोगाएका थिए । घटना लगत्तै प्रहरी र स्थानियवासीहरुले उद्धार गरेका थिए । घाइतेहरुलाई उपचारका लागि काठमाडौं तथा बनेपा ल्याइएको छ । क्षमता भन्दा बढी यात्रु भएको तथा बाटो अत्यन्तै सानो भएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । कच्ची र साँघुरो सडकका कारण सोही बाटोमा गत साल पनि बस दुर्घटना हुँदा २२ यात्रुको ज्यान गएको थियो ।
यसैबीच राजनीतिक दलहरुले ४१ जनाको मृत्यु हुनेगरि सिन्धुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन । व्यबस्थापिका संसदको आज बसेको बैठकमा एकीकृत माओवादी, नेकपा एमाले लगायतका दलहरुले बस दुर्घटनामा मरेकालाइ उचित क्षतिपूर्ती दिन र घाइतेको निशुल्क उपचार गर्न माग गरेका छन ।  एमाले अध्यक्ष झलनाथ खनालले बस दुर्घटनामा परि घाइते बनेकाको उच्च प्राथमिकताका साथ युद्ध स्तरमा उपचार र मृतकका परिवारलाइ क्षतिपूर्ती उपलव्ध गराउन माग गनुभयो । माओवादी प्रवक्ता दीनानाथ शर्माले पनि दुर्घटनाप्रति दुख व्यक्तगर्दै घाइतेको उपचारको माग गर्नुभयो । एमाले अध्यक्ष खनालले असोज १ गते गएको भूइचालो प्रभावितलाइ उचित क्षतिपूर्ती नदिएर सरकारले आफूलाइ लाचार सावित गरेको टिप्पणी गनूृभयो ।

No comments: