प्रधानमन्त्री खनालको सपथ ग्रहण आज
![]() |
खनालको सपथ ग्रहण कार्यक्रम |
नबनिर्बाचित प्रधानमन्त्री झलनाथ खनालले आज नेपालको ३४ औ प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । आज दिउँसो राष्टपति भबन सितलनिवासमा आयोजित बिशेष समारोहका बिच राष्टपति डा रामबरण यादबले प्रधानमन्त्री खनाललाई पद तथा गोपनियताको सपथ गह्रण गराउनु भएको हो ।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानन्यायाधिस रामप्रसाद श्रेष्ठ संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बा्र लगायत संवैधानिक अंगका प्रमूखहरु तथा दलका नेताहरको उपस्थति रहेको थियो । एकीकृत माओवादी र अन्य केही साना दलको सहयोगमा एमाले अध्यक्ष खनाल ३६८ मतका साथ गत बिहिबार प्रधानमन्त्रीमा निर्वाचित हनु भएको थियो ।
प्रधानमन्त्री खनालले केही मन्त्रीमण्डलका सदस्यको पनि आजै सपथ ग्रहण गराउने प्रयास गर्नुभए पनि माओवादी सँग मन्त्रालय बाँडफाँडमा सहमति नजुटेपछि उहाँ एक्लैले आज सपथ लिनु भएको थियो ।
यसैबीच नवनियुक्त प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पहिलो प्राथमिकता संविधान लेखन र शान्तिप्रकि्रया टुङ्गोमा पुर् याउनु भएको दोहोर् याउनुभएको छ । राष्ट्रपतिबाट सपथग्रहण लगत्तै अपरान्ह पदवहाली गर्दै प्रधानमन्त्री खनालले नयाँ संविधान लेखन र शान्तिप्रकि्रयाको कामलाई पूर्णता दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।
प्रधानमन्त्री खनालले लोडसेडिङको अन्त्य र जनताले प्रत्यक्ष भोग्दै आएका समस्यालाई समाधान गर्न सरकारले ध्यान केन्द्रित गर्ने पनि उल्लेख गर्नुभयो । िसंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री खनाललाई मुख्य सचिव माधव घिमिरेले स्वागत गर्नुभएको थियो ।
नयाँ सरकार गठनमा विवाद ः कार्यदलको बैठक
![]() |
प्रस्तावित उप प्रधानमन्त्री भरतमोहन अधिकारी |
नयाँ सरकार गठनमा हातेमाले गरपनि माओवादी र एमाले बिच मन्त्रालय बाँडफाँडमा विवाद उत्पन्न भएको छ । आज भएको दुई पार्टीका शीर्ष नेताहरु सम्मिलित कार्यदल बैठकमा दुबै दलले महत्वपूर्ण मन्त्रालयको दावि नछाडेपछि बाँडफाँडमा विवाद देखिएको हो ।
माओवादीले सरकार गठनका बेला एमालेसँग गृह मन्त्रालय आफुहरुले पाउने सहमति भएको तर अहिले एमालले नदिएको आरोप लगाएको छ । माओवादीले एमालेले पार्टिबाटै मन्त्रीहरुको बाँडफाँड गरि कार्यदल बैठकमा आएको भन्दै विरोध जनाएपछि दुइ दल बिच सहमति जुट्न नसकेको हो । िसंहदरबार स्थीत एमाले संसदिय दलको कार्यलयमा भएको छलफलपछि माओवादी उपाध्यक्ष एवम् कार्यदलमा माओवादी सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले एमालले मन्त्रालय किटान गरि मन्त्रीहरु तय गरेकाले सहमति जुट्न नसकेको बताउनुभयो । प्रकाशले आफुहरु सँगको सहमति एमालले तोडेको समेत आरोप लगाउनुभयो ।
त्यसलगत्तै प्रधानमन्त्री झलनाथ खनाल सहित एमाले शिर्षस्थ नेताहरु र माओवादी अध्यक्ष प्रचन्ड बीच पनि सरकार निमार्ण र मन्त्रालय बाँडफाँडमा छलफल भएपनि सहमति जुट्न भने सकेन । बैठकमा दुबै दलले रक्षा गृह र अर्थ मन्त्रालय आफ्नो दललले पाउनुपर्ने अडान राखेका थिए ।
बैठकमा सहभागी भएका एमाले प्रभावशाली नेता केपी शर्मा ओलीले रक्षाअर्थ र गृह मन्त्रालयको अडान छाड्न एमाले तयार नभएको बताएपछि बैठकमा सहमती जुट्न नसकेको माओवादी नेता देव गुङले जानकारी दिनुभयो । एमालेले एकतर्फी हिसाबले नेताहरु सिफारिस ग।ेको र त्यो आफूहरुलाइ मान्य नहुने गुरुङले बताउनुभयो ।
त्यसअघि आज विहान बसेको एमाले स्थाइ कमिटी बैठकले मन्त्रालय नै तोक्दै सरकारमा पठाउने नेताहरुको सिफारिस गरेको थियो । एमाले स्थायी समितिको आज बिहान बसेको बैठकले पार्टीका तर्फबाट भरतमोहन अधिकारी विष्णु पौडेल र गङ्गाधर तुलाधरलाइ सरकारमा पठाउने निणर्य गरेको थियो । एमालले अधिकारीलाइ उपप्रधानमन्त्री एवम् अर्थ सचिव विष्णु पौडेललाइ गृह तथा पोलिटव्युरो सदस्य गङ्गाधर तुलाधरलाई शिक्षा मन्त्रालयमा सिफारिस गरेको हो । साथै एमालले पार्टीको तर्फ बाट मन्त्री बन्ने अन्य सदस्यहरुको टुगो भने बरिष्ट नेता केपी ओलीको सयोजकत्वमा गठन हुने वार्ताटोलीले लगाउने निणर्य गरेको एमाले सचिव शङकर पोखरेलले जानकारी दिनुभयो ।
बैठकमा माओबादी सँग गरिएको भनिएको ७ बुँदे गोप्य सम्झौताका बारेमा समेत छलफल भएको थियो । बरिष्ट नेता केपी ओली पक्षधरका सदस्यहरुले उक्त सम्झौताका बारेमा बैठकमा जिज्ञासा राखेको बताईएको छ ।
यसैबीच सरकारमा आफूले पाउने मन्त्रालयको टुंगो नलागेपछि सरकारमा पठाउने सदस्यबारे छलफल गर्न बसेको माओवादी स्थायी समिति बैठक स्थगित भएको छ । नेकपा एमालेले सहमति विपरित मन्त्रालयको दावी गर्दै मन्त्री हुनेको नामावली सार्वजनिक गरेको भन्दै माओवादीले एमालको आलोचना समेत गरेको छ । माओवादीले पाउने मन्त्रालयको टु¨ाे नभएकाले सरकारमा पठाउने सदस्यबारे छलफल नभएको बैठकपछि एक स्थायी समिति सदस्यले जानकारी दिए । मन्त्रालय बाँडफाँडका विषयमा दुई पार्टीका अध्यक्षबीच सहमतिपछि छलफल गर्ने निर्णय बैठकले गरेको छ ।
शान्ति प्रकि्रया माथी विश्वासघात भयो ः काँग्रेस ॥
नपाली काँग्रेसले माओवादी लडाकुहरुलाइ समावेश गरि छुट्टै सुरक्षा बल बनाउने प्रधानमन्त्री झलनाथ खनाल र माअेवादी बिचको सहमतिले शान्ती प्रकि्रयामा विश्वासघात भएको ठहर गरेको छ । काँग्रेसको आज बसेको केन्द्रीय समिती बैठकले माओवादी सँगको सात बुदेँ सहमित धोका भएको ठहर गर्दै लडाकुको बारेमा गरिएको सहमितले शान्ति प्रकि्रयामा विश्वासघात भएको निष्कर्ष निकालेको हो ।
बैठकपछि काँग्रेस केन्द्रीय सदस्य अजुर्ननर िसंह केसीले माओवादी सँग भएको सहमति बारे एमाले भित्रको लोकतान्त्र पक्षधर सँग सोधिने समेत बताउनुभयो । केसीले सहमतिबारे संसदमा काँग्रेसले आवाज उठाउने बताउनुभयो ।
साथै काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत सर्वसम्मत निणर्य गरेको छ । काँग्रेसले शान्ति र संविधान निर्माण कार्यलाई सम्पन्न गराउन प्रतिपक्षमै बसेर कि्रयाशिल रहने निणर्य गरेको छ ।
प्रधानमन्त्री निर्वाचनमा पराजयपछि सरकार निर्माण प्रकि्रयाबाट अलग भएको दोस्रो ठूलो दल काँग्रेसले नव गठित सरकारको राम्रो कामलाई समर्थन र नराम्रो कामलाई विरोध गर्ने गरी प्रमुख प्रतिपक्षीको भुमिकामा रहने निर्णय गरेको हो ।
बैठकमा विवादका विच जबरजस्ती रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उमेद्वारी बनाईएको विषयमा देउवापक्षीय केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गरेको श्रोतले दावी गरेको छ ।
खनालको सरकारको नया संविधान जारी नभए सम्म टिक्ने : केपी शर्मा ओली
नेकपा एमालेका नेता केपी शर्मा ओलीले झलनाथ खनालको सरकारको नया संविधान जारी नभए सम्म टिक्ने बताउनु भएको छ । भक्तपुरमा आज एक कार्यक्रमको उद्घाटन गर्दै ओलीले वर्तमान सरकारले संविधान निर्माण गरेर नयाँ निर्वाचन गरेपछि मात्र सरकार परिवर्तन हुने दावि गर्नुभयो । संविधान निर्माण र शान्ति प्रकि्रया टुङगोमा पुर् याउनु अहिलेको सरकारको मुख्य काम हो ओलीले भन्नुभयो ः ुहामी केन्द्रित भएर लागिरहेका छौ अहिलेको सरकारले पनि सबैको सहमतीमा शान्ति प्रकि्रया र संविधान निर्माणलाई आगाडी बढाउन नेतृत्वदायी भूमिका खेल्ने छु । नेता ओलीले संविधान निमार्णका लागी समय थोरै भएका तफँ इङ्गित गर्दै बाँकि सयमको सहि सदुपयोग गनुपर्ने धारणा राख्नुभयो ।
अर्काे एक प्रसङमा ओलीले माओवादी र एमाले अध्यक्ष संग भएको सहमती पार्टीको सस्थागत रुपमा लिन नसकिने बताउनु भयो । नेता ओलीले संस्थागत रुपमा एमाले र माओवादी विच कुनै सहमती तथा सम्झौता नभएको दावी गर्नुभयो । दुइ नेता बिच कुरा ुभएको होला सहमती नै भनेर मलाइ संस्थागत जानकारी भएको छैनओलीले भन्नुभयो ।
बिद्यार्थी संगठनको बैठक ः भाडा वृद्धि राम्रो होइन ॥
विभिन्न १३ बिद्यार्थी संगठनले सार्वजनिक यातायातका साधनमा गरिएको भाडादर वृद्धीेको निर्णय फिर्ता लिन सरकार सँग माग गरेको छ । यातायातका साधनमा भाडा वृद्धी गर्दा बिद्यार्थीलाई मर्का परेको भन्दै विद्यार्थी संगठनहरुले भाडा वृद्धि फिर्ता नलिए आन्दोलन गर्ने समेत चेतावनि दिएको छ ।
अनेरास्वीयूको कार्यलय बाजबजारमा बसकेा विद्यार्थी संगठन बैठकले सरकारले सरोकारवालाको उपस्थीतीमा मात्र भाडा वृद्धि गर्ने यसअघिको सहमति ताडेको आरोप समेत लगाएको छ । विद्यार्थी संगठनहरुले पेट्रोलिय पदार्थको मुल्य वृद्धिको आन्दालोनका कार्यक्रम जारी रहेको अवस्थामा पुन यातायातको भाडा वृद्धि गरिएकोमा विरोध जनाएको छ ।
बैठकपछि अनेरास्ववियूका अध्यक्ष माधव ढुङ्घेलले भाडा वृद्धीका सम्बन्धमा आगामी २६ गते सरोकावालाहरुसंग छलफल गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सरकारले आज देखि लागुहुने गरि नौ प्रतिशतले भाडा वृद्धि गर्न ब्यवसायीलाइ स्वीकृती दिएको थियो ।
बैठकले कोशी ब्यारेजमा आएको बाढीका कारण नेपालमा भएको नोक्सानीका बारेमा सरकारको ध्यानाकर्षण समेत गराएको छ । बागबजारस्थित अनेरास्ववियूको केन्द्रिय कार्यालयमा भएको बैठकमा अनेरास्ववियू नेबिसंघ अखिल क्रन्तिकारी लगायतका १३ बिद्यार्थी संगठनका प्रतिनिधीहरुको सहभागिता थियो ।
पूर्व प्रधानमन्त्री नेपालले बालुवाटार छोडे
निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपाल आज सरकारी निवास बालुवाटारबाट आफ्नो निजी निवास कोटेश्वर सर्नुभएको छ ।
२० महिना भन्दा बढी समय सरकारी निवासमा बिताएर उहाँ आज आफ्नो निवासमा सनुभएको हो । यसअघि हिजोनै निवर्तमान प्रधानमन्त्री नेपालले बालुवाटार छोड्ने बताइएपनि आज दिउँसोमात्र सरकारी निवास छाड्नुभएको हो । नेपालमा भएका कम्युनिस्ट प्रधानमन्त्री हरुमा सबैभन्दा बढी कार्यकाल बिताउँने उहाँने हुनुहुन्छ । गत असार १६ गते प्रधानमन्त्री पदबाट राजिनामा दिनु भएका नेपाल मुलुकमा नयाँ सरकार बन्न नसकेका कारण ७ महिना सम्म कामचलाउको रुपमा रहनु भएको थियो । सरकारी जिवास बालुवाटार छाड्नुअघि एक वित्रप्ती जारी गरी नेपालले आफ्नो कार्यकालमा सहयोग गर्नै सबैलार्य धन्यबाद त्रापन गर्नुभएको छ । साथै उहाँले नेपाल र नेपालीको चाहाना अनुरुप लोकतन्त्रको रक्षाका लागि आफू सँधै लडिरहने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीको असहयोगका कारण आफ्नो कार्यकालमा खासै उपलब्धी मुलक काम गर्न नसक्नु भएका नेपालले राजिनामा दिए पछि भने केही महत्वपूर्ण काम गर्न सफल हुनु भएको थियो । पछिल्लो समयमा माओवादी लडाकुलाई विशेस समिति मातहत ल्याउनु उहाँको कार्यकालमा भएको महत्वपूर्ण काम मान्न सकिन्छ ।
खेल समाचार
नेपालको भेट कतारसँग
थाईल्यान्डमा जारी एसिसी अन्डर १९ एलिट कप कि्रकेटमा नेपालले सेमिफाईनलमा कतारको सामना गर्नै भएको छ । आज भएको खेलमा डिफेन्डिङ च्याम्पियन हङकङ सँग पराजीत भएपछि कतारले सेमिफाइनलमा नेपाल सँगको भेट पक्का गरेको हो । जित सँग हङकङ समुह एको विजेता तथा कतार उप विजेताको रुपमा सेमिफाइल प्रवेश गरेका हुन् । नेपाल भने यसअघि नै समुह विजेताको रुपमा सेमफाइनल प्रवेश गरिसकेको छ । अब नेपालले फाइनल प्रवेशका लागी पसर्ि थाइल्याण्डको एआइटी मैदानमा कतारको सामना गनुपर्नेछ ।
No comments:
Post a Comment