माओवादीको नेतृत्वमा सहमतीको सरकार बन्नेः प्रचण्ड
![]() |
UCPN-Maoist Chairman Prachanda |
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भाबी सरकारको नेतृत्व माओबादीले गर्न अन्य पार्टिहरु सकरात्मक रहेको दाबी गर्नुभएको छ । क्रान्तिकारी पत्रकार संघ मकवानपुरले आज हेटौ“डामा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले दलहरुसँग सकरात्मक वार्ता भईरहेकाले माओबादीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभएको हो । आफ्नो पार्टीमा प्रधानमन्त्रि बन्नका लागि ब्यक्ति समस्या नरहेको समेत उहाको दाबी थियो ।
अध्यक्ष प्रचण्डले मुख्य तीन पार्टीबीच भएको पछिल्लो सहमती र हिजोको शक्तिखोरको कार्यक्रमपछि राष्ट्रिय सहमतीको वातवरण मजबुद बन्दै गएकोे बताउनुभयो । राष्ट्रपतिले थप गरेको पाँच दिनको समय भित्रै सहमतीको सरकार निर्माणका लागि दलहरुले कसरत जारी राखेको समेत उहाँले बताउनुभयो । सहमतीको सरकार निर्माण भएमा आगामी जेठ १४ गतेभित्र संबिधान जारी गर्न सकिने प्रचण्डको भनाइ छ । केही बिषयमा सहमती जुट्न बाँकी रहेमा जनातामाझ छोडेर अघि बढे तोकिएकै मितिमा संबिधान जारी गर्न कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।
प्रचण्डको अनुपस्थितिका कारण तीनदलको बैठक स्थगितः
काठमांडौ, ९ माघ । राष्ट्रिय सहमतीको सरकार गठनकालागि सहमती जुटाउन आज बस्ने भनिएको प्रमुख तीन दलको बैठक बस्दै नबसी स्थगित भएकोे छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुन नसकेका कारण बैठक भोली सम्मकालागि स्थगित भएको हो । आफ्नो पार्टीका अध्यक्ष उपत्यका बाहिर रहँनु भएका कारण आजकालागि तय गरिएको बैठक स्थगित गरिएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।
लडकूलाइ विशेष समिति मातहत ल्याएपछिपनि आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन हुने लक्षण नदेखिएकोले प्रचण्डले राजधानी फर्कीन हतार नगर्नु भएको माओवादी स्रोतले जनायो । आज स्थगित बैठक भोली विहान बस्ने एमाले नेता भरत मोहन अधिकारीले बताउनुभयो । बैठककालागि कागे्रस र एमालेका शीर्ष नेताहरु बैठक स्थल पुगेका थिए । दलहरुले सहमतिय सरकार गठनकालागि राष्ट्रपतिसंग पाँच दिनको समय थपगर्न आग्रह गरेपनि सहमतिकालागि अहिलेसम्म छलफल गरेका छैनन् ।
अन्तरिम संविधानको धारा ३८ः१ अनुसार सहमतिको सरकार गठनगर्न राष्ट्रपतिले दोस्रो पटक दिएको समय बुधवार सकिदैछ । यसैबीच, व्यबस्थापिका संसदमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिर्यावारे नियमावली संशोधनगर्न गठित मस्यौदा समितिमा सहमति जुटन ढिलाइ भएको छ । प्रमुख तीनदल आफ्नो अडानमा कायमै रहेपनि मस्यौदा समितिले कामगर्न नसकेको एक सदस्यले बताए । सहमति जुटन नसकेपछि भोली दिउसोकालागि निर्धारित संसद बैठकपनि बस्ने नबस्ने अनिश्चित बनेको छ ।
राष्ट्रपति प्रधानमन्त्री भेटवार्ता
राष्ट्रपति डा रामबरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालवीच आज दिउसो भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा समसामयीक राजनीतिक घटनाक्रमका बिषयमा छलफल भएको थियो । प्रधानमन्त्रीले माओवादी जनसेनाका लडाकू विशेष समिति मातहत आएकोवारे राष्ट्रपतिलाइ जानकारी गराउनु भएको थियो । प्रधानमन्त्रीले लडाकू विश
प्रम नेपाल उद्योगी व्यवसायी छलफल
काठमाडौं, ९ माघ । प्रधानमन्त्री माधवकुमार नेपालले यातायात क्षेत्रमा विद्यमान सिण्डीकेट प्रणाली रोक्न आफूले पनि पहल गरीरहेको बताउनुभएको छ । सिन्डकेट रोक्न दावाव दिने उद्धेश्यले आज उहाकै निवास बालुवाटार पुगेका उद्योग महासंघका प्रतिनीधि सँग कुरा गर्दैै प्रधानमन्त्रि नेपाले सिन्डीकेट रोक्न आफुले प्रष्ट निर्देशन दिइसकेको र सरकारले बजेट वक्तव्यमा समेत उल्लेख गरिसकेको जानकारी दिनुभयो ।
उहाले सिण्डीकेट प्रणाली अन्त गर्ने कार्यमा सहयोग नगर्ने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय विकास अधिकारीको नामै किटेर प्रधानमन्त्री कार्यालयमा जानकारी दिए कारवाही प्रक्रियाअघि बढाउने आश्वसन समेत दिनुभयो ।
उद्योगी व्यवसायीहरुले सिण्डीकेट हटाउन प्रधानमन्त्रीले कडा निर्देशन दिनुपर्ने, उर्जा सङ्कट हटाएर उद्योगमैत्री वातावरण गर्न सरकार तत्पर हुनुपर्ने र त्यसको लागि नीजि क्षेत्रसँगको सहकार्य आवश्यक रहेको र राजमार्गमा अनावश्यक रुपमा ढाँट राखेर गुण्डागर्दीको प्रयोग हुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले एउटै वस्तुमा दोहो¥याई–तेह¥याई कर लिँइदै आएकामा त्यसको खारेजीको समेत माग गरेका थिए ।
समाजकल्याण परिषद भीत्रको भष्ट्राचार छानविनगर्न लेखा समितिद्वारा उपसमिति गठनः
काठमाण्डौं, माघ ९ । व्यबस्थापिका संसद अन्तरगतको सार्वजनिक लेखा समितिले समाज कल्याण परिषदभीत्र भएको आर्थिक अनियमितताको छानविनका लागि आज पाँच सदस्यीय उपसमिति गठन गठरेको छ । संसद सचिवालय सिंहदरवारमा आज विहान बसेको बैठकले अन्तराष्ट्रिय गैर सरकारी संस्थावाट आउने रकम अनियमितता भएको बारे छानविनगर्न उपसमिति गठन गरेको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।
उपसमितीमा एकीकृत माओवादीका नवराज धामी, नेपाली काँग्रेसका तुलसी सुब्बा, नेकपा एमालेका नारायणी अर्याल, सद्भावनाका अनिल झा र राप्रपा नेपालका रामनारायण सिंह सदस्य छन । समाजकल्याण मन्त्री र परिषदका पदाधिकारीहरुबीच समन्वय नभएका कारण परिषदको नियमित बैठक बस्न नसकेको तथा परिषदभीत्र भएको अनियमितावारे लेखाले छाननिव सुरु गरेको हो । बैठकमा मन्त्री सर्वदेवप्रसाद ओझाले परिसदका कार्यकारी अधिकार पाएका सदस्य सचिवले आफ्नो स्वीकृतिबिना मनोमानि गरिरहेको बताउनुभयो ।
बैठकमा परिसदका उपाध्यक्ष दाताराम खनालले आफूहरुले गैर कानूनि काम गरेको भए सजाय भोग्न तयार रहेको बताउनुभयो । मन्त्रीपरिषदले गरेको परिसद पदाधिकारीलाइ मन्त्रीले निलम्बन गर्न खोजेपछि आफूहरु अदालत गएको र अदालतको आदेश अनुसरा आफूहरुले काम गरीरहेको उहाँले उल्लेख गर्नुभयो । बैठकमा सदस्य सचिव डा हेवाङ्ग नाम्गेल शेर्पाले मन्त्रीले नियमावली विपरित कामगर्न दवाव दिएका कारण समस्या सृजना भएको बताउनुभयो । परिसदको भष्ट्राचारवारे संसदकै महिला वालवालिका तथा समाजकल्याण समितिले समेत छानविन गरिरहेको छ ।
अधिकाशं नसिंङ्गहोम मापदण्ड विपरितः संसदीय समिति
व्यबस्थापिका संसदको महिला वालबालिका तथा समाजकल्याण समिति अन्तरगत गठित उपसमितिले नेपाल अधिराज्यभर संचालनमा रहेका अधिकाशं नसिंङ्ग होमले मापदण्ड पूरा नगरेको ठहर गरेको छ । माओवादी सभासद गिरिराजमणी पोखरेल संयोजकत्वको उपसमितिले गरेको अध्ययनले धेरै कलेजले सरकारी मापदण्ड पूरा नगरेको ठहर गरेको हो । अध्ययन प्रतिवेदन आज सार्वजानिकगदै समितिले मापदण्ड नपुगेका नसिङ्ग कलेज बन्दगर्न सुझाएको छ ।
समितिले नसिंङ्ग कलेजलाइ सन्तोसजनक, सुधार उन्मुख र चलाउन नसक्ने खालका गरी तीन प्रकारले बर्गिकरण गरी मापदण्ड नपुगेकालाइ कार्वाही गर्न सरकारलाइ निर्देशन दिनुपर्ने बताएको छ । नसिंङ्ग कलेज संचालनकालागि ५० शैयाको अस्पताल हुनुपर्नेमा धेरैजसोले उक्त मापदण्ड पूरा नगरेको तथा कतिपय कलेज अस्पतालको स्वीकृति निवानै संचालनमा आएको प्रतिवेदनमा उल्लेख छ । समितिले स्वास्थमन्त्री लगायत सरोकारवालालाइ समितिमा बोलाएर निर्देशन दिने एक सदस्यले बताए । नसिङ्ग कलेजको छानविनगर्न गठित उपसमितिमा डा शेखर कोइराला, सुप्रभा घिमिरे, मंगल विश्वकर्मा लगायत सदस्य थिए ।
आइएनजीओको रकमको चरम दुरुपयोगः सभासदहरु
सभासदहरुले नेपाली जनताको विकासकालागि आएको अन्तराष्ट्रिय गैर सरकारी संस्थाको अर्च उपारदर्शी भएको त्यसको नियमनकालागि कानुन बनाउनु पर्ने बताएका छन । गरिव नेपालीको नाममा आएको बजेट लक्षित बर्गमा नपुगि राजधानीमा बसेर सिद्धाउने गरिएको भन्दै सभासदहरुले नियमनकालागि कानून बनाउनु पर्ने बताएका हुन । सार्वजानिक लेखा समितिको बैठकमा सभासदहरुले प्रभावकारी सरकारी संयन्त्रको अभावमा गैर सरकारी संस्थाले ‘समानान्तर सरकार’ चलाएको बताएका हुन ।
सभासद डा प्रकशचन्द्र लोहनीले नेपाली जनताको हितकालागि आउने गरेको बार्षिक २५ देखी २८ अर्ब रुकम लक्षित बर्गमा नगुगि दुरुपयोग भइरहेको बताउनुभयो । उहाँले समाजकल्याण मन्त्रीको निरिहताका कारण त्यति ठुलो रकमको लेखा जोखा नभएको बताउनुभयो । सभासद हृदयश त्रिपाठीले अन्तराष्ट्रिय गैर सरकारी संस्थाले समानान्तर सरकार संचालन गरिरहेको बताउनुभयो । कागे्रसका दीपकुमार उपाध्यायले अपारदर्शी ढंगले संचालन भइरहेका कारण आफू आइएनजीओका कार्यक्रममा सहभागि नहुने गरेको बताउनुभयो ।
सभासदहरु धनराज गुरुङ्ग, रबीन्द्र अधिकारी नारायण प्रसाददाहाल लगायतले पिछडिएका जनताको उत्थानका नाममा आएको विदेशी सहयोग दुरुपयोग भइरहेको बताएका थिए । दातावाट आउने सहयोग रकमको सदुपयोग सम्बन्धी दीर्घकालिन नीति बनाउन जरुरी रहेको उनिहरुले औल्याएका छन ।
No comments:
Post a Comment