Tuesday, February 1, 2011

माघ १८ गते २०६७


माओवादी र एमालेद्वारा प्रधानमन्त्रीको निर्वाचन 

Who is next ? PM.
व्यबस्थापिका संसदमा पर्सी हुने प्रधानमन्त्री निर्वाचनका लागि एकीकृत नेकपा माओवादी र नेकपा एमालेले आ–आफ्ना अध्यक्षलाइ उमेदवार बनाउने भएका छन् । दुबै दलको आज बसको केन्द्रीय कमीटी बैठक सर्वसम्मत रुपले आ आफ्ना अध्यक्षलाइ उमेद्धार बनाउने निणर्य गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एमाले अध्यक्ष झलनाथ खनाल दुबैजना संसदिय दलका नेता समेत रहनु भएको छ । नेपाली कागे्रसले भने अहिलेसम्म प्रधानमन्त्रीको उमेदवार सम्बन्धमा आधिकरिक निर्णय गर्न सकेको छैन । पार्टि केन्द्रीय कार्यलय पेरिसडाँडामा बसको बैठकपछि माओवादी प्रवक्ता दिनानाथ शर्माले अफ्नै नेतृवमा सरकार गठनका लागि अध्यक्षको नाममा सर्वसम्मति भएको र अन्यदललाइ समर्थनगर्न आग्रह गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । प्रचण्डको उम्मेद्धारीमा उपाध्यक्षद्धय वाबुराम भट्टराइ प्रस्तावक र नारायणकाजी श्रेष्ठ समर्थक रहनु हुनेछ । 

संविधानसभाको मुख्य शक्ति भएको तथा शान्ति प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याउनु पर्ने भएकोले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनगर्न जरुरी भएको माओवादी निष्कर्ष रहेको छ । यसअघिको निर्वाचनमा ७ पटकसम्म पराजित भएको भन्दै उपाध्यक्ष वाबुराम भट्टराइ पक्षधरले भट्टराइलाइ प्रधानमन्त्रीको उमेदवारी दिनुपर्ने माग गर्दै आएको थियो । 

यसैबिच  विवादका वाबजुद एमालेले अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा आज बसको केन्द्रीय समिति बैठकले अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय गरेको हो । प्रभावशाली नेता केपी ओलीको प्रस्ताव र प्रधानमन्त्री माधवकुमार नेपाल लगायतको समर्थनमा खनालको उमेदवारी मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

अन्तिम समयसम्म पनि राष्ट्रिय सहमतिका लागि एमाले लचिलो बन्ने उल्लेख गर्दै ज्ञवालीले बहुमतको सरकारको नेतृत्व गर्ने अबस्थामा अध्यक्ष खनाललाइ प्रधानमन्त्रीको उमेदवार बनाउने सर्बसम्मत निर्णय भएको बताउनुभयो । सकेसम्म बहुमतिय भित्र सहमतीको सरकार गठनका लागि अध्यक्ष खनाललाइ प्रस्ताव गरिएको केन्द्रीय सदस्य एवं गृहमन्त्री भीम रावलले जानकारी दिनुभयो । 

यसअघिको निर्वाचनमा समेत खनाललको मनोनयन दर्ता गराइएपनि दुइतिहाइको लिखित समर्थन जुटाउन नसकेको भन्दै अन्तिम समयमा उमेदवारी फीर्ता लिइएको थियो । यसअघि प्रधानमन्त्री माधवकुमार नेपाल र नेता ओली पक्षधरले अध्यक्ष खनाललाइ प्रधानमन्त्री बनाउने प्रस्तावमा समर्थज जनाएका थिएनन । स्रोतका अनुसार भोली हुने उमेदवारको मनोनयनमा खनाललाइ प्रधानमन्त्री बनाइयोस भन्ने प्रस्तवको प्रधानमन्त्री नेपाल प्रस्तावक बन्नु हुनेछ । 

नेपाली कागे्रसले भने अहिलेसम्म प्रधानमन्त्रीको उमेदवार तय गर्न सकेको छैन । प्रधानमन्त्रीको उमेदवारीको बिषयलाइ लिएर कागे्रस भीत्र भने विबाद चुलिएको छ । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरले केन्द्रीय समिति बेठक बोलाउन मागगर्दै छुट्टै भेलाको आयोजना गरेका छन । सभापति सुशील कोइरालाले भने भोली विहान प्रभावशाली नेताहरुको बैठक बोलाएर निर्णय गर्नुहुने बताइएको छ । सभापति कोइरालाले संसदीय दलका नेता रामचन्द्र पौडेललाइ नै प्रधानमन्त्रीको उमेदवार बनाउने तयारी गर्नुभएको छ । 

व्यबस्थापिका संसदमा पर्सि बिहिवार हुने प्रधनामन्त्री निर्वाचनकालागि भोली मनोनयन हुदैछ । भोली विहान ११ बजेदेखी ४ बजेसम्म मनोनयन गर्ने र अपरान्ह ४ः३० बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । ससंसदमा विहिबार दिउसो १ बजे प्रधानमन्त्री निर्वाचन हुदैछ । 

काँग्रेस केन्द्रीय समितीको अनौपचारिक बैठक

प्रधानमन्त्रीको उमेद्धार कसलाइ बनाउने भन्ने विषयमा विवाद भएपछि नेपलाी काँग्रेसले यसको टुङ्गो केन्द्रीय कमिटी बैठकबाट लगाउने भएको छ । पार्टिबाट प्रधानमन्त्रीका दाबेदारका रुपमा बरिष्ट नेता शेरबहादुर देउवा तथा संसदिय दलका नेता रामचन्द्र पौडेलको नाममा विवाद भएपछि यसको टुङ्गो लगाउन काँग्रेसले भालीका लागी केन्द्रीय समिती बैठक आह्वान गरेको हो । 

पार्टि सभापति शुशिल कोइरालाको निवास महाराजगंजमा केहिबेर अघि सम्पन्न अनौपचारिक केन्द्रीय कमिटी बैठकले भोली बिहान ९.३० बजेका लागी केन्द्रीय कमिटी बैठक बोलाउने निणर्य गरेको हो । बैठकमा देउवा पक्षिय केन्द्रीय सदस्यद्धय विमलेन्द्र निधी र गोपालमान श्रेष्ठले रामचन्द्र पौडेल १६ पटकसम्म पराजीत भएकाले विकल्पका रुपमा देउवालाइ उमेद्धार बनाउन माग गरेपछि यसको टुङ्गो केन्द्रीय समितीबाट लगाउन लागिएको हो । 

यद्यपी सभापति शुशिल कोइरालाले भने पार्टि संसदिय दलको विधान अनुसार संसदिय दलका नेता प्रधानमन्त्रीको उमेद्धार हुने प्रचलन रहेकाले पौडेललाइ नै उठाउन प्रस्ताव गर्नु भएको थियो । काँग्रेस केन्द्रीय समितीमा हिजोको मनोनयन पश्चात सभापति शुशिल कोइराला पक्षको बहुमत रहेको छ । 

महाराजगंजमा बसेको अनौपचारिक बैठकमा महामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष त्रिचलेखा यादव, केन्द्रीय सदस्यहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, अजुर्ननर सिंह केसी, तथा देउवा पक्षिय नेताहरु विमलेन्द्र निधी तथा गोपालमान श्रेष्ठ उपस्थीत रहनु भएको थियो । बैठकमा नेता देउवा भने अनुपस्थीत रहनु भएको थियो ।  

मन्त्रीपरिषद् बैठकद्धारा साउदीका राजदुतलाइ फिर्ता बोलाउने निणर्य

सरकारले भष्ट्राचारका आरोप लागेका साउदी अरेबियाका लागी नेपाली राजदुत हमिद अन्सारीलाइ फिर्ता बोलाउने निणर्य गरेको छ । आज साँझ बसेको मन्त्रीपरिषद्को बैठकले राजदुत अनसारीलाइ फिर्ता बोलाउने निणर्य गरेको हो । राजदुत अन्सारीमाथी साउदीमा मृत भएका एक कामदारको बिमा रकम भष्ट्राचार गरेको आरोप लगाइएको छ । यसअघि संसदिय समितीले समेत राजदुत अन्सारीलाइ फिर्ता बोलाउन सरकारलाइ निर्देशन दिएको थियो । 

त्यस्तै मन्त्रीपरिषद्ले सरकारी कर्मचारीहरुलाइ एकै प्रकारको पोशाकका लागी भत्ता उपलब्ध गराएको छ । बजेटमा विनीयोजन भए अनुसार कर्मचारीहरुलाइ रकम उपलब्ध गराउने निणर्य भएको सरकारका प्रवक्ता एवम् सुचना तथा संचार मन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो । साथै बैठकले भीओआइपी सेवा समेत खुल्ला गरेको छ । बैठकपछि मन्त्री पोखरेलले २५६ केविपिएस अपलोड र अनलोड क्षमताका भीओआइपी सेवा खुल्ला गरेको जानकारी दिनुभयो । त्यस्तै बैठकले विपत ब्यवस्थापन ऐनलाइ सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

खनाललाइ समर्थन गर्ने भन्ने कुरा के हो ? प्रचण्डजी ः प्रम नेपाल

बहुमतीय सरकारको समिकरणका लागि राजनीतिक सरगर्मी बढिरहेकै बेला प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सत्ता समिकरण बारे छलफल भएको छ । एमाले केन्द्रिय समिती बैठक सकिए लगत्तै भएको दुई नेताको भेटमा पर्सी सुर हुने प्रधानमन्त्री निर्वाचनमा दुर्य दल कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल भएको बताईएको छ । दुई शीर्ष नेताबीचको भेटमा माओवादी अध्यक्ष प्रचन्डले अझै पनि सहमतीय सरकार गठनका लागि अन्तिम प्रयास गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका राजनिितक सल्लाहकार रघुजी पन्तले जानकारी दिनुभयो । बहुमतीय प्रक्रिया सुरु भईसकेको भएपनि दलहरुबीच बहुमतीयमा पनि सहमतीका लागि दुई नेताबीच गम्भिर छलफल भएको पन्तको भनाई छ ।

दुई नेताबीच मात्र भएको भेटबारे दुबै नेताले केही प्रतिक्रिया भने दिन मान्नुभएन । स्रोतका अनुसार प्रधानमन्त्री नेपालले आफ्ना अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको र खनाललाई समर्थन गर्न माओवादी अध्यक्षसँग आग्रह गर्नुभएको बताईएको छ । 

यसैवीच मधेशवादी दलहरुले शान्ति प्रक्रिर्यालाइ पूर्णता दिने विश्वासिलो प्रंतिबद्धता जनाए माओवादी नेतृत्वमा सरकार गठन गर्न सहयोग गर्ने बताएका छन । उनिहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अघि सारेका अबधारणामा समर्थन गर्ने जुनसुकै दलको नेतृत्वमा सरकार गठनगर्न आफुुहरुलाइ आपत्ति नहुने बताए । मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशका मुद्दामा समर्थन गर्ने दललाई सरकार गठनगर्न समर्थन गर्ने बताउनु भयो । 

शान्ति, संविधान र मधेशका मुद्दामा सहमति भए माओवादी नेतृत्वलाइ समर्थनगर्न आपत्ति नरहेको यादवको भनाइ थियो । यद्यपी सरकार गठनको बिषयलाइ लिएर माओवादीले आफूहरुसंग छलफल नगरेको बताउनुभयो । फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देवले पनि शान्ति प्रक्रिर्या निश्कर्षमा पु¥याउने विश्वासिलो प्रतिबद्धता आए माओवादीलाइ समर्थन गर्न सकिने बताउनुभयो । 

मधेशी मोर्चाले राखेका अबधारणामा माओवादीसंग सबैभन्दा नजिक रहेको भन्दै उहाँले मधेशी मोर्चाको बैठक बसेर निर्णय गरिने बताउनुभयो । यसैबीच, नयाँ सत्ता समिकरणवारे मधेशवादी दलहरुले आन्तरिक र द्विपक्षीय छलफललाइ तीब्र बनाएका छन । मधेशवादी तीनदलका नेताहरुबीच सिंहदरवारमा विहान छुट्टा छुट्टै छलफल भएका छन । संभव भए आजै साझ र नत्र भोली सम्ममा संयुक्त मधेशी मोर्चाको बैठक बस्ने तयारी प्रवक्ता देवले बताउनुभयो । 

काठमाडौंमा तीन दिने ल्होछार महोत्सव हुँदै ।।

तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने ल्होछार यही माघ २० देखि २२ गतेसम्म महोत्सव आयोजना गरी मनाउने भएको छ ।  

तामाङ समुदायको धार्मिक एवम् सांस्कृतिक पर्व ल्होछारको अवसरमा राजधानीको टुडिखेलमा तीन दिने महोत्सबको आयोजना गरी मनाउन लागेको ल्होछार महोत्सव मूल समारोह समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । 

तामाङ समुदाय लगायत ह्याल्मो एवं अन्य हिमाली आदिवासीहरुको नयाँ वर्ष “ह्योअी

ल्होछार द्दडद्धठ यही माघ २१बाट शुरु हुँदैछ । पत्रकार सम्मेलनमा ल्होछार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संयोजक धनप्रसाद तामाङले जानकारी दिनुभयो । नेपाल तामाङ घेदुङको संयोकत्वमा विभिन्न ११० वटा तामाङ सङ्घ संस्थाको सहभागीतामा १००१ सदस्यीय ल्होछार ल्होछार बृहत् मूल संयोजन समिति गठन गरिएको थियो । 

ल्होछार महोत्सव अन्तर्गत पहिलो दिन माघ २० गते १ बजे टुंडिखेलबाट मोटरसाईकल ¥याली गर्ने, ३ बजे तामाङ कलाकार र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फूटबल खेल हुने र साँझ साढे ५ बजेबाट ल्होछार इभका रुपमा घरघरमा दिपावली गर्ने कार्यक्रम रहेको बताइएको छ । 

यसैगरी माघ २१ गते खुलामन्चबाट बिहान ११ बजे बृहत् साँस्कृतिक ¥याली निस्कने र सहरका विभिन्न भाग परिक्रमा गर्दै टुँडिखेलमा पुगेर समारोहमा परिणत हुने जनाएको छ । यस्तै २२ गते रक्तदान र विविध साँस्कृतिक कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

साशकीय स्वरुपवारे तीनदलको पूरानै अडान, सहमतिगर्न साना दलको दवाबः 

काठमाण्डौ, माघ १८ । संबिधानसभा सबैधानिक समितीले आजबाट नयां संबिधानमा महत्वपुर्ण मानिएको शासकीय स्वरुपबारे छलफल सुरु गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा बसेको बैठकमा साशकीय स्वरुपवारे दलहरुले धारणा राख्नेक्रम सुरु भएको छ । प्रमुख तीनदल एकीकृत नेकपा माओवादी, नेपाली कागे्रस र नेकपा एमालेले नयाँ संविधानमा राज्यको साशकीय स्वरुपवारे पूरानो अडान कायमै राखेका छन् । 

अधिकाशं साना दलले भने राष्ट्रपति र प्रधानमन्त्री दुवैको निर्वाचन संसदवाट गर्नेगरी संविधानमै शक्ति बाडफाड गर्नुपर्ने प्रस्ताव गरेका छन । बैठकपछि माओवादी नेता देवप्रसाद गुरुङ्गले जनतावाट प्रतक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र सहमतिय सरकार गठन गर्नुपर्ने आफूहरुको पूर्वबत अडान कायमै रहेको बताउनुभयो । उहाँले प्रतक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्तावबाट आफुहरु पछि हड्न नसक्ने स्पष्ट गर्नुभयो । कागे्रसले सम्बैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री तथा एमालेले जनतावाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री र आलंकारीक राष्ट्रपतिको प्रस्ताव गरेको छ । 

राष्ट्रपति र प्रधानमन्त्री दुवैको निर्वाचन संसदवाट गर्ने र संविधानमै अधिकार बाडफाड गरी साशकीय स्वरुपको टुङ्गो लगाउन सकिने विकल्पबारे साना दलले सुझाव दिएको समाजवादी प्रजातान्त्रिक जनता दलका सभासद एवं कानून मन्त्री पे्रम बहादुर सिंहले जानकारी दिनुभयो । 

जनशक्ति पाटीका सभासद डा प्रकाशचन्द्र लोहनीले साशकीय स्वरुपवारे ठूलादललाई छिटो सहमति गर्न दवाब दिएको बताउनुभयो । 

यसैबीच सम्बैधानिक समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रधानमन्त्रीको निर्वाचनका कारण समितिको बैठक आर्को सूचना नभए सम्मकालागि स्थगित गरिएको बताइएको छ । 
एमाले नेतालाई दुई थप्पड

अध्यक्ष झलनाथ खनालमाथी आक्रमण भएको दुइ हप्ता नबित्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य खगराज अधिकारीलाई एमालेकै पार्टी कार्यकर्ताले गोर्खामा दुई थप्पड लगाएका छन् । 

प्रधानमन्त्री बनाउने विषयमा भनाभन हुदाँ नेता अधिकारीलाइ एमालेकै कार्यकर्ताले थप्पड हानेको बताइएको छ । नेतामाथी आक्रमण गर्नेे कार्यकर्ताको नाम भने सार्वजनिक गरिएको छैन । पार्टीको प्रशिक्षण समापनपछि पार्टी कार्यालय निरीक्षणका क्रममा अधिकारीमाथी आक्रमण भएको थियो । बाहिर हल्ला हुने डरले नेतामाथी थप्पड हान्ने कार्यकर्ताको नाम गोप्य राखिएको श्रोतले दावी गरेको छ । 

उता, जिल्ला कार्यसमिति मनोनित सम्बन्धमा विवाद चर्किदा नेपाली काँग्रेस कालीकोटमा २०० जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षणको क्रममा बिना जानकारी प्रशिक्षण गरेको भन्दै उनीहरुले सामूहिक राजीनामा दिइएको बताइएको छ ।

जिल्लास्तरमा उपसभापति, सहसभापतिलगायतका अन्य सदस्यहरू मनोनीतमा आफ्नो पक्षका नातागोता र पछिल्लो समय पार्टीमा आएकाहरू माथिल्लो ओहोदामा आएको असन्तुष्ट पक्षले आरोप लगाएको छ । 
जिल्ला कार्यसमिति सदस्य मोतिराज बमले सामूहिक राजीनामा र असन्तुष्टको कारणबारे जिल्ला कार्य समितिमा लिखित वा मौखिक कुनै पनि जानकारी नआएको बताउनु भयो । 

प्रमको गृहलाई निर्देशन

काठमाडौँ, १८ माघ । प्रधानमन्त्री माधवकुमार नेपालले लोकसेवा आयोग सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशक नवराज चौलागाइँको खोजीलाई तीव्र बनाउन गृह प्रशासनलाई पुनः निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री नेपालले लामोसमयदेखि बेपत्ता हुनुभएका चौलागाइँकोे खोजीको प्रसास र प्रगतिको सन्दर्भमा गृहमन्त्री भीम रावल, गृहसचिव डा गोविन्द कुशुम, प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलगायत वरिष्ठ प्रहरी अधिकृतसँग जानकारी लिँदैै तत्काल अवस्था पत्ता लगाउन निर्देशन दिनुभएको हो । चौलागाँइका परिवारले प्रधानमन्त्री नेपालको निर्देशन कार्यन्वयन नभएको गुनासो गरेपछि चौलागाँइको परिवारजनको उपस्थितिमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो । प्रधानमन्त्री नेपालले गत माघ ३ गते पनि गृह मन्त्रालयलाइ चौलागाँइको खोजी तिव्र बनाउने निर्देशन दिनु भएको थियो । 

सुदुरपश्चीमाञ्चलको लोकसेवा आयोगमा कार्यरत चौलागाँइ गत कात्तिक २९ गते बेपत्ता भएपछि उहाँको अवस्था अज्ञात रहेको छ । 

No comments: