Friday, January 21, 2011

माघ ०७ गते २०६७


राष्ट्रपतिद्वारा सहमतिको सरकारकालागि पाँचदिनको समय थपः 

President's Office Nepal
राष्ट्रपति डा रामबरण यादवले दलहरुको आह्वानमा अन्तरिम संविधानको धारा ३८ः१ बमोजिम सहमतिय आधारमा प्रधानमन्त्री चयन र मन्त्रीपरिषद गठनकालागि थप पाँच दिनको समय दिनु भएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको आग्रहमा राष्ट्रपतिले सहमतिय सरकार गठनकालागि आगामी बुधवार सम्मको म्याद थपगर्नु भएको हो । त्यसअघि संविधानसभाका दलहरुले पाँच दिन म्याद थपगर्न आग्रहगर्दै राष्ट्रपतिलाइ पत्र बुझाएका थिए । 

राष्ट्रपतिलाइ पत्र बुधmाउन माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेल लगायतका नेताहरु राष्ट्रपति कार्यालय शितल निवास पुग्नु भएको थियो । त्यसअघि संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको २८ दलको बैठकले सहमतिय सरकार गठनकालागि समय माग गर्ने निर्णय गरेको थियो । यसअघि एक साताको समय सीमा सहित माघ १ गते सहमतिय सरकारका लागि राष्ट्रपति डा यादवले पहिलो पटक आग्रह गर्नुभएको थियो । 

सहमतिको सरकार गठनकालागि पछिल्ला दिनमा गम्भीर छलफल सुरु भएको र थप छलफलगर्न समय आबस्यक भएका कारण पाँचदिनको समय थपगर्न आग्रहगर्ने निर्णय भएको माओवादी मुख्य सचेतक पोष्टबहादुर बोगटिले जानकारी दिनुभयो । उहाँले थप पाँचदिनमा कुनै पनि बेला सहमति जुटने संभावना रहेको दावी गर्नुभयो । 

राष्ट्रिय जनशक्ति पार्टी, नेकपा एकीकृत, समाजवादी प्रजातान्त्रिक जनतादल, सदभावना आनन्दीदेवी लगायतका दलले पाँचदिनमा राष्ट्रिय सहमतिको सरकारको ज्ञारेण्टि नभएका कारण समर्थन नगर्ने बताएका थिए । सहमतिका लागि यसअघि दिएको समयको सदुपयोग नभएकाका कारण तीनदलको प्रस्तावमा समर्थन जनाउन नसकिएको राजपा नेता डा प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो । उहाँले राष्ट्रपतिले दिएको समयमा दलहरुले गम्भीर छलफल नगरेको तथा फेरीपनि सहमतिको कुनै आधार नखेखिएका कारण जनतालाइ थप चिड्याउन नचाहेको दावी गर्नुभयो ।

त्यसअघि विहान बसेको प्रमुख तीनदल माओवादी, कागे्रस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठनकालागि राष्ट्रपतिलाइ समय थपगर्न आग्रह गर्ने सहमती भएको थियो । अन्तरिम संविधानको धारा ३८ः१ अनुसार सहमतिय सरकार गठनकालागि राष्ट्रपतिले पहिलो पटक दिएको समय आज सकिदै थियो । नेताहरुले थपिएको पाँच दिनको समयमा सहमतिय सरकार गठन गर्न पहल गरिने बताएका छन । 

माओवादी नेतृत्वबारे कागे्रस एमाले खुल्लाः 

Who is next ?
एकीकृत नेकपा माओवादीले आफ्नो पार्टीको नेतृवमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नेवारे खुल्ला छलफलगर्न कागे्रस र एमाले तयार भएको दावी गरेको छ । यसअघि माओवादी नेतृत्वको सरकार बारे सोच्न नसकिने बताएका कागे्रस एमाले आफ्नो पार्टीको नेतृत्वमा सहमतिय सरकार गठनगर्न खुल्ला छलफल गर्ने सहमति जनाएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले दावी गर्नुभयो ।

प्रमुख तीनदलका शीर्ष नेताहरुको विहान सिंहदरवारमा बसेको बैठकमा कागे्रस एमालेले माओवादी नेतृत्वारे पुर्नविचार गर्ने संकेत देखाएका माओवादी दावी छ । लडाकूका शिविर विशेष समिति मातहत आइ शान्ति प्रक्रिर्या अघि बढ्न लागेको तथा संविधान निर्माण प्रक्रिर्याले पनि गति लिएका कारण यसअघी माओवादी नेतृत्व स्वीकार नगर्ने बताएका दुइदल आफूहरुको नेतृत्वकालागि तयार भएको प्रकाशले बताउनुभयो ।

आफ्नो नेतृत्व स्वीकार गर्न कागे्रस÷एमालेले संकेत देखाएको भन्दै माओवादी आजको बैठकमा उत्साहित देखिएको थियो । कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले वार्तामा बस्दा कसैलाइ निषेध नगरिने भएपनि माओवादीको नेतृत्व स्वीकार गर्ने निर्णयमा नपुगिएको बताउनुभयो । 

शान्ति र संविधानलाइ निश्कर्षमा पु¥याउने सुनिश्चितता सहित सहमतिको विकल्पमा छलफल भएको उहाँको भनाइ थियो । नेकपा एमालेका नेता केपी ओलीले पनि तीनदल मध्ये कुनैको नेतृत्वमा सहमतिको सरकारको संभावना कायमै रहेको बताउनुभयो । 

व्यवस्थापिका संसदको बैठक आज पनि स्थगित 

संसद नियमाबली सशोधन प्रक्रियामा सहमति जुटन नसकेपछि व्यवस्थापिका संसदको बैठक आज लगातार चौथो पटक बस्दै नबसी स्थगित भएको छ । नियमावली संशोधनगर्न गठित मस्यौदा समितिले सहमति जुटाउन नसकेपछि संसद बैठक सूचना टासेर आगामी १० गते सोमबार दिउसो ३ बजे सम्मकालागि स्थगित गरिएको हो । यसअघिका तीनवटा बैठकपनि सूचना मार्फत स्थगित गरिएको थियो । नेकपा एमालेका मुख्य सचेतक भीम आचार्यले नेपाली कागे्रस सहमत नभएका कारण नियमावली संशोधनमा ढिलाइ भएको बताउनुभयो । 

एमालेले राखेको प्रस्तावमा अन्यदल सहमत भएपनि कागे्रस तयार नभएको उहाँले आरोप लगाउनुभयो । आइतवार दलहरुबीच छलफलगरी सहमतिगर्न सोमवार सम्म बैठक स्थगित गर्ने सहमति भएको मधेशी जनअधिकार फोरमका सचेतक चन्द्रिकाप्रसाद यादवले जानकारी दिनुभयो । पूरानै नियमावलीलाइ अलि सटकट गरेर नियमावली संशोधन गर्न आफुहरुले प्रस्ताव गरेको मााअ‍ेवादी मुख्य समेतच पोष्टबहादुर बोगटिले जानकारी दिनुभयो । 

माओवादी केन्द्रीय कमिटीद्धारा भट्टराईले आत्माआलोचना गर्नुपर्ने निर्णय, भट्टराईको असहमति  

काठमाडौ माघ ७ । माओवादीको केन्द्रीय कमिटी बैठकले उपाध्यक्ष डा बाबुराम भट्राइले आत्मा आलोचना गर्नुपर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकको निर्णयप्रति भट्राइले भने असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्नु भएको छ । 

केन्द्रीय समितिको दुई दिनसम्म चलेको बैठकले काठमाडाँैँमा भएको नेवा, ताम्सालिङ तथा बिषेश समितिको प्रशिक्षण बहिष्कार गरेको भन्दै बहुमतले आत्मा आलोचना गर्नुपर्ने निर्णय गरेको हो । 
माओवादीको राजनैतिक प्रशिक्षणमा अध्यक्ष दाहाल तथा उपाध्यक्ष बैद्यको जन विद्रोहको कार्यनीतिलाइ मात्र प्रस्तुत गरेको भन्दै उपाध्यक्ष डा भट्राइले काठामाडौँको राजनैतिक प्रशिक्षण बहिष्कार गर्नु भएको थियो । 

साथै माओवादीले भट्राइको फरक मतलाइ तल्लो स्तरमा लैजान दिने निणर्य गर्दै स्थगित प्रशिक्षणलाइ आउँदो २० गते देखी पुन संचालन गर्ने भएको छ ।  यद्यपी बैठकले भट्राइको मतलाइ प्रशिक्षणमा पढेर मात्र सुनाउने तर ब्याख्याका लागी समय भने उपलब्ध नगराउने निणर्य गरेको छ । 

बैठक पछि माअ‍ेवादी प्रवक्ता दिनानाथ शर्माले आत्मआलोचना तथा आलोचनाको बिधीबाट सबै समस्या हल भएको जानकारी दिनुभयो । उहाँले भट्राइको फरक मतलाइ दस्तावेजका रुपमा तल्लोस्तर सम्म लैजाने निणर्य भएको समेत बताउनुभयो । 

यसैबिच माओवादीको केन्द्रीय कमिटी बैठकले जनादेश साप्ताहिका सम्पादक कोमल बराललाइ पुर्न बहालि गरेको छ । आफ्नो अन्तरवार्ता नछापेको भन्दै बराललाइ भट्राइको ठाडो निर्देशनमा केही दिन अघि हटाइएको थियो । बैठकपछि प्रवक्ता शर्मााले केन्द्रीय कमिटीले बराललाइ ससम्मान पुर्नवहालिको निणर्य गरेको जानकारी दिनुभयो । 

काभ्रेमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु

काभ्रेको नालामा आज साँझ एक बस दुर्घटना हुदाँ तिन जनाको मृत्यु भएको छ । बनेपाबाट नाला टुकुचा तर्फ जाँदै गरेको बा २ ख ११४२ नंम्बरको बस एक ट्याक्टर सँग ठक्कर खाँदा काभ्रेका साधुराम घिमिरे, रामगोपाल घिमिरे तथा नाम नखुलेका एक तमाङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परि ८० भन्दा बढि घाइते भएको र उनीहरुको अहिले बनेपा स्थीत शिर मेमोरियल अस्पतालमा उपचार भइरहको बताइएको छ । क्षमता भन्दा बढि यात्रु बोकेका कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

विषेश समितीलाइ लडाकु हस्तान्तरण समारोहको तयारी पुरा

Maoist Carder at Chitwan, Jutpani 
माओवादी लडाकुलाइ विषेश समिती मातहत हस्तान्तरणका लागी भोली हुने  औपचारिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको माओवादीको तेश्रो डिभीजन जुटपानीले जनाएको छ । चितवनको जुटपानी स्थीत तेश्रो डिभीजनमा भोली माओवादी लडाकु हस्तान्तरणका लागी सार्वजनिक समारोह आयोजना हुदैँछ । 

कार्यक्रममा प्रधानमन्त्री, सभामुख, सेनापति, दलका शिर्षस्थ नेताहरु, सुरक्षा निकायका प्रमुखहरु तथा कुटनितीक निकायका ब्यक्तिहरु सहभागी हुदैँ हुनुहुन्छ । माओवादी लडाकुले अतिथिलाई सलामी दिने, मार्चपास, सैन्य अभ्यास र कौशल समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाएको छ । 

शिर्षस्थ नेताहरु शिवीरमा पुग्ने भएपछि लडाकु शिवीरको सुरक्षा कडा पारिएको छ । शिवीरमा सुरक्षाका लागी शशस्त्र प्रहरी, नेपाल प्रहरी समेत पहिलो पटक खटाइएको छ । शिविरभित्र सयौं अतिथि अट्नेगरी मञ्च निर्माण गरिएको छ भने  प्रवेशद्वारदेखि शिविरभित्र विभिन्न रंगिविरंगी कागजका ध्वजाहरुले सजाइएको छ । 

कार्यक्रम भोली बिहान ११ बजे शृुरु हुने तथा कार्यक्रम संचालन माओवादी सैन्य ईञ्चार्ज वर्षमान पुनले सञ्चालन गर्नुहुने तय भएको छ । कार्यक्रमलाई प्रधानमन्त्री र माओवादी अध्यक्षले मात्र सम्बोधन गर्ने आयोजकले जनाएको छ । 

खनालमाथी भएको आक्रमणको नेताहरुद्वारा भत्र्सनाः

प्रमुख दलका नेताहरुले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालमाथी हिजो सुनसरीमा भएको आक्रमणको निन्दा गरेका छन । तीनदलको बैठकपछि पत्रकारहरुसंग कुरागर्दै नेताहरुले खनालमाथी भएको आक्रमणलाइ अराजनीतिक घटना भन्दै भत्यना गरेका हुन । एमाले प्रभावशाली नेता केपी ओलीले खनालमाथी भएको आक्रमण अनुचित र निन्दनीय भएको बताउनुभयो । त्यस प्रकारका घटना राजनीतिक संस्कार विपरित भएको तथा कुनैपनि बहानामा नेताहरुमाथी भौतिक आक्रमण गर्ने त्यस्ता घटना स्वीकार्य नहेने उहाँले टिप्पणी गर्नुभयो । 

उहाँले राजनीतिक दलप्रति जनतामा आक्रोश बढेपनि भौतिक आक्रमणमा उत्रिनु निन्दनीय भएको टिप्पणी गर्नुभयो । कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले खनालमाथी भएको आक्रमण निन्दनीय भएको बताउनुभयो । पौडेलले भन्नुभयो–‘झलनाथजी माथी हानिएको पप्पड आमी सबैमाथी गरिएको आक्रमण भएकोे हामीले महसुश गरेका छौं ।’ 

यसैबीच नेकपा एमालले अध्यक्ष झलनाथलाई झापड हानिएको बिषयलाई लिएर गैर जिम्मेवारी प्रचारबाजी भएको भन्दै आपत्ती जनाएको छ । एमाले सचिव युवाराज ज्ञवालीद्धारा आज जारी गरिएको बिज्ञप्तीमा एक अराजक व्यक्तीले गरेको क्रियाकलापलाई जनताले गरेको भनी प्रचार गरिएको भन्दै आपत्ती जनाइएको छ ।सयौँको संख्यामा एमालेमा प्रबेश गर्नेहरुलाई जनताको रुपमा नदेख्ने,  बिज्ञप्तीमा भनिएको छ,, तर अराजक एकजना व्यक्तिलाई उदाहरण बनाएर जनताले गरेको ठान्ने प्रचारले घटनालाई अझै रहस्यमय बनाएको छ । 

राष्टिय सहमतीका लागि नै बहुमतको समर्थन प्राप्त गरेको भएपनि अध्यक्ष खनालले प्रधानमन्त्रिको उम्मेद्धार फिर्ता लिएको उल्लेख गर्दै एमालेले यस्ता गतिबिधी मुलुकको राजनीतिमा समेत असर पार्ने भन्दै चेतावनी दिएको छ । बिज्ञप्तीमा घटनाको छानबिन गरी दोषीमाार्थि कारबाही गर्न माग गरिएको छ । 

उता एमाले अध्यक्ष खनाललाइ झापड हान्ने सुनसरी झरौलका देवी प्रसाद रेग्मी बिरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा सार्वजनिक अपराध ऐन अन्तरगत मुद्या दर्ता भएको छ । एक  एमाले कार्यकर्ताले सार्वजनिक अपराध ऐन अन्तरगत हदैसम्मको कारवाही गर्न माग गर्दे मुद्या दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

अध्यक्ष झलनाथ खनाललाइ सार्वजनीक कार्यक्रममा  थप्पड हान्ने बिरुद्ध कारवाही गर्न माग गर्दे अनेरास्ववियू  र युवा सङघ नेपालले इटहरीमा बिरोध प्रदर्शन गरेको छ । अनेरस्वाबियू र युवासङ्घका कार्यकर्ताहरुले घटना असामान्य भएको र माओवादीको उक्साहाटमा देवी प्रसाद रेग्मीले झापड हानेको आरोप लगाएका छन् । बिद्यार्थी र युवाहरुले घटनाको बिरोधमा इटहरीमा आधा घण्टा चक्का जाम समेत गरेका थिए ।

No comments: