सहमती अनुकरणिय, सामाग्र दिन्छौँ ः अनमिनको विज्ञप्ती
![]() |
Good Bye UNMIN |
साथै लनग्रेनले हतियार अनुगमनमा प्रयोग भएका सामाग्र विभिन्न सामाग्रीहरु नेपाल सरकारको माग अनुसार छाडिदने समेत बताउनु भएको छ । अनमिनले आज एक वज्ञप्ती जारी गर्दै अन्तिम समयमा भएपनि दलहरु बिच भएको सहमतीले सिसिटिभी क्यामाराका उपकरण सहित अनुगमन सम्बन्धी अन्य सामाग्रीहरुको राष्ट्रसंघको कार्यविधी अनुसार अस्थायी रुपमा सापटि तथा पछि अनुदान स्वरुप प्रदान गर्न बाटो खोलेको समेत उल्लेख गर्नु भएको छ । साथै लनग्रनेले दलहरु बिच हिजो भएको सहमतीले छिट्टै माओवादी लडाकुका सदस्यहरुको समायोजन तथा पुनस्थापनाको कामलाइ कार्यन्यवनमा लैजाने आशा समेत ब्यक्त गर्नु भएको छ ।
यसैबिच अनमिनले गर्दै आएको हतियार अनुगनको काम बारे अहिले अनमिनका विभीन्न विभाग प्रमुखहरुले सरकार र माओवादी द्धारा हिजो गठित समितीलाइ बिफ्रिङ गरिरहेको छ । समितीले आज पाँच बजेदेखि हतियार अनुगमनका लागी विभीन्न शिवीर तथा नेपाली सेनाको छाउनि ब्यारेक पुगी जानकारी लिएको हो ।
यसअघि हिजो सरकार माओवादी बिच अनमिनले गर्दै आएको हतियार अनुगनमका लागी प्रत्येक टोलीमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी तथा माओवादी लडाुकुका २ । २ जना प्रतिनिधी रहने सहमती भएको थियो । अनमिनको समायावधि आज राति १२ बजे बाट सकिदै छ भने आजै राति १२ बजे देखि अनमिनले हतियार अनुगमनको कार्य समेत नेपाली टोलीलाइ जीम्मा लगाउँदै छ ।
No comments:
Post a Comment