प्रधानमन्त्रीद्वारा संसदलाइ संवोधन, सरकारमा सामेल हुन कागे्रसलाइ आग्रहः
![]() |
PM JN Khanal speaking at Congress |
काठमाण्डौ, माघ २७ । प्रधानमन्त्री झलनाथ खनालले सरकारमा सामेल भएर वर्तमान सरकारलाइ राष्ट्रिय सहमतिको स्वरुप प्रदानगर्न कागे्रस लगायतका दलहरुसंग आह्वान गर्नुभएको छ । व्यबस्थापिका संसदको बैठकलाइ आज पहिलो पटक संवोधनगर्दै प्रधानमन्त्री खनालले शान्ति र संविधान निर्माणलाइ सही ढंगले टुङ्गाउन दलहरुबीच सहमतिको विकल्प नभएको भन्दै सरकारमा सहभागि हुन कागे्रससंग आग्रह गर्नुभएको हो ।
सहमतिय सरकार गठनको अथक प्रयास सार्थक बन्न नसकेपछि बहुमतिय सरकार गठनमा जानु परेको स्मरणगर्दै प्रधानमन्त्रीले बहुमतिय सरकारलाइ समेत राष्ट्रिय स्वरुप प्रदान गर्न सकिने बताउनु भयो । प्रधानमन्त्री खनालले शान्ति प्रक्रिर्यालाइ सार्थक निर्कर्षमा पु¥याइ, संविधान निर्माण गर्नु आफ्नो सरकारको मुख्य दायित्व भएको बताउदै संविधान बनाउन सरकारले कुनै कसर बाकी नराख्ने उल्लेख गर्नुभयो । शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याएर गणतन्त्रको सुद्रिढिकरण मार्फत देशलाइ आर्थीक सामाजिक रुपान्तरण गर्नु अहिलेको राष्ट्रिय दायित्व भएको उहाँको भनाइ छ ।
‘शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याउनु सरकारको अर्जुन दृष्टि हुने छ,’ प्रधानमन्त्रीले भन्नुभयो । वामपन्थी धुब्रीकरणको वकालतले देशलाइ दुर्घटनामा पार्ने भन्दै सामाजिक न्याय सहितको लोकतन्त्र मै मुलुकको भविश्य रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । माओवादीसंग भएको सात बुदे सहमतिले शान्ति प्रक्रिर्यालाइ पूर्णतामा पु¥याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधाननमन्त्रीले मूल्यबृद्धि नियन्त्रण र गरिवलाइ राहात दिने सरकार दृढ प्रयत्नशील हुने दावी गर्नुभयो ।
द्वन्दपीडितलाइ राहत र विस्थापितको सम्पत्ति फीर्ता गर्न सरकारले विशेष महत्व दिने बताउनुभयो । लोडसेडिङ अन्त्यको लागि सरकारले तत्काल पहल गर्ने दावी गर्नुभयो । प्रधानमन्त्रीले छिमेकी मुलुक भारत र चिनसंग आपसी हितका आधारमा सम्बन्ध अझ प्रगाढगर्न सरकारले महत्व दिने बताउनुभयो ।
सहमतिको जग नबिर्षन माओवादीद्वारा सरकारलाइ सुझाबः
काठमाडौँ, माघ २७ । एकीकृत नेकपा माओवादीले शान्ति प्रकृयाको पुर्णताका लागि एमाले नेतृत्वको सरकारलाई माओवादीले समर्थन गरेको उल्लेखगर्दै आफ्नो जग नबिर्षन प्रधानमन्त्रीलाइ सुझाव दिएको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकलाइ संवोधनगर्दै माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार गठन हुदाको सात बुदे सहमति कार्यान्वयनमै मुलुकको राजनीतिक भविश्य रहेको बताउनु भएको हो । माओवादीले सात बुँदे सम्झौताको पालना, राष्ट्रिय स्वाधिनताको रक्षा एवं शान्ति र संविधान निर्माण प्रकृयाको पुर्णता दिने कार्यलाइ प्राथमिकतामा राख्न सरकारलाइ सुझाव दिएको छ ।
माओवादी र एमालेबीच भएको सातबुदे सहमतिले देशलाइ निकास दिएपनि त्यसको बुझाइमा द्विविदा भएका कारण माओवादीले सरकारमा सामेल नहुने निर्णय गरेको प्रकाशले बताउनुभयो । सरकारमा सहभागि नभएपनि बाहिरवाट सरकारलाइ समर्थन भने जारी राख्ने उल्लेख गर्नुभयो । उहाँले सातबुदे सहमतिमा भएको माओवादी लडाकुको छुट्टै फोर्स निर्माण गर्न शान्ति सम्झौता र अन्तरिम संविधानले नरोकेको भन्दै देशको सुरक्षाको लागि छुट्टै फोर्स पनि निर्माण हुनसक्ने भन्दै सोही दिशामा लाग्न सरकारसंग आग्रह गर्नुभयो ।
कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति र संविधान निर्माणलाइ केन्द्र विन्दुमा राखेर कामगर्न सरकारलाइ सुझा दिनुभयो । ‘राम्रो काम गर्नुस प्रधानमन्त्रीलाइ शुभकामना छ, पौडेलले भन्नुभयो–खुट्टा लर्वरायो भनेपनि विपक्षमा बसेर सच्चाउन कागे्रस तयार रहने छ ।’ अन्तरिम संविधानमा भएको व्यबस्था र जनतामा गरेको कबुलका आधारमा नयाँ संविधान बनाउन कागृ्रसले विपक्षमा बसेरपनि समर्थन गर्ने पौडेले बताउनुभयो ।
शान्ति प्रक्रिर्या टुङ्गोमा नपुगि बन्नेसंविधानले जनताका अधिकारको रक्षा गर्ननसक्ने भन्दै संविधान जारीगर्नुपूर्व शान्ति प्रक्रिर्या पूर्णतामा बनाउनमा ध्यान केन्द्रीत गर्न सरकारलाइ सुझाव दिनुभयो । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सरकारले माओवादी लडाकुलाई विशेष समिति मातहत ल्याउने कार्य तत्काल सुरु गर्नुपर्ने बताउनुभयो
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरीले सरकारका काम कार्वाहीको मूल्याङ्गकनका आधारमा विपक्षमा बसेर सहयोग वा विरोधको नीति लिने बताउनुभयो । मधेशी फोरमका चन्द्रिका यादवले मधेश देखी हिमाल सम्मलाई मिलाएर अघि बढन प्रधानमन्त्रीलाइ सुझाव दिनुभयो । राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ्गले अन्य सानादलका नेताहरुले पनि शान्ति प्रक्रिर्यालाइ पूर्णतामा पु¥याउन साना दलको समर्थन लिएर अघि बढ्न सुझाव दिनुभयो ।
यसैबीच, सरकारले पूर्वबर्ती सरकारले ल्याएको अध्यादेश अनुमोदनका लागि आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र ऋण तथा जमानत अठारौ संशोधन अध्यादेश संसदमा पेश गरेको छ । संसदको आज बसेको बैठकमा उपप्रधानमन्त्री भरत मोअन अधिकारीका तर्फवाट मन्त्रीविष्णु पौडेलले ती अध्यादेश संसदमा टेबल गर्नु भएको हो । ती अध्यादेश फागुन ३ गतेसम्म पारित गर्नु पर्ने सम्बैधानिक व्यबस्था छ । संसदको आर्को बैठक आगामी शनिवार दिउसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।
राजधानी जोड्न सुरुङमार्ग गठन गर्ने सरकारको निर्णयः
काठमाडौँ, माघ २७ । सरकारले राजधानी काठमाण्डौ उपत्यका जोडने नाकामा सवारी जाम कमगर्न काठमाण्डौको नागढुङ्गा देखी धादिङ्गको झ्याप्ले खोलासम्म सुरुङ्गमार्ग खोल्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको पहिलो बैठकले २ दशमलव ४ देखी ३ किमि सम्मको सुरुङ्गमार्ग निर्माण गर्ने निर्णय गरेको हो । दुइ बर्षको अबधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाकालागि २ अर्ब ८० करोड बजेट विनियोजन गरिएको सरकारका प्रवक्ता गंगाधर तुलाधरले जानकारी दिनुभयो ।
सरकारले शान्ति प्रक्रिर्यालाइ पूर्णतामा पु¥याउन सबै दललाइ सहमतिमा आउन आग्रह गर्दै सरकारमा सामेल हुन आग्रह समेत गरेको छ । तोकिएको समयमा शान्ति र संविधान निर्माण प्रक्रिर्या सम्पन्नगर्न सहमतिको विकल्प नभएको भन्दै सरकारमा सहभागि हुन अन्यदलसंग आग्रह गर्ने निर्णय भएको प्रवक्ता तुलाधरले बताउनुभयो । बैठकले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश लगायत ४ अध्यादेश पारित गरि संसदमा पठाउने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले मन्त्री तुलाधरलाइ सरकारको प्रवक्ता तोकेको छ ।
सर्वाेच्च अदालतद्धारा पशुपतिनाथको ढुकुटि नखोल्न अन्तरिम आदेश
![]() |
Pashupatinath Temple |
काठमाडौँ, माघ २७ । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरको ढुकुटि तत्कालका लागि नखोल्न सरकारलाई अन्तररिम आदेश दिएको छ । न्याययिधशद्धय मोहनप्रकाश सिटौला र सुशिला कार्कीको संयुक्त इजलासले मुद्धाको अन्तिम फैसला नहुन्जेलसम्मका लागि मन्दिको ढुकुटी नखोल्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले यसअघि गत १९ गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिदै पनि पशुपतिनाथको ढुकुटी नखोल्न पून आदेश दिएको हो ।
यसअघि न्यायधिश गिरिशचन्द्र लालको एकल इजलासमा सर्वोच्चले ढुकुटीमा रहेको सम्पत्तीको लेखाजोखा नराखिएकोले पशुपतिको ढुकुटी खोल्दा अपुरणिय क्षती हुने ठहर गर्दै सर्वोच्चले आदेश जारी गरेको थियो । लामो समय देखि बन्द रहेको मन्दिेरको ढुकटी खोल्न सरकारले गरेको निर्णय बिरुद्ध भरतमणि जङगमले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
माओवादी–एमाले गठबन्धनको आयु छोटिने संकेतः
काठमाडौँ, माघ २७ । सरकार गठनमा हातेमालो गरेको एक साता नवित्दै माओवादी र एमालेबीचको सहकार्य सङकटमा परेको छ । गृह मन्त्रालयमा दुबै दलले दावी नछाडेसँगै मन्त्रालय भागबन्डामा देखिएको विवादले अन्तत माओवादी सरकारमा नै नजाने निशकर्षमा पुगेको छ । सरकार गठन पुर्व एमाले अध्यक्ष झलनाथ खनालसँग भएको सात बुँदै सहमतीको कार्यन्वयनमा एमालेले धोका दिएको भन्दै माओवादीले आज एक्कासी आफैले समर्थन गरेको सरकारमा नजाने घोषणा गरेसँगै दुई वाम दलको सहकार्य कठिन मोडमा पुगेको हो ।
सात बुँदे सहमति र मन्त्रालय बाँडफाँटमा सहमति गर्न एमाले र एकीकृत माओवादीका शिर्ष नेतृत्ववीच आज विहान भएको छलफलमा कुरा मिल्न नसकेपछि माओवादीले तत्कालका लािग सरकारमा नजाने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बाुलुवाटारमा भएको छलफलपछि पत्रकारहरुसंग कुरा गर्र्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सात बुदे सम्झौतामा कुरा नमिलेकाले सरकारमा सहभागी नुहने निर्णय गरेकोे जानकारी दिनुभयो । प्रकाशले सम्झौताको भावना अनुसार कार्य विभाजनमा एमाले अगाडी जान तत्परता नदेखिएको बताउनुभयो । उहाँले अब सरकारले भुमिका र काम हेरर मात्र नयाँ निणर्य गरिने बताउनुभयो ।
छलफलमा एमाले नेताहरुले सात बुँदे सहमति परिमार्जित गर्नु पर्ने र गृहमन्त्रालयले आफुहरुले नै पाउनु पर्ने अडान कायमै राखेपछि त्यसप्रति माओबादीले असहमति जनाउदै सरकारमा नजाने निर्णय गरेको प्रकाशले बताउनु भयो । माओवादी तत्काललाई सरकार बसेर पनि फ्लोरबाट भने समर्थन गर्ने बताउनुभयो ।
उपाध्यक्ष प्रकाशले प्रधानमन्त्री निर्बाचनको बेलामा भएको सहमती एमालेले उल्लङघन गरेर देशी बिदेशी शक्तिको इसारामा चल्न खोजेको आरोप लगाउनु भयो । यो गठबन्धन सरकार ढाल्न देशी बिदेशी शक्तिको चलखेल भएको उहाँको भनाई थियो । माओबादी सरकारमा सहभागी नहुने भए पछि उसकै बलमा बनेको बर्तमान खनाल नेतृत्वको सरकार अप्टयारोमा परेको छ ।
माओबादीले खनाल नेतृत्वको तत्काललाई पर्ख र हेरको निति अख्तियार गर्ने भएको छ । प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सहमतिवाट पछि हटेर झलनाथ खनालले फेरी एकपटक गम्भीर धोका दिएको भन्दै माओवादीले आगामी दिनमा एमालेसंगको सहकार्यमा पुर्नविचार गर्नुपर्ने सोच बनाएको एक नेताले बताए । प्रधानमन्त्रीसंगको भेटमा पनि अध्यक्ष प्रचण्डले सहमतिको मसी सुक्न नपाउदै सहमतिवाट पछि हटेको भन्दै आपत्ति जनाउनु भएको थियो ।
तर एमाले नेता शंकर पोखरेलले भने माओवादीले आज सरकार गठनका लागि सहमति दिएको बताउनुभयो । उहाँले माओवादी केहि दिनमा सरकारमा सहभागी हुने पनि बताउनुभयो ।
मन्त्रीमण्डल विस्तार ः भरतमोहन उपप्रधान तथा अर्थ, पौडेर र तुलाधर विना विभागिय
काठमाडौँ, माघ २७ । प्रधानमन्त्रीमा निर्वाचित भएको एकसातापछि प्रधानमन्त्री झलनाथ खनालले आज सानो आकारको मन्त्रीमण्डल गठन गर्नुभएको छ । एकीकृत माओवादीले सरकारमा नजाने निर्णय गरेपछि आफ्नै पार्टीका तर्फवाट तीनजना मन्त्रीलाइ प्रधानमन्त्रीले सफथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री खनालले राष्ट्रपतिको उपस्थितिमा तीन मन्त्रीलाइ पद तथा गोपनियताको सफत गराउनु भएको हो ।
विस्तारित मन्त्रीपरिषदमा एमाले स्थाइ कमिटि सदस्य भरतमोहन अधिकारीलाइ उपप्रधान मन्त्रीको जिम्मेवारी तोकिएको छ भने विष्णु पौडेल र गंगाधर तुलाधारले विना बिभागितय मन्त्रीको रुपमा सफथ लिनुभएको छ । सफथ कार्यक्रममा माओवादीका कुनैपनि नेता उपस्थित थिएनन् । सफथपछि माओवादीलाइ सरकारमा सामेल गराउनेवारे पत्रकारले सोधेको प्रश्नमा प्रधाानमन्त्री खनालले कुनै प्रतिक्रिर्या दिन चाहानु भएन ।
सफथ ग्रहणपछि नव नियुक्त उपप्रधान मन्त्री अधिकारीले माओवादी समेत सरकारमा आउने विश्वास ब्यक्त गर्नुभयो । वर्तमान सरकारको मुख्य दायित्व शान्ति र संविधान भएका कारण माओवादीलाइ सरकारमा ल्याइने अधिकारीले दावी गर्नुभयो । उहाँले अध्यादेशवाट आएको बजेट परिमार्जन सहित पारित गर्नु सरकारको पहिलो प्राथमिकताको काम भएको बताउनुभयो ।
एमालेले सहमित पालना गरेन ः डा. बाबुराम भट्टराई
काठमाडौँ, माघ २७ । एकिकृत नेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले प्रधाानमन्त्रि निर्वाचनका क्रममा भएको सहमती नेकपा एमालेले पालना नगरेपछि बाध्य भएर सरकारमा नजाने निर्णय गरेको बताउनु भएको छ । गोरखाको मिरकोटमा आज एक बिद्यालयमा आयोजित कार्याक्रममा उपाध्यक्ष भट्टराईले माओबादीले गरेको समर्थनलाई एमालेले कमजोरी ठानेको टिप्पणी गर्नुभयो । पार्टीले गरेको निर्णयलाई समर्थन नगरेपनि ईमानदारिताका कारण एमाले अध्यक्ष खनाललाई भोट हालेको स्मरण गर्दै उहाले अहिले आएर एमालेले निहु खोजेको आरोप लगाउनु भयो । आफ्नै पार्टीले समर्थन गरेर बनेको एमालेको सरकारलाई सहमती गरेर चाडो मन्त्रिमण्डल गठन गर्न सल्लाह दिएपनि सहमतीको पालना नगरेर हप्तादिन पु¥याईदिएको उहाको आरोप थियो ।
लिम्वूवानको वन्द फिर्ता
धरान, माघ २७ । मंचसम्बद्ध संघिय लिम्बुवान राज्य परिषदले गरेको अनिश्चिलकालिन यातायात बन्द भोली देखि खुल्ने भएको छ । यातायात ब्यवसायी र लिम्बुवान राज्य परिषदबिच धरानमा भएको वार्तामा भोलिदेखि यातायात खोल्ने सहमति भएको नेपाल यातायात स्वतन्त्र मजदुर सँगठनका केन्द्रिय सचिव भीम राई ज्वालाले जानकारी दिनुभयो । वार्तामा पाँचदिनअधि धनकुटामा तोडफोडभएको माईक्रोवसको क्षतिपूर्तीका लागि जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत सरकार सँग अनुरोध गर्ने,आन्दोलनका क्रममा पक्राउ परेका लिम्वूवान कार्यकर्ताको रिहाईकालागि पहल गर्ने सहमति भएको हो ।
सहमति कार्यावन्यनकालागि यातायात ब्यवसायी हिरा उदासको सँयोजकत्वमा आठ सदस्यीय समिति बनाईएको छ । अनिश्चितकालिन बन्दका कारण जनजीवन कष्टकर बन्यो । वन्दका कारण धरानको भानुचोक कयौ मानीस छ दिन देखि अलपत्र परेर वसेका छन् । धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आएका सर्वसाधारण घर फर्कन सकेका छैनन् । काठमाडौवाट रात्री वसवाट गएका यात्रुहरु समेत पूर्वका बिभिन्न शहरमा अलपत्र भएका छन् ।
धनकुटा, ईटहरी र मोरङवाट लिम्बूवानका १७ जना कार्यकर्ता पक्राउ परेको मन्च सम्वद्ध संघिय लिम्बूवान राज्य परिषदका महासचिव सुर्य माखिमले जानकारी दिनुभएको छ । यसअघिनै क्षेत्रीय प्रसासन कार्यलय धनकुटाले भने वन्द खुलाउन पहल पूर्वका १६ वटै जिल्ला प्रसासन कार्यलयलाई निर्देशन दिईसकेको क्षेत्रीय सह प्रसासक विरेन्द्र कुमार यादवले जानकारी दिनुभएको छ ।
खेल समाचार
एसिस अण्डर १९ एलिटकप क्रिकेट प्रतियोगिता
नेपाल थाइल्याण्डमा सम्पन्न एसिस अण्डर १९ एलिटकप क्रिकेट प्रतियोगिताको उपविजेतामा नै चित्त बुझाउन बाध्य भएको छ । आज भउको उपाधी भिडन्तमा नेपाल अफगानिस्तानसँग ६१ रनले पराजित भएपछि दोस्रो स्थानमा चित्त बुझाउन विवश बनेको हो । २०१.रनको लक्ष्य पछ्याएको नेपाल ४३ दशमलव १ ओभरमा केवल १३९ रनमै अलआउट भएको थियो ।
सुरुवातमै झड्का बेहोरेको नेपालको ईनिङलार्य थप धरासायी हुन नदिन प्रदिप ऐरीले ५९ रन जोडेपनि टिमलाइ हारबाट भने जोगाउन सकेनन् । प्रदिप र रमेश पुलामीले पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गर्दे नेपालको स्कोरलाई सय रनको आँकडा पार गराएका थिए । तर रमेश निजी २२ रनको स्थितीमा रनआउट भए पछि आएका कप्तान राहुल विक र कृष्ण कार्की पनि डकआउट भएपछि नेपाली ईनिङ धरमराएको थियो । पुछारका अन्य खेलाडीहरुले पनि आज खराब खेल प्रदर्शन गरेपछि पाँचौ पटक उपाधी जित्ने नेपाली सपनामा बादल लागेको थियो ।
आजको खेलमा ५ विकेठ समेत लिएका प्रदिपले ३ चौका र १ छक्काको सहयोगमा अर्धशतक पुरा गरेका हुन् । अन्तराष्ट्रिय क्रिकेटमा एकै खेलमा ५ विकेट र अर्धशतक पुरा गर्नै उनी निश्चल पान्डे पछि दोस्रो नेपाली खेलाडी पनि बनेका छन् । उनी प्रंतियोगिताको उत्कृष्ट ब्याट्म्यान समेत बनेका छन् ।
आज राम्रो खेल प्रदर्शन गर्नै अपेक्षा गरिएका फैजरुल खान लगायतका ओपनिङ खेलाडीहरु समेत खराब सटमा आउट भएपति खेल जित्ने आसा विस्तारै धमिलो हुँदै गएको थियो । खान ईनिङको पहिलो बलमै डकआउट भएका थिए यस्तै अर्का ओपनर सुवास खकुरेल ६,नरेश बुढाऐर १ तथा सागर पुन ८ रन जोडदै पवेलियनको बाटो तताएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा २०० रन बनाएको थियो । अफगानिस्तानलाई २०० रनको स्कोरमा रोक्न प्रदिप ऐरीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दे ९ ओभरको स्पेलमा ४३ रन खर्चेर ५ विकेट लिएका थिए ।
यस्तै कृष्ण कार्कीले २ तथा राहुल विक र भुवन कार्कीले पनि १—१ विकेट लिए भने एक अफगानी ब्याट्सम्यान रनआउट भए । नियमित कप्तान पृथु बास्कोटाको अनुपस्थितीमा नेपाली बलिङ युनिटको लय केही विग्रीएको थियो । स्टार बलर राहुल विक पनि आज आफ्नो रिदम भेट्न सङघर्ष गरेपछि अफगानी स्कोर नेपालको अपेक्षा भन्दा माथि गएको थियो । यद्यपी विक प्रतियोगिताको सर्वाेत्कृष्ट बलर चुनिएका छन् ।उनले प्रतियोगिताभर कुल २१ विकेट लिएका थिए ।
खेल समाचार
एसिस अण्डर १९ एलिटकप क्रिकेट प्रतियोगिता
![]() |
U-19 Crickter Pradeep Airee |
सुरुवातमै झड्का बेहोरेको नेपालको ईनिङलार्य थप धरासायी हुन नदिन प्रदिप ऐरीले ५९ रन जोडेपनि टिमलाइ हारबाट भने जोगाउन सकेनन् । प्रदिप र रमेश पुलामीले पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गर्दे नेपालको स्कोरलाई सय रनको आँकडा पार गराएका थिए । तर रमेश निजी २२ रनको स्थितीमा रनआउट भए पछि आएका कप्तान राहुल विक र कृष्ण कार्की पनि डकआउट भएपछि नेपाली ईनिङ धरमराएको थियो । पुछारका अन्य खेलाडीहरुले पनि आज खराब खेल प्रदर्शन गरेपछि पाँचौ पटक उपाधी जित्ने नेपाली सपनामा बादल लागेको थियो ।
आजको खेलमा ५ विकेठ समेत लिएका प्रदिपले ३ चौका र १ छक्काको सहयोगमा अर्धशतक पुरा गरेका हुन् । अन्तराष्ट्रिय क्रिकेटमा एकै खेलमा ५ विकेट र अर्धशतक पुरा गर्नै उनी निश्चल पान्डे पछि दोस्रो नेपाली खेलाडी पनि बनेका छन् । उनी प्रंतियोगिताको उत्कृष्ट ब्याट्म्यान समेत बनेका छन् ।
आज राम्रो खेल प्रदर्शन गर्नै अपेक्षा गरिएका फैजरुल खान लगायतका ओपनिङ खेलाडीहरु समेत खराब सटमा आउट भएपति खेल जित्ने आसा विस्तारै धमिलो हुँदै गएको थियो । खान ईनिङको पहिलो बलमै डकआउट भएका थिए यस्तै अर्का ओपनर सुवास खकुरेल ६,नरेश बुढाऐर १ तथा सागर पुन ८ रन जोडदै पवेलियनको बाटो तताएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा २०० रन बनाएको थियो । अफगानिस्तानलाई २०० रनको स्कोरमा रोक्न प्रदिप ऐरीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दे ९ ओभरको स्पेलमा ४३ रन खर्चेर ५ विकेट लिएका थिए ।
यस्तै कृष्ण कार्कीले २ तथा राहुल विक र भुवन कार्कीले पनि १—१ विकेट लिए भने एक अफगानी ब्याट्सम्यान रनआउट भए । नियमित कप्तान पृथु बास्कोटाको अनुपस्थितीमा नेपाली बलिङ युनिटको लय केही विग्रीएको थियो । स्टार बलर राहुल विक पनि आज आफ्नो रिदम भेट्न सङघर्ष गरेपछि अफगानी स्कोर नेपालको अपेक्षा भन्दा माथि गएको थियो । यद्यपी विक प्रतियोगिताको सर्वाेत्कृष्ट बलर चुनिएका छन् ।उनले प्रतियोगिताभर कुल २१ विकेट लिएका थिए ।
No comments:
Post a Comment