Thursday, February 3, 2011

माघ २० गते २०६७


माओवादी समर्थनमा झलनाथ प्रधानमन्त्री निर्वाचितः 

New Prime Minister of Nepal JN Khanal
एकीकृत माओवादीको समर्थनमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नयाँ प्रधानमन्त्री निर्वाचित हुनु भएको छ । व्यबस्थापिका संसदमा प्रधानमन्त्री चयनका लागी आज भएको निर्वाचनमा कागे्रस उमेदवार रामचन्द्र पौडेल र मधेशी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छेदारलाइ पराजीतगर्दै खनाल विजयी बन्नु भएको हो । संसदमा भएको मतदानमा खनालको पक्षमा ३६८ जना सभासदले मतदान गरेका थिए । ५५७ जना सभासद उपस्थित रहेकोमा कागे्रस उमेदवार पौडेलको पक्षमा १२२ र गच्छेदारको पक्षमा ६७ सभासदले मतदान गरेका थिए । सभामुखले खनालको पक्षमा बहुमत भएकोले प्रधानमन्त्री निर्वाचित भएको घोषणा गर्नुभयो । 

खनालको पक्षमा नेकपा माले, माले समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत, सदभावना आनन्दीदेवी लगायत साना ९ दलले समर्थन जनाएका थिए । नेपाल मजदुर किसान पार्टीले भने नियमावली संशोधनप्रति आपत्ति जनाउदै प्रधानमन्त्री निर्वाचन प्रक्रिर्या बहिस्कार गरेको थियो । एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले गत असार १६ मा प्रधानमन्त्री पदवाट राजीनामा दिएपछि झण्डै सात महिनासम्म सरकार बन्न सकेको थिएन । साउन ५ गते सुरु भएको निर्वाचन प्रक्रिर्यावाट प्रधानमन्त्री चयन नभएपछि नियामलि संशोधन पछि सुरु गरिएको नयाँ प्रक्रिर्याको पहिलो चरणमै प्रधानमन्त्री चुनिनु भएको हो । 

को हुन् झलनाथ खनाल कसरी भए प्रधानमन्त्री 

Prime Minister JN Khanal with his Family
नेकपा एमालेका अध्यक्ष तथा संसदिय दलका नेता झलनाथ खनाल नेपालको ३४ औँ प्रधानमन्त्री निर्वाचित हुनु भएको छ । खनाल गणतन्त्र नेपालको तेश्रो तथा चौथो कम्युनिष्ट प्रधानमन्त्री बन्नु भएको छ । सहमितय प्रक्रियामा प्रधानमन्त्री चयन नभएपछि बहुमतीय पं्रक्रियामा भएको निर्वाचनमा खनाललाइ २३७ सिट रहेको माओवादीको समर्थन गरेको थियो । संसदमा एमालेको भने मात्र १०६ सभासद रहेका छन् । 

माओवादीले आफ्नो नेतृत्वमा सरकार बन्ने स्थिीती नबनेपछि संसद भवनमा नै स्थायी समिती बैठक बोलाएर आफू अनुकुल मानिने एमाले अध्यक्ष खनाललाई समर्थन गर्ने निर्णय गरेको थियो ।  आफ्नो उमेदवार विजयी बन्ने संभावना कम भएको भन्दै माओवादीले खनाललाइ समर्थन गरेर आजै निकास दिने निर्णय गरेको थियो ।  यद्यपी सो विषयलाई लिएर माओवादी भित्रनै चरम विवाद सिर्जना भएको बुझिएको छ । माओवादी उपाध्यक्ष बाबुराम भट्टराई लगायत केही सदस्यहरुले बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेको बुझिएको छ । 

एमाले अध्यक्ष खनाल संविधान सभा निर्वाचनमा ईलाम क्षेत्र नम्बर १ बाट सभासद चुनिनुभएको थियो । २०६६ सालमा बुटवलमा भएको पार्टीको महाधिवेशनमा प्रभावशाली नेता केपी शर्मा ओलीलाई हराउँदै खनाल एमालेको पार्टी अध्यक्ष बन्नुभएको थियो । 

२०२५ सालदेखि राजनीतिमा प्रवेश गर्नुभएका अध्यक्ष खनाल २०४७ सालको अन्तरिम सरकार र २०५१ सालको गठबन्धन सरकारमा मन्त्री हुनु भएको थियो । खनाल एमालेबाट २०६१मा कार्यबहाक महासचिव तथा २०६४।६५मा शक्तिशाली महासचिव बन्नुभएको थियो भने हाल उहाँ एमालेका अध्यक्ष र संसदीय दलका नेता रहनु भएको छ ।  

२००६ साल चैत ६ गते इलामको साखेजुङ्गमा पिता पुङगनाथ र माता मधुमाताका १३ मध्ये सातौ सन्तानका रुपमा खनालको जन्म भएको थियो । खनालका पाच दाजु र चार भाई रहेका छन् भने उहाँ परिवारमा जन्तरेका नामबाट परिचित हुनुहुन्छ । 

शुरुमा सस्कृत शिक्षा पढेका खनालले स्थानीय स्कुलबाट प्राथमिक तह पुरा गर्नु भएको थियो । २०२३ सालमा खनालले एसएलसी पास गर्नु भएको थियो त्यसपछि उहाँले त्रिचन्द्र क्याम्समा आइएस्सी पढ्नु भएको थियो । खनालले राजनीति शास्त्र र इतिहासमा स्नातक उर्तिण गर्नु भएको छ । नर्व निर्वाचित खनाल राजनीतिका अलावा साहित्यमा पनि रुचि रहेको छ । उहाँका  केही कृतिहरुपनि प्रकाशित छन् भने उहाँ खेलकुदमा समेत रुची राख्नुहुन्छ ।  

राजनितीमा लागेपछि खनालले पटक पटक जेल समेत भोग्नु परेको थियो । २०२७।२८ सालतिर उनले बाग्लुगमा खनालले शिक्षकको रुपमा केही समय काम गर्नु भएको थियो तर राजनीतिमा लागेको भन्दै स्थानीय प्रशासनले उहाँलाइ निलम्बीत गरेको थियो त्यसपछि खनालले कुनै पनि जागिर खानु भएन । 

२०२९ सालमा १४ महिना जेल परेका खनाल ३३ देखि ३७ सालमा पनि जेल पुर्न भएको थियो । खनाल राजको शाहिकालमा पक्राउ परेपनि जेल भने जानु परेन । ३७ सालमा भुमिगत हुनु भएका खनाल २०४६ सालको आन्दोलन सफलभएपछि खुलामंचमा भाषण गर्र्न क्रममा मात्रै सार्वजनिक हुनु भएको थियो । निर्दलिय पंचायत विरुद्ध आन्दोलनमा सहभागी हनु भएका खनालले ११ बर्ष भन्दा बढि जेल जिवन बिताउनु भएको छ । 

गोरो अनुहार भएका ,हसिला ,सधै चिटिक्क परेर हिड्ने खनालको ब्यक्तित्व आर्कषक रहेको छ । खनालले ४० भन्दा बढि देशको भ्रमण गर्नु भएको छ । सहयोगी, मिलनसार र चिन्तनशिल स्वभावका खनाल मिडिया फ्रण्डेली रुपमा चिनिनुहुन्छ । 

संसदमा केके भयो ।

त्यसअघि संसदमा आफ्नो उमेदवारी पेशगर्दै एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ व्यबस्थित रुपले निश्कर्षमा पु¥याउन आफूले उमेदवारी दिएको बताउनु भएको थियो । झण्डै सात महिनासम्म सरकार दिन नसक्नु राष्ट्रिय लज्जाको विषय भएको तथा फागुन ४ गते अगावै अध्यादेशवाट आएको बजेट पारित गर्नुपर्ने भएकोले देशलाइ प्रधानमन्त्री दिनुपर्ने उहाँको भनाइ थियो । 

आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दे एमाले अध्यक्ष झलनाथ खनालले सहमती र सहकार्यका लागि आफू नेतृत्वको सरकारको विकल्प नभएकोमा जोड दिनुभएको थियो । आम राजनीतिक सहमतीलाई स्थापित गरी नेपालको जारी समस्याको निकाशका लागि आफूलाई सहयोग गर्न माओवादी र कङग्रेस र मधेशी मोर्चाका उम्मेदवारसँग खनालले आग्रह गर्नुभएको थियो । मुलुकलाई सामाजिक—आर्थिक क्रान्तिमा सफल बनाउन एमाले नेतृत्वको सरकार सफल हुने खनालको भनाइ थियो । 

लामो समयदेखिको राजनीतिक गतिरोधले जनतामा भयानक आक्रोश देखिएको भन्दै खनालले जतिसक्दो चाँडो सहमती कायम गरी दलहरु अघि बढ्नुपर्नै बताउनुभयो । सात महिना सम्म सरकार दिन नसक्दा अन्तराष्ट्रिय समुदाय समेत चकित भईसकेको र देशकै निम्ति विडम्बनापूर्ण स्थििती सिर्जना भएको खनालको भनाई छ । शान्ति र संविधानको कार्यभार कुनै एक दलले मात्र गर्न नसक्ने भन्दै खनालले अझै पनि सहमतकिो सरकार देशको वस्तुगत आवश्यक्ता भएको उल्ेलख गर्नुभयो । आम नेपालीको साझा अपेक्षा पनि सहमतीको राष्ट्रिय सरकार नै भएकोमा खनालले जोड दिनुभयो । आत्मीय वातावरणमा दलहरुबीच छलफल भए छोटो समयमै देशले निकाश पाउने उहाँको विशवास छ । लडाकु समायोजनको विवाद पनि समाधानको नजिक पुगेको जानकारी दिदै उहाँले मोडालिटीका सम्बन्धमा समेत सहमतकिो नजिक पुगिएको खनालले बताउनुभयो । खनालको प्रस्ताव भीम आचार्यले गर्नुभएको थियो भने समर्थन रामचन्द्र झाले गर्नुभएको थियो । 

त्यस्तै संसदमा आफ्नो उम्मेदवारीको सुचना प्रस्तुत गर्नै समयमा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले त्यागको एक नयाँ किर्तीमान राख्न पनि आफूहरुले एमालेलाई समर्थन गरेर संसदको नियमावली अनुसार उम्मेदवारीको सुचना प्रस्तुत गर्न नचाहेको घोषणा गर्नुभयो । आफूहरुको एमालेलाई समर्थन गर्ने निर्णयले जनताममा ठुलो राहत प्राप्त गर्नै र शान्ति प्रक्रियाको पूर्णतामा ईतिहास कोरिने उहाँले विशवास ब्यक्त गर्नुभयो । संविधान बनाउने कार्यमा केन्द्रित हुन र शान्ति प्रक्रियालार्य निशकर्षमा पुराउन आफू पछि हटेको प्रचन्डको भनाई छ ।ठुलो र जिम्मेवार पार्टीका हिसावले आफूहरुले आज सरकार बनाई छाड्ने उदेशय बमोजिम त्याग गर्न तयार भएको दावी गर्नुभयो । 

नेपालमा लोकतान्त्रिक गणतन्त्र संस्थागत नभएसम्म सहमतीकै जगबाट अघि बढ्ने दलहरुबीचको प्रतिबद्धता अनुसार फेरी पनि सहमती र सहकार्यबाट नै अघि बढ्नुपर्नै बताउनुभयो । आफूहरुले सहमतीका लागि निरन्तर त्याग गर्दे आएको उल्लेख गर्दै अध्यक्ष प्रचन्डले फेरी पनि सरिुकार बनाउन अफ भए थपपड मात्रै नभर्य अब त जुत्ता नै हान्ने स्थििती आएको उललेख गर्नुभयो । कोही अन्य नेताहरु सहमतीका लागि तयार नभएपछि र जनतालाई उत्हाह दिन कोही तयार नभएपछि आफूले सहमतीका लागि जमर्काे गरेको प्रचन्डको दावी थियो । 

कागे्रस संसदीय दलका नेता एवं प्रधानमन्त्रीका उमेदवार रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिका नाममा जनतालाइ अन्यौलमा राख्ने काम भएको आरोप लगाउनु भएको छ । माओवादी–एमाले गठबन्धनको संभावनाप्रति संकेतगर्दै पौडेलले राष्ट्रिय सहमति शव्दको दुरुपयोग गरेर ‘आफ्नो पक्षमा दुनो सोझाउने’ काम भएको टिप्पणी गर्नुभयो । ‘नेपाली जनतालाइ ‘कुइराको काग’ बनाउने प्रपञ्चको पर्धाफास नभएसम्म देशले निकास पाउदैन, संसदमा प्रधानमन्त्री उमेदवारको सूचना पेशगर्दै पौडेलले भन्नुभयो– राष्ट्रिय सहमतिका नाममा देशलाइ अडकाउने मात्र काम भयो ।’ कङग्रेसका कारणले संविधान निर्माणको एक बुँदा पनि नरोेकिएको दावी गर्दे पौडेलले शान्ति र संविधानका लागि कङग्रेसले ईमान्दारीपूर्वक काम गर्दे आएको उल्लेख गर्नुभयो । नेपालीस् आकाशमा सहमतकिो ठुलो खिलली उडाईएको भन्दै उहाँले सहमतीका नाममा मुलकलाई हलचल हुन नदिने प्रवृत्तिका कारण मुलुक यो स्थिीतीमा आएको भन्दै आक्रोश पोख्नुभयो । पौडेलको प्रस्तावक प्रकाशमान सिंह तथा समर्थक रामकृष्ण यादव रहुनभएको छ ।

यस्तै आफ्नो उम्मेद्धारीका बारेमा पुष्टि गर्दै गच्छादारले ठुला दलहरु पटक पटक असफल भएका कारण आफुले मधेशी मोर्चाको तर्फबाट उम्मेद्धारी दिएको बताउनु भयो । २००७ सालदेखि नै ठुला दलहरु बिभिन्न बाहानामा असफल रहेको उहाको दाबी थियो । उहाले अन्य पार्टिको नेतृत्वले संविधान सभाको नै अन्त्य गर्न लागेकाले यसलाई जोगाउन पनि मधेशी मोर्चको नेतृत्व आवश्यका भएको बताउनु भयो । ठूला दलहरुबाट मधेश, आदिबासी, दलितका मुद्धलाई सम्बोधन नभएको उहाले गुनासो गर्नुभायो । ठुला दलप्रति आक्रोश पोख्दै उहाँले संसदको नियमावली संसोधनका नाममा दलहरुले आफू खुसी र आफ्नो अनुकुल नियमावली लादेको आरोप लगाउनुभयो । संसदको हालको नियमावली प्रचन्ड र झलनाथ खनालले सहमती गरेर स्वार्थपूर्वक ल्याईएको दावी गर्नुभयो । मधेशका मुद्यामा तीन ठूला दल जहिल्यै गैरजिम्मेवार रहेको आरोप लगाउनुभयो । ठुला दलकै नाटकले देशले ६ महिनासम्म प्रधानमन्त्री पाउन नसकेको गच्छदारले आरोप लगाउनुभयो । उहाँको प्रस्तावकमा लक्ष्मणलाल कर्ण तथा समर्थकमा जितेन्द्रप्रसाद सोनार रहनु भएको थियो । 

राष्ट्रपति भेटघाट 

भारतीय नेताहरुले फेरि पनि निर्धारित मितिमा नेपालमा नयां संविधान जारी हुनेमा शंका व्यक्त गरेका छन् । संविधान समयमै जारी नभए त्यसपछि राष्ट्रपतिको भूमिका कस्तो हुने भन्ने बारेमा समेत उनीहरुले गम्भीर चासो व्यक्त गरेका छन् । भारतको औपचारिक भ्रमणका क्रममा नयां दिल्लीमा रहनुभएका राष्ट्रपति रामवरण यादवसंगको भेटमा भारतीय नेताहरुले नेपालको पछिल्लो अवस्थाका बारेमा चासो व्यक्त गरेका हुन् । 

आज भएको भेटमा भारतीय लोकसभाकी सभामुख मिरा कुमारले नेपालको संसदीय प्रक्रिया अबलोकन गर्न आफू नेपाल भ्रमणका लागि इच्छुक रहेको बताउनुभयो । उहाले पनि नेपालको संविधानसभाको कामकारवाही र समयमै संविधान बन्ने नबन्ने बारेमा चासो प्रकट गर्नुभएको थियो । त्यस्तै भारतीय गृहमन्त्री पी चिदम्बरमले नेपालको सीमा क्षेत्र प्रयोग गर्दै नैपाली अपराधीहरु भारत प्रवेश गरेकोमा यादवको ध्यानाकर्षण गराउनु भएकौ थियो । राष्ट्रपति यादवसंग भारतीय अर्थमन्त्री प्रणव मुखर्जीले पनि शिष्टाचार  राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पनि आजै राष्टपति यादवस“ग भेट गर्नुभयौ । 

भेटमा नेपालकोतराइ र विहारमा बाढीबाट हुने क्षति न्युनिकरण र कोशी बांध निर्माणकाबारेमा पनि छलफल भएको मुख्यमन्त्री नितिशकुमारले बताउनुभयो । विहारमा हुनै आर्तकवादी गतिविधि नियन्त्रण गरैका कारण नितिश कुमार अहिले भारतमा चर्चाकौ शिखरमा छन् । राष्ट्रपति यादवसंगै आजै भारतीय जनता पार्टीका नेता अरुण जेट्ली, कांग्रेस आइका महासचिव जनार्दन द्धिबेदी, रक्षामन्त्री एके एन्टोनी, राष्ट्रिय कांग्रेसका नेताशरद पवार लगायतका शीर्ष नेताहरुले भेटवार्ता गरेका छन् । 

No comments: