Monday, May 2, 2011

बैशाख १७ गते २०६८

जेठ १४ अघि शान्ति र संविधानका लागी निणार्यक छलफल गर्ने ः माओवादी बैठक

एकीकृत नेकपा माओवदीले शान्ति र संविधानका लागि अन्य दलहरुस“गको छलफललाई घनीभूत बनाउने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नया“बजारमा आज बिहान बसेको केन्द्रीय पदाधिकारी बैठकले नया“ संविधान जारी गर्ने दिन नजिकिंदै गरेकाले शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउन अन्य दलसंग बृहत छलफल गर्ने निर्णय गरेको हो । अन्य दलसंगको छलफललाई बजेटका विषयमा पनि केन्द्रीत गर्ने बैठकपछि माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले जानकारी दिनुभयो ।

माओवादीले सरकारमा सहभागी हुने थप मन्त्रीको टुंगो भने भने पर्सिको पदाधिकारी बैठकबाट लगाउने भएको छ । एमालेसंगको सहमतिमा ११ वटा मन्त्रालय पाएपनि अहिले सरकारमा माओवादीका ४ जना मन्त्री मात्रै छन् । सोमबार बस्ने पदाधिकारी बैठकले थप सातमन्त्री र राज्यमन्त्रीहरुको टुंगो लगाउने उपाध्यक्ष भट्टराईले बताउनुभयो ।

यसअघि हिजो सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले शान्ति र संविधानमा केन्द्रीत हुने अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावलाई  बहुमतले अनुमोदन गर्दै जेठ १४ सम्म संविधान र संविधानको पक्षमा विभिन्न कार्यक्रम गर्ने, सेना समायोजनको मोडालिटी र नया“ संविधानको मस्यौदा तयार पार्ने निर्णय गरेको थियो । आगामी जेठ १४ गते संविधान नबने जनबिद्रोहमा जानुपर्ने उपाध्यक्ष मोहन वैद्यको प्रस्ताव भने अल्पमतमा परेको छ । अध्यक्ष प्रचण्डको प्रस्तावविरुद्ध उपाध्यक्ष मोहन वैद्यले सैद्धान्तिक रुपमा असन्तुष्टि जनाउंदै नोट अफ डिसेन्ट लेख्नुभएको थियो ।


जेठ १४ अघि उच्चस्तरिय सहमति हुन्छ ः प्रचण्ड चितवन

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जेठ १४ अघि नै दलहरूबीच उच्चस्तरको सहमति हुने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम ताम्सालिङ भेलालाई चितवनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दलहरूबीच उच्चस्तरीय छलफलबाट निकास निकाल्ने सहमति भइसकेको दावी गर्नुभयो । तीनदलका नेताहरूबीच भोलिदेखि नै महत्वपूर्ण छलफल सुरु हुने जानकारी दि“दै प्रचण्डले छलफलले जेठ १४ अघि नै विद्यमान संकटको निकास खोज्ने विश्वास दिलाउनुभयो । जेठ १४ भित्र संविधानको एकीकृत मस्यौदा मात्र बन्ने बताउ“दै उहा“ले पूर्णसंविधानका लागि थपसमय आवश्यक हुने बताउनुभयो । जनताले हासिल गरेका उपलब्धी गुम्ने अवस्था आउन नदिन माओवादी जिम्मेवार रहेको भन्दै प्रचण्डले त्यही जिम्मेवारी बोधका कारण माओवादीले शान्ति र संविधानको बाटो रोजेको जिकिर गर्नुभयो । बर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयत्न भइरहेको जानकारी दिनुभयो ।

त्यसअघि  चितवन पुग्ने क्रममा भरतपुर विमानस्थलमा सञ्चारकर्मीस“ग कुराकानी गर्दै प्रचण्डले माओवादीभित्र कुनै विवाद र गुट नभएको बताउनुभयो । हालै सम्पन्न बैंठकले शान्ति र संविधानका पक्षमा अगाडि बढ्ने निर्णय गरेकाले सम्पूर्ण पार्टी त्यसैअनुसार अगाडि बढ्ने प्रचण्डको भनाइ थियो । पार्टीको पछिल्लो निर्णयले धेरैलाई उत्साहित बनाएको भन्दै अध्यक्ष प्रचण्डले छिट्टै शान्ति र संविधानको कामले पूर्णता पाउने बताउनुभयो । भरतपुर क्यान्सर अस्पतालमा देखिएको समस्या समाधानका लागि भोलि तीनदलबीच छलफल हुने उहा“ले जानकारी दिनुभयो ।

यता एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले नया“ संविधान जारी नभएसम्म संविधानसभा विघटन गर्न नहुने बताउनु भएको छ । चितवनको पिठुवामा रहेको जनजागृति उच्चमाविको ४९ औं वार्षिकोत्सव कार्यक्रममा उपाध्यक्ष भट्टराईले सयौं वर्षको त्याग र बलिदानपछि प्राप्त संविधानसभा आफ्नो लक्ष्यमा नपुग्दासम्म विघटन गर्न नहुने बताउनुभयो । अहिले प्राप्तभएका उपलव्धीलाई संस्थागत नगर्दासम्म संविधानसभाले विश्राम लिन नहुने भट्टराईको भनाइ छ । ठूला दलहरूबीचको खिचातानीका कारण ऐतिहासिक उपलब्धी धरापमा पर्दै गएको टिप्पणी गर्दै उपाध्यक्ष भट्टराईले सहमतिको विकल्प नभएको धारणा राख्नुभयो । मुलुक संविधान निर्मँणको चरणमा भए पनि नेताहरू सत्ताको लडाइमा केन्द्रित रहेको भन्दै उहा“ले दलहरूको झगडाले २०१७ साल दोहोरिन सक्ने चेतावनी दिनुभयो ।

वानकी मुनको पनि चिन्ता

राष्ट्रसंघीय महासचिव वानकी मुनले संविधान जारी गर्ने दिन नजिक आइसक्दा पनि दलहरूबीच सहमति जुट्न नसकेकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

उहा“ले संविधान निर्माण्ँका लागि ठोस कदम चाल्न दलहरूलाई आग्रह गर्नुभएको छ । एक विज्ञप्ती जारी गर्दै महासचिव वानले नया“ संविधान जारी गर्ने समय १ महिनाभन्दा कम रहेको अवस्थामा समेत महत्वपूणर््ँ काम बा“की रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । महासचिव वानले विवादित मुद्धामा सहमति निर्माण्ँका लागि अधिकतम प्रयास गर्न दलहरूलाई आग्रह गर्नुभएको छ । विशेÈ गरी सेना समायोजन तथा पुनस्र्थापनको विÈयमा दलहरु स्पष्ट हुनुपर्ने भन्दै वानले नेपालको राजनीति निणर््ाँयक बिन्दुमा रहेको बताउनुभएको छ । निर्धारित मितिमा संविधानको प्रतिबद्धता पूरा गर्न दलहरूले अधिकतम लचकता अपनाउ“दै साझा आधार तयार गर्नुपर्ने भन्दै वानले शान्तिप्रक्रियाले महत्वपूणर््ँ उपलब्धी हासिल गरे पनि दलहरुबीच एकता नहु“दा त्यो अधु“रो भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघको चुनावी मैदानमा को को छन् ः महासंघ चुनाव

मुलुकभरका पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको आसन्न चुनावका लागि ३१ पदमा १ सय ८ जनाको उम्मेदवारी परेको छ । दर्ता उम्मेदवारले भोलि २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

अध्यÔमा शिव गाउ“ले, पोÈण्ँ केसी, केदार कोइराला, चन्द्रदेव कमाती र डम्बर गिरीको उम्मेदवारी परेको छ । गाउ“लेले क्रान्तिकारी पत्रकार संघ र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् । वर्तमान कार्यसमितिमा महासचिव रहेका केसीले प्रेस युनियनको तर्फबाट उम्मेदवारी दिएका हुन् । उपाध्यक्षमा यशोधा तिम्सिना, रमेश विष्ट, विजयकुमार बर्माको उम्मेदवारी परेको छ भने महासचिवमा ओम शर्मा, रामजी दाहाल र दीपक पाठक छन् । सचिवमा चन्द्रमान श्रेष्ठ, रामप्रसाद दाहाल, जगत नेपाल, तिलक कोइराला, दिनेश्वरप्रसाद गुप्ताले उम्मेदवारी दिएका छन् । यस्तै कोÈाध्यÔमा उजिर मगर, गजेन्द्र बुढाथोकी, नारायण्ँ अमृत लोकतान्त्रिक, वीरमान शेर्पा, ब्रिजकुमार यादव र शीतल साहको उम्मेदवारी परेको छ ।

केन्द्रीय सदस्यहरूमा पूर्वाञ्चलबाट कुमार ओझा, जनकऋÈि राई, डम्बरसिंह राई, दीपककुमार दाहाल, भरत जर्घामगर, महेन्द्र काङ्खले, मोहनकाजी, यम प्रधान, रामानन्द गुप्ता, सिद्धराज राई, लवदेव ढुंगाना र शंकर खरेलले उम्मेदवारी दिएका छन् । यस्तै मध्यमाञ्चलबाट प्रताप विष्ट, महेश दास, गुरुप्रसाद गौतम, भोला थापा र राकेशप्रसाद चौधरीको उम्मेदवारी परेको छ । उपत्यकाबाट कमल गुरुङ, दामोदर तिमल्सिना, दीपक पाण्डे, नवराज चालिसे, फण्ँिन्द्र दाहाल र युवराज विद्रोहीले उम्मेदवारी दिएका छन् भने पश्चिमाञ्चलबाट किशोरजंग थापा, जगदीश भट्टराई, मोहन चापागाइ“, रुद्रप्रसाद भट्ट र सञ्जय पन्थी छन् । कार्यसमिति सदस्यकै लागि मध्यपश्चिमाञ्चलबाट श्रीराम सिग्देल, अर्जुन गिरी, केबी मशाल, नारायण्ँकुमार साह, प्रभात चलाउने, भीमबहादुर सिंह, मेघराज भट्ट, मोतीलाल पौडेल, युवराज श्रेष्ठ र सूर्यमण्ँि गौतमले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमाञ्चलबाट भने कणर््ँ शाह, दीलबहादुर छन्त्याल, राजेन्द्रनाथ र लक्ष्मीदत्त पाण्डे, कणर््ाँलीबाट जयबहादुर रोकाया, नवराज महतारा, नरेन्द्रनाथ योगी, भीम कसिंगर र मीमसिंह नेपालीले उम्मेदवारी दिएका छ् । तीन महिला सदस्यका लागि गौरी कठायत, तृष्ण्ाँ कु“वर, दुर्गा भण्डारी, भावना विद्रोही, रीता गुरुङ, रेण्ँु झा, लीला साह, संगिता खड्का र शान्ता बस्नेतको उम्मेदवारी परेको छ । दलित कोटामा गोविन्द परियार, निशा विश्वकर्मा, प्रकाशचन्द्र परियार, मण्ँिलाल विश्वकर्मा र हीरालाल विश्वकर्मा तथा आदिबासी जनजातिबाट खिम घले, दीपेन्द्र वान्तवा, दीलिप थापामगर, राजु लामाले उम्मेदवारी दिएका छन् ।

मधेसी कोटामा अजयकुमार झा, कुमार विवेकानन्द मिश्र, दिनेश देव, धर्मेन्द्र कणर््ँ, प्रभातकुमार झा, मनोज झा मुक्ति, मुरलीप्रसाद यादव, राजेशकुमार कणर््ँ, राजेश मिश्र र हिमशंकर सिंह तथा प्रतिष्ठान सदस्यका लागि किरण्ँ चापागाई, खिला कार्की, बालकृष्ण्ँ बस्नेत, मधुसुदन पन्थी, माधव दुलाल, मातृका पौडेल, राजन कुइ“केल र वासुदेव तिमल्सिनाले उम्मेदवारी दिएका छन् । यस्तै एसोसिएट सदस्यका लागि उज्वल आचार्य, ध्रुव लम्साल र प्रकाश थापाले उम्मेदवारी दएका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघको महाअधिवेशनका लागि क्रान्तिकारी पत्रकार संघ र प्रेस चौतारीले संयुक्त रुपमा प्यानल सार्वजनिक गरेका छन् ।

जनसञ्चार अभियानमा एक कार्यक्रम गरी दुवै संगठनले आफ्नो प्यानल सार्वजनिक गरेको हो । कार्यक्रममा प्यानलका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका शिव गाउ“लेले महासंघको ६ दशक लामो इतिहासमा पहिलो पटक प्रगतिशिल विचार बोक्नेहरूबीच गठबन्धन बनेको बताउनुभयो । उहा“ले प्यानलको जित सुनिश्चित भएको दावी गर्नुभयो । प्यानलबाट उपाध्यक्षमा यशोदा तिम्सिना, महासचिवमा ओम शर्मा, सचिवमा चन्द्रमान श्रेष्ठको उम्मेदवारी परेको छ । यसैगरी महिला सदस्यमा संगिता खड्का, दुर्गा भण्डारी र शान्ता बस्नेत, मधेसी कोटामा धमेन्द्र कर्ण र दिनेश देव, जनजातिमा खिम धले र राजु लामा, दलितबाट मणिलाल विक र निशा बिक छन् यस्तै उपत्यकाबाट सदस्यहरूमा दामोदर तिम्सिना र दिपक पाण्डे, प्रतिष्ठान शाखाबाट मातृका पौडेल र बालकृष्ण बस्नेत, पूर्वाञ्चल सदस्यमा मोहनकाजी र जनकऋषि राई, मध्यमाञ्चलबाट प्रताप बिष्ट र महेश दास, पश्चिमाञ्चलबाट मोहन चापागाई र रुद्र भट्ट छन् । मध्यपश्चिमाञ्चलबाट सूर्यमणि गौतम र प्रभात चलाउने, सुदुरपश्चिमाञ्चलबाट दिबहादुर छन्त्याल र राजेन्द्र नाथ तथा कर्णालीबाट मिमसिंह नेपाली प्यानलमा छन् ।


जनतान्त्रिक तराइ मुक्ति मोर्चाले सरकारसँग वाता गर्ने

सरकारस“ग वार्तारत जनतान्त्रिक तराई मुक्ति मोर्चाले सशस्त्र आन्दोलन परित्याग गरेको जनाएको छ ।

आज राजविराजमा एक पत्रकार सम्मेलन गरी मोर्चाका केन्द्रीय अध्यक्ष राजीव झाले शातिपूर्ण ढंगले मधेस मुक्ति आन्दोलन अगाडि बढाउने जानकारी दिनुभयो । मोर्चाले सरकारस“ग ६ चरणको वार्ता गरिसकेको छ ।    वार्तास“गै शान्तिपूर्ण आन्दोलन पनि संगै अगाडि बढाउने जानकारी दि“दै अध्यक्ष झाले अबका आन्दोलन शान्तिपूर्ण हुने र जनताको बीचमा हुने बताउनुभयो । मोर्चास“ग रहेका सबै हतियार नष्ट गर्ने तथा  सेना विघटन गर्ने जानकारी दिनुभयो ।    यसैगरि मोर्चाका प्रवक्ता एवम् वार्ता टोली संयोजक गजेन्द्रकुमार मण्डलले २०६१ सालदेखि सशस्त्र आन्दोलनमा लागेको मोर्चाले अन्य दलस“ग सहकार्य गरि मधेश मुक्ति आन्दोलनलाई शान्तिपूर्ण रुपले अगाडि बढाउने बताउनुभयो ।

संक्रमणकालको एक मात्र निकास, सबैदलको सरकार ः माधव नेपाल

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान संक्रमणकालिन अवस्थालाई निकास दिन काग्रेस सहितका दलहरुलाई सरकारमा सहभागि गराउनु आवश्यक रहेको वताउनु भएको छ ।

प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले शान्ती र संविधान अहिलेको मुख्य ऐजेण्डा रहेको वताउ“दै आफुले वर्तमान सरकारको विकल्प खोज्ने विषयमा नवोलेको वताउनुभयो । संविधान वन्ने कुरामा आफु आशावादी रहेको भन्दै उहा“ले जेठ १४ मा संविधानको मस्यौदा नआए मुलुकमा भयावह स्थिती उत्पन्न हुने वताउनुभयो । केही दलहरुले ताजा जनादेशमा जानुपर्ने कुरा उठाईरहेको प्रशगमा नेता नेपालले ताजा जनादेशको कुरा गर्नु वेठिक रहेको औल्याउनुभयो । मुलुकको निकासको ताला चावी माओवादी हातमा रहेको भन्दै उहा“ले माओवादीले विगतको सम्झौता कार्यान्वयन गर्नुपर्ने वताउनुभयो । वाइएसिएलको अर्धशैन्य संरचना भंग हुनुपर्ने, कब्जा गरिएका सम्पती फिर्ता हुनुपर्ने, र माओवादी नागरिक पार्टीमा रुपान्तरण हुनुपर्ने उहा“को माग थियो ।

अन्तराष्ट्रिय समाचार
गद्याफिद्धारा नेटोसँग वार्ताको प्रस्ताव 

लिवियाका सैनिक शासक कर्नेल मुआम्बर गद्धाफीले नेटो गठबन्धन सेनासंग युद्ध बिराम र बार्ताका लागि आग्रह गरेका छन् ।

गद्धाफीले लिविया आक्रमणमा संलग्न  नेटो गठबन्धन सेनासंग युद्ध बिराम गर्न र बार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका हुन् । राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दे गद्धाफीले नेटोलाई युद्ध रोक्न र बार्तामा वस्न आव्हान गरेका हुन् । आफूले कुनै पनि हालतमा लिविया नछाडने गद्धाफीले बताएका छन् । शान्तिको ढोका खुल्ला रहेको दाबी गर्दे गद्धाफीले फ्रान्स, इटली, बेलायत र अमेरिकालाई तुरून्त आक्रमण रोक्न आग्रह गरेका छन् । तर बार्ताका लागि कुनै पुर्ब शर्त भने आफूले स्विकार नगर्ने गद्धाफीको भनाई छ ।  संयुक्त राष्ट्रसंघले लिवियालाई उडान निषेधित क्षेत्र घोषणा गरेपछि नेटो गठबन्धन सेनाले सुरू गरेको आक्रमण अझै जारी छ । ४२ बर्ष शासनमा रहेका गद्धाफी बिरूद्ध सुरू भएको प्रदर्शनले युद्धको रूप लिएपछि लिवियामा अहिलेसम्म हजारौको ज्यान गैसकेको छ ।

सिरीया
अन्तर्राष्ट्रिय दबाब यथावत् रहेपनि सिरियामा प्रदर्शनकारीहरुमाथि दमन नरोकिएको समाचार प्राप्त भएको छ । विशेषगरी देरा शहरमा  प्रदर्शनकारीहरुमाथि चर्को दमन भइरहेको बीबीसीले जनाएको छ  । देशभर भएको पछिल्लो प्रदर्शनमा ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ । राजधानी दमासकस पनि मध्य मार्चबाट नै अशान्त रह“दै आएको छ । त्यस्तै होम्स्, लाटाकिया, बानीभास शहरमा समेत प्रदर्शनकारीहरु र सुरक्षाकर्मीबीच लगातार दोहोरे भिडन्त भइरहेको छ । प्रदर्शनकारीहरु राष्ट्रपति बसर अल असदको राजीनामा माग्दै सडकमा ओर्लिएका हुन् । 

खेल समाचार
ए डिभिजन लिग

कर्ण लिम्बुको ह्याट्रिक मद्यतले जावलाखेल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमै जावलाखेलले कर्ण लिम्बुको ह्याट्रिक मद्यतले सरस्वती क्लबर्ला ४ –० ले पराजित ग¥यो । लिगमा यो दोस्रो ह्याट्रिक हो । यसअघि पुलिस क्लबका जुमानु राईले ह्याट्रिक प्रहार गरेका थिए । कर्ण लिम्बुले २० मिनेटभित्र ह्याट्रिक पूरा गरे । सरस्वतीको डिफेन्स लाइनअपले गरेको गल्तिको फाइदा उठाउ“दै उनले सुरुवाती दुई गोल गरे । खेलको दोस्रो मिनेटमा सरस्वतीका ध्रुब श्रेष्ठले डिबक्स नजिकै बल फुस्काएपछि कर्णले त्यसलाई सजिलै गोलमा परिणत गरेका थिए । त्यसको सात मिनेट नबित्दै कर्णले दोस्रो गोल गरे र टिमलाई २–० ले अघि बढाए । खेलको २० औ मिनेटमा कर्णले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । दोस्रो हाफमा सरस्वतीले दुईवटा महत्वपूर्ण मौका पाए पनि गोल फर्काउन सकेन । खेलको ६० मिनेटमा लक्ष्मी श्रेष्ठले गोल गरेपछि जावलाखेलले ४–० को फराकिलो जित हात पार्दै लिगमा सुखद सुरुवात गर्यो ।

No comments: