देशको संकट निवारणमा एक हुन राष्ट्रपतिद्धार तिन दललाइ सुझाव
राष्ट्रपति डाक्टर रामवरण यादवले प्रमुख राजनीतिक दललाई एकताबद्ध रूपमा अघि बढेर मुलुकको संकट निवारण गर्न आग्रह गर्नुभएको छ ।
अपरान्ह तीनै दलका शीर्ष नेतालाई शीतल निवासमा आमन्त्रण गरेर यादवले यस्तो सुझाव दिनुभएको हो । नया“ संविधान निर्माणको म्याद सकि“दै गर्दा यादवले यसप्रति चिन्ता गर्नुभएको हो । राष्ट्रिय सहमतिबिना शान्ति र संविधानले निचोड नपाउने हु“दा पनि एक भएर अघि बढ्न राष्ट्रपतिले सुझाव दिनुभएको का“ग्रेस सभापति सुशील कोइरालाले जानकारी दिनुभयो । एक घण्टा बढी चलेको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली का“ग्रेसका सभापति सुशील कोइरालाको सहभागिता थियो । आगामी आर्थिक वर्षको बजेट, संविधानसभाको म्याद थप तथा शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउने विषयमा पनि छलफल भएको बताइएको छ ।
संसदको बजेट अधिवेशन आजबाट सुरु
व्यवस्थापिका संसदको बजेट अधिवेशन आजबाट सुरु भएको छ । सभामुख सुवास नेम्वाङले संसद्को बैठकमा संसद्को १० औं अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि बजेट अधिवेशन सुरु भएको हो । सभामुख नेम्वाङले पत्र पढिरहनुह“दा संविधानसभामा सीमान्तकृत समुदायको हकअघिकार सुनिश्चित गर्न माग गर्दै चार सभासद्ले नाराबाजी गरिरहेका थिए । सभामुखले प्रक्रिया नपु¥याई नाराबाजी गरेको भन्दै बैठक अघि बढाउनुभएको थियो । बजेट अधिवेशन बैशाखमै सुरु भए पनि बजेट आउने मिति भने निश्चित छैन । यसअघि सरकारले जेठ ९ गते बजेट ल्याउने तयारी गरेको थियो तर प्रमुख प्रतिपक्षी दल का“ग्रेसको असहमतिका कारण जेठ १४ अघि बजेट आउने सम्भावना छैन । बैठकपछि का“ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जेठ १४ अघि बजेट नल्याउने सहमति भएको जानकारी दिनुभयो । संसद्को अर्को बैठक आगामी २५ गते तीन बजे बोलाइएको छ ।
संविधान सभाको म्याद थप्न एमाले र माओवादी बिच सहमति
सत्ता साझेदार एमाले र माओवादीबीच संविधानसभाको म्याद थप्ने सहमति भएको छ । सिंहदरबार स्थित माओवादी संसदीय दलको कार्यालयमा आज बसेको माओवादी र एमालेका शीर्ष नेताहरुको बैठकमा म्याद थप्ने विषयमा सहमति भएको हो । म्याद कति थप्ने भन्ने बारे प्रमुख प्रतिपक्षी कांग्रेससंगको छलफलपछि टुगो लगाइने सहमति भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो । दुई दलबीचको छलफलमा जेठ १४ भित्र संवैधानिक समितिमा रहेका विवादित मुद्दामा सहमति जुटाएर एकीकृत मस्यैदा तयारी गरी जनतामा लैजाने , सेना समायोजनाको मोडालिटिका सम्बन्धमा दलहरुबीच छलफल गरी सहमति कायम गर्ने सहमति भएको श्रेष्ठले बताउनुभयो ।
बैठकमा सरकारले ल्याउन लागेको शीघ्र बजेटका विषयमा पनि कांग्रेस लगायतका दलसंग छलफल गरी सहमति कायम गरेर बजेट ल्याउने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड,सहित दुवै दलका शीर्ष नेताहरुको सहभागिता थियो । संविधानसभाको म्याद सकिन अब २६ दिनमात्रै बांकी छ ।
शान्ति र संविधान निमार्णको आशा कायमै छ ः प्रधानमन्त्री झलनाथ खनाल
प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधान निष्कर्षमा पुग्ने आशा जागेको बताउनुभएको छ ।
ललितपुरमा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषदको आठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री खनालले संविधान निर्माण निष्कर्षमा पुग्नेमा सकारात्मक संकेत देखिएको बताउनुभयो ।
माओवादीले केन्द्रीय समिति बैठकबाट शान्ति र संविधानको कार्यदिशा पारित गरेको प्रति इंगित गर्दै प्रधानमन्त्री खनालले शान्ति र संविधानको कार्यभार पूरा हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । आफूसं“गको कुराकानीमा माओवादी नेताहरुले शान्ति र संविधानप्रति पटक पटक प्रतिबद्धता जनाएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । प्रधानमन्त्री खनालले सेना समायोजनको मोडालिटी र पुर्नस्थापनाको संख्या पनि छिट्टै टुंगो लगाइने जानकारी दिनुभयो । संविधान निर्माणमा दलहरुबीच खासै विवाद नरहेको चर्चा गर्दै उहांले राज्य पुर्नसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा विवाद रहेपनि राज्य पुर्नसंरचनामा अलि बढी समस्या देखिएको जानकारी दिनुभयो । अब संसोधन नहुने गरी संविधानसभाको अन्तिम तालिका बनाउनुपर्ने प्रधानमन्त्री खनालले बताउनुभयो । साना दलका चारजना सभासदको अवरोधका कारण संविधानसभाले आफ्नो काम अगाडि बढाउन नसकेको उहांले जानकारी दिनुभयो ।
प्रधानमन्त्री खनालले संक्रमणकाललाई पार लगाउन सार्थक आर्थिक क्रान्तिमा जानुको विकल्प नरहेको चर्चा गर्नुभयो । नयां बजेटमा आदिबासी जनजातिका समस्यालाई सम्बोधन गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले आदिबासी जनजातिलाई अधुरो संविधान स्वीकार्य नहुने बताउनुभयो । संविधानसभामा रहेका २८ वटा दलले संविधानसभालाई बन्धक बनाएको उहांको आरोप थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तीलविक्रम नेम्वाङ र मानव अधिकारकर्मी पद्यमरत्न तुलाधरलाई सम्मान गरिएको थियो ।
सुचना र प्रविधी सरकारको प्राथमिकतामै छ ः संचारमन्त्री महरा
उपप्रधान एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले सूचना प्रविधिको क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
कम्प्युटर एसोसिएसन अफ नेपाल क्यानले गरेको आइसीटी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रममा सञ्चारमन्त्री महराले हातहातमा मोबाइल र घरघरमा इन्टरनेट अभियानलाई अझ परिमार्जित रूपमा अघि बढाउने बताउनुभयो । मन्त्री महराले नै अघिल्लोपटक सञ्चारमन्त्री रह“दा हातहातमा मोबाइल र घरघरमा इन्टरनेटको नारा सुरु गर्नुभएको थियो । उहा“ले अब हातहातमा मोबाइल, घरघरमा इन्टरनेट र गाउ“गाउ“मा ताररहित इन्टरनेट ब्रोडव्याण्ड अभियान सुरु गर्ने बताउनुभयो ।
नया“ प्रविधिमार्पmत पुरानो सोचलाई नया“ सोचमा ढाल्दै अघि बढ्नु आजको आवश्यकता रहेको उहा“को भनाइ थियो । क्यानले आज सूचना प्रविधि दिवसको अवसर पारेर विभिन्न तीन विधामा आइसीटी एक्सिलेन्स अवार्ड प्रदान गरेको छ । बिजनेस एक्सिलेन्स अवार्ड सञ्जीवराज भण्डारी, बेस्ट युजर ईन पब्लिक सेक्टर आन्तरिक राजश्व विभाग र प्राइभेट सेक्टरको अवार्ड काठमाडौं मोडल अस्पताललाई प्रदान गरिएको छ ।
कोरियन भाषा परीक्षा इपीएसको आवेदन खुला : कोरिया इपीएस
श्रम तथा यातायात व्यवस्था मन्त्रालय वैदेशिक रोजगार विभागले कोरियन भाषा परीक्षा इपीएसको आवेदन खुला गरेको छ । बैशाख १९ गते आजबाट खुला गरिएको आवेदन भर्ने अन्तिम म्याद भने बैशाख २२ गतेसम्म तोकिएको छ । फारम वितरण कीर्तिपुर, गौशाला र बालकुमारीमा बिहान ९ बजेबाट सा“झ ६ बजेसम्म हुने जनाइएको छ । फारमको शुल्क प्रति फारम १ हजार ७ सय १० रुपैया“ तोकिएको छ । वैदेशिक रोजगारमा दक्षिण कोरिया जानका लागि इपीएस परीक्षा अनिवार्य छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालय वैदेशिक रोजगार विभागले इपीएसको आवेदन खुलाएको यो तेस्रोपटक हो । विभागका अनुसार यसपटक इपीएस कोटा ७ हजार १ सय ५० रहेको छ । आवेदन फारम भर्नका लागि देशभरका युवायुवतीहरू काठमाडौं आएका छन् ।
आतंकवादी संजाल अल कायदाका संस्थापक नेता ओसामा बिन लादेनको मृत्यु भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार लादेनको शव अमेरिकाको स्वामित्वमा रहेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लादेनको मृत्युस“गै आतंकवाद विरुद्धको युद्धमा महत्वपूर्ण जीत हासिल भएको बताएका छन् । देशवासीलाई सम्बोधन गर्दै ओबामाले लादेनलाई मार्ने अमेरिकी गठबन्धन सेनाको निकै तारिफ गरेका छन् । अब विश्वमा शान्ति तथा स्थिरता कायम हुने विश्वास पनि ओबामाले लिएका छन् । आतंकवाद विरुद्धको युद्धमा सहयोग गर्ने सबै मित्र राष्ट्रहरुप्रति आभार व्यक्त गर्दै ओबामाले युद्धका क्रममा मारिएका सबै प्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।
यसैबिच भारतले ओसामा बिन लादेन पाकिस्तानी राजधानी इस्लामाबादनजिकै मारिनुले पाकिस्तानले आतंकवादीलाई संरक्षण दिएको पुष्टि भएको बताएको छ ।
पाकिस्तानले विभिन्न्न आतंकवादी संगठनहरूलाई संरक्षण दिइरहेको भारतीय गृहमन्त्री पी. चिदम्बरणले आरोप लगाएका छन् । बिन लादेन पाकिस्तानको राजधानी नजिकै मारिनु भारतका लागि निकै चासोको विषय भएको चिदम्बरणको भनाइ छ । चिदम्बरणले पाकिस्तानलाई सन् २००८ मा भएको मुम्बई हमलामा संलग्नहरूलाई पक्राउ गर्न पनि आग्रह गरेको छ । भारतले मुम्बई हमलामा पाकिस्तानको लस्करे ए तोइबा नामक संगठनको हात रहेको दाबी गर्दे आएको छ । यसैबीच लादेनको मृत्युपछि विश्वभरबाट प्रतिक्रिया आउनेक्रम जारी छ । लादेनको मृत्युले इराक निकै खुसी भएको इराकी विदेशमन्त्री होसार जेवरीले बताएका छन् । बिन लादेनको सिद्धान्तमा लागेर धेरै इराकीले ज्यान गुमाएको भन्दै जेवरीले लादेनको मृत्यु इराकका लागि खुशीको क्षण भएको प्रतिक्रिया दिएका छन् । यसैगरी अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले लादेनको मृत्यु अमेरिकी जनताको जीत भएको बताएका छन् । अर्का अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले लादेनको मृत्यु शान्ति र स्वतन्त्रता चाहने सबैका लागि खुसीको कुरा भएको बताएका छन् । अफगानी राष्ट्रपति हमिद कारजाईले लादेनको मृत्युस“गै आतंकवादको अन्त्य हुने आशा व्यक्त गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानीले सैनिक अपरेसनमा भाग लिएकाहरूलाई बधाई दि“दै लादेनको मृत्यु एक ठूलो विजय भएको बताएका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनले पनि लादेनको मृत्युपछि आतंकवादको सञ्जाल ध्वस्त हुने अपेक्षा गरेका छन् । तर फ्रान्सेली राष्ट्रपति निकोलस सार्काेजीले भने आतंकवादले ऐतिहासिक धक्का बेहोरेको भएपनि यो घटनाले आतंकवादको समूल अन्त्य भने नहुने दाबी गरेका छन् । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लादेनको मृत्यु न्याय र स्वतन्त्रताको जीत भएको बताएका छन् । रूसले आतंकवादविरूद्धको युद्धमा अमेरिकाले हासिल गरेको सफलताको स्वागत गर्दै सबै आतंकवादीहरूले यही नियति भोग्ने दाबी गरेको छ ।
राजधानीमा जारी सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी र नेपाल पुलिस विजयी भएका छन् ।
विजयी सुरुवात गर्ने क्रममा मनाङले नवप्रवशी युनाइटेड युथलाई ५–० ले पराजित ग¥यो । मनाङको जितमा सन्तोष साहुखल नायक सावित भए । सन्तोषले मनाङलाई सानदार जित दिलाउने क्रममा ह्याट्रिक पूरा गरेका थिए । सन्तोषले खेलको १६औं, ३७औं र ६४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै खेलको ७१औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै मनाङको अग्रता अझ फराकिलो पारेका थिए । मनाङका विजय गुरुङले खेलको ७३औं मिनेटमा गोल गर्दै खेललाई ५–० को स्थितिमा ल्याएका थिए । यो खेलको समाप्तिस“गै सबै टोलीले एक–एक खेल पूरा गरेका छन् । पहिलो चरणका खेलहरू सकि“दासम्ममा पहिलोपटक ‘ए’ डिभिजनमा पुगेका हिमालयन शेर्पाबाहेक अन्य टोलीले नराम्रो हार ब्यहोरेका छन् । राष्ट्रिय खेलाडीहरूको साथ पाएको शेर्पाले मछिन्द्रलाई ३–१ ले हराएको थियो । यता अन्य नवप्रवशी टोलीले भने गोलको खातासमेत खोल्न सकेका छैनन् । प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले नवलपरासीको कोइलापानी पोलस्टार क्लबलाई ४–० ले पराजित गरेको छ । कोइलापानीले पुलिसलाई पहिलो हाफसम्म कुनै गोल गर्न दिएको थिएन । तर दोस्रो हाफ सुरु भएलगत्तै पुलिसले गोलको खाता खोल्यो । पुलिसका लागि भरत खवासले ४८औं मिनेटमा, जुमानु राईले ४३औं र ५५औं मिनेटमा तथा भोला सिलवालले ८१औं मिनेटमा गोल गरेका थिए । यस अघि बौद्धलाई चार गोल गरिसकेका जुमानुले जारी लिगमा ६ गोल गरिसकेका छन् ।
![]() |
President Dr. Rambaran Yadav |

अन्तराष्ट्रिय समाचार
पाकिस्तानमा ओसामा बिन लादेनको अमेरिकाद्धारा सफाया
![]() |
Osama Bin Laden killed by Us Army |
आतंकवादी संजाल अल कायदाका संस्थापक नेता ओसामा बिन लादेनको मृत्यु भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार लादेनको शव अमेरिकाको स्वामित्वमा रहेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लादेनको मृत्युस“गै आतंकवाद विरुद्धको युद्धमा महत्वपूर्ण जीत हासिल भएको बताएका छन् । देशवासीलाई सम्बोधन गर्दै ओबामाले लादेनलाई मार्ने अमेरिकी गठबन्धन सेनाको निकै तारिफ गरेका छन् । अब विश्वमा शान्ति तथा स्थिरता कायम हुने विश्वास पनि ओबामाले लिएका छन् । आतंकवाद विरुद्धको युद्धमा सहयोग गर्ने सबै मित्र राष्ट्रहरुप्रति आभार व्यक्त गर्दै ओबामाले युद्धका क्रममा मारिएका सबै प्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।
यसैबिच भारतले ओसामा बिन लादेन पाकिस्तानी राजधानी इस्लामाबादनजिकै मारिनुले पाकिस्तानले आतंकवादीलाई संरक्षण दिएको पुष्टि भएको बताएको छ ।
पाकिस्तानले विभिन्न्न आतंकवादी संगठनहरूलाई संरक्षण दिइरहेको भारतीय गृहमन्त्री पी. चिदम्बरणले आरोप लगाएका छन् । बिन लादेन पाकिस्तानको राजधानी नजिकै मारिनु भारतका लागि निकै चासोको विषय भएको चिदम्बरणको भनाइ छ । चिदम्बरणले पाकिस्तानलाई सन् २००८ मा भएको मुम्बई हमलामा संलग्नहरूलाई पक्राउ गर्न पनि आग्रह गरेको छ । भारतले मुम्बई हमलामा पाकिस्तानको लस्करे ए तोइबा नामक संगठनको हात रहेको दाबी गर्दे आएको छ । यसैबीच लादेनको मृत्युपछि विश्वभरबाट प्रतिक्रिया आउनेक्रम जारी छ । लादेनको मृत्युले इराक निकै खुसी भएको इराकी विदेशमन्त्री होसार जेवरीले बताएका छन् । बिन लादेनको सिद्धान्तमा लागेर धेरै इराकीले ज्यान गुमाएको भन्दै जेवरीले लादेनको मृत्यु इराकका लागि खुशीको क्षण भएको प्रतिक्रिया दिएका छन् । यसैगरी अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले लादेनको मृत्यु अमेरिकी जनताको जीत भएको बताएका छन् । अर्का अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले लादेनको मृत्यु शान्ति र स्वतन्त्रता चाहने सबैका लागि खुसीको कुरा भएको बताएका छन् । अफगानी राष्ट्रपति हमिद कारजाईले लादेनको मृत्युस“गै आतंकवादको अन्त्य हुने आशा व्यक्त गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानीले सैनिक अपरेसनमा भाग लिएकाहरूलाई बधाई दि“दै लादेनको मृत्यु एक ठूलो विजय भएको बताएका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनले पनि लादेनको मृत्युपछि आतंकवादको सञ्जाल ध्वस्त हुने अपेक्षा गरेका छन् । तर फ्रान्सेली राष्ट्रपति निकोलस सार्काेजीले भने आतंकवादले ऐतिहासिक धक्का बेहोरेको भएपनि यो घटनाले आतंकवादको समूल अन्त्य भने नहुने दाबी गरेका छन् । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लादेनको मृत्यु न्याय र स्वतन्त्रताको जीत भएको बताएका छन् । रूसले आतंकवादविरूद्धको युद्धमा अमेरिकाले हासिल गरेको सफलताको स्वागत गर्दै सबै आतंकवादीहरूले यही नियति भोग्ने दाबी गरेको छ ।
खेल समाचार
‘ए’ डिभिजन लिग फुटबलराजधानीमा जारी सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी र नेपाल पुलिस विजयी भएका छन् ।
विजयी सुरुवात गर्ने क्रममा मनाङले नवप्रवशी युनाइटेड युथलाई ५–० ले पराजित ग¥यो । मनाङको जितमा सन्तोष साहुखल नायक सावित भए । सन्तोषले मनाङलाई सानदार जित दिलाउने क्रममा ह्याट्रिक पूरा गरेका थिए । सन्तोषले खेलको १६औं, ३७औं र ६४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै खेलको ७१औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै मनाङको अग्रता अझ फराकिलो पारेका थिए । मनाङका विजय गुरुङले खेलको ७३औं मिनेटमा गोल गर्दै खेललाई ५–० को स्थितिमा ल्याएका थिए । यो खेलको समाप्तिस“गै सबै टोलीले एक–एक खेल पूरा गरेका छन् । पहिलो चरणका खेलहरू सकि“दासम्ममा पहिलोपटक ‘ए’ डिभिजनमा पुगेका हिमालयन शेर्पाबाहेक अन्य टोलीले नराम्रो हार ब्यहोरेका छन् । राष्ट्रिय खेलाडीहरूको साथ पाएको शेर्पाले मछिन्द्रलाई ३–१ ले हराएको थियो । यता अन्य नवप्रवशी टोलीले भने गोलको खातासमेत खोल्न सकेका छैनन् । प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले नवलपरासीको कोइलापानी पोलस्टार क्लबलाई ४–० ले पराजित गरेको छ । कोइलापानीले पुलिसलाई पहिलो हाफसम्म कुनै गोल गर्न दिएको थिएन । तर दोस्रो हाफ सुरु भएलगत्तै पुलिसले गोलको खाता खोल्यो । पुलिसका लागि भरत खवासले ४८औं मिनेटमा, जुमानु राईले ४३औं र ५५औं मिनेटमा तथा भोला सिलवालले ८१औं मिनेटमा गोल गरेका थिए । यस अघि बौद्धलाई चार गोल गरिसकेका जुमानुले जारी लिगमा ६ गोल गरिसकेका छन् ।
No comments:
Post a Comment