Monday, January 17, 2011

माघ ०३ गते २०६७

उपाध्यक्ष भट्टराइद्वारा प्रशिक्षण बहिस्कारः 

DR. Bhattarai VS Chairman Prachanda
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा वाबुराम भट्टराइले आजदेखी सुरु भएको पार्टिको राजनीतिक प्रशिक्षण बहिस्कार गर्नुभएको छ । भट्टराइले आफ्नो मत प्रशिक्षणका दौरान राख्न नदिइएको तथा कार्यक्रममा आफुलाइ बोल्न नदिइएको भन्दै प्रशिक्षण बहिष्कार गर्नु भएको हो । कार्यक्रममा सहभागी हुन राजधानिको भृकुटिमण्डप पुग्नु भएका भट्टराइ कार्यक्रम स्थलमा प्रवेश नै नगरि बाहिरिनु भएको थियो । 

भट्टराइले जनविद्रोहमा जाने पार्टिको रणनिती विपरित आफुले लेखेको नोट अफ डिसेन्ट प्रशिक्षणका दौरान राख्न खोजेपनि आयोजकले स्वीकृती नदिएपछि भट्टराइले कार्यक्रम बहिष्कार गर्नु भएको हो । यसअघि माओवादीको विस्तारित बैठक पछि बसेको केन्द्रीय कमिटी बैठकले भट्टराइको फरक मत पार्टिको तल्लो स्तर सम्म लैजाने निणर्य गरेको थियो । जनविद्रोहमा जानुपर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष मोहन बैद्य किरणको संयुक्त प्रतिवेदनप्रति भट्टराइले फरक मत राख्दै आउनु भएको छ । 

यसैबिच माओवादी पोलिटव्युरो सदस्य एबं उपाध्यक्ष भट्टराईकी पत्नी हिसीला यमीले पनि पार्टि अध्यक्ष दाहालले भट्टराईको फरक मतलाइ प्रशिक्षणमा समावेश नगरेको भन्दै प्रशिक्षण बहिष्कार गर्नु भएको छ । यमिले प्रचण्डले आफ्नो सम्बोधनका दौरान भट्टराइको फरक मतलाइ नराखेको तथा आफुले फरक मतबारे बोल्न खोजेपनि नदिएको भन्दै प्रशिक्षण बहिष्कार गर्नु भएको हो । प्रशिक्षणबाट बाहिरिने क्रममा संचारकर्मीलाइ प्रतिक्रिया दिदैँ यमीले आफुले एक हातले तालि बज्दैन, आन्तरिक जनवाद जिन्दावाद भन्ने नारा लगाएर अरु सदस्यहरुलाइ समेत कार्यक्रम बहिष्कार गर्न आह्वान गरेको बताउनुभयो । यमीले आफुलाइ मंचमा बोल्न समेत नदिइएको संचारकर्मीलाइ जानकारी गराउनुभयो । 

यता एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताहरुलाइ बिद्रोहका लागी तयार रहन निर्देशन दिनु भएको छ । राजनैतिक प्रशिक्षणमा कार्यकर्तालाइ सम्बोधन गर्दै दाहालले बिद्रोहको तयारी अन्तीम अवस्थामा पुगेको बताउदै अबको ३–४ महिना भित्रै बिद्रोह गर्ने भन्दै पाँच लाख कार्यकर्तालाइ तयार रहन समेत निर्देशन दिनु भएको थियो । दाहालले आफ्नो सम्बोधनका दौरान यसअघिको राष्ट्रिय स्वाधिनताको आन्दोलन असफल हुनुको कारण औल्याउँदै वाइसिएल र क्यान्टोन्टमेन्टको सहि समायोजन हुनु पर्ने समेत बताउनु भएको एक नेताले जानकारी दिनुभयो । प्रचण्डले प्रशिक्षणका दौरान सरकार तथा बिद्रोहको मोर्चा समान रुपले अगाडी बढाइने समेत बताउनु भएको थियो । 

माओवादीको आज देखी सुरु भएको कार्यकर्ता प्रशिक्षण आउँदो १७ गते सम्म संचालन हुने छ । प्रशिक्षणमा नेवाः, ताम्सालिङ राज्य समिति र विशेष समितिका कार्यकर्ता गरी ५ हजारको प्रशिक्षार्थीको सहभागिता रहेको माओबादीले जनाएको छ । 

अर्को हप्ताभित्र नयाँ सरकार गठन हुने

UML Leader KP Oli
नेकपा (एमाले) का प्रभावशाली नेता केपी शर्मा ओलीले अर्काे हप्ताभित्र नयाँ सरकार गठन हुने बताउनुभएको छ । राजधानीमा आज आयोजीत एक कार्यक्रममा नेता ओलीले घटनाक्रमलाई हेर्दा यही शुक्रबारसम्म सरकार गठन हुने स्थिति नरहे पनि आगामी हप्ताभित्र मुलुकले नयाँ सरकार पाउने बताउनुभयो । ओलीले व्यवस्थापिका–संसदको नियमावली संशोधन गर्नुभन्दा नेताहरुले मानसिकता बदले प्रधानमन्त्री तथा देशले निकास पाउने धारणा राख्नुभयो । नेता ओलीले प्रधानमन्त्रीका सम्भावित उम्मेदवारहरू वार्तामा बस्ने गरेकाले समयमै देशले प्रधानमन्त्री पाउन नसकेको हो भन्नुभयो । 

अहिले समस्या अन्त नभई एनेकपा (माओवादी)मा रहेको चर्चा गर्दै उहाँले संविधानसभालाई असफल बनाउने खेलमा नलागी जारी शान्तिप्रक्रिया, संविधान लेखन, लोकतन्त्र र मुलुकको समृद्धिका पक्षमा प्रतिबद्ध हुन माओवादीसँग आग्रह गर्नुभयो । 

ओलीले भन्नुभयो ः एकाध् मान्छेको स्वार्थ र पदप्राप्तिका लागि शिविरमा रहेका लडाकूको भविष्य समाप्त गर्न हुदैँन । “हाउगुजीका लागि राखिएका लडाकू एक दिन माओवादीका लागि भालुको कन्पट हुने निश्चित छ ।”

प्रधानमन्त्री निर्वाचनको प्रक्रिर्यामा सहमति नभएपछि संसद स्थगितः

प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिर्यामा सहमति जुटन नसकेपछि आज बस्ने भनिएको संसदको बैठक भोली सम्मकालागि स्थगित भएको छ । संसद नियमावली संशोधन मस्यौदा समितिले आफ्नो काम पूरागर्न नसकेका कारण संसद बैठक भोलीसम्म स्थगितगर्न कार्यव्यबस्था परामर्श समितिमा दलहरु बिच सहमती भएपछि बैठक भोली सम्मका लागी स्थगित भएको हो । यद्यपी संविधानसभाको आज बसेको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङ्गले ‘विशेष कारण’ले आजका लागि निर्धारित बैठक भोली साढे २ बजे सम्मकालागि स्थगित भएको जानकारी गराउनु भएको थियो ।  

कार्यब्यवस्था परार्मश समितीको बैठकपछि मस्यौदा समितिका ससदस्य सदभावना सभासद अनिल झाले भोली सम्ममा संशोधन गर्ने बिषयमा सहमति जुट्ने समभावना रहेकोे बताउनुभयो ।

यसैबिच प्रधानमन्त्री निर्वाचनमा एकभन्दा बढि उमेदवारले मनोनयन दर्ता गरेमा एकैपटक निर्णयार्थ पेशगर्ने प्रस्ताव नियमावलीमा गर्ने तयारी भएको छ । पहिलो चरणमा प्रधानमन्त्री चयन नभए दोस्रो चरणमा धेरै मत ल्याउने दुइजनाबीच प्रतिष्पर्धा गराउने र त्यसमा सभासदले विपक्षमा मतदान गर्न नपाइने व्यबस्था गर्न लागिएको झाले बताउनुभयो । दोस्रो चरणमा पनि कुनै कारणले स्पष्ट बहुमत नजुटे पूरानो प्रक्रिर्या रद्द गरेर नयाँ प्रक्रिर्या सुरुगर्ने गरी नियमावली संशोधनको तयारी भएको छ । नियमावली संशोधनगर्न माओवादी सभासद एकराज भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । 

राष्ट्रिय झण्डाको किनारा हरियो बनाउने प्रस्तावः 

काठमाण्डौ, माघ ३ । राष्ट्रिय झण्डाको किनारामा रहेको निलो रंगको स्थानमा हिरियो रंग बनाउने बिषयमा २८ दलिय संयन्त्र सहमती नजिक पुगेको छ । झण्डाको आकार र स्वरुप परिवर्तन नगरी राष्ट्रिय झण्डाको किनाराको रंग परिवर्तन गर्नेवारे २८ दलीय संयन्त्रमा आजदेखी सुरु भएको छलफलमा कसैले पनि विरोध नगरे पछि झण्डाको रंग परिर्वतन हुने सम्भावना बढेको हो । 

२८ दलको बैठक पछि माले महासचिव सिपी मैनालीले हरियो रंग समृद्धि र पर्यावरणको प्रतीक भएका कारण किनारामा हरियो रंग राख्ने सुझाव आएको बताउनुभयो । उहाँले निलोको स्थानमा हरियो रंग राख्ने बिषयमा कसैको विरोध नजानाएको बताउनुभयो । 

आन्दोलनका भावनालाइ प्रतिविम्भित गर्नेगरी राष्ट्रिय झण्डाको किनारामा रहेको निलो रंग परिवर्तन गरी हरियो बनाउन दलहरुले प्रस्ताव गरेका छन । संविधानसभा सचिवालय सिंहदवरवारमा आज बसेको २८ दलीय संयन्त्रको बैठकमा गणतन्त्र र संघीयताको झल्को दिनेगरी रंग र व्याख्या परिवर्तन गर्नेवारे छलफल भएको तराइ मधेश लोकतान्त्रिक पार्टीका हृदयश ज्ञिपाठीले जानकारी दिनुभयो । 

यसैगरी झण्डामा संघीय प्रदेशको संख्यालाइ सांकेतिक रुपमा उल्लेख गर्ने गरी छलफल भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।  

त्रिकोणात्मक झण्डाको आकार र त्यसभीत्र रहेको चन्द्र–सूर्यलाइ यथावत राख्न भने सबैदल सहमत देखिएका छन । 

२८ दलीय संयन्त्रले राष्ट्रिय पार्टी बन्नकालागि निर्वाचनमा खसेको मतको कुल तीन प्रतिसत मत प्राप्त गर्नुपर्ने मापदण्ड हटाउने प्रमुख तीनदलवीच भएको सहमति अनुमोदन गरेको छ । संयन्त्रमा आजदेखी व्यबस्थापिकीय अंगको स्परुप निर्धारण समितिका विबादित बुदाँमाथी छलफल सुरु भएको छ । मतदाताको उमेर १६ वा १८ बर्ष कति राख्ने भन्ने बिषयमा आज छलफल भएपनि सहमति जुटि नसकेको मैनालीले बताउनुभयो । 

यसैबीच, विषयगत समितिका मस्यौदा प्रतिवेदन फरक मत सहितपनि सम्बैधानिक समितिमा पठाउने गरी संविधानसभा नियमावली संशोधन हुने भएको छ । संविधानसभाको आज बसेको बैठकमा नियमावली संशोधन मस्यौदा समितिकी सभापति कागे्रस सभासद पुष्पा भुषालले संशोधनको मस्यौदा पेश गर्नुभएको हो । संशोधित मस्यौदामा फरक मत सहित सम्बैधानिक समितिमा पठाउदा समितिमा सहमति नजुटे संविधानसभामा निर्णयार्थ पेशगर्न सकिने उल्लेख छ । संविधानसभाको भोली दिउसो बस्ने १०५ औ बैठकले संशोधन मस्यौदा पारित गर्नेछ । नियमावली संशोधनपछि सम्बैधानीक समितिले नयाँ संविधानको एकीकृत मस्यौदा तयार गर्ने काम सुरु गर्नेछ । 

सरकार माओबादी छलफल

एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेना समायोजन बिशेष समिती अन्तरगत सचिवालयका सदस्यले नेपाली सेना अनुगमनमा नरहने बताएको भन्दै आपत्ती जनाउनु भएको छ । प्रचण्डले विगतमा जस्तै गरि माओवादी र नेपाली सेनाको हतियारको अनुगमन गर्ने सरकार सँग सहमती भएको उल्लेख गर्दै विषेश समिती सदस्यबाट आएको भनाइ प्रति सरकारको ध्यानाकर्षण गराउनु भएको हो । 
माओबादी लडाकुलाई बिशेष समिती मातहत ल्याउने बिषयमा आज बिहान सरकार सँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अनमिनले गर्दै आएका सबै कार्य बिशेष समितीले गर्ने सहमती भएको भन्दै सेना पनि अनुगमनमा नरहने भनाई प्रति आपत्ती जनाउनु भएको हो । उहाले सचिवालयका कुनैपनि सदस्यलाई सहमती बिपरित बोल्न दिन नहुने विषयमा सरकार सँग कुराकानी भएको समेत जानकारी दिनुभयो । 

माओबादी लडाकुहरुलाई सार्वजानिक कार्याक्रम गरी बिशेष समिती मातहत ल्याउन सहमत भईसकेका माओबादी र सरकारबिच आज बिशेष समिती मातहत ल्याउने प्रक्रियाका बारेमा छलफल भएको बैठकपछि गृहमन्त्रि भिम रावले जानकारी दिनुभयो । रावलले आज सार्वजनिक समारोह कहिले, कसरी गर्ने, कहाँ गर्ने, तथा प्रक्रियाका विषयमा छलफल भएको जानकारी दिनुभयो । बैठकपछि माअ‍ोवादी अध्इक्ष प्रचण्डले लडाकुलाइ विषेश समिती मातहतमा ल्याउन गरिने सार्वजानिक कार्याक्रमको टुङ्गो भोली लाग्ने जानकारी दिनुभयो । 

सरकारद्वारा सचिवको सरुवाः

सरकारले चार जना सचिवहरुको सरुवा गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद को आज विहान सिंहदरवारमा बसेको बैठकले ४ जना सचिवको सरुवा गरिएको हो । बैठकले शिबिर व्यवस्थापनका सचिव शितलबाबु रेग्मीलाई उर्जा मन्त्रालयमा सरुवा गरेको छ । उर्जामन्त्री प्रकाशशरण महतसंगको विबादका कारण उर्जा मन्त्रालय लामो समयदेखी सचिव विहिन बन्दै आएको थियो । 

सरकारले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत आनन्दराज पोखरेललाइ मध्यपश्चिमको क्षेत्रिय प्रशासन कार्यालयमा, भूमिसुधारका छविराज पन्तलाई सुदुरपश्चिमको क्षेत्रीय प्रशाशकमा र लोकसेवा आयोगका केशव भट्टराईलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरेको बैठकपछि सरकारका प्रवक्ता सञ्चारमन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो । 

मन्त्रीपरिषदको बैठकले नेपाली सेनाका सहायक रथीहरु रमिन्द« क्षेत्री र धीरबहादुर गुरुङको तीन वर्षे पदावदी समेत थप गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । साथै बैठकले माल्दिब्सको महावाणिज्य दुतमा तुलसीराम अग्रवाल र खानेपानी संस्थानको महाप्रंबन्धकमा धर्मकुमार बजिमियालाई नियुक्ती गरेको छ । यसैगरी मन्त्रीपरिषदको बैठकले आगामी चैत्र १० गतेबाट शुरु हुने एसएलसी परिक्षाको प्रश्नपत्र स्वदेशमानै छाप्ने निर्णय समेत गरेको छ । 

अस्थाइ न्यायाधीशद्वय वस्ती र उपे्रतीको नाम अनुमोदनः

व्यबस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको अस्थाइ न्यायाधीशमा पुर्ननियुक्तिका लागि सिफारीश अस्थाइ न्यायाधीशद्वय प्रकाश वस्ती र भरतप्रसाद उपे्रतीको नाम अनुमोदन गरेको छ । संसद सचिवालय सिंहदरवारमा बसेको समिति बैठकमा न्यायाधीश उपे्रतीको नाम सर्वसम्मति र वस्तीको बहुमतले अनुमोदन गरेको हो । सदभावना पार्टीका सभासद एवं विना विभागिय मन्त्री लक्ष्मणलाल कर्णले विरोध जनाएपछि वस्तीको नाममा सर्वसम्मत हुन सकेन । नागकिताको प्रमाणपत्र विना मतदाता नामावली संकलन नगर्न दिएको अन्तरिम आदेशप्रति विोध जनाउदै सदभावनाले उहाँको नाममा सहमति नजनाएको हो । संसदीय सुनुवाइपछि माघ ९ गते कार्यकाल सकिदै गरेका अस्थाइ न्यायाधीशद्वयको पुनःनियुक्तिको बाटो खुलेको छ । 

यसअघि सुनुवाइका क्रममा न्यायाधीश वस्तीले नागरिकता प्रमाणपत्रविना मतदाता संकलन नगर्न दिएको अन्तरिम आदेश कसैकालागि विभेद सृजनागर्न नभएको स्पष्ट गर्नुभयो । उहाँले उक्त आदेश अन्तरिम मात्र भएकाले तीन जनाकोसंयुक्त इजालसले मात्र यसको अन्तिम फैसला गर्ने बताउनुभयो  ।  

नागरिकता विना मतदाता नामावली संकलनगर्ने कार्य गैर कानूनि भएको पुष्टि भएमा संकलित नामावली खारेज हुने र राज्यलाइ नोक्सानी हुने भएकोले आफूले अन्तरिम आदेश दिएको बताउनुभयो । सर्वोच्चको उक्त आदेश आदेशलाइ पूर्वाग्रही भएको आरोप लगाउदै मधेशवादी दलहरुले आदेश जलाउने बताएका थिए । न्यायाधीश वस्तीले यस बिषयमा आफूले संसदीय समितिमा स्पष्टिकरण दिन पाउदा खुसी लागेको बताउनुभयो । 

संसदीय समितिले अबैध ढुङ्गाखानी अलोकन गर्नेः

व्यबस्थापिका संसदको प्राकृतिक स्रोत साधन समिति अन्तरगतको उपसमितिले ललितपुरको लेले र नख्खु गाविसमा संचालित ढुङ्गाखानीको अवस्थावारे लिखित जानकारी पठाउन सरोकारवाला कार्यालयलाइ निर्देशन दिएको छ । स्थानिय विकास मन्त्रालयका सचिव, ललितपूरका प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, प्रहरी र बन कार्यालयका प्रमुख लगायत जिल्लाका सरोकारवालासंगको छलफलपछि समितिले वास्तविकता दुइदिनभीत्र लिखित पठाउन निर्देशन दिएको हो । लिखित विबरण आएपछि संसदीय समितिले स्थलगत अबलोकन गर्ने निर्णय गरेको छ । बैठकमा ललितपूरका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेले राजनीतिक दलले सहयोग नगरे सम्म अबैद्य ढुङ्गाखानी बन्दगर्न नसकिने बताउनुभयो । 

स्थानिय विकास अधिकारी विष्णु प्रसाद ढकालले मापदण्ड पु¥याएर संचालनमा रहेका ढुङ्गा खानी र उद्योग बन्द गर्न नसकिने बताउनुभयो । बैठकमा सभासदहरुले अबैद्य रुपमा संचालित ढुङ्गाखानी र क्रसर उद्योग बन्दगर्न नसकेर सरकार असफल भएको बताएका थिए । माओवादीका लोकेन्द्र विष्टले अबैद्य ढुङ्गाखानी संचालनमा सरकारका मन्त्रीहरुको समेत संगल्नता रहेको बताउनुभयो । कागे्रस सभासद गगन थापाले ललितपूरका अबैध राज्यको चरम असफलता देखिएको बताउनुभयो । एमालेकी रतन गुरुङ्गले अबैध ढुङ्गा खानीले प्राकृतिक विनास निम्ताएको भन्दै बन्द गरेर सतह मिलाउन लाग्नुपर्ने बताउनुभयो । ललितपुरमा संचालित ढुङ्गा खानीले पर्यावरणमा असर पु¥याएको भन्दै वाताबरण विदहरुले चिन्ता व्यक्त गरेका छन । 

कुमार कान्छाले संसार छोडे 

चर्चित गायक कुमार कान्छाको ५८ वर्षको उमेरमा आज निधन भएको छ । लामो समय देखि मेरुदण्डको पक्षघात बाट पिडीत गायक कान्छाको उपचारको क्रममा भारतको मुम्बई स्थित रैजा अस्पतालमा मृत्यु भएको हो । नेपाली, हिन्दी तथा अन्य विभिन्न भाषामा सयौं गीत गाइसक्नु भएका कान्छा पछिल्लो समयमा स्वास्थ्यका कारण गीत गाउँन नसक्ने अवस्थामा पुग्नु भएको थियो । उहाँको उपचारको लागि नेपालबाट पनि ठूलो मात्रामा सहयोगको अभियान सञ्चालन गरिएको थियो । स्वर्गीय कान्छाका श्रीमती र २ छोरा रहेका छन् ।  

खेल समाचार

भोली देखी आहा गोल्डकप 

आहा गोल्डकपको नवौं संस्करण भोली देखि पोखरा रंगशालामा सुरु हुँदैछ । सहारा क्लबको आयोजनामा नियमितरुपमा आयोजिना हुदैँ आएको मोफसलको चर्चित यो फुटबल प्रतियोगिता अन्तरगत भोलीको उद्घाटन खेलमा आयोजक सहारा र धरान फुटबल क्लब प्रतिष्पर्धा गर्दैछन् । उद्घाटन खेलमा आयोजक सहाराले दुई विदेशी खेलाडी मैदानमा उतार्ने भएको छ । 

आगामी माघ १५ सम्म संचालन हुने प्रतियोगिताका विजेताले दुइ लाख तथा उप विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । 

No comments: