माओवादीद्वारा शान्ति र संविधानको प्रस्ताव पारितः
काठमाण्डौ, १६ वैशाख । एकिकृत नेकपा माओवादीको साता लामो केन्द्रिय समितीको बैठकले उपाध्यक्ष मोहन बैद्य समूहको फरक मतका बावजुद शान्ति र संविधानको मुख्य कार्यदिशा सहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव वहुमतले पारित गरेको छ । अध्यक्ष प्रचण्डको प्रस्तावमा उपाध्यक्ष वाबुराम भट्टराइ समुहले आफ्नो कार्यदिशा अनुरुप भएको भन्दै समर्थन गरेको थियो ।
प्रचण्डको प्रस्ताव पारित भएपछि गत मंसिरमा सम्पन्न विस्तारित वैठकले पारित गरेको जनविद्रोहको कार्यदिशा तत्कालका लागि अस्विकृत भएको छ । जेठ १४ सम्मको लागि ठोस कार्यक्रम वनाई शान्ति र संविधान निर्माणमा लाग्न पार्टी पदाधिकारीलाइ जिम्मा समेत लगाएको छ । अध्यक्ष प्रचण्डको प्रस्ताव वहुमतले पारित भएपनि शान्ति र संविधानको तत्कालिन कार्यनीति एवं सरकारवारे दुवै प्रतीवेदनको समान धारणा रहेको स्थायि समिति सदस्य देव गुरुङ्गले वताउनुभयो । पारित प्रस्ताव अनुसार माओवादीले जेठ १४ सम्म माओवादी सेनाका लडाकुको समायोजन र व्यवस्थापनको मोडालिटी तयार गरि शान्ति प्रकृयालाई द्रुत गति अघि वढाउन अग्रसरता लिने उल्लेख रहेको छ । अध्यक्षको प्रतिवेदनमा उपाध्यक्ष बैद्यले जनविद्रोहको कार्यनितलाइ अगाडी बढाउने पर्ने भन्दै नोट अफ डिसेन्ट लेख्नु भएको छ । माओवादीले शान्ति र संविधानलाई केन्द्रविन्दुमा राखेर एक दुई दीनमै विभीन्न जनदवाव, जनपरचालनका कार्यक्रम पनि सार्वजनीक गर्ने जनाएका छन् ।
बजेट ल्याउन हतार गरेको भन्दै एमाले सभास्दहरुद्धारा सरकारको आलोचना
काठमाण्डौ, १६ वैशाख । प्रमुख सत्तारुढ घटक नेकपा एमालेका सभासदहरुले शान्ति र संविधान निर्माण प्रक्रिर्या ओझेल पर्नेगरी सरकार बजेटको तयारीमा लागेको भन्दै आपत्ति जनाएका छन् । उनिहरुले मुलुकको तत्कालिन आवश्यकता पहिचान गरेरमात्र बजेट तयारीमा लाग्न सरकारलाइ सुझाव समेत दिएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामको समिक्षागर्न आज बसेको संसदीइ दलको बैठकमा बोल्ने अधिकाशं सभासदले जेठ १४ अगाडि बजेट ल्याउने सरकारी तयारीप्रति आपत्ति जनाएका हुन । बैठकपछि एमाले प्रमुख सचेतक भीमप्रसाद आचायले सभासदहरुले बजेटको तयारीका कारण शान्ति र संविधान प्रभावित नगर्न सुझाव दिएको जानकारी दिनुभयो ।
उहाँले शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ प्रभावित नगर्नेगरी दलहरुसंग आपसि सहमति गरेर मात्र बजेट ल्याउनुपर्ने संसदीय दलको ठहर रहेको समते बताउनुभयो ।
बैठकमा प्रदीप ज्ञवाली, अग्नी खरेल, विन्दा पाण्डे लगायत दुइ दर्जनभन्दा बढि सभासदले सरकार शान्ति प्रक्रिर्यालाइ ओझेलमा पार्नेगरी बजेटको तयारीमा लागेको प्रति आपत्ति जनाएका एक सभासदले जानकारी दिए । नेता ज्ञवालीले माओवादीसंगको सहमति ‘पानीपर्दा छाता ओड्नु सरह’ भएको दावीगर्दै अन्य विपक्षी दललाई वेबास्ता गरेर अघि बढ्न नसकिने बताउनु भएको थियो ।
उहाँले शान्ति प्रक्रिर्यालाइ अगाडि बढाउन कहाँ चुकियो भन्नेकुराको समिक्षा गरेर यसैमा ध्यान केन्द्रीत गर्न सुझाव दिनुभयो । सभासद विन्दा पाण्डेले संविधान निर्माण प्रक्रिर्यामा सरकारले भाषण सिवाय रत्तिभर काम नगरेको आरोप लगाउनुभयो । उहाँले संविधान निर्माणमा आफूहरुको भूमिका नभए विदा गरिदिन चुनौति दिनुभएको एक सभासदले बताए । प्रधानमन्त्री झलनाथ खनालले भने शान्ति र संविधान निर्माण प्रक्रिर्या प्रभावित नहुनेगरी बजेटको तयारी गरिएको बताउनुभयो ।
शान्ति र संविधान सरकारको सुरु देखिएको प्रमुख प्राथमिकता रहेको दावीगर्दै उहाँले अहिलेपनि त्यसैमा केन्द्रीत रहेको बताउनु भएको थियो । विपक्षीको काम विरोध गर्नु भएको दावीगर्दै प्रधानमन्त्रीले विरोध हुदैमा सरकारले बजेट ल्याउन नरोक्ने टिप्पणी गर्नुभयो । बैठकमा अर्थमन्त्री भरतमोहन अधिकारीले सार्वजानिक–निजि–सहकारीमा आधारित तीन खम्बे अर्थतन्त्रलाइ मजबुध गराउने खालको बजेटको तयारी गरेको बताउनु भएको थियो ।
यता नेपाली काँग्रेसले पनि शान्ति र संविधानका प्रमुख दुई एजेन्डालाई ओझेल पार्ने नियतका साथ सरकारले बजेट प्रस्तुत गर्न लागको भन्दै बजेटप्रति आपत्ति जनाएको छ । कंग्रेश संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले अहिले शान्ति र संविधान नै राष्ट्र र सम्पूर्ण नेपालीको प्रमुख दुई एजेन्डा भएकाले सबै राजनीतिक पार्टीले शान्ति र संबिधान निर्माण कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने ठहर गरेको दलका प्रवक्ता नवीन्द्रराज जोशीले जानकारी दिनुभयो ।
उहाँले थपिएको एक वर्षको अवधि आगामी जेठ १४ गते शान्तिप्रक्रियाको टुङ्गो लगाई संविधान घोषणामा संसद र संविधानसभाको ध्यान पूर्णतया केन्द्रित हुनुपर्नेमा बैठकले जोड दिएको बताउनुभयो । यस्तै संसदीय दलले बजेट सम्बन्धमा अन्य राजनीतिक दलसँग परामर्श गरी विरोधको स्वरुप निर्धारण गर्ने जिम्मा पार्टी नेतृत्वलाई दिएको जोशीले जानकारी दिनुभयो । बैठकले संसदीय दलले गठन गरेको विभिन्न मन्त्रालय हेर्ने समितिहरुले आ–आफ्नो सम्बन्धित मन्त्रालयबारे यथार्थ जानकारी राख्ने र त्यसको सूचना संसदीय दललाई दिनुपर्ने निर्णयसमेत गरेको छ । साथै बैठकले पेट्रोलियम पदार्थको सहज आपूर्ति तत्काल मिलाउन सरकारको ध्यानाकर्षणसमेत गरेको छ ।
केही दिन भित्रै लोडसेडिङ कम हुन्छ ः उर्जा मन्त्री गोकर्ण विष्ट
काठमाण्डौँ, १६ बैशाख । उर्जा मन्त्री गोकर्ण विष्टले केही दिन भित्रनै जनताले अनुभव गर्नै गरी लोडसेडिङको समयाअवघि कटौती गर्ने दावी गर्नुभएको छ । मन्त्री बिष्टले आज राजधानीको एक अन्र्तक्रियामा बोल्दै सरकारले लोडसेडिङ कम गर्ने अल्पकालीन योजनलाई युद्धस्तरमा अघि बढाईरहेको जानकारी दिदै केही दिन भित्रमा नै लोडसेडिङ घटाउने प्रतिबद्धता जनाउनुभएको हो । लोडसेडिङ घटाउन सरकाले विद्युत चुहावट रोक्ने,अहिले भएकै जलबिद्युत केन्द्रहरुको क्षमता बृदी गर्नै,पावर प्लान्टहरु सन्चालनमा ल्याउने लगायतका कार्यहरु जारी राखेको उल्ल्ेख गर्नुभयो ।
अध्यधिक विद्युत चुहावट हुने जिल्लाहरुमा चुहावट रोक्न १५ दिने अल्टिमेटम दिईएको जनाकारी दिदै मन्त्ती विष्टले सो जिल्लाहरुमा अरु २ घन्टा लोडसेडिङ थपेर अन्य जिल्लामा घटाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँले खिम्ती भोटेकोशी प्रशारण लाईन दुई महिनामा पुरा गनृै गरी काम भईरहेको र सो प्रशारण लाईन निर्माण पूरा भएपछि केही मात्रामा उर्जा सङकट कम हुने दावी गर्नुभयो । माथिल्लो तामाकोशी लगायतका महत्वाकाङक्षी योजनाहरुलाई पनि सरकारले द्रुततका साथ अघि बढाईरहेको उहाँको भनाई थियो ।
सरकारले आगामि २०७२ भित्रमा नेपाललाई लोडसेडिङ्ग मुक्त बनाउने दिर्घकालिन योजनामा पनि ध्यान केन्द्रीत गरेको उल्लेख गर्दै त्यसकोलागी निर्माणाधिन आयोजनाहरुलाई पुरा हुने बतावारण निर्माण गर्ने, जलासाय यूक्त आयोजना निर्माणलाई प्राथमिकता दिने र लगानी मैत्रि बातावरण निर्माण गर्ने उहाँले बताउनुभयो । सरकारले पाँच वर्षभित्र लोडसेडिङ्ग मुक्त बनाउन यसै महिनाबाट माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सिलान्यास गरेर निर्माण थालनि गर्ने उर्जामन्त्री विष्टले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नबढाई लोडसेडिङ्गको समस्या समाधान गर्न नसक्ने बताएपनि उर्जामन्त्री विष्टले सरकार विद्युत महसुल बढाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– हाम्रो ध्यान लोडसेडिङ्ग कम गर्नेमा केन्द्रीत छ विद्युत महसुल बढाउनेमा होईन ।
सबैको ध्यान शान्ति र संविधान हुनुपर्छ ः अध्यक्ष प्रचन्ड
काठमाण्डौँ, १६ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले सबैको ध्यान शान्ति र संविधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । समाचार पाक्षिक नामक पत्रिकाको आज काठमाडौंमा विमोचन गर्दै अध्यक्ष प्रचन्डले जनाताले चाहेजस्तो संविधान बनाउनुनै अहिलेको आवश्यकता रहेको बताउनुभयो । माओवादी केन्द्रीय कमिटीको निर्णय पनि शान्ति र संविधानकै पक्षमा रहेको उहाको भनाई थियो । माओवादी अध्यक्ष प्रचन्डले शान्ति र संविधान निर्माण प्रक्रिया अपेक्षाकृत रुपमा बढ्न नसकेको स्वीकार गर्नुभयो । समाचार पाक्षिकको विमोचन गर्ने क्रममा आफ्नै बारेमा लेखिएको समाचार अध्यक्ष दाहाल आफैंले बाचन गर्दा दाहाल सँग्ौ कार्यक्रम हलमा सहभागी सबैमा हाँसो छाएको थियो ।
यता माओवादीकै उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशीविदेशी शक्ति संविधानसभा विघटनको षड्यन्त्रमा लागिपरेको बताउनु भएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा डाक्टर भट्टराईले देशी विदेशी शक्तिहरु संविधान सभा विघटन गर्ने षड्यन्त्रमा लागिपरेको बताउनु भएको हो । उहॉले आम जनताले चाहेको संविधान जारी नगरेसम्म संविधानसभा विघटन गर्न नहुने भन्दै सबै दलहरूलाई विघटनको षड्यन्त्र विरुद्ध लड्न आग्रह गर्नुभयो ।
माओवादी भिन्न ढंगको जनवादी क्रान्ति सम्पन्न गर्ने पक्षमा रहेको भन्दै भट्टराईले वर्तमान अवस्थामा शान्ति र संविधानलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । शान्ति र संविधान नै अहिलेको मुख्य आवश्यकता रहेको र त्यसका लागि माओवादी प्रतिवद्ध रहेको भट्टराइको भनाइ थियो । कार्यक्रममा गोर्खाको बगुवामा युद्धकालमा मारिएका शहिद परिवारलाई अभिनन्दन गरिएको थियो ।

जेठ १४ गते शान्ति र संविधान ल्याऊनै पर्छ सभापति कोइरालाको लिडेँ ढिपी
काठमाडौ, १६ बैशाख । नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले जेठ १४ गतेभित्रै शान्ति प्रक्रिया टुङ्गग्याएर संविधान जारी गर्नु पर्ने विषयमा काग्रेसले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । झापाको भद्रपुरमा आज रिपोर्टर्स क्लब नेपाल मेचि अन्चल शाखाद्धारा आयोजित कार्याक्रममा सभापति कोइरालाले काग्रेस जेठ १४ भित्रै शान्ति प्रक्रियालाई निश्कर्समा पुर्याएर संविधान जारी गर्नुपर्ने पक्षमा दृढ रहेको स्पष्ट गर्दै संविधानसभाको म्याद थप्ने पक्षमा काग्रेस नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– काग्रेसलाई जेठ १४ गतेभित्रमै शान्ति प्रक्रिया निश्कर्समा पुर्याउँदै संविधान जारी गर्न चाहन्छ । यसमा काग्रेसले कसैसँग सम्झौता गर्दैन ।
प्रधानमन्त्रीसँगको आफ्नो भेटमा शान्ति प्रक्रिया निश्कर्समा पुर्याउँदै संविधान जारी गर्न तर्फ लाग्न सुझाव दिएको उल्लेख गर्दै सभापति कोइरालाले अहिले बजेट ल्याउने विषयमा ध्यान नदिन आग्रह गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकार ढाल्न काग्रेस नलाग्ने स्पष्ट पार्दै उहाँले अहिलेको सरकार पनि प्रचण्ड नेतृत्वको सरकार जस्तै आफै ढल्ने दावी गर्नुभयो । माओवादीको केन्द्रीय कमिटिको बैठकको निर्णय सकारात्मक भएको उल्लेख गर्दै उहाले माओवादीले दस्तावेज र बोलीमा ल्याएको कुरा ब्यवहारमा उतार्न आग्रह गर्नुुभयो । माओवादी ईमान्दार भए जेठ १४ भित्रै शान्ति प्रक्रिया निश्कर्समा पुर्याएर संविधान जारी गर्न सकिने ठोकुवा गर्दै माओवादी ईमान्दार नभएकै कारण मुलुक अहिलेको जटिल अवस्थामा पुगेको टिप्पणी गर्नुभयो ।
राष्ट्रिय जनमोर्चामा पुनः केसी
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रबहादुर केसी निर्विरोध चयन हुनुभएको छ । २५ वर्षदेखि पार्टीको नेतृत्व गर्दैआउनुभएका केसी दोस्रो राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्ष पदमा चयन हुनुभएको हो । अध्यक्षमा कसैले पनि दाबी नगरेपछि केसी पुनः चारवर्षका लागि पार्टीको नेतृत्वमा रहनुहुनेभएको हो । ७१ बर्षिय केसीले २०४४ सालदेखि नेकपा मसालहँुदै राष्ट्रिय जनमोर्चा सम्हादैआउनुभएको छ ।
सम्मेलनले पार्टी वरिष्ठ केन्द्रीय उपाध्यक्षमा रश्मीराज नेपाली, पश्चिमाञ्चल उपाध्यक्षमा शंकर बराल, मध्यमाञ्चलबाट दुर्गा पौडेल, पूर्वाञ्चलबाट वीरबहादुर गोले र सुदुरपश्चिमाञ्चलबाट जनकराज शर्मालाई उपाध्यक्ष चयन गरेको छ । महासचिवमा सन्तबहादुर नेपाली, सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा मनोज भट्ट चयन सर्वसम्मत भए । सम्मेलनले २७ जना केन्द्रिय सदस्य, चार वैकल्पिक सदस्य र नौ सल्लाहकार समितिसर्वसम्मत चयन गरेको छ । १९२ सदस्यीय राष्ट्रिय परिषद््मा १०४ स्थायी, ४८ जना अस्थायी रहेको छ भने केन्द्रीय समितिका ४० जना पदेन रहने प्रावधान रहेको जनाइएको छ । यस्तै सम्मेलनले पार्टी अध्यक्ष केसीले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । प्रतिवेदनमा संघीयताको विरोधसँगै गणतन्त्रलाई सुदृढिकरण गर्नको लागि आन्दोलनमा जाने उल्लेख छ । अधिवेशन पोखरा सभागृहमा भएको हो ।
अबरुद्ध संविधान निर्माण प्रक्रिर्यावारे पुनः छलफल सुरुः
अबरुद्ध संविधान निर्माण प्रक्रिर्यालाइ गति दिन प्रमुख तीनदल सहमत भएका छन । संविधानसभाको कार्यकाल सकिन एक महिनाभन्दा कम समय बाकी रहेको सयमा जेठ १४ भीत्रै एकीकृत मस्यौदा निर्माण सम्पन्न गर्नेगरी छलफल अघि बढाउन दलहरु राजी भएका हुन । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा आज भएको प्रमुख तीनदलको बैठकमा नेताहरुले आगामी एक महिना सम्पूर्ण ध्यान शान्ति र संविधानमा केन्द्रीत गर्ने निर्णय गरेका हुन ।
सिंहदरवारमा भएको छलफलपछि कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले केन्द्रीय कमिटिको बैठकको निर्णय ब्रिफिङ गरेको जानकारी दिनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले शान्ति र संविधानमै जोडदिने कार्यदिशा तय गरेको बारे जानकारी गराउनु भएको थियो । दलहरुबीच संविधानसभामा अल्पसंख्यक, मुस्लिम लगायत सभासदले उठाएका माग संवोधनगर्न प्रमुख तीनदलका संसदीय दलका नेता, संविधानसभा अध्यक्ष र संवैधानिक समितिका सभापति सम्मिलित कार्यदलको बैठक आइतबार बस्ने सहमति भएको माओवादी अध्यक्ष प्रचण्डले बताउनुभयो ।
बैठकमा संविधानसभाको म्याद थपगर्ने तथा संसदको बजेट अधिवेशनका बारेमा छलफल भएको थियो । शान्ति र संविधान निर्माण प्रक्रिर्यावारे भोली कागे्रस–एमाले तथा कागे्रस–माओवादीबीच द्विपक्षीय छलफल हुने पौडेलले बताउनुभयो । संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्ले संविधान निर्माणको बिषयमा पुनः छलफल सुरु भएको बताउनुभयो । बैठकमा तीनै दलका संसदीय दलका नेता र सचेतकहरुको सहभागिता थियो ।
सरकारले बेवास्ता गरेको भन्दै मुक्त हलिया आन्दोलनमा
काठमाडौ, १६ बैशाख । तीन वर्ष अघि मुक्त घोषित सुदुर पश्चिमका हलियाहरुले सरकारले सम्झौता कार्यान्वयनमा ईमान्दारिता नदेखाएको भन्दै साता ब्यापी आन्दोलन सुरु गरेका छन् ।
राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रिय हलिया मुक्ती समाज महासंघले साताब्यापी संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित दवाव मुलक संघर्षका कार्यक्रमा बैशाख १५ देखि १९ गतेसम्म राजनीतिक दलका नेताहरु, भूमिसुधार, अर्थ, शिक्षा, स्वास्थ्य, स्थानीय विकास, श्रम, गृह, मानवअधिकार आयोग,सहित सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुसँग समन्वय गर्ने, १९ गते सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्ने, २० गते सभासदहरुसँग अन्तर क्रिया सहित प्रतिबद्धता प्राप्त गर्ने, बैशाख २१ गते प्रधानमन्त्री, अर्थमन्त्री, भूमिसुधार मन्त्रीलाई ज्ञापन पत्र बुझाउनेलगायतका रहेका छन् । नेपालमा २० हजार ५९ हलिया रहेको तथ्याङक महासंघले प्रस्तुत गरेको छ भने शान्ति तथा पुर्न निर्माण मन्त्रालयले तयार पारेको तथ्याङकमा १९ हजार ९ सय ४८ रहेको छ ।
पत्रकार महासंघ ः अदालतको फैसला
अधिवेशन नै नगरी दलिय भागवण्डाका आधारमा नेपाल पत्रकार महासंघ कास्कीको कार्य समिति र पार्षद भागवण्डा गरिएकोमा पुनरावेदन अदालत पोखराले विपक्षीको नाममा शुक्रबार कारण देखाऊ आदेश जारी गरेको छ । बैधानिक अधिवेसनको माग गर्दै हिजो प्रेस स्वतन्त्रताका सेनानी केशवराज पराजुली र महासंघ कास्कीका पूर्वअध्यक्ष समेत रहेका संघर्ष समिति संयोजक कृष्णप्रसाद बाँस्तोलाले दायर गरेको रिटमा पुनरावेदनका अदालतका न्यायाधीश किशोर सिलवालको एकल इजलासले विपक्षीका नाममा १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो ।
अधिवेसनको माग गर्दै रिलेअनसनमा बसेका पत्रकारहरुको तर्फबाट ‘उप्रेषण मिश्रित परमादेशको आदेश जारी गरि पाउँ’ भन्दै दायर मुद्दामा महासंघ कास्कीका अध्यक्ष नारायण कार्की र अवैधानिक तवरबाट चयन गरिएका अध्यक्ष बद्रीविनोद खनाललाई विपक्षि बनाईएको थियो । जसमा अधिवेशनबिना नै गरिएको भनिएको नेतृत्व चयनको निर्णय बदर गर्नुपर्ने र अधिवेशन बोलाएर नयाँ कार्यसमितिको निर्वाचन गर्नुपर्ने ब्यहोराको मुद्दा दायर भएको थियो । अधिवेशन नै नगरि दलीय आधारमा केही पत्रकारहरुको अघिल्लो मंगलबारको गोप्य बैठकले प्रेस यूनियनलाई १५, प्रेस चौतारीलाई १३ र क्रान्तिकारीलाई ९ पार्षदको भागबण्डा लगाएको थियो ।
भरतपुर क्यान्सर अस्पताल ठप्प
कार्यकारी निर्देशक नियुक्तिको विवादका कारण चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पुर्ण सेवा ठप्प भएको छ । सम्पुर्ण सेवा ठप्प भए पछि अस्पताल भर्ना भएका बिरामीहरु मर्कामा परेका छन । बिरामीका आफन्तजनहरुले सेवा सुचारु गर्नु पर्ने माग गर्दै आज पनि अस्पताल परिसरमा भेला भई दबाब दिएका छन् । अत्यावश्यक मानिने रेडियो डाइग्नोसिस, रेडियो थेरापी, एनेस्थेसिया, प्याथोलोजी र फिजियो थेरापी विभागमा कार्यरत प्राविधिकले हिजोदेखि आफ्ना सेवा बन्द गरेका हुन् ।
सत्ता र भत्ताको लोभ छैन–अध्यक्ष महतो
जनकपुरधाम, १६ वैशाख । पटक—पटक मन्त्री बन्नुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टी सत्ता र भत्ताका लागि संविधानसभाको म्याद थप गर्ने पक्षमा नरहेको दावी गर्नुभएको छ । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानसभाको म्याद थप गरिएमा सद्भावनाका सभासद्ले संविधानसभाबाट नै राजीनामा दिने चेतावनी समेत दिनुभयो । केही राजनीतिक दलको स्वेच्छाचारी प्रवृत्तिका कारण आगामी जेठ १४ गतेभित्र जनताले संविधान प्राप्त नगर्ने उहाँले बताउनुभयो ।
भूमिगत सङ्गठन प्रमुखको मृत्यु
परासी, १६ वैशाख । नवलपरासी र रूपन्देहीको सीमावर्ती रोहणीखोला नजिक एक भूमिगत सङ्गठन प्रमुखको प्रहरी कारबाहीमा परी मृत्यु भएको छ । आफूलाई मधेसी मुक्ति टाईगर्सको पश्चिमाञ्चल क्षेत्रीय ब्युरो प्रमुख बताउने अनिल चमारको गएराती मृत्यु भएको हो । राति १२ बजे रोहणीखोलामा गएको प्रहरी गस्तीमाथि आक्रमण गर्ने प्रयास गर्दा उनको जवाफी कारबाहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ । नवलपरासीको स्वाठी गाउँ विकास समिति वडा नं ८ बस्ने सम्राट उपनामले चिनिने उनको सनाखत हुन नसकेको प्रहरीले बताए पनि उनी मधेसी मुक्ति टाईगर्सको पश्चिमाञ्चल क्षेत्रीय प्रमुख भएको स्रोतले बताएको छ । यसको पुष्टिका लागि आज जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको छ । मृतक अनिलले नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लामा हत्या, हिंसा र चन्दाआङ्तक मच्चाइरहेको आरोप प्रहरीले लगाउँदै आएको छ ।
यसैब्ीच महोत्तरीको भोल्टी भन्ने स्थानमा गएराति बसमा भएको बम विस्फोटमा परी चालकसहित तीन घाइते भएका छन् । प्रधानमन्त्रीको जनकपुरमा आयोजित कार्यक्रमपछि नेकपा (एमाले)का कार्यकर्तालाई घर पु¥याई जलेश्वरतर्फ फर्किरहेको ज१ख ५४२ नम्बरको रुपेश ट्राभल्सको बसमाथि भोल्टी चोकमा बम प्रहार हुँदा चालक आगेपुरका जयोम राई, सहचालक धनुषा विन्धी–६ का धर्मेन्द्रकुमार मण्डल र एमाले कार्यकर्ता उटहर्ना–६ का फेकन राम गम्भीर घाइते भएका छन् ।
आर्थिक समाचार
सडक तथा ढल निर्माण
परासी, १६ वैशाख । नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रमा सडक विस्तार र ढल निर्माणलाई तीव्र बनाएको जनाएको छ । नगर क्षेत्रमा ढल निकासको समस्या बढ्दै गएकाले नगरपालिकाले ढल निकास र सडक मर्मत तथा विस्तारको काम सुरु गरेको हो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०६८ र २०६९ मा ढल निर्माण र सडक विस्तार तथा मर्मतका लागि रु ७० लाख ३३ हजार विनियोजन गरेको छ । अहिले सडक तथा ढल निर्माणका काम नगरपालिकाभित्रका कतिपय ठाउँमा भइरहेको छ भने कतिपय टोलमा बाँकी रहेको जनाईएको छ । नगर क्षेत्रभित्र रहेका विभिन्न वडामा सडक कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिइएको छ । नगरपालिकाले वडा नम्बर ६ पोखरापालीमा १७७ मिटर सडक कालोपत्रे गर्नका लागि रु ११ लाख १७ हजार विनियोजन गरेको छ ।
गहुँ उत्पादनमा वृद्धि
फलेबास (पर्वत), १६ वैशाख । पर्वत जिल्लामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलानामा यस वर्ष शून्य दशमलव १ प्रतिशतले वृद्धि भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा गरिएको गहुँ खेतीबाट छ हजार ७६२ मेट्रिकटन उत्पादन भएको छ । यस वर्ष एक हजार ९१५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो । प्रतिहेक्टर क्षेत्रफलमा २.३२ मेट्रिकटन उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । यस वर्ष गहुँ उत्पादन हुने क्षेत्रफल घटेको हो । अनुकूल मौसम र गुणस्तरीय बीऊ लगाइए पनि क्षेत्रफल घट्दै गएकाले उत्पादनमा उल्लेख्य वृद्धि नभएको हो । जिल्लाका देवीस्थान, खानीगाउँ, बर्राचौर, हुवास, पातीचौर, मुडिकुवा, कटुवाचौपारी, त्रिवेणी, पाङ, खुर्कोट, धाइरिङलगायतका गाविसमा उत्पादन उल्लेख्य मात्रामा बढेको हो ।
अन्तराष्ट्रिय समाचार
बेलायति राजकुमार विलियम्स केट मेडिटन बिच परि कथा झैँ विवाह
![]() |
William-Kate wedding kiss |
एउटा परी कथा झैँ बेलायति राजकुमार विलियम्स उनको प्रमिका केट मिडलटन बिच आज राजकिय शानका साथ विवाह सु सम्पन्न भएको छ । बेलायतको हजारौ बर्ष पुरानो बर्किघंम दरबारको वेस्टमिनिस्टर हलमा उनीहरु बिच विवाह भएको हो । दुबैलाइ बेलायति धर्मगुरु आर्च बिशप रोवन विलियम्सले श्रीमान–श्रीमती भएको घोषणा गरेका थिए । विवाहको सयममा राजकुमार विलियम्स सैन्य कर्नेलको पोशाकमा थिए भने केट सेतो आइवरीमा रहेका थिइन् । यी दुइ बिचको विवाहलाइ विश्वभरका संचार माध्यमहरुले शाहि विवाहको रुपमा चर्चा गरेका छन् ।
विवाह पश्चात बेलायति महारानी एलिजाबेथले विलियम्सलाइ ड्युक अफ क्याम्रबिजको उपाधि दिएपछि केटलाइ डचेस अफ क्याम्ब्रिजको बनेकी छन् । विवाह समारोहमा लब्ध प्रतिष्ठित राजपरिवारका सदस्यहरु तथा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, फुटबलर डेभिड बेहक्याम, पप गायक एल्टन जौन लगायत समाजका प्रतिष्ठित ब्यक्तिहरुलाइ उपस्थीत भएका थिए । विवाह समारोह हेर्न लाखौ मानिस बकिघंम दरबार बाहिरको सडकमा १० लाख मानिस गएराति देखी नै बसेका थिए । विवाह समारोहलाइ विभिन्न माध्यमबाट विश्वभरका करिब दुइ अरब मानिसले प्रत्यक्ष हरेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् ।
विलियम्स र केट बिच सन् २००१मा सेन्ट एड्रयुज विश्वविद्यायलमा भेट भएपछि मित्रत्रा भएको थियो । उनीहरुको मित्रत्रा पछिल्लो बर्षहरु प्रेममा परिणत भएको थियो । दुइ बर्ष अघि उनीहरुबिचको सम्बन्धमा दरार आएको बताइएपनि पछि उनीहरु बिच पुन प्रेम सम्बन्ध कायम रहको सार्वजनिक भएको थियो ।
निकै तामझाम पूर्ण रहेको विवाह समारोहका लागी करिब ४८ करोड डलर खर्च भएको बताइएको छ । विलियम्स उनको पिता चाल्स पछिका बेलायती राजपरिवारका उत्ताराधिकारीमा रहेका छन् । जन्म समय देखी नै चर्चामा रहँदै आएका विलियम्सको आमा डायनको मृत्यु भएपछि उनलाइ संचार माध्यमहरुले पछ्याउँदै आएका थिए ।
खेल समाचार
सहिद स्मारक लिगमा आज श्र्रीस्टार र फ्रेण्ड्रसको विजयी सुरुवात
काठमांडौ, १५ बैशाख । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा अन्र्तगत आज भएको खेलमा फ्रेन्ड्स क्लव र थ्रीस्टार विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाालामा भएको पहिलो खेलमा फ्रेन्डसले स्वयम्भुलाई ३—० ले तथा दोश्रो खेलमा थ्रीस्टारले कोलपानीलाई ५—० ले पराजित गरेका हुन् । फ्रेन्डसको जितमा टंक लामा, सुरेन्द्र तामाङ र अजद प्रधानले १—१ गोल गरेका थिए । यस्तै प्रभावशाली जित दर्ता गराएको ललितपुरे टोलीका लागि बुद्ध चेम्जोङले २ तथा योगेश गुरुङ, विराज महर्जन र कुमार घिसिङले १—१ गोल गरेका थिए ।
No comments:
Post a Comment