प्रचण्डको नेतृत्वमा सरकार बनाउन पहलगर्ने माओवादी निर्णय
![]() |
UCPN Maoist Leader Pushpa Kamal Dahal "Prachanda" |
एकीकृत नेकपा माओवादीले पार्टि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ सहमतीय स्वरुपको सरकार गठनका लागी प्रधानमन्त्रीको उमेद्धार बनाउने निणर्य गरेको छ । माओवादीको आज बसेको स्थायी समिती बैठकले प्रमुख दलको हैसियतले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न पहललाइ जारी राख्ने निणर्य गरेको हो ।
विकसित राजनीतिक घटनाक्रमको समिक्षागर्न कोटेश्वर स्थीत पार्टि मुख्यालयमा बसेको बैठकले प्रचण्ड कै नेतत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको पहलगर्ने निर्णय गरेको बैठकपछि माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
यसैबिच माओवादीले पार्टिको जनसेनालाइ विषेश समिती मातहतमा ल्याउने निणर्य गरेको छ । माओवादीले सरकार निमार्ण, सदन र पार्टिका कार्यक्रमको अनुकुलता हेरी सार्वजनिक समारोह बिच विषेश समिती मातहल लडाकु लैजाने निणर्य गरेको हो । माओवादीले अन्मिनको अनुपस्थितिमा उसले गर्दै आएका काम विशेष समिति गर्ने सम्बन्धमा भएको सहमति शान्ति प्रक्रिर्याको महत्वपूर्ण कदम भएको समेत निष्कर्ष निकालेको छ ।
‘अनमिनको बहिर्गमनपछि उत्पन्न शान्तिप्रक्रियासम्बन्धी संकटलाई उचित ढंगले सम्बोधन र समाधान गर्न पार्टीले लिएको पहलकदमी र समाधानको उच्च मूल्याकन गर्दै त्यसले राष्ट्रिय संकटलाई सम्बोधन गर्न सफल रहेको वैठकको निष्कर्ष रहेको बैठकपछि माओवादी प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
माओवादीले सरकार निर्माण कार्यक्रमले पार्टीको आन्तरिक प्रशिक्षण लगायतका संगठनात्मक कामलार्ई प्रभावित नगर्ने ठहर गर्दै पूर्वनिर्धारित तालिका अनुसार सम्पन्न गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय झण्डाको स्वरुप परिवर्तन नगर्न तीनदल सहमत
![]() |
Nepali Flag Original |
काठमाडौं, माघ २ । नयाँ संविधानमा राष्ट्रिय झण्डाको स्वरुप परिवर्तन नगर्न प्रमुख तीनदल सहमत भएका छन् । साथै दलहरुबीच राष्ट्रिय पार्टीको मान्यताकालागि निर्वाचनमा तीन प्रतिशत मत ल्याउनु पर्ने प्रस्तावित व्यबस्था नराख्न समेत मोटामोटि सहमति भएको छ । संविधानसभा सचिवालय सिंहदरबारमा आज विहान बसेको एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठकमा विद्यमान राष्ट्रिय झण्डाको स्वरुप परिवर्तन नगरी ब्याख्या मात्र थप गर्ने सहमति जुटाएको हो ।
दलहरुले विद्यमान राष्ट्रिय झण्डाको स्वरुप र रङ यथावत राख्दै भावि संविधानमा परिवर्तन सुहाउँदो ब्याख्या गर्ने सहमति भएको बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसअघि माओवादीले मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरिसकेको अबस्थामा राष्ट्रिय झण्डाको स्वरुप समेत परिवर्तन गर्नुपर्ने बताउँदै आएको थियो । अन्तराष्ट्रिय रुपमा स्थापित झण्डालाइ यथावत राखी परिवर्तनलाइ संवोधन गर्ने गरी व्याख्या गर्ने सहमति भएको एमाले सभासद अग्नी खरेलले जानकारी दिनुभयो ।
यसैगरी दलहरुबीच निर्बाचनमा तीन प्रतिशत मत ल्याउने राजनीतिक दललाई मात्र राष्ट्रिय दलको मान्यता दिनुपर्ने प्रसतावित मापदण्ड समेत नरख्ने सहमति भएको छ । सबैको विचारलाइ संवोधन गर्न तीन प्रतिसतको मापदण्ड नराख्न सहमति भएको पौडेलले बताउनुभयो ।
संविधानसभाका अधिकाशं सना दल तीन प्रतिसतको मापदण्डको विपक्षमा रहेका थिए । आज भएका सहमति भोली बस्ने २८ दलको बैठकमा लगेर टुङ्गो लगाइने उहाँले बताउनुभयो । संविधानको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान–२०६८’ राख्ने बिषयमा पनि सहमति नजिक पुगिएको नेताहरुले बताएका छन ।
माओवादीद्वारा अन्मिनको औपचारिक विदाइः राष्ट्रपतिको बिदाइ भेट
माओवादी अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया अधुरै रहेको अवस्थामा अनमिनलाई विदाई गर्नु पर्दा आफुलाई दुख लागेको बताउनुभएको छ । अनमिनलाई विदाई गर्न पार्टीले गरेको दिवाभोज कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानसभाको निर्वाचन र शान्ति प्रक्रियालाई यहॉसम्म ल्याई पु¥याउन अनमिनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
![]() |
President of Nepal DR. Yadav |
कार्यक्रममा अनमिन प्रमुख लनग्रेनले भने सरकारमा सहभागी दलहरुले अनमिन एकपक्षिय भयो भनेर लगाएको आरोप प्रति गुनासो पोख्नुभयो । लनग्रेनले जनतासँग विगतमा गरेका प्रतिबद्धता पुरा गर्न दलहरुलाई आग्रह समेत गर्नुभयो । विगतमा गरिएका प्रतिबद्धताहरु सहज रुपमा पुरा गर्न सक्ने अवस्था नरहेकोले दलहरु गम्भीर हुनुपर्ने लनग्रेनको भनाइ छ । माओवादीले नेपालको जारी शान्ति प्रक्रियामा अनमिनले खेलेको भूमिकाको प्रशंसा गर्दै पार्टीको तर्फबाट धन्यवादसहित विदाई गरेको हो । विदाई कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड सहितका प्रभावशाली नेता र राष्ट्रसंघका विशेष प्रतिनिधि स्यामुअल ताम्राट, अनमिन प्रमुख लनग्रेन, संयूक्त राष्ट्रसंघ सुरक्षा परिषदका सदस्य राष्ट्रहरु अमेरिका, बेलायत, फ्रान्स, बेलायत र चिनका नेपालका लागी राजदुतहरुको उपस्थिति थियो ।
कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले अनमिन प्रमुख सहित सबै प्रतिनिधिहरुलाई धन्यवाद सहित खादा ओढाएर विदाई गर्नुभएको थियो । प्रधानमन्त्रीसँग यसअघि नै विदाई भेट गरिसक्नु भएकी ल्यानग्रेन आज राष्ट्रसंघीय मुख्यालय न्यूयोर्क फर्कने कार्यक्रम छ । बृहद शान्ति सम्झौतापछि दलहरुले सहमतिमा जारी शान्ति प्रक्रियालाई अनुगमन गर्न स्वतन्त्र निकायको रुपमा चारबर्ष अघि अनमिनलाई नेपाल बोलाएका थिए । पछिल्लो समयमा सरकारले अनमिनको म्याद नथप्ने निर्णय गरेपछि अनमिन शान्ति प्रक्रियालाई विचैमा छाडेर फर्किन लागेको हो । अनमिन जाने निश्चित भएपछि दुई दिन अघि सरकार र माओवादीले लडाकु र हतियारको अनुगमनको जिम्मा सेना समायोजन विशेष समिति मातहतको सचिवालयलाई दिने सहमति गरेका थिए ।
अनमिनको विदाईपछि सेना समायोजन विशेष समितिले अनमिनको कामको जिम्मेवारी सम्हालेको छ । नेपाली सेना, स–शस्त्र प्रहरी, नेपाल प्रहरी र लडाकुका दुई दुई प्रतिनिधि रहेको अनुगमन समितिले सेना र हतियारको अनुगमन कार्य सुरु गरिसकेको छ ।
यसअघि आजै राष्ट्रपति डा रामवरण यादवले समते लनग्रेन सँग विदाइ भेट गर्नु भएको थियो । राष्ट्रपति कार्यलय शितल निवासमा भएको भेटमा राष्ट्रपति यादवले अनमिनले शान्ती प्रक्रियामा पु¥याएको योगदानको कदर गर्नु भएको थियो । भेटमा अनमिन प्रमुख लनग्रेनले राष्ट्रपति यादवलाइ शान्ती प्रक्रियकाका बाँकी काम सम्पन्न गर्न अविभावकको भूमिका निर्वाह गर्न सल्लाह दिनु भएको थियो ।
यसैबीच झापाको तोपगाछी र इलामको चुलाचुलीस्थित माओवादी जनसेनाको प्रथम डिभिजन मुख्यालयमा रहेको अनमिनको टोलीलाई आज लडाकुहरुले औपचारिक बिदाइ गरेका छन् । चुलाचुलीस्थित माओवादी सेनाको शिविरको अनुगमन गर्दै आएको टोलीले सेना समायोजन विशेष समितिका आठ सदस्यीय टोलीलाई आजै जिम्मेवारी हस्तान्तरण गरेपछि उनीहरुलाइ लडाकुहरुले विदाइ गरेका हुन् । अनमिनको बिदाइपछि विशेष समितिले आफ्नो काम सुरु गरेको छ । विशेष समितिका सदस्यहरुले माओवादीका कमान्डर र लडाकुसँग अन्तरक्रिया र परिचायात्मक कार्यक्रमसमेत गरेको थियो ।
दाङको दुर्घटनामा ३ जनाको मृत्यु ।
मोटर साइकल दसर्घटनामा परि दाङ्गमा आज ३ जनाको मृत्यु भएको छ । सौडीयार गाविसवाट घोराही आउदै गरेको रा १ प ७९६० नम्वरको मोटर साइकल सौडियार गाविस वडा नम्वर ७ मा पल्टदा सौडियार ७ का राम वहादुर चौधरी, सोहि स्थानका दिनेश चौधरी र सौडियार ५ का नरेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ । अध्याँरोका कारण बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रहरिले जनाएको छ ।
खनालको नेतृत्वमा सरकार बनाउने माओवादी सँग सहमती भएको छ ः एमाले नेता महासेठ
नेकपा एमालेका पोलिटब्यूरो सदस्य रघुवीर महासेठले एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र माओवादीवीच आन्तरिक सहमति भईसकेको खुलासा गर्नु भएको छ ।
राजधानीमा आज आयोजित अन्र्तक्रियामा बोल्दै महासेठले काग्रेस सहमतिमा नआए बहुमतीय आधारमा एमालेको नेतृत्वमा माओवादी सहितको सरकार बन्ने सहमती भएको दावी गर्नुभयो । उहाँले अहिलेको बाम लोकतान्त्रिक गठबन्धनको आवश्यकता नरहेको भन्दै माओवादीलाई बाईपास गरेर यो गठबन्धन लाइ अगाडि बढाउन नहुने धारणा राख्नुभयो । माओवादी र काग्रेसले एक अर्काको अस्तित्व नस्विकार्ने भएकोले दुवै दललाई एमाले मान्य हुने भन्दै उहाँले चक्रिय प्रणालीले मुलुकलाई भाडभैलो बनाउने दावी समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले आवश्यकता परे नेपाली काग्रेसले प्रधानमन्त्रीका लागी विकल्प दिने बताउनुभयो । यद्यपि उहाँले नेपाली काग्रेसको विधान अनुसार संसदीय दलका नेताले नै सरकारको नेतृत्व गर्ने ब्यवस्था रहेकोले अहिलेको उमेदवार रामचन्द्र पौडेल नै रहेको स्पष्ट पार्नु भयो । काग्रेस र माओवादीवीच समझदारी हुँदा मुलुकमा अकल्पनीय नजिताहरु निस्किएको बताउँदै उहाँले फेरि पनि माओवादी र काग्रेसवीच समझदारी हुनु पर्ने बताउनुभयो ।
एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य शक्तिबहादुर बस्नेतले अबको सरकार माओवादीको नेतृत्वमा बन्नु पर्ने भन्दै माओवादीका प्रधानमन्त्रीका उमेदवार अध्यक्ष प्रचण्ड नै भएको दावी गर्नुभयो ।
दुइ अस्थाइ न्यायाधीशको भोली संसदीय सुनुवाइ हुनेः
बहुसंख्यक सभासदको विरोधका वाबजुत संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका अस्थाइ न्यायाधीशद्वय भरतराज उपे्रती र प्रकाशचन्द्र वस्तीका सम्बन्धमा भोली सुनुवाइ गर्ने भएको छ । न्यायाधीश नियुक्ति सम्बन्धी न्याय परिषदको शिफारीस समावेशी नभएको तथा अस्थाइ न्यायाधीशलाइ पुनः अस्थाइमा नियुक्ति गर्ने व्यबस्था संविधानमा नभएकोप्रति आजत्ति जनाउदै सभासदहरले समावेशी नियुक्तिका लागि लेखि पठाउनु पर्ने बताएका थिए । संसद सचिवालय सिंहदरवारमा विहान बसेको बैठकमा माओवादीका अमिक शेरचन, एमालेका रिजवान अन्सारी, मधेशी फोरमका रामजनम चौधरी, सदभावनाका लक्ष्मणलाल कर्ण र मालेकी निलम केसी लगायतले नियुक्ति समावेशी नभएको भन्दै आपत्ति जनाएका थिए ।
विना विभागिय मन्त्री समेत रहेका कर्णले अस्थाइ न्यायाधीशलाइ पुनः अस्थाइमा नियुक्ति गर्ने व्यबस्था नभएको बताउनुभयो । समितिको भोली विहान बस्ने बैठकमा सुनुवाइकालागि न्यायधीशद्वयलाइ बोलाइएको समिति सभापति केबी गुरुङ्गले जानकारी दिनुभयो । न्यायाधीशद्वय विरुद्ध दुइ÷दुइवटा उजुरुी परेका छन । नागरिकता बिना मतदाता नामावली संकलन नगर्न निर्वाचन आयोगलाइ दिएको निर्देशनले लाखौ नागरिकलाइ मतदानको अधिकारवाट बञ्चित गराउन खोजेको भन्दै मधेशी सरोकार मञ्चले वस्ती विरुद्ध उजुरी गरेको छ । उपे्रतीले पनि आर्थीक प्रलोभनमा गलत निर्णय गरेको आरोप सहित उजुरी परेको छ । अस्थाइ न्यायाधीशद्वयको दुइवर्षे कार्यकाल यही माघ ९ गतेसकिदै छ ।
दुर्गममा नुन ढुवानी नभएको भन्दै साल्ट्र टेड्रिङको आर्थिक अनियमितता छानविनगर्न मागः
सभासदहरुले दुर्गम क्षेत्रमा नुन ढुवानिमा दिइएको सरकारी अनुदान दुरुपयोग भएको भन्दै छानविनगर्न माग गरेका छन । व्यबस्थापिका संसद अन्तरगतको लेखा समितिको आज बसेको बैठकमा दुर्गम जिल्लाहरुमा बाह्रमासे नुनको अभाव देखिएको भन्दै छानविनगर्न माग गरेका हुन । कर्णाली अञ्चलका दुर्गम पहाडि जिल्लामा एक केजी नुनको सय रुपैया तिर्नु पर्ने अबस्था आएको भन्दै सभासदहरुले आपत्ति जनाए । उनिहरुले साल्ट टेड्रिङले नुन आयात र विक्रि वितरणमा पाएको एकाधिकारको दुरुपयोग भएको भन्दै केहि सभासदहरुले नीजि क्षेत्रलाइ पनि नुन आयत गर्न दिनुपर्ने बताएका थिए । सभासदहरुले नुनको मुल्य महङ्गो भएको भएको समेत आरोप लगाए ।
सभासदहरु रघुविर महासेठ, रवीन्द्र अधिकारी, केशव नेपाल, हृदयश त्रिपाठी लगायतले दुर्गममा नुन ढुवानीगर्न सरकारवाट अनुदान लिएपनि नुन नपु¥याइको आरोप लगाएका थिए । बैठकमा आपूर्ती मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले नुनको विक्रि देशभर सर्बसुलभ भएको दावी गर्नुभयो । साल्ट टेड्रिङका महाप्रवन्धक निर्मल श्रेष्ठले पनि सबै जिल्लामा नुनको आपूर्ती भएको भन्दै अभाव नभएको दावी गर्नुभयो । उहाँले देशै भरी नुनको एउटै भाउ रहेको दावीगर्दै महङ्गोमा खरिद विक्रि भएको जानकारी नरहेको बताउनुभयो । यसैबीच, लेखा समितिले साल्ट टेड्रिङको आर्थीक विबरण एक साता भीत्र समितिमा पेशगर्न निर्देशन दिएको छ । सरकारको २२ प्रतिसत र निजी क्षेत्रको ७८ प्रतिसत शेयर लगानि रहेको साल्ट टेड्रिङ नुन आयात गर्ने एकाधिकार पाएको कम्पनी हो ।
मौसम वदलिका कारण देशभर चिसो बढ्योः
आज अपरान्हपछि मौसममा आएको बदलिका कारण राजधानी काठमाण्डौ उपत्यका लगायत देशभर चिसोमा वृद्धि भएको छ । पश्चिमि वायुको प्रभावसंगै गएराती र दिउसो फाट÷फुट पानी परेपछि चिसो बढेको हो । मौसममा आएको बदली भोली अवेरसम्म जारी रहने मौसम पूर्वानुमान महासाशाले जनाएको छ । महासाखाका मौसमविद सुजन सुवेदीले मौसम वदलीको प्रभाव एक÷दुइदिन सम्म जारी रहने बताउनुभयो ।
आज दिउँसो भएको बर्षाका कारण काठमाडौँ आसपासका डाँडाहरमा हिमहात समेत भएको छ । नगरकोट, दामन क्षेत्रमा हिउँ परेपछि हिँउमा रमाऊन युवा युवतीको भिड समेत बढेको छ । त्यस्तै पानीका कारण उच्च पहाडि क्षेत्रमा हिमपात भएको छ भने चिसो समेत बढेको छ । साविकमा २० डिग्री सेल्सीयस रहने काठमाण्डौमा आज दिउसोको तापक्रम ३ दशमलव ५ डिग्री मात्र रहेको थियो ।
उता हिजो बिहानदेखि हिमपात भइरहेकाले जुम्लाको सदरमुकाम सिमिकोटमा डेडफिट हिउँ जमेकाले हवाई उडानहरू बन्द भएको छ । हिमपातले गर्दा दक्षिणी भेगमा लिमी मन्थु गाविसका जनता सदरमुकाम सिमिकोटमा उपभोग्य सामान ल्याउन र आवतजावत गर्न सकेका छैनन् । प्रमुख जल्लाअधिकारी रामप्रसाद उपाध्यायले बिहान–बेलुका बढी चिसो भएता पनि आगो बालेर कार्यालय खुला गरी जनताको काम गर्न बाध्य भएको बताउनुभयो । हिमपातले गर्दा वर्षैबाली जौ, गहुँ समेत राम्रो हुने कुरा स्थानीयवासी बताए ।
लगातारको हिमपातका कारण देशका विभिन्न भागको जनजीवन प्रभावित भएको हो । बाजुरा जिल्लाका अधिकांश गाविसमा गएराति आएको बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाका रुगिन, साप्पाटा, बिच्छ्या, गोत्री, जगन्नाथ, कोटिला, कोल्टी, पाण्डुसैन, मार्तडी, जुगाडा, मानाकोट, दहकोट, काडा, जयवागेश्वरी छताराजस्ता दर्जन भन्दा बढी गाविसका जनताको जनजीवन अस्तव्यस्त भएको हो ।
यस्तै उत्तरी रसुवामा पनि भारी हिमपातले जनजीवन प्रभावित भएको छ । आज बिहानदेखि परेको हिमपातले सदरमुकाम धुन्चेदेखि चन्दवारी, स्याफ्रू, लाङटाङ, गोल्जुङ, थुमनलगायतका क्षेत्रका वासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । हिमपातका कारण चरन क्षेत्र हिउँले ढाक्दा हिमाली भेगमा रहेका चौंँरी तथा याकलगायतका चौपायालाई आहारामा समस्या परेको किसानहरुले बताए ।
यसैबीच विगत तीन साता देखि बढ्दै गएको चिसोका कारण सप्तरीमा सर्वसाधारणहरुको ज्यान जाने क्रम बढ्दै गएको छ । यसै क्रममा गएराति र हिजो गरी सप्तरीमा तीन जनाको चिसोका कारण मृत्यु भएको छ । योसँगै आजसम्ममा तीन साताको अवधिमा सप्तरीमा चिसोले मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
पछिल्लो पटक चिसोका कारण मृत्यु हुनेमा सप्तरी सदरमुकाम राजविराज नगरपालिका–७ निवासी ५२ बर्षीया तिलियादेवी मण्डल, बरमझिया गाविस–३ निवासी ३२ बर्षीय बालकृष्ण गुप्ता र सिमराहा सिंगियौन गाविस–२ निवासी भरत यादव रहेका छन् । अत्यधिक चिसोका कारण कठ्याङ्गिएर मण्डलको गएराति तथा गुप्ता र यादवको हिजो मृत्यु भएको हो ।
बहुमतिय सरकारले देशलाइ निकाशः ओली
नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले राष्ट्रपतीले तोकेको समयमा सहमतीको सरकार बन्न नसके बहुमतीय सरकार बनाएर भएपनि मुलुकलाई निकास दिनुपर्नै बताउनुभएको छ । संसदको नियमावली परिवर्तनले मात्र गतिरोधको अन्त्य नहुने भन्दै ओलीले हठबादी सोच पाल्ने नेताहरुको खोपडी नै परिवर्तन गर्नुपर्नै ब्यङग गर्नुभयो । भक्तपुरमा आज आयोजित समय समाज साप्ताहिकको वार्षिकोत्सवमा उहाँले अहमवादी सोच र तानाशाही प्रवृत्तिसँग कहिल्यै सहमती हुन नसक्ने जिकिर गर्नुभयो ।
शान्ति र संविधानका लागि सबै दलले आफ्नो हठ त्याग्न सकेमात्र सहमती बन्न सक्ने उहाँको भनाई थियो । माओवादी प्रंति निकै आक्रामक बन्नुभएका ओलीले माओवादीको १२ वर्षे जनयुद्ध राजनीतिक सनक मात्र भएको दावी गर्नुभयो । अब बन्न्ो सरकारको नेतृत्वले कसले गर्नै भन्न्ो लगभग निश्चित भईसकेको भन्दै उहाँले अहिल्यै नाम सार्वजनिक गरिए पुन खुट्टा तान्ने क्रम सुरु हुने भएकाले आफूले नाम नभन्ने बताउनुभयो ।
खेल समाचार
राष्ट्रिय खेलकुद परिषद्को निर्णयलाई लत्याएर एन्फाद्धारा पुरानै ओलम्पीक कमिटीलाइ मान्यता
![]() |
ANFA Chief Ganesh Thapa |
राष्ट्रिय खेलकुद परिषद्को निर्णयलाई लत्याएर कुनै समय नेपाली खेलकुदमा सनसनी मच्चाएको अखिल नेपाल फुटबल संघले फेरि खेलकुद परिषद्को निर्णयलाई वेवास्ता गरेको छ ।
एन्फा अध्यक्ष गणेश थापाले एशियाली फुटबल संघको उपाध्यक्षमा जित हात पारेपछि उनको सम्मानमा आज आयोजना गरिएको कार्यक्रममा एन्फा पदाधिकारीहरुले परिषद्को निर्णय लत्याएका हुन् । ए, बी र सी डिभिजनका फुटबल क्लबहरुले आयोजना गरेको सम्मान कार्यक्रममा सर्वोच्चले अवैधानिक ठहर गरेको ओलम्पिक कमिटीका अध्यक्ष ध्रुबबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठलाई उनीहरुको पुरानै हैसियतमा सहभागि गराएका हुन् । सर्वोच्च अदालतले झण्डै ३ महिनाअघि रुक्मशम्शेर राणा अध्यक्ष र ध्रुबबहादुर प्रधान महासचिव रहेको पुरानो ओलम्पिक कमिटीलाई वैधानिकता दिने निर्णय गरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद्ले सर्वोच्चको निर्णयलाई पालना गर्दै रुक्मशम्शेर राणालाई नै आधिकारीक अध्यक्ष मान्न विभिन्न संघहरुलाई पत्राचार समेत गरिसकेको छ ।
खेलकुद परिषद्ले यसरी निर्देशन जारी गरिसकेको अवस्थामा एन्फा अध्यक्ष गणेश थापाले भने ध्रुबबहादुर प्रधानलाई अध्यक्ष र जीवनराम श्रेष्ठलाई महासचिव भनेर सम्बोधन गरे । उनले खेलकुद परिषद्का पदाधिकारीहरु कार्यक्रममा नआएको भन्दै त्यसको विरोध समेत गरे । खेलकुद परिषद्ले पत्राचार गरेयता परिषद्को निर्णयलाई नमान्ने एन्फा पहिलो संघ भने होइन । यसअघि नै बक्सिङ संघले ध्रुबबहादुर र जीवनरामलाई ओलम्पिक कमिटीको अध्यक्ष र महासचिवको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागि गराइसकेको छ । प्रधान र श्रेष्ठ उपस्थित भएको कार्यक्रममा प्रहरी र सेनाका अधिकारीसमेत उपस्थित थिए । प्रज्ञा प्रतिष्ठानमा आयोजित सम्मान कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा विभिन्न क्लबका पदाधिकारीहरुले एएफसीका नवनिर्वाचित उपाध्यक्ष गणेश थापालाई फुलामाला लगाएर सम्मान गरेका थिए ।
No comments:
Post a Comment