यातायात भाडा वृद्धि
यातायात ब्यवस्था विभागले भोलीदेखी लागु हुने गरि नौ प्रतिशतले सार्वजनिक यातायातको भाडा वृद्धि गर्न यातायात ब्यवसायीहरुलाइ पत्रचार गरेको छ । वृद्धि भएको भाडादर सार्वजनिक यातायातको मध्यम छोटो तथा लामो दुरीमा कायम गरिने यातायात ब्यवसायीहरुले जनाएका छन् ।
वृद्धि भएको भाडादर भोली शनिबार परेकाले पसर्िदेखी लागुहुने यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिनुभयो । भाडादर वैज्ञानिक रुपमा वृद्धि गरिएको यातायात ब्यवस्था मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था विभागका पदाधिकारी र यातायात व्यवसायीबीचको सहमतिका आधारमा भाडा वृद्धि गरिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सहायक प्रवक्ता कृष्ण दवाडीले जानकारी दिनुभयो । माघ १८ गतेको मन्त्रीस्तरीय निर्देशनअनुसार भएको यस किसिमको भाडा वृद्धि माइक्रोबस र सार्वजनिक बसमा मात्र लागू हुने दवाडीले बताउनुभयो । मिटरवाला ट्याक्सी र मालबाहक गाडीमा भने भाडा वृद्धि नभएको यातायात ब्यवस्था मन्त्रालयले मन्त्रालयले जनाएको छ ।
काँग्रेस र मधेसवादी दललाई सरकारमा आउन प्रमको आग्रह
काठमाडौँ २१ माघ । नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले नेपाली काँग्रेस र नेकपा एमालेलाइ आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गर्नु भएको छ । खनालले शान्ति र संविधानलाइ सुनिश्चित बनाउन आफु सबै पक्षलाइ समेटेर अघि बढ्न तयार रहेको भन्दै सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो । पार्टि कार्यलयमा आयोजित बधाइ कार्यक्रममा खनालले आफ्नो विजयको श्रेय लोकतन्त्र र शान्तिप्रेमी नेपाली जनता र त्यसलाई अगुवाइ गर्ने पार्टीलाई दिनुभयो ।
बधाई ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री खनालले समयमै संविधान बन्ने प्रचुर सम्भावना रहेको र आफू त्यस सम्भावनालाई पक्रेर अघि बढ्ने प्रतिबद्ध रहेको समते बताउनुभयो । मन्त्रिमण्डलको गठन र यसको स्वरुप विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री खनालले आफूले सपथ लिएर पदभार बहाल गरेलगत्तै पहिलो चरणको मन्त्रिमण्डल गठन गरिने उल्लेख गर्नुभयो । ुजहाँबाट सम्भव हुन्छ त्यहाँबाट काम थाल्छु ।ु खनालले भनुभयो ः ठिक्कको काम गर्न सक्ने योग्य मन्त्री भएको मन्त्रीमण्डल बनाउन चाहान्छु । खनाललले ुएमाओवादीका सेनाका लडाकूको समायोजन प्रकि्रया पनि छिट्टै प्रारम्भ गर्ने बताउनुभयो । त्यस अघि आज आफ्नै निवास डल्लुमा समर्थक र शुभेच्छुकहरुले खनाललाई बधाई दिएका थिए ।
शुभकामना दिन आफ्नै निवास डल्लु पग्नुभएका चिनियाँ राजदुत क्यु गोहोङसँग कुरा गर्दे खनालले आफू सानो र चुस्त मन्त्रीमन्डल बनाउन ईच्छुक रहेको बताउनुभयो । सक्षम र उर्जावान ब्यक्तिहरुलाई समेटेर मन्त्रीमन्डल बनाउने कार्यमा आफूले कुनै कसुर बाँकी नराख्ने उहाँले कटिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँले गोहोङ समक्ष आफूले दुबै छिमेकी देशसँग समदुरीको सम्बन्ध राखनेमा आश्वस्त पार्नुभयो । नेपाली जनताको स्वविवेकमा यो सरकार बनेको दावी गर्दे खनालले कुनै पनि तत्वले हस्थक्षेाप गर्न नसक्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष खनाललाई पार्टी कार्यालय मदननगर बल्खुको प्राङ्गणमा सो पार्टीका विभिन्न नेता तथा कार्यकर्ताले फूल माला र खादाले सम्मान तथा स्वागत गरेका थिए । उनीहरुले पार्टीले लिएको शान्ति र संविधानको लक्ष्यलाई पूर्णतामा पुर् याउन नेतृत्वलाई सफलताको शुभकामना दिएका थिए । त्यस अवसरमा पार्टीका उपाध्यक्ष वामदेव गौतम महासचिव ईश्वर पोखरेल स्थायी समिति सदस्य अमृतकुमार बोहरालगायत नेताहरुको उपस्थित रहेको थियो । माधव कुमार नेपाल प्रधानमन्त्री बनेको समयमा भने एमालेले स्वागत कार्यक्रम नराखेको भन्दै आलोचना भएको थियो ।
नेपाली काँग्रेसद्धारा गुण र दोषको आधारमा एमालेलाइ सहयोग गर्ने
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सरकारमा आफ्नो दल सहभागी नहुने स्पष्ट गर्नुभएको छ । नेपाल प्रेस युनियन पोखराले आज बिहान आयोजना गरेको पत्रकार भेटम्ाा उहाँले खनाल नेतृत्वको सरकारलाई उसकॊ गुण र दोषका आधारमा समर्थन गर्ने बताउनुभयो ।
पत्रकारको एक जिज्ञासामा काँग्रेस सभापति कोइरालाले माओवादीले एमालेलाई समर्थन गरेर सर्वसत्तावाद लादने दिवास्वप्न देख्नु माओबादीको भूल भएको टिप्पणी गर्नुभयो । उहाँले माओवादीलाई सत्ता कब्जा गर्न चुनौतीसमेत दिनुभयो । शान्ति प्रकि्रयालाई टुङ्गोमा पुर् याउन तथा निर्धारित समयमा संविधान जारी गर्न आफ्नो दलले प्रतिपक्षमा बसेर सरकारलाई सघाउने बताउनुभयो । सभापति कोइरालाले नेपाली काँग्रेस लोकतन्त्रका लागि सधँै लडिरहने पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताका लागि कसैसँग सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा उहाँले पार्टीमा विभाजन ल्याउन चाहने केही तत्वले दलका शीर्षनेतालाई भड्काउन खोजेको आरोप लगाउनुभयो ।
यसैबिच संविधान सभामा प्रतिनिधित्व गर्ने तिन दलिय गठबन्धन मधेशी मोर्चाले खनाल नेतृत्वको सरकारमा नजाने निणर्य गरेको छ । मोर्चामा आबद्ध प्रमुख तीनदल मधेशी जनअधिकार फोरम लोकतान्त्रिक तराइ मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीको आज बसेको बैठकले सरकारलाइ गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने तर सरकारमा भने नजाने निणर्य गरेको हो ।
िसंहदरबार स्थीत सदभावना पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि फोरम लोकतान्त्रीका अध्यक्ष विजय कुमार गच्छदारले सरकारमा नजाने निर्णय भएको जानकारी दिनुभयो । बैठकमा मधेशी जनअधिकार फोरम र तमलोपा लेपाल भने उपस्थित भएका थिएनन् । उनिहरुको अनुपस्थिति सामान्य भएको गच्छेदारले बताउनु भयो । साथै उहाँले आफूले उमेदवारी दिएकै कारण देशले सरकार पाएको समेत दावी गर्नुभयो । स्रोत अनुसार तीन मधेशवादी दलहरुले मधेशमा आफूहरुको पकड गुम्दै गएकोले आन्दोलन सुरु गर्नुपर्ने मनस्थिति बनाएका छन् ।
मधेशका मुद्या सम्बोधनको सर्तमा सरकारमा जान्छौँ ः उपेन्द्र यादव
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले शसर्त सरकारमा जान सकिने बताउनुभएको छ । राजधानीमा आज भएको साक्षात्कारमा फोरम अध्यक्षँ यादवले मधेसका मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाए सरकारमा जान सकिने बताउनुभयो । मधेशका मुद्दा पूरा नभएसम्म सरकारमा जाने बिषयमा सोच्न सकिने उहांले बताउनुभयो ।
सरकारमा सहभागीको कुरा नवनिर्वाचित प्रधानमन्त्रीमै भरपर्ने उहांले बताउनुभयो । तर सत्ताको लोभमा परेर आफ्नो पार्टीले मधेसका मुद्दामा कसैसंग सम्झौता नगर्ने यादवले बताउनुभयो । शान्ति र संबिधान निर्माण प्रकि्रया टुङ्घोमा पुर् याउन र मधेसका मुद्दा सम्बोधन गर्न सरकारले प्रतिवद्धता जनाउनुपर्ने उहांको शर्त छ । नेपाली जनतामा संविधान बन्ने नबन्ने बिषयमा अन्यौल भईरहेको अवस्थामा हिजोको प्रधानमन्त्रीको चयनले केही आसा दिएको उहाको बिश्वास थियो । अध्यक्ष यादवले नेकपा एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा गठन हुने सरकारसामु थोरै समयभित्र संविधान निर्माण गर्नुपर्ने शान्तिप्रकि्रयालाई निष्कर्षमा पुर् याउनुपर्ने र मधेसका मुद्दालाई सम्बोधन गर्नुपर्ने ठूलो चुनौती पनि रहेको उल्लेख गर्नुभयो ।
खनालजी सबैलाइ समेट्नुहोस् फराकिलो मन पार्नुहोस् ः केपी ओली
एमाले नेता केपी शर्मा ओलीले फराकिलो मनले लचिलो बनेर सबै दललाई मिलाएर अगाडि बढन नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई सुझाव दिनुभएको छ ।
युवा संघ नेपालको आजदेखि राजधानीमा सुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ओलीले पार्टी अध्यक्ष खनाल प्रधानमन्त्री निर्वाचित हुंदा एमालेमाथि नै गहन जिम्मेवारी आईपरेको बताउनुभयो । बहुमतीय प्रकि्रयामा प्रधानमन्त्री चयन भएपनि सहमतिको सरकार निर्माण गर्नुपर्ने ओलीले बताउनुभयो । नेता ओलीले प्रधानमन्त्री खनालका अगाडी आफु मात्रै नभएर देश जनता र पार्टीलाई समेत सफल बनाउनुपर्ने गहन जिम्मेवारी रहेकेा बताउनुभयो । बिगतका तिता मिठा कमजोरीलाई बिसे्रर सबै मिलेर संयुक्त प्रयासमा साझा कार्यभार पुरा गर्नुपर्ने नेता ओलीले बताउनुभयो । प्रधानमन्त्रीको निर्वाचनमा मात्रै नभएर सम्पूर्ण कार्यमा सफल हुने गरी एकिकृत माओवादीले सहयोग गर्नुपर्ने उहांले बताउनुभयो ।
नयाँ प्रधानमन्त्री चयन भएकोमा वानकि मुनको बधाइ ः शान्ती र संविधानमा विचार गर ॥
काठमांडौ २१ माघ । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले नेपालमा लामो राजनीतिक गतिरोधपछि नयां प्रधानमन्त्री चयन भएको भन्दै खुशी व्यक्त गर्नुभएको छ । मुनले नवनिर्वाचीत प्रधानमन्त्री झलनाथ खनाललाई बधाई िदंदै शान्ति प्रकृया र समयमै संबिधान निर्माणका लागि संयुक्त राष्ट्रसंघको सहयोग जारी रहने बताउनुभएको छ । महासचिव मुनका प्रबक्ताद्धारा जारी बिज्ञप्तीमा नयां सरकार गठनलाई महत्वपुर्ण उपलव्धीको रुपमा व्याख्या गर्दै सरकार गठनको प्रयाशका लागि व्यवस्थापीका संसद नेपालका राजनीतिक दल तथा तिनका नेताहरुको खुलेर प्रशंशा गरिएको छ ।
नयां सरकार गठनसंगै बिस्तृत शान्ति सम्झौता र अन्तरिम संबिधान अन्र्तगत रहेर दलहरुले बिगतमा माओबादी जनसेनाका लडाकुहरुको समायोजन तथा पुर्नस्थापना नेपाली सेनाको लोकतान्त्रिकरण र नयां संबिधानका बिषयमा गरेका सहमतिहरु पुर्ण रुपमा पालना हुने महासचिव मुनको बिश्वाश छ । मुनले फेरी पनि निर्धारीत लक्ष्य हासिल गर्न नेपालका राजनीतिक दलहरुबीच सहमति र सहकार्यको बिकल्प नभएको स्पष्ट पार्नुभएको छ ।
निर्वतमान प्रधानमन्त्री माधवकुमार नेपालको पूर्वमन्त्रीहरुलाइ रात्रीभोज
निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले सरकारी निवास बालुवाटार छाड्नुअघि आज साँझ आफ्नो मन्त्रीमन्डलको पूर्व मन्त्रीहरुलाई रात्रभिोजको आयोजना गर्नुभएको छ । उहाँले भोली सरकारी निवास बालुवाटार छाड्ने तयारी गर्नुभएको छ । उहाँले आज दिउँसो विभिन्न मन्त्रालयका सचिवहरुराष्ट्रिय योजना आयोगका पदाधिकारीहरुतथा सुरक्षा निकायका प्रमुखहरुसँग भेटवार्ता गरी आफ्नो कार्यकालमा पराएको सिहयोगप्रथि धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपाल गत वर्ष जेठ ९ गते प्रधानमन्त्री भएपछि निजी निवास कोटेशवर छाडी बालुवाटार सर्नुभउेएको थियो ।
अब पनि सहमति गनुपर्छ ः सभामुख नेम्वाङ
सभामुख सुवास चन्द्र नेम्वाङले नयाँ सरकार गठन भईसकेको अवस्थामा दलहरुले सहमतीका लागि संवादलाई अघि बढाउनु पर्ने बताउनु भएको छ । शान्ति र संबिधानका लागि सहमतिको बिकल्प नभएको भन्दै सभामुख नेम्वाङले सहमतीलाई अघि बढाए निर्धारित समयमा संबिधान निर्माण हुने बिश्वास व्यक्त गर्नुभयो । दलहरु एकजुट भएमात्र जनताले खोजे जस्तो संबिधान निर्माण हुने उहाको भनाई थियो । आज राजधानीमा आयोजित एक कार्याक्रममा उहाले संघियता धर्मनिरेपक्षता र समाबेशीबाट पछि हट्न नहुने भएकाले यी सबैलाई समोट्ने गरी नयाँ संबिधान निर्माण गरिनु पर्नेमा जोड दिनुभयो । निर्धारित समयमा संबिधान जारी गर्नका दलहरुले मात्र नभई जनताले पनि दाबाव दिनुपर्ने उहाको भनाई थियो ।
खनाललाइ विजयी बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद ः एमाले स्थाई कमिटी
नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा विजनयी बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टी कार्यलय बल्खुमा बसेको स्थार्य कमिटी बैठकले हिजोको निर्वाचनमा सहयोग गर्नै सबै दलहरु र सभासदह्रलार्उ धन्यवाद दिएको हो । यस्तै उसले शान्ति र संविधानको पूर्णताका लागि सहयेाग गर्न सर्ब दलहरुलार्य आग्रह समेत गरेको छ । कुनै एक दलले मात्र शान्ति र संविधानको कार्यभार पूरा गर्न नसक्ने भन्दै एमालेले एकताबद्ध भएर अघि बढ्न दलहरुसु आग्रह पनि गरेको छ । आजको बैठकमा भावी सरकारमा एमालेबाट क-कसले प्रतिनिधित्व गर्ने भन्नेबारेमा छलफल हुने बताईएपनि खासै छलफल नभएको एक स्थाई समिती सदस्यले जानकारी दिए ।
खेल समाचार
नेपाली शानकि्रकेटमा मान
शसक्त प्रदर्शन गर्दे आएको नेपाल थाइल्यान्डमा जारी एसिसि अन्डर १९ एलिट कप कि्रकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । समूह चरणका तीन खेलमा लगातार जीत निकाल्दै नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । समूह चरणको तेस्रो खेलमा आज कडा प्रतिद्धन्दी मानिएको अफगानिस्तानलाइ
No comments:
Post a Comment