Sunday, October 16, 2011

पार्टिको निर्देशन अनुसार भूमिसुधार मन्त्री प्रभु शाहद्धारा राजिनामा


मनोज सत्याल
काठमाण्डौँ । हिन्दु युवा संघ विरगंजका नेता काशिनाथ तिवारीको हत्यामा प्रमुख योजनाकार रहेको आरोप लगोका भूमिसुधार तथा ब्यवस्था मन्त्री प्रभु शाहले आज आफ्नो पदबाट राजिनामा दिनुभएको छ । ब्यक्ति हत्यामा प्रमुख योजनाकार रहेको ब्यक्तिलाइ मन्त्री बनाएको भन्दै सरकार माथी दण्डहिनतालाइ पश्रय दिएको भन्दै चौतर्फी दवाव परेपछि माओवादीकै सल्लाहमा शाहले राजिनामा दिनुभएको हो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आजै शाहले बुझाउनुभएको राजिानमा स्विकृत गर्नुभएको छ । 
Prabhu Shah

त्यसअघि आज विहान एकिकृत नेकपा माओबादीले आफ्नो पार्टीका केन्द्रिय सदस्य समेत रहेका  मन्त्री शाहलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री डा बाबुराम भट्टराईबिच भएको छलफलमा मन्त्री शाहलाई हटाउने निर्णय भएको हो । 

छलफल पछि अध्यक्ष प्रचण्डले एक विज्ञप्ती जारी गरि विपक्षहरुले शान्ति र संविधानबाट ध्यान मोड्न खोजेकाले राजिनामा गराएको उल्ल्ेख गर्नु भएको छ । विज्ञप्तिमा भनिएको छ ः “कानुनी उन्मुक्ति हुँदाहुँदै पनि पार्टीका तर्फबाट मन्त्रीमण्डलमा प्रतिनिधित्व गरेका साहका विषयमा संसदमा चलिरहेको विवाद र चर्चाले शान्ति र संविधानको मूल विषयबाट ध्यान विकेन्द्रीत हुने तथा अनावश्यक समय खर्च हुने अवस्थालाई विचार गरी केन्द्रीय कार्यालयले साहलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ” ।


नयाँबजार स्थित अध्यक्ष प्रचण्डको निवासमा भएको दुई नेता बिचको छलफलमा विवादास्पद अभिब्यक्ती दिने रक्षामन्त्री शरदसिंह भण्डारीको बारेमा निर्णय गर्ने जिम्मा भने सम्बन्धित दललाई दिने सहमति पनि भएको छ । दुई नेताबीचको छलफलमा मन्त्री शाह माथि लगाइएको आरोप भने सही नभएको निश्कर्ष निकालिएको थियो । माओवादीले रक्षामन्त्री भण्डारीलाई हटाउँन आग्रह गरेपछि मधेशी मोर्चाले पनि भूमिसुधार मन्त्री शाहलाई हटाउँनु पर्ने माग गरेको थियो । 

No comments: