Wednesday, October 19, 2011

प्रधानमन्त्रीद्धारा रक्षा र भूमिसुधार मन्त्रीलाई पदमुक्त

मनोज सत्याल
आफ्नै पािर्टद्धारा गरिएको राजिनामा प्रस्तावलाइ अस्वीकार गरेका विवादास्पद मन्त्रीद्धय रक्षामन्त्री शरद्सिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभुशाहलाइ पदमुक्त गरिएको छ । यद्यपी प्रधानमन्त्री बाबुराम भट्टराईले उहाँहरुलाइ उनीहरुको पार्टिकै सरकारबाट फिर्ता बोलाउने निणर्यमा आधारित रहि पदमुक्त गरिएको बताउनु भएको छ ।

बुधबार संसदमा प्रधानमन्त्री भट्टराइले आफुले वर्तमान अवस्थामा के खराब र के सहि भनेर नछुट्याइकन दुइ मन्त्रीलाइ विपक्षिको माग सम्बोधनकै लागि पदमुक्त गरिएको बताए । उनले रÔामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभु साहलाई पदमुक्त गर्दै विपक्षि ददलहरुलाइ ध्यान ब्ययवस्थापिका तर्फमात्र नभइ संविधान निमार्ण तिर पनि दिन आग्रह गरे ।
Saratsingh Bhandari
राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिने रक्षामन्त्री र हत्या अभियोगका प्रमुख योजनाकार भनिएका भूमिसुधारमन्त्रीलाई हटाउन माग गर्दै प्रतिपÔी दलले एक सातादेखि संसद् बैठक अवरुद्ध पार्दै आएका थिए । कांग्रेस–एमालेलगायतका प्रतिपक्षी दलको मागअनुसार नै प्रधानमन्त्री आजको संसद् बैठकमा उपस्थित हुनभएको हो । उहा“ले दुवै मन्त्रीलाई सम्बन्धित दलको सिफारिसमा हटाएका जानकारी गराउनुभयो ।

संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले संविधानसभालाई ओझेलमा राखेर प्रतिपक्षी दलहरूले संसद्लाई मात्र अग्रस्थानमा राख्न नहुनु धारणा राख्नुभयो । आफूसहित व्यवस्थापिकाका सबै सदस्य संविधानसभाका सदस्य भएकाले संविधान निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

उहा“ले केही व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय विस्तृत शान्ति–सम्झौता अनुरुप नै हुने जानकारी गराउनुभयो । सरकार विस्तृत
शान्ति–सम्झौता पालना गर्नमा प्रतिबद्ध भएको प्रधानमन्त्रीले संसद्लाई विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री भट्टराईले आफ्नो भारत भ्रमणमा दुई पक्षीय हितका विषयहरू मात्र उठाउने व्यवस्थापिका संसद्लाई जानकारी गराउनुभयो । उहा“ले भ्रमण अवधिभर राष्ट्रिय सहमतिबिना कुनै पनि सहमति नगर्ने स्पष्ट पार्नुभयो ।

बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले रक्षा र भूमिसुधारमन्त्रीको राजीनामा सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयबाट आएको पत्र पढेर सुनाउनुभएको थियो । साह र भण्डारीलाई पदमुक्त गरेपछि प्रधानमन्त्रीले रिक्त रहेको रक्षामन्त्रालयको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई तथा भूमिसुधार मन्त्रालयको जिम्मेवारी स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीलाई दिनुभएको छ । प्रधानमन्त्रीले पोष्टबहादुर बोगटीलाई उर्जास“गै शिक्ष्ाँमन्त्रालयको जिम्मेवारी दिइएको छ ।


No comments: