प्रधानमन्त्रीकालागि चारजनाको उमेदवारी, पहिलो चरणमा प्रधानमन्त्री चुनिने संभावना क्षिणः
![]() |
Again 3 Old face ??!! |
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वाबुराम भट्टराइको प्रस्ताव र अर्का उपाध्यक्ष नायारणकाजी श्रेष्ठ प्रकाशको समर्थनमा उमेदवारी दर्ता गर्नु भएको हो । कागे्रस ससदीय दलका नेता रामचन्द्र पौडेलले महामन्त्री प्रकाशमान सिंहको प्रस्ताव र रामकृष्ण यादवको समर्थनमा उमेदवारी दर्ता गराउनु भएको हो ।
यस्तै एमाले अध्यक्ष झलनाथ खनालले प्रमुख सचेतक भीम आचार्यको प्रस्ताव र रामचन्द्र झाको समर्थनमा उमेदवारी दर्ता गराउनु भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तर्फवाट मधेशी फोरम लोकतान्त्रिकका विजयकुमार गच्छेदारले उमेदवारी दिनुभएको छ । गच्छदारको प्रस्तावमा सदभावनाका लक्ष्मणलाल कर्ण प्रस्ताव र तमलोपाका जितेन्द्र सोनल समर्थक रहनु भएको छ । मधेशीको उमेदवारीपछि माओवादी अध्यक्ष प्रचण्ड पहिलो चरणवाट प्रधानमन्त्री बन्ने संभावना क्षिण बनेको हो ।
दिउसो बसेको मोर्चाको बैठकले गच्छेदारलाइ प्रधानमन्त्रीको उमेदवार उठाउने निर्णय गरेको हो । माओवादी वा कागे्रस कस्लाइ समर्थन गर्ने भन्नवारे मधेशवादी दलहरुबीच सहमति जुटन नसकेपछि मोर्चा आफ्नै उमेदवारी दिने निर्णयमा पुगेको थियो । पाँच मधेशवादी दलहरुसंग ८५ र साना दलको समेतगरी उनिहरुसंग झण्डै १२५ सभासदको समर्थन रहेको छ ।
उमेदवारी मनोनयन पछि बोल्दै चारैजना उमेदवारले शान्ति र संविधानलाइ निश्कर्षमा पु¥याउन आफूले उमेदवारी दिएको दावीगर्दै प्रधानमन्त्री जित्ने दावी गरेका छन । माओवादी अध्यक्ष प्रचण्डले सबै कोणवाट माओवादीको नेतृत्वमा सरकार गठन हुने संभावना प्रवल बनेको बताउनुभयो । मधेशवादी र सानादलहरुसंग विहान भएको छलफल सकारात्मक रहेकोले आफ्नो नेतृत्वमा सरकारको संभावना बढेको उहाँको दावी थियो ।
‘भोली नभए २२ गते हुन्छ, त्यसदिनपनि नभए २३ गते हुन्छ, प्रचण्डले भन्नुभयो–त्यसपछिपनि नभए नयाँ प्रक्रिर्या सुरु हुन्छ ।’ प्रचण्डले सहमतिको प्रयास स्वरुप कागे्रस र एमालेसंग फेरिपनि छलफल गर्ने बताउनुभयो ।
कागे्रस उमेदवार पौडेलले संसदीय दलको नेताको हैसियतमा पूरानै प्रक्रिर्या अनुसार उमेदवारी दिएको र आफूले चुनाव जित्ने विश्वास व्यक्त गर्नुभयो । पहिलो चरणमा आफूले नजितेपनि २३ गते हुने निर्वाचनमा आफूले जित्ने पौडेलले दावी गर्नुभयो । सबै दलको उमेदवारी परेका कारण पहिलो प्राथमिकता उनिहरुनै भएपनि दोस्रा् प्राथमिकता कागे्रस पर्ने पौडेलको भनाइ थियो ।
एमाले अध्यक्ष खनालले माओवादी, कागे्रस र मधेशवादी दलहरुकालागि पनि आफ्नो पार्टीको नेतृत्व स्वीकार्य भएकोले आफैले चुनाव जित्ने दावी गर्नुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भए त्यसले राष्ट्रिय स्वरुप पाउने खनालले दावी गर्नुभयो ।
प्रचण्ड र गच्छदारबीच प्रतिष्पर्धाको संकेतः
माओवादीलाइ समर्थन गर्ने चर्चाबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले समेत प्रधानमन्त्रीका लागि उमेदवार दर्ता गरेपछि र्निाचन अनौठो मोडमा पुगेको छ । समिकरणमा फेरवदल नभए तेस्रो चरणको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड र मधेशी मोर्चाका उमेदवार गच्छेदारवीच प्रतिष्पर्धा हुने देखिएको छ । गच्छेदारले आफूलाइ साना १७ दलको समर्थन रहेको दावी गरेका कारण उनले पहिलो र दोस्रो चरणमा कागे्रसका उमेदवार रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालले भन्दा बढि मत ल्याउने संभावना रहेको छ ।
राप्रपा लगायतका दलले कागे्रसलाइ समर्थन गरेमा भने तेस्रो चरणको निर्वाचनमा प्रचण्ड र पौडेलवीच प्रतिष्पर्धा हुने छ । गच्छेदारले आफ्नो पक्षमा १४२ सभासदको समर्थन रहेको दावी गरेका छन, जबकी कागे्रससंग ११४ र एमालेसंग १०७ सिट मात्र छ । मधेशवादी मोर्चामा आबद्ध दलहरुसंग ८३ सिट सुरक्षित छ भने, गच्छेदारलाइ नेकपा माले, राष्ट्रिय प्रजातन्त्रपार्टी, जनशक्ति पार्टी लगायतको समर्थन रहेको छ । तर अहिलेसम्म झलनाथ खनाल र रामचन्द्र पोडेललाइ कुनैपनि दलले समर्थन गरेका छैनन ।
नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा लगायत दलले गच्छेदारलाइ समर्थन गर्ने संभावना छैन । संसदमा माओवादीको २३७ सिट रहेका कारण प्रचण्ड अन्तिमसम्म प्रतिष्पर्धागर्न पाउनु हुनेछ । प्रचण्डलाइ कुल १२ सभासद रहेका साना ७ दल र नेपाल मजदुर किसान पार्टीको समर्थन रहने बुझिएको छ । निर्वाचित हुन प्रचण्डलाइ थप ४६ सिटको समर्थन जरुरी रहनेछ । यद्यपी त्यस अगावै कागे्रस र एमालेवीच सहमतिको संभावना भनेकायैमै छ । कागे्रस एमालेवीच सहमति भए गच्छदारले उमेदवारी फीर्ता लिन सक्नेछन ।
काँग्रेस केन्द्रीय समिती बैठक
पार्टी भित्र असहमतिका बाबजुत नेपाली काँग्रेसले भोली हुने प्रधानमन्त्री निर्वाचनको उम्मेद्धारमा संसदीय दलका नेता रामचन्द्र पौडेललाई नै अघि सारेको छ । उम्मेद्धारीबारे निर्णय गर्न आज बसेको केन्द्रीय समिति बैठकले यसअघि १७ चरणसम्म प्रधानमन्त्रीको उम्मेद्धार बनेका पौडेललाई नै उम्मेद्धार बनाएको हो । केन्द्रीय समितीको निर्णय प्रति बरिष्ट नेता देउवा पक्षले भने असहमति जनाएको छ ।
केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा प्रधानमन्त्रीको उम्मेद्धारी चयन गरेको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
उहाँले बैठकमा सभापति शुशील कोइरालाले अधिकांश केन्द«ीय सदस्यहरुको भावना तथा अन्य पार्टीहरुसँग भएका छलफलका आधारमा संसदिय दलका नेतालाई पार्टीको तर्फबाट राख्नु भएको प्रस्ताव पारित भएको बताउँनु भयो । तर देउवा पक्षीय नेता विमलेन्द्र निधीले भने केन्द्रीय समिति बैठकमा सबै सदस्यहरुलाई बोल्न नदिएको र पार्टी सभापति सुशील कोइरालाले एकलौटी निर्णय गरेको आरोप लगाउँनु भयो । सभापतिको एकलौटी निर्णयले मुलुकलाई निकास दिन नसक्ने भएकाले आफुहरुको असहमति रहेको केन्द«ीय सदस्य एवम सिंचाईमन्त्री बालकृष्ण खाँडले बताउँनु भयो । यद्यपी असहमति रहेपनि पार्टीले उठाएको उमेदवारको पक्षमा आफूहरुले मतदान गर्ने जानकारी दिनुभयो ।
यस्तै आजको बैठकले गुल्मी काँग्रेसका युवानेता फडिन्द« भण्डारीको रहस्यमय मृत्यु भएको सम्बन्धमा पार्टीको तर्फबाट शोक प्रस्ताव पारित गरेको छ । साथै बैठकले घटनाको सम्बन्धमा छानविन गर्न एक समिति समेत गठन गर्ने निर्णय गरेको महामन्त्री सिंहले जानकारि दिनुभयो ।
लेखा समिति
संसदको सार्वजनिक लेखा समितिले राजधानीका क्यासिनोहरुलाई राजधानी बाहिर सार्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले क्यासिनोहरुलाई राजधानी बाहिर सार्ने प्रक्रिया सुरु गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले ऐन कानुन बिना क्यासिनो सञ्चालन भएकाले ऐन बनाउन सुरु गर्न र १५ दिनभित्र क्यासिनो सञ्चालन सम्बन्धी कार्यविधि बनाउन निर्देशन दिएको छ । अर्थ र गृह मन्त्रालयको सहमति लिएर कार्यविधि बनाउन लेखाले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो ।
पर्यटन मन्त्रालयले यसअघि मिनी क्यासिनो भनेर सञ्चालन गर्न ईजाजत दिएको भन्दै सभासद्हरुले आपत्ति जनाएपछि त्यस्ता क्यासिनोलाई समेत तत्काल बन्द गर्न समितिले निर्देशन दिएको छ । राजधानीमा ८ र पोखरामा २ गरी १० ठुला क्यासिनो सञ्चालनमा छन् । सरकारलाई तिर्नुपर्ने बा“की रोयल्टी नतिरेकाले क्यासिनोलाई एक महिना भित्र रोयल्टी तिर्न यसअघि समितिले निर्देशन दिएको थियो । मिनी क्यासिनोको हकमा पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयको सहमति बेगर राजस्व दर आफैं निर्धारण गरेकाले मिनी क्यासिनोको ईजाजत नै गैरकानुनी रहेको समितिको ठहर छ । समितिको बैठकमा अर्थ सचिव रामेश्वर खनाल, पर्यटन सचिव किशोर थापा, गृह सचिव गोविन्द कुसुम र प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीको उपस्थिति थियो ।
अखिल क्रान्तिकारी
निजी बिद्यालयको नया दर्ता रोक्न माग गदै माओवादी निकट बिद्यार्थी सगठन अखिल क्रान्तिकारीले शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष हिमाल शर्माको नेतृत्वमा शिक्षा मन्त्रालय पुगेका अखिल क्रान्तिकारीका नेताहरुले मन्त्रालयका सहसचिव जनार्दन नेपाललाई ज्ञापनपत्र बुझाएका हुन । शिक्षाका नाममा भएको व्यापारीकरणको अन्त्यका लागी निजी विद्यालयको नयां अनुमति नदिन माग गरिएको क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले बताउनुभयो ।
ज्ञापनपत्रमा शिक्षामा रुपान्तरणको लागि सरकारी बिद्यालयको स्तरोन्नती र निजि शिक्षालाई निरुत्साहित गर्न नया निजी बिद्यालयलाई अनुमति दिन नहुने उल्लेख छ । साथै, राज्यले निजी बिद्यालयको नियमित अनुगन र बैज्ञानिक शुल्क निर्धारण नगरेकाले निजी बिद्यालयले महगो शुल्क लिएको भन्दै यसतर्फ सरकारको ध्यानार्कषण गराइएको छ । ज्ञापनपत्र बुझदै शिक्षा मन्त्रालयका सहसचिव नेपालले मागप्रति आफू सकारात्मक भएपनि छलफल नगरी तत्काल केही भन्न नमिल्ने प्रतिक्रिया दिनुभयो ।
आउदो फागुनभित्र अनुमतीपत्र लिनका लागी देशभरका जिल्ला शिक्षा कार्यालयमा २ सय भन्दा बढि बिद्यालयले आवेदन दिएका छन ।
मानवअधिकार सङ्गठनको आपत्ति
काठमाडौँ, १९ माघ । नेपाल मानव अधिकार सङ्गठनले गोरखाको सदरमुकामस्थित, महेन्द्रज्योति उच्च माविको व्यवस्थापन समिति र शिक्षकहरुबीचको विवादमा वाइसिएलको हस्तक्षेपसम्बन्धी समाचार प्रकाशित गरेको भन्दै माओवादी कार्यकर्ताले स्थानीय दरौँदी दैनिक पत्रिका जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्गठनद्वारा आज जारी विज्ञप्तिमा सो विषयमा हिजो गोरखाका वाइसिएलका कार्यकर्ताले हस्तक्षेप गर्दा मङ्गलबार त्यहाँ सञ्चालित परीक्षा प्रभावित भएको र विद्यार्थीले पिटाइ खानुपरेको घटनाको भत्र्सना गरिएको छ । शैक्षिक क्षेत्र शान्ति क्षेत्र भएको हुँदा राजनीतिक पार्टी र त्यसका भातृ सङ्घसङ्गठनमार्फत् हस्तक्षेप नगर्न नगराउन नेकपा माओवादी केन्द्रीय नेतृत्वसमक्ष आग्रह गर्दै विज्ञप्तिमा स्वतन्त्र प्रेसको मान्यतालाई अङ्गिकार गर्नसमेत अपिल गरिएको छ ।
No comments:
Post a Comment