Monday, May 2, 2011

बैशाख १८ गते २०६८

शशस्त्र समुहद्धारा झापामा ड्युटीको प्रहरीमाथी गोली प्रहार
A Duty police shots in Nepal

झापाको बिर्तामोडमा ड्युटीमा रहेका प्रहरी हवल्दार अम्बिका पोखरेलमाथि सशस्त्र समूहले गोली प्रहार गरेको छ ।

छातीमा गोली लागेका पोखरेललाई उपचारका लागि भारतको सिलगुडी लगिएको छ । मुक्तिचोका ड्युटीकै क्रममा एकजना अपराधीलाई पक्राउ गर्न लाग्दा अर्का अपराधीले गोली चलाएका थिए । गोली हान्ने र अर्का पनि फरार भएका छन् ।

गोली प्रहारको घटनापछि झापाको सुरक्ष्ाँव्यवस्था कडा पारिएको छ । गोली हान्नेको खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस श्रेष्ठले जानकारी दिनुभयो ।

संविधान सभा विघटन भए माओवादीले आन्दोलन थाल्छ ः प्रचण्ड
Maoist Chairman Prachanda announce the strike

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा विघटन भए जेठ १५ पछि माओवादीले आन्दोलन थाल्ने बताउनुभएको छ ।

१ सय २२ औं मजदुर दिवसको अवसरमा राजधानीमा आज अखिल नेपाल टे«ड युनियन मजदुर संगठनले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले शान्ति र संविधानविरुद्ध षड्यन्त्र भए जेठ १५ बाट माओवादीले मजदुरहरूकै नेतृत्वमा आन्दोलन सुरु गर्ने चेतावनी दिनुभयो । पु“जीपति र दलालहरूले संविधानसभा विघटन गर्ने प्रयत्न गरिरहेको दावी गर्दै प्रचण्डले त्यस्तो भए माओवादीले रुसमा भएको अक्टोबर क्रान्ति नेपालमा दोहो¥याउने घोषणा गर्नुभयो । शान्तिस्थापना भएर संविधान बने माओवादीको भविष्य राम्रो हुने डरले माओवादी विरोधी शक्तिहरु संविधानसभा विघटन गराउन लागेको प्रचण्डको भनाई छ । उहा“ले शान्ति र संविधानका लागि माओवादीले देखाएको लचकतालाई कम आ“कलन नगर्न समेत चेतावनी दिनुभयो ।

मजदुरहरूले अझैसम्म पूर्ण अधिकार पाउन नसकेको चर्चा गर्दै उहा“ले मजदुरका माग पूरा गराउन माओवादी अझै ५० बर्ष लड्न पनि तयार रहेको बताउनुभयो । पार्टीको मंजुदर संगठनमा आएको तित्तताप्रति संकेत गर्दै प्रचण्डले मजदुर एकतालाई कमजोर पार्नेहरूलाई छुट नहुने बताउनुभयो । सभालाई अध्यक्षसहित उपाध्यक्षहरू मोहन वैद्य र डा. बाबुराम  भट्टराइ पक्षका मजदुर नेताहरू शालिकराम जमरकटेल, बद्री बगजाई, लालध्वज नेम्बाङलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा मंजुदरका समस्यामा आधारित नाटक एवम् गीतसंगित एवम् नृत्य प्रस्तुत गरिएको थियो ।

तिन दिन भित्रै सरकार विस्तार हुन्छ ः प्रधानमन्त्री

प्रधानमन्त्री झलनाथ खनालले तीन दिनभित्रै सरकार फेरि विस्तार हुने  बताउनुभएको छ । १२२ औं अन्तराष्टिय मई दिवशको उपलक्ष्यमा आज नेपाल टे«ड यूनियन महासंघ जिफन्टले राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री खनालले दलहरूस“ंगको वार्ता सकारात्मक भइरहेको भन्दै बढीमा २, ३ दिनभित्र सरकार फेरि विस्तार हुने बताउनुभयो ।

प्रधानमन्त्री खनालले जेठ १४ भित्र मुलुकलाई दलहरू मिलेर संक्रमणकालबाट मुलुकलाई सहज निकास दिनुपर्ने बताउनुभयो । सरकार शान्ति र संविधानको मार्गचित्र पूरा गर्न प्रतिवद्ध रहेको भन्दै उहा“ले शान्ति र संविधान निर्माण गरेर मुलुकलाई नया“ उचाइमा पु¥यााउनुको विकल्प नरहेको दोहो¥याउनुभयो ।

उहा“ले सामाजिक सुरक्षा प्रणालीलाई व्यवस्थित ढंगले लागू गर्नुपर्ने भन्दै सरकारले मजदुरको सरक्षालाई ध्याानमा राखेर सामाजिक सुरक्षा ऐन ल्याउने तयारी गरिरहेका्े जानकारी दिनुभयो । कार्यक्रममा जिफन्टका अध्यक्ष विष्णु रिमाल र नेपाल उद्याोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले श्रम र लगानीबीचको सन्तुलनको सेतुका रुपमा मई दिवशलाई उपयोग गर्नुपर्ने बताउनुभएको थियो ।ं सिकागोका संघर्षशील श्रमिक महिलाहरूले ८–८ घण्टा काम, माम र आरामको माग गरी आन्दोलन सफल पारेदेखि विश्वभर मे १ का दिन श्रमिक दिवश मनाउ“दै आइएको छ ।

तत्काल बजेट प्रस्तुत भए संसद अवरुद्ध गछौँ ः काँग्रेस मधेशवादी सहित ११ दल

सरकारले बजेट ल्याउने तयारी गरेपछि कांग्रेस लगायतका ११ प्रतिपक्षी दलले बजेट नल्याउन माग गर्दै संसद अवरुद्ध गर्ने भएका छन् ।

फोरम लोकतान्त्रिक संसदीय दलको कार्यलयमा आज बसेको ११ दलको बैठकले तत्काल बजेट ल्याउन नदिने सहमति गरेको हो । सरकारले बजेटको पछि लागेर शान्ति र संविधानको मुद्धालाई अवरुद्ध गर्न खोजेको भन्दै एकतर्फी बजेट ल्याउन खोजे संसद अवरोध गर्ने निर्णयमा प्रतिपक्षी दलहरू पुगेका छन् । बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन–पत्रमा ११ वटै दलको अडान यथावत रहेको बताउनुभयो ।
बैठकले बजेट ल्याउने बहानामा शान्ति र संविधानको एजेन्डालाई अबरुद्ध गर्न नदिने निर्णय गरेको उनीहरूको भनाइ छ । बजेट ल्याउने विषयमा ११ दलले दिएको ज्ञापन–पत्र यथावत रहेको भन्दै सहमति नभए भोलिको संसद् अवरुद्ध गर्ने दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेस, संयुक्त मधेसी मोर्चामा सहभागी तीन मधेसवादी दल, राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा नेपाल लगाएतका प्रतिपक्षी दल सहभागी थिए । उनीहरूले बजेटको विरोध गर्दै आएका छन् । उनीहरूले तत्काल बजेट ल्याउन नहुने भन्दै  प्रधानमन्त्री झलनाथ खनाल र सभामुख सुवासचन्द्र नेम्बाङलाई ज्ञापन–पत्र बुझाएका थिए ।

संवैधानि समितिको अवरोधबारे सभामुखद्धारा तिन दलका नेता सँग ः छलफल

संवैधानिक समितिमा देखिएको विवाद समाधानका लागि सभामुख सुवासचन्द्र नेम्वाङले तीन दलका शीर्ष नेतास“ग छलफल गर्नुभएको छ । संवैधानिक समितिको बैठकमा अवरोध सिर्जना गर्ने सभासद्हरूस“ग भोलि बिहान ११ बजे छलफल गर्ने निर्णय भएको का“ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको करिब डेढ घण्टा लामो छलफलमा  विषयगत समितिका सभापतिहरू पनि उपस्थित थिए ।

लोकतन्त्रप्रति इमान्दार हुन आग्रह : सुशील कोइराला

नेपाली का“ग्रेसका सभापति सुशील कोइरालाले माओवादीलाई शान्ति प्रक्रिया, संविधान निर्माण र लोकतन्त्रप्रति इमान्दार हुन आग्रह गर्नुभएको छ । प्रेस युनियनले आज झापाको विर्तामोडमा गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले माओवादीलाई भर्खरै सम्पन्न केन्द्रीय बैठकले पास गरेको निर्णय कार्यान्वयनमा इमान्दार हुन आग्रह गर्नुभयो । माओवादीले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको भन्दै उहा“ले प्रेस स्वत्रन्त्रता र लोकतन्त्रका लागि सञ्चारकर्मी चनाखो हुनुपर्ने बताउनुभयो । माओवादी इमान्दार भए एक सातामै शान्ति प्रक्रिया र संविधान निर्माण सम्पन्न हुने उहा“को भनाइ थियो ।

सबै सेवा ठप्प भएको आज चार दिन:क्यान्सर अस्पताल

चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा सबै सेवा ठप्प भएको आज चार दिन भईसक्दा पनि समस्या समाधानका लागि पहल हुन नसक्दा विरामीहरुको विचल्ली भएको छ ।


कार्यकारी निर्देशक नियुक्तिको विवादका कारण स्वास्थ्य सेवा अवरुद्ध भएपछि नियमित उपचार गराइरहेका, शल्यकृया तथा केमो थेरापी गराइरहेका विरामीहरु सबैभन्दा बढी मारमा परेका छन् । समस्या समाधानका लागि सरकार र राजनीतिक दलहरुलाई दवाव दिन अस्पतालका कर्मचारी तथा चिकित्सकको टोली गत विहीबार नै राजधानी आएपनि पनि समस्या समाधानको पहल हुन सकेको छैन । अस्पतालमा सेवा ठप्प हुदा नया“ बिरामी भर्ना हुन पाएका छैंनन् भने उपचार गराईरहेका बिरामीहरुको बिचल्ली भएको छ । गंभिर प्रकृतीका बिरामीहरुको स्वास्थ्य अबस्था दिनप्रतिदिन बिग्रदैं गएको छ । बिरामीको अबस्था बिग्रदैं गएपछि आफन्तहरु चिन्तित भएका छन् । भर्ना भएका कतिपय बिरामीहरु उपचार नपाएपछि घर फर्किएका छन् । लामो समयसम्म बिरामीलाई कुरेर बस्नुपर्ने अबस्था आएपछि बिरामीका कुरुवाहरु बेखर्ची भएका छन् । उनिहरुले तत्काल समस्या समाधानका लागि पहल गरिदिन सम्बन्धीत निकाएसंग पटक पटक आग्रह गरेपनि संमन्धित निकाए मौंन छ । सञ्चालक समितिको बैंठकले काग्रेस निकट डाक्टर लक्ष्मीनारायण सिंहलाई कार्यकारी निर्देशकमा चयन गरेपछि निवर्तमान कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठले बिरोध गर्दा समस्या उत्पन्न भएको हो । राजनितिक खिचातानीका कारण क्यान्सर अस्पताल धराशयी हुने देखिएको छ ।

अन्तराष्ट्रिय समाचार
मालदिभ्समा पनि सरकार विरोधी प्रर्दशन सुरु

माल्दिभ्सको राजधानी मालेमा प्रहरी र सरकारविरोधी प्रदर्शनकारीबीच भएको झडपमा परी ३० जना घाइते भएका छन् ।

राष्ट्रपति मोहमद नाशिदको राजीनामा माग गर्दै सडकमा ओर्लिएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास तथा लाठी चार्ज गरेको थियो । राष्ट्रपति नाशिदका कारण देशको अर्थतन्त्र नाजुक बन्दै गएको भन्दै प्रदर्शनकारीले सरकारको कडा आलोचना गरेका छन् । प्रदर्शनको नेतृत्व गरेको विपक्षी दल डीआरपीले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको बताएको छ । प्रहरीले भने सरकारी सम्पत्ति तोडफोडमा लागेका प्रदर्शनकारीलाई मात्र नियन्त्रणमा लिएको बताएको छ । यसअघि गत शनिबार खाद्य पदार्थको मूल्य वृद्धिको विरोध र रोजगारीको माग गर्दै प्रदर्शनमा उत्रिएका १० प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नाशिद ३० वर्षे एकात्मक राज्यसत्ताको अन्त्य गर्दै सन् २००८ मा मालदिभ्सका राष्ट्रपति बनेका थिए ।

लिबियामा गद्याफीका छोरा मारिए

नेटो सम्बद्ध सेनाको आक्रमणमा कर्णेल मुअम्मर गद्दाफीका २९ वर्षीय छोरा सैफ अल अराब मारिएका छन् ।

मारिएका गद्दाफी छोरा सैफ अल अराब आप्mना दाइ सैफ अल इस्लामभन्दा कम राजनीतिक अनुभव भएका र भर्खरै जर्मनीबाट अध्ययन सकेर लिबिया फर्किएका थिए । यसअघि कर्णेल गद्दाफीका तीन नातिनातिना उनको बब अल अज्जाजियास्थित घरको कम्पाउन्डमै मारिएका थिए । त्यसबेला कर्णेल गद्दाफी नातिनातिनास“गै भए पनि बा“चेका थिए । यता, नेटो सेनाले कुनै व्यक्तिमाथि नभई सुपरिचित शक्तिकेन्द्रलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । आक्रमणमा गद्दाफीको परिवारजन मारिएको समाचारप्रति सचेत रहेको बताए पनि नेटो सेनाले थप प्रतिक्रिया दिएको छैन । नेटो सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल बोउचार्डले कारबाहीका क्रममा कतिपय सर्वसाधारण मारिएकोमा दुःख व्यक्त गरेका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नोटो सेना संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को योजना मुताविक अघि बढेको दाबी गरेका छन् । क्यामरुनले गद्दाफीको सेनाबाट सर्वसाधारणलाई बचाउन नेटो सेनाले कारबाही गरेको बताए । उता चीन र रसियाले भने नेटो सेना सुरक्षा परिषद्को म्यान्डेडभन्दा बाहिर गएको आरोप लगाएका छन् ।

खेल समाचार
‘ए’ डिभिजन फुटबल

राजधानीमा जारी सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा यति हिमालयन शेर्पा र त्रिभुवन आर्मीले विजयी सुरुवात गरेका छन् ।

महत्वपूर्ण तीन अंक बटुल्ने क्रममा शेर्पाले मछिन्द्र क्लबलाई ३–१ ले पराजित ग¥यो । खेलको २९औं मिनेटमा सुरज गुरुङले डिफेन्डरलाई बिट गर्दै गोल गरेर अग्रता भने मछिन्द्रले लिएको थियो । तर मछिन्द्रको अग्रता तीन मिनेट पनि टिक्न सकेन । ३२औं मिनेटमा शेर्पाका जगजीत श्रेष्ठको क्रसलाई पुकार गहतराजले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको पा“चौ मिनेटमा हिमालयन शेर्पालाई  जगजीत श्रेष्ठले आकर्षक भलिमार्फत गोल गरेर अग्रता दिलाए । शेर्पाका लागि खेलको अन्तिम मिनेटमा जगजीत श्रेष्ठले नै वान भर्सेन वानमा गोल गर्दै तीन अंक पक्का गराए । यस्तै आजै भएको अर्काे खेलमा त्रिभुवन आर्मीले महिन्द्रा बा“सबारी क्लबलाई ४–० ले पराजित ग¥यो । ‘ए’ डिभिजनको नवप्रवेशी बा“सबारीले आर्मीलाई पहिलो ५० मिनेटसम्म रोके पनि ५१औं मिनेटमा गोल खान बाध्य भयो । बा“सबारीका डिफेन्डरको गल्तीको फाइदा उठाउदै आर्मीका टंक बस्नेतले देब्रे खुट्टाले प्रहार गरेको सशक्त प्रहारले जाली चुमेको थियो । पहिलो गोल गरेको पा“च मिनेटमै  आर्मीले गोल अन्तर दोब्बर बनायो । आर्मीका हरि महतोलाई बा“सबारीका दिल तामाङले पेनाल्टी एरियामा लडाएपछि आर्मीले पेनाल्टी पायो । प्राप्त पेनाल्टीलाई आर्मीका गोलकिपर विकास मल्लले गोलमा परिणत गरेका थिए । यस्तै आर्मीका लागि तस्रो गोल खेल सकिन पा“च मिनेट बा“की छ“दा सन्तोष नेपालीले रिवाउन्डमा गरेका थिए । आर्मीका चक्र तामाङले खेल सकिन एक मिनेट बा“की छ“दा गोल गर्र्दै खेललाई ४–० को स्थितिमा पु¥याएका थिए । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा मनाङ मस्र्याङ्दी र युनाइटेड युथ तथा दोस्रो खेलमा नेपाल पुलिस र कोइलापानी पोलस्टार क्लब आमनेसामने हुनेछन् ।

No comments: