![]() |
Birth place of Buddha |
मनोज सत्याल
काठमाण्डौँ । भम्रण महोसत्व र बर्ष घोषणा गर्न जति सजिलो छ कार्यन्वयनको चुनौति पनि त्यति नै । जिल्ला जिल्लामा महोत्सव गर्ने र पर्यटक भित्र्याउने पटक पटकका सरकारी र अन्य ग्रैह सरकारी पक्षले प्रयास नगरेका पनि होइनन् । तर नेपाल भ्रमण बर्ष २०११ लाइ घोषणा गरेर कार्यन्वयनमा लैजान र प्रचार प्रसार गर्न नसकेको सरकारले अब लुम्बिनि भ्रमण बर्ष २०१२ को घोषणा गरेको छ ।
काठमाण्डौँ । भम्रण महोसत्व र बर्ष घोषणा गर्न जति सजिलो छ कार्यन्वयनको चुनौति पनि त्यति नै । जिल्ला जिल्लामा महोत्सव गर्ने र पर्यटक भित्र्याउने पटक पटकका सरकारी र अन्य ग्रैह सरकारी पक्षले प्रयास नगरेका पनि होइनन् । तर नेपाल भ्रमण बर्ष २०११ लाइ घोषणा गरेर कार्यन्वयनमा लैजान र प्रचार प्रसार गर्न नसकेको सरकारले अब लुम्बिनि भ्रमण बर्ष २०१२ को घोषणा गरेको छ ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनिलाइ प्रचार प्रसार गर्न भ्रमण बर्ष मनाउनु स्रहनिय कार्य हो । तर यसअघिका भ्रमण कार्यक्रम र काठमाण्डौँ बाहिरका निश्चित क्षेत्र बाहेक अन्य स्थान पर्यटकको चासोमा नपर्दा लुम्बिनि भ्रमण बर्ष नै संकटमा पर्ने सम्भावना छ । सरकारले सन् २०१२ लाइ लुम्बिनि भ्रमण बर्षको रुपमा मनाउने निणर्य गरिसकेको छ तर पूर्वाधारको तयारी नगरि र कार्ययोजना बिहिन रुपमा घोषणा गर्दा कतै लुम्बिनि भ्रमण बर्षले लुम्बिनिलाइ बदनाम त गर्र्दैन, त्यसप्रति सरकारको ध्यान गएको पाइदैन ।
मन्त्रीपरिषद्को असोज ३१ गते बसेको बैठकले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा लुम्बिनि बिकासका लागी राष्ट्रिय निर्देशक समिती गठन गर्दै २०१२ लाइ लुम्बिनि भ्रमण बर्षको रुपमा मनाउने निणर्य गरेको छ । अध्यक्ष प्रचण्ड जस्तो ब्यस्त ब्यक्तिलाइ लुम्बिनिको विकासलाइ खटाउने कार्य कुनैपनि हालतमा सहज देखिदैँन । यद्यपी विवादास्पद संस्था एसिया प्यासेफिक एक्सजेन्स एण्ड को अपरेशन फाउण्डेशनमा लागेकाले अध्यक्ष प्रचण्डले चिनियाँ लगानि र पर्यटक भित्र्याउने सरकारी अपेक्षा देखिएको छ । तर एपेक बाटै जनताको अविश्वासमा परेका प्रचण्डले कति काम गछन् त्यो भने हेर्न बाँकी छ ।
सरकारले निर्देशक समितीले विज्ञहरुको सहयोगबाट लुम्बिनि विकासका लागी बृहत्तर गुरु योजना निमार्ण गर्न र लुम्बिनि परियोजनालाइ सहयोग जुटाउन प्रचण्डको नेतृत्वमा निर्देशक समिती निमार्ण गरेको जनाएको छ । निर्देशक समितीका सदस्यहरुमा फोरम लोकतान्त्रिकका सभासद् मुहम्मद वकिल मुसलमान, त्यसैगरि एमाले सभासद् मंगलसिद्धि मानन्धर, काँग्रेस सभासद् मिनेन्द्र रिजाल, लुम्बिनि विकास कोषका उपाध्यक्ष मनोज बहादुर श्रेष्ठ सदस्य रहेका छन् । समितीले आवश्यकता हेरेर थप ११ लाइ समितीमा राख्न सक्ने उल्लेख बैठकपछि सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । त्यस्तै मन्त्रीपरिषद्ले लुम्बिनि विकास कोषलाइ थप विकसित र वृहत्तर बनाउँदै नवलपरासि, रुपन्देही र कपिलवस्तुलाइ पनि समेट्ने निणर्य गरेको छ । तर बृहत बनाउँदै लैजाने योजना कतै जनताका लगाी लुम्बिनि साँघु¥याउने प्रयास त बन्दैन ।
No comments:
Post a Comment