Saturday, February 5, 2011

माघ २२ गते २०६७


मन्त्री चयन तथा मन्त्रालय बाँडफाँडका लागी माओवादी र एमालेद्धारा कार्यदल गठन 

Barsaman Pun 'Aananat'
नयाँ सरकारको स्वरुप मन्त्रालय बाँडफाँड र सरकारका न्यूनतम निती तथा कार्यक्रमबारे टुङ्गो लगाउन एकीकृत माओवादी र नेकपा एमालेले आठ सदस्ईस कार्यदल गठन गरेका छन् । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज बसेको बैठकले दुवै पार्टीका ४÷४ जना सदस्य रहेको कार्यदल गठन गरेको हो । 

बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रायल बाँडफाड तथा सरकारका निती तथा कार्यक्रम निमार्णका लागी कार्यदल सकि्रय हुने बताउनुभयो । कार्यदलमा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश सचिव सीपी गजुरेल र स्थाइ कमिटि सदस्यद्वय देवप्रसाद गुरुङ्ग र दीनानाथ शर्मा हुनुहुन्छ । त्यस्तै एमालेबाट उपाध्यक्ष वामदेव गौतम महासचिव इश्वर पोखे्रल सचिव विष्णु पौडेल र स्थाइ कमिटि सदस्य भरत मोहन अधिकारी सदस्य रहनु भएको छ । कार्यदलले भोली सम्म सानो आकारको सरकार गठनका लागी मन्त्रीहरु चयन गर्ने प्रयत्न गर्ने प्रकाशले जानकारी दिनुभयो । कार्यदलले अध्यादेशबाट ल्याइएको बजेटलाइ विस्थापन गरि नयाँ बजेट ल्याउन गृहकार्य गर्ने तथा नयाँ बजेटमा राखिने निती तथा कार्यक्रमबारे टुङ्गो लगाउने प्रकाशले बताउनुभयोव । अन्य दलहरुलाइ समेत सरकारमा सहभागी गराउन वार्ता गर्ने जीम्मेवारी पाएको छ । 

बैठकमा नवनिर्वाचि प्रधानमन्त्री झलनाथ खनाल सहित दुवै दलका शीर्ष नेताहरु सहभागिता रहेको थियो । 

यसैबिच गठन लगत्तै बसेको कार्यदलकौ बैठक मन्त्रालय बाँडफाडँ गर्न असफल भएको छ । माओवादी अध्यक्ष निवास नयाँबजारमा बसेको बैठकमा मन्त्रालय बाँडफाडँको कुराकानी भएपनि कुनै निष्कर्ष ननिस्कीएको एमालेका तर्फबाट कार्यदल सदस्य भरतमोहन अधिकारीले जानकारी दिनुभयो । अधिकारीले भोली बस्ने दुबै दलको स्थायी समिती बैठकपछि मन्त्रालय बाँडफाँडको निष्कर्ष निकालिने बताउनुभयो । 

माओवादी पोलिटब्युरो बैठकको निणर्य

एकीकृत नेकपा माओवादीले भोली बस्ने स्थायी समीती बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुङ्गो लगाउने भएको छ । माओवादीको आज बसेको पदाधिकारी बैठकले स्थायी समिती बैठकबाट सरकारमा जाने ब्यक्तिको चयन गर्ने निणर्य गरेको हो । 

प्रचण्ड निवास नयाँ बजारमा बसेको बैठकले न्यूनतम कार्यक्रम बारे छलफल गरि मन्त्रीहरुको चयन गर्ने निणर्य गरको उपाध्यक्ष नाराणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । साथै बैठकले आँउँदो फागुन एक जनआन्दोलन दिवस भब्यताका साथ मनाउने समेत निणर्य गरेको छ । 

यसैबिच माओवादीले स्थायी समिति सदस्य कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा पठाउने तयारी गरिरहेको बुझिएको छ । माओवादीले पहिलो चरणमा महरा देव गुरुङ टोपबहादुर रायामाझी बर्षमान पुन नेत्रबिक्रम चन्द लगायतलाई सरकारमा पठाउने तयारी गरेबो स्रोतले जनाएको छ । 

सरकारमा क कसलाई सहभागी गराउने भन्ने बारेमा एमालेले पनि आज आन्तरिक छलफल गरेको छ । आज प्रधानमन्त्री झलनाथ खनालले बरिष्ट नेता एवं निवर्तमान प्रधानमन्त्री माधव कुमार नेपाल नेता केपी ओली लगायतसंग छलफल गर्नुभएको थियो । एमालॆ सरकारमा जाने नेताहरुको बारेमा भोली विहान बस्ने स्थाई कमिटीको बैठकले टुङ्गो लगाइने बताइएको छ । 

राष्टपति स्वदेश फिर्ता

राष्टपति डा रामबरण यादब भारतको १० दिने औपचारीक भ्रमण पुरा गरि आज स्वदेश फर्किनु भएको छ । राष्टपति यादब कोलकत्ता मेडिकल कलेजको बार्षिक उत्सबमा सहभागी हुन गत माघ १३ गते भारत जानु भएको थियो । भारत भ्रमणका क्रममा उहाँले समकक्षी प्रतिभादेवी पाटील प्रधानमन्त्री मनमोहन सिह काँग्रेस आइकी अध्यक्ष सोनिया गान्धी लगायतका भारतीय उच्च पदस्थ अधिकारीहरुसँग भेटबार्ता गरि दुई पक्षिय हितका बारेमा कुराकानी गर्नु भएको थियो ।

राष्पटति यादवलाई त्रिभुवन अन्तराष्टिय विमानस्थलमा निर्वातमान प्रधानमन्त्री माधव कुमार नेपाल सभामुख सुभाष नेम्बाङसहीत उच्च अधिकारीहरुले स्वागत गर्नुभएकबो थियो । राष्टपतिको भ्रमण दलमा सहभागी संस्कृतिमन्त्री डा मिनेन्द्र रिजालले भ्रमण दुई देशको आपसी सम्बन्ध विस्तारमा सफल रहेको बताउनु भयो । प्रधानमन्त्रीको भ्रमणमा जस्तो खास एजेण्डामा छलफल नभए पनि राष्पटतिको भ्रमण्का क्रममा भारतीय नेताहरुले नेपालमा शान्ति र संविधान निर्माण प्रकि्रया टुङ्गोमा पुगोस भन्ने चाहाना राखेको मन्त्री रिजालको भनाई थियो । 

राष्टपति यादव स्वदेश फर्किएपछि भोली नबनिर्बाचित प्रधानमन्त्री झलनाथ खनाललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु हुने बताइएको छ । 

जितेकाहरुलाइ मन्त्री बनाउनहाुेस् ः एमाले संसदिय दलको बैठक

नेकपा एमालेका सभासद्हरुले संविधान सभा निर्वाचनमा विजयी भएकाहरुलाइ मात्र सरकारमा सहभागी गराउन अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनाललाइ सुझाव दिएका छन् । 
सभासद्हरुले हारेकाहरुलाइ मन्त्रीमण्डलमा सहभागी गराउँदा यसअघि जनमानसमा एमालेको बद्नाम भएको भन्दै निर्वाचनमा विजयी भएकालाइ मात्रै सरकारमा सहभागी गराउन सुझाव दिएका हुन् । 

त्यसलगत्तै प्रधानमन्त्री खनालले चुनावमा पराजित भएकाहरुलाइ सरकारमा लैजाँदा विगतमा आलोचना खेपीएको भन्दै उहाँले अब त्यसो हुन नदिने तर्फ आफू सजक रहेको बताउनुभएको थियो । खनालले चुस्त र सानो मन्त्रीमण्डको पक्षमा आफु रहेको भन्दै विशेषज्ञ र योग्य भए मात्र हारेकाहरुलाइ मन्त्रीमण्डलमा स्थान दिइने बताउको एक सभासद्ले जानकारी दिए । बैठकमा खनालले सैद्धान्तिक विचलन र गलत चर्चा भएकाहरुलाइ सरकारमा सहभागी नगराउने बताउनुभएको थियो । खनालको सो भनाईको सभासदहरुले ताली बजाएर समर्थन गरेको एक एमाले सभासदले जानकारी दिए । 

लोडसेडिङ फेरि बढ्ने

नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङको समय बढाएको छ । प्राधिकरणले पसर्ी सोमबारबाट लागु हुने गरि दैनिक १४ घण्टा लोडसेडिङ गर्ने जनाएको हो । नदीहरुमा जल प्रवाह घटेन गएका कारण लोडसेडिङको समय बृद्धि गर्नु परेको विद्युत प्राधिकरण भार सम्प्रेषण केन्द्रले जनाएको छ । यो सँगै सातामा जम्मा ९८ घण्टा लोडसेडिङ हुने भएको छ । यसअघि प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ गर्दै आएको थियो । जलस्रोतमा धनी भएर पनि दैनिक १४ घन्टा अन्धकारमा विताउँदा आम नेपाली मर्कामा परेका छन् ।

शान्ति र संविधानको खाका तत्काल नआए खनालको विकल्प खोज्नपर्छ ः जेपी गुप्ता 

काठमाडौ २२ माघ । मधेसी जनाअधिकार फोरम नेपालका सहअध्यक्ष जयप्रकास
गुप्ताले १५ दिनभित्र सरकारले शान्ति र संविधान निर्माणको आधार सुनिश्चित गर्न नसके एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारको विकल्पको खोजी सुरु हुने दावी गर्नुभएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा गुप्ताले सेना समायोजनको संख्या र संविधान निर्माणको सम्बन्धमा रहेको विवादहरुका समाधानका बिषयमा १५ दिनभित्र स्पष्ट नगरे यो सरकारको विकल्पको खोजी सुरु हुने दावी गर्नुभएको हो । 

उहाँले निर्धारित समयमा संबिधान जारी गर्न र जारी शन्ति प्रकि्रयालाई टुङगोमा पुर् याउन तत्कालै सरकारले पहल नथाले अहिलेको सरकार पनि पूर्ण रुपमा असफल हुने बताउनु भयो । अबको १५ दिनभित्र ठोस पहल नभए संविधान नबन्ने निश्चित हुने उहाको दाबी थियो । 

सेना समायोजन र संविधान निर्माणको प्रकि्रयाको दृष्टिकोणले प्रचण्ड प्रधानमन्त्री हुँदाको अवस्था र झलनाथ खनाल प्रधानमन्त्री हुँदाको अवस्थामा कुनै अन्तर नभएको ठोकुवा गर्दै उहाँले सरकार परिवर्तनबाटमात्रै शान्ति र संविधान निर्माणमा कुनै फरक नआउने बताउनु भयो । 

अहिले सरकारमा जाँदा मधेसवादी दलहरुले पैसापद र शानबाहेक केही प्राप्त गर्न नसक्ने दावी गर्दै गुप्ताले जनआन्दोलन र मधेस आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नै नसक्ने ठोकुवा गर्नुभयो । मधेसवादी दलका नेताहरुको अहिलेसम्मको भूमिका एउटा ब्यापारीको भन्दा फरक नभएको भन्दै उहाँले मधेसी जनतालाई देखाएर सत्ता प्राप्त गर्ने बाहेक कुनै काम नगरेको आरोप लगाउनुभयो । 
खेल समाचार
नेपालीको कि्रकेट पराक्रम

थाइल्याण्डमा जारि एसिसि अण्डर- १९ एलिट कप कि्रकेट प्रतियोगिता अन्र्तगत नेपाल समुह चरणका सबै खेलमा विजयी हुँदै समूह विजेताका रुपमा अन्तिम चारमा पुगेको छ । 

आज भएको आफ्नो समुह चरणको अन्तिम खेलमा आयोजक राष्ट्र थाईल्यान्डलाई १ सय ७५ रनको भारी अन्तरले हराउँदै नेपालले समूह विजेताका रुपमा सेमिफाईनलमा स्थान बनाएको हो । नेपालले दिएको २४६ रनको विशाल लक्ष्य पछ्याएको थाईल्यान्ड केवल २७ दशमलब ५ ओभर खेल्दै ७० रनमा अलआउट भएको थियो । घरेलु टोली थाईल्यान्डको ब्याटिङ लाईन अप ध्वस्त पार्न राहुल विक एक्लैले ८ विकेट लिएका थिए । जादुमयी बलिङ गरेका राहुलले ६ दशमलव ५ ओभरको स्पेलमा केवल १५ रन खर्चेर ८ विकेट चट्काएका थिए । १९ रन समेत बनाएका राहुल म्यान अफ दि म्याच समेत बने ।

त्यसअघि थार्यल्यान्डको एआईटी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा २४५ रन जोडेको थियो । नेपाललाई सम्मानजनक योगफल सम्म पुराउन कप्तान पृथु बास्कोटाले ६४ रन बनाएका थिए भने भुवन कार्किले ३६ रन बनाएका थिए । नेपाली मध्यक्रम धरमराएपनि भुवन र अभिनाशले १० औ विकेटका लागि ४४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नेपालको ईनिङमा सुवास खकुरेल र फैजरुल खानले ७-७प्रदिप ऐरीले २७सागर पुनले २२ तथा राजेश पुलामीले १७ रनको योगदान दिएका थिए ।

No comments: