जेठ १४ नजिकियो शान्ति र संविधान मुल कार्यदिशा हो ः प्रचण्ड
काठमाण्डौँ, १५ चैत्र । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ १४ नजिएिको भन्दै शान्ति प्रक्रिया र संविधान निमार्णलाइ केन्द्रीत गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ । राजधानीमा जारी केन्द्रीय कमिटि बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफदिदै प्रचण्डले जेठ १४ गते भित्र संविधानको एकीकृत मस्यौदा तयार गनुपर्ने तथा शान्ति प्रक्रिया समेत तत्काल टुङ्गयाउनुपर्ने बताउनु भएको हो ।
प्रचण्डले माओवादी बाहेकका दलहरुले संविधान सभा नै नचाहेकाले संविधान सभालाइ निरन्तरता दिन पनि सहमित नभएका विषयहरुलाइ अनुसचिमा राखेर भएपनि एकीकृत मस्यौदा सार्वजनिक गनुपर्ने बताउनु भएको हो । केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदैँ प्रचण्डले शान्ति र संविधान निर्माणका पक्षमा अन्तिम धक्का दिनुपर्ने बताउनु भएको बैठकपछि माओवादी नेता देव गुरुङ्गले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले शान्ति र संविधान निर्माणमा अन्तिम बल गर्नुपर्ने र नभएमात्र अन्य विकल्पमा जानुपर्ने धारणा राखेको गुरुङ्गले बताउनुभयो ।
नेता गुरुङ्गले शान्ति प्रक्रिायलाइ अगाडी बढाउनु पर्नेमा पार्टिमा विवाद नरहको भन्दै कति छाडेर अघि बढ्ने भन्ने विषय मात्र छलफलको विषय बनेको बताउनुभयो । बैठकमा प्रचण्डले छिट्टै सेना समायोजनको मापदण्ड तय गरेर लडाकु समायोजन गनुपर्ने बताउनु भएको थियो ।
गत ९ गते देखी सुरु भएको माओवादी केन्द्रीय समिती बैठकमा शान्ति र संविधानलाइ कार्यदिशा बनाउने अध्यक्ष प्रचण्डको तथा जनविद्रोहको कार्यदिशालाइ निरन्तरता दिने उपाध्यक्ष बैद्यको प्रतिवेदनमा छलफल भएको थियो । झण्डै १ सय ४० केन्द्रीय सदस्य रहेको माओवादी कन्द्रीय सदस्य मध्ये करिव १ सय जनाले प्रचण्डको प्रस्तावमन समर्थन जनाएका थिए । बैठकमा भोली उपाध्यक्ष बैद्यले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएपछि समाप्त हुने अपेक्षा गरिएको छ ।
सरकारको आयु लम्वाउन अग्रीम बजेटको तयारीः विपक्षी दल
काठमाण्डौ, वैशाख १५ । नेपाली कागे्रस लगायत संविधानसभामा रहेका झण्डै एकदर्जन दलले सरकारले आफ्नो आयु लम्बयाउन बजेटको तयारी गरेको आरोप लगाएका छन् । बजेट प्रस्तुत गर्ने र पारित गर्ने प्रसस्त समय छदाँ छदै सरकारले राष्ट्र र संविधानसभाको ध्यान बजेटतर्फ मोडि शान्ति र संविधानको राष्ट्रिय दायित्वबाट विमुख गराउन खोजेको उनिहरुको आरोप छ ।
कागे्रस संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको बैठकले जेठ १४ पछिमात्र बजेट ल्याउन प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाउने र सरकारले बलजफ्ती बजेट ल्याउन खोजे अबरोध गर्ने निर्णय गरेको हो । बैठकपछि कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले शाति र संविधान निर्माणमा सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने समयमा सरकारले बजेट ल्याउने कुरा गरेकोले विरोध जनाएको बताउनुभयो । उहाँले आफूहरुको आग्रह विपतिर बजट ल्याइए संसदमा विरोध गरिने बताउनुभयो । दलहरुले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाइ ज्ञापनपत्र बुझाउदै संविधान निर्माणको ऐतिहासिक कार्यभारलाइ ओझेल पार्नेगरी बजेट आए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सभामुखलाइ ज्ञापनपत्र बुझाएपछि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छेदारले सरकारले आफ्नो आयु लम्बाउनका लागिमात्र बजेट ल्याउन खोजेको आरोप लगाउनुभयो ।
बजेटप्रति यसरी विरोध जनाउनेमा नेपाली कागे्रस, फोरम लोकतान्त्रिक, तमलोपा, राप्रपा, राजपा लगायत ११ दल छन । यसअघि सरकारले यही वैशाख २७ गते नीति तथा कार्यक्रम र आगामी जेठ ९ गते बजेट ल्याउने तयारी गरेको छ ।
यसैबीच शान्ति र संविधानमा ध्यान केन्द्रीतगर्न जेठ १४ पछिमात्र बजेट ल्याउन मागगर्दै नेपाली कागे्रस लगायत संविधानसभाका ११ दलले प्रधानमन्त्री झलनाथ खनालको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगी शान्ति प्रक्रिर्यावाट ध्यान मोडनेगरी सरकारले बजेट ल्याउन लागेकोमा विरोध जनाइएको बताईैएको छ ।
प्रधानन्याधिशमा खिलराज रेग्मीको नाम सर्वसम्मत अनुमोदनः
काठमाण्डौ, वैशाख १५ । ससंदीय सुनुवाई बिशेष समितीले संवैधानिक परिषदद्वारा प्रधानन्याधीशमा सिफारिस सर्बाेच्च अदालतका बरिष्ठ न्यायधीश खिलराज रेग्मीको नाममा सर्वसम्मतिले अनुमोदन गरेको छ । संसद सचिवालय सिंहदरवारमा आज बसेको समितिको बैठकले रेग्मीको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति कुलबहादुर गुरुङ्गले जानकारी दिनुभयो । समितिले रेग्मीलाइ प्रधान न्यायाधीशमा नियुक्तिकालागि संवैधानिक समितिमा पठाएको छ ।
सुनुवाइका क्रममा न्यायाधीश रेग्मीले प्रभावकारी न्याय सम्पादन र न्यायालयको सुधार आफ्नो प्राथमिकता रहेको बताउनु भएको थियो । न्याय सम्पादनमा हुने ढिलासुस्ति र न्यायालयमा हुने गरेको भ्रष्टाचार रोक्न आफूले अभियान संचालन गर्ने उहाँले बताउनु भयो । कतिपय विचौलियाका कारण न्यायालयमा भष्ट्राचार हुने गरेको स्वीकार्दै त्यसलाइ न्यूनिरकण गर्न आफूले प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । न्यायालयमा तीस बर्षे अनुभबमा हजारौ मुद्दा फैसला गरेको स्मरणगर्दै बस्तुनिष्ठ भएर न्याय सम्पादन गर्न विचलिनत नहुने बताउनुभयो ।
रेग्मीमाथी न्याय सम्पादनमा ढिला सुस्ती गरेको, पुर्वाग्रही भएर मुद्दा फैसला गरेको लगायत तीन वटा उजुरी परेका थिए । संसदीय सुनुवाइपछि राष्ट्रपतिले रेग्मीलाइ प्रधान न्यायाधीश नियुक्त गर्नुहुने छ । रेग्मीको कार्यकाल तीन बर्षको हुनेछ । प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठले उमेर हदका कारण यहि बैशाख २० गते अनिवार्य अवकास पाउने भएपछि संवैधानिक परिषदले रेग्मीलाई नयाँ प्रधानन्याधीशका लागि सिफारिस गरेको थियो ।
प्रम खनाल र सभापति कोइराला भेट ः बजेटबारे छलफल
काठमाडौँ, १५ वैशाख । सरकारले ल्याउन लागेको बजेटबारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । शान्ति र संविधानलाई बाधा पु¥याउन सरकारले बजेट ल्याउन लागेको भन्दै काँग्रेसले आपत्ति जनाएको हो । प्रधानमन्त्री झलनाथ खनाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच आज बिहान कोइराला निवासमा भएको भेटमा सभापति कोइरालाले सरकारले ल्याउन लागेको बजेटबारे असहमति जनाउनुभएको हो ।
प्रधानमन्त्री भएपछि पहिलोचोटि नेपाली काँग्रेसका सभापति कोइरालालाई भेट्न प्रधानमन्त्री खनाल कोइराला निवास महाराजगन्ज पुग्नुभएको थियो । कङग्रेस सहित नौ दलको बैठकले सरकारले अहिले ल्याउने बजेट कुनै पनि हालतमा नमान्ने निर्णय गरेको आफूले प्रधानमन्त्री खनाललाई बताएको भेटपछि कोइरालाले जानकारी दिनुभयो । सरकारले पहिलो प्राथमिकताका साथ शान्ति र संविधानलाई अघि बढाउनुपर्नैमा आफूले जोड दिएको कोईरालाले बताउनुभयो । सङ्कटको बेलामा प्रधानमन्त्री हुनुभएकाले शान्ति प्रक्रियालाई प्राथमिकता दिएर संविधान लेखनको अभिभारा पूरा गर्न प्रधानमन्त्री खनाललाई सुझाव दिएको उहाँको भनाई थियो ।
प्रधानमन्त्री खनालले पनि कोइरालासँग शान्ति प्रक्रिया, संविधान लेखन र समसामयिक राजनीतिका विषयमा कुरा भएको बताउनुभयो । अहिलेको राष्ट्रिय आवश्यकता शान्ति र संविधानलाई प्राथमिकता दिनुपर्ने कुरामा दुवै नेताबीच मतभेद नरहेको प्रधानमन्त्री खनालले उल्ल्ेख गर्नुभयो । “ शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई प्राथमिकता र दृढताका साथ अघि बढाउने कुरामा दुवैबीच एकमत रह्यो साथै बजेटबारे पनि छलफल भयो,” प्रधानमन्त्री खनालले भन्नुभयो ।
माथिल्लो तामाकोशीबारे छिटो निर्णयमा पुगः संसदीय समिति
व्यबस्थापिका संसदको प्राकृतिक स्रोत साधन समिति अन्तरगत गठित उर्जा उपसमितिले माथिल्लो तामाकोशी आयोजना कार्यान्वयनमा भएको ढिलाइवारे एकहप्ताभीत्र निर्णयमा पुग्न सरोकारवाला निकायलाइ निर्देशन दिएको छ । नपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी संचयकोष, विमा संस्थान लगायतका अधिकारीहरुसंगको छलफलपछि समितिले ऋण लगानी सम्बन्धी सम्झौता तत्काल अघि बढाउन निर्देशन दिएको हो ।
विद्यमान लोडसेडिङ हटाउन सबैभन्दा महत्वपूर्ण ठानिएको आयोजना निर्माणमा भएको ढिलाइका कारण माथिल्लो तामाकोशी बन्नमा ढिलाइ हुने भन्दै ऋण लगानीमा देखिएका अष्पष्ठता तत्काल अन्त्यगर्न समितिले निर्देशन दिएको हो । प्राधिकरण र टेलीकमबीच माथिल्लो त्रिसुली ‘थ्री बी’ आयोजना अगाडि बढाउने सम्बन्धमा देखिएको विबादका कारण माथिल्लो तामाकोशी आयोजनामा टेलीकमको लगानि अन्यौलमा परेको छ । बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक जीवेन्द्र झाले माथिल्लो तामाकोशीमा शेयर बाडफाड सम्बन्धी सम्झौता सकिएकोले त्रिसुली संयुक्त नगानीमा निर्माण गर्नेमा अन्यौल नभएको बताउनुभयो ।
प्राधिकरणको बोर्ड बैठक बस्न नसक्दा तामाकोशी आयोजना कार्यान्वयमा ढिलाइ हुने देखिएको भन्दै सभासदहरुले तत्काल बोर्ड बैठक बस्न आग्रह गरेका थिए । सभासद चन्द्रदेव जोशीले विद्युत प्राधिकरणको व्यबस्थापनमा देखिएको कमजोरीका कारण तामाकोशी सम्पन्नगर्न ढिलाइ हुने संकेत देखिएको बताउनुभयो । २ हजार ७२ सालको भाद्र सम्ममा सम्पन्नगर्ने लक्ष राखिएको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनामा ऋण लगानी सम्बन्धमा टेलीकम र प्राधिकरणबीच मतभेद देखिएको छ । आयोजनामा टेलीकमले ६ अर्ब लगानी गर्दैछ ।
प्रधानमन्त्री–राजदुत भेटवार्ताः
प्रधानमन्त्री झलनाथ खनालसंग नेपालकालागि फ्रान्सेली राजदुत जेन चार्लेसले भेटगरि पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान भएको भेटमा जारी शान्ति प्रक्रिर्या र संविधान निर्माण प्रक्रिर्याको बिषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले सरकार शान्ति प्रक्रिर्यालाइ अबिलम्व निश्कर्षमा पु¥याउन लागि परेको बताउनु भएको उहाँका सहयोगिहरुले जानकारी दिएका छन् । राजदुत जेनले आफ्नो मुलुक नेपाललाइ सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।
बस पल्टिँदा दुईको मृत्यु, आधा दर्जन घाइते
सप्तरी, १५ वैशाख । सप्तरीको खोजपुर आज भएको बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने आधा दर्जन घाइते भएका छन् । खोजपुर गाविसको खरचुहिया चौकस्थित पूर्व पश्चिम राजमार्गमा बसको पछाडिको टायर पञ्चर भई बस पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाको लहानबाट राजविराजतर्फ जादै गरेको ना.३ ख १८२२ नम्बरको दुर्घटना हुँदा एक महिला र एक पुरुषको मृत्यु भएको तर मृतकको नाम र ठेगाना भने खुल्न नसकेको प्रहरीको भनाइ छ । घाइतहरुको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सप्तरीको प्रसवनीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रसवनी–९ का राजु मण्डलका छोरा इन्दलकुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
आर्थिक समाचार
बन्द कारखाना आजदेखि खुले
मङ्गलबारे (इलाम), १५ वैशाख । सेवा सुविधाको माग राख्दै ११ दिनदेखि चिया मजदुरले बन्द गराएका पूर्वका चिया कारखाना तथा बगान आजदेखि खुलेका छन् । आज राजधानीमा चिया मजदुर, सरकार र उद्योगीबीच चिया मजदुर तथा कारखानाका कर्मचारीका लागि सामाजिक सुरक्षा लागु गर्ने, ज्याला वृद्धि गर्ने र चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएपछि वैशाख ४ गतेदेखि बन्द इलामका सबै कारखाना तथा बगान खुलेका हुन् ।
कृषि मन्त्रालयको संयोजकत्वमा गठित कार्यदलमा श्रम, अर्थ, गृह, उद्योग, ट्रेड युनियनका प्रतिनिधि, चिया उद्योगी र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यदलले एक महिनाभित्र पूर्वका चिया कारखाना तथा बगानको भ्रमण गरी प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने अखिल नेपाल चिया मजदुर सङ्घका अध्यक्ष भूपाल सापकोटाले बताउनुभयो । मजदुरको आन्दोलन सुरु भएपछि चिया किसानले पनि राजमार्ग बन्द गराएर आन्दोलन थालेका थिए । मजदुर आन्दोलनका कारण हरियोपत्ति नष्ट हुँदा किसानले रु २० करोड भन्दा बढी आर्थिक क्षति बेहोर्नुपरेको छ । मजदुर आन्दोलनका कारण पूर्वका झापा, इलाम, पाँचथर, धनकुटाका ४० वटा कारखाना तथा ८० वटा भन्दा बढी ठूला तथा साना चिया बगान बन्द भएका थिए ।
अन्तराष्ट्रिय समाचार
अमेरिकी राज्य अब्बामा आएको आधिँमा परि मर्नेको संख्या वृद्धि

अमेरिकाको दक्षिणी राज्य अल्बामामा आएको हावा हुरी आँधिहुरीमा परि मर्नेको संख्या १२८ पुगेको छ । हिजोबाट सुरु भएको आँधिको भयनाक असर परेको टस्कालोसामा मात्र १५ जनाको मृत्यु अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकी राज्यहरु मिसिसिपी, जर्जिया र टेनिसामा समेत आँधिको प्रत्यक्ष असर परेको छ । ति शहरहरुमा १७२ जनाको मृत्यु भइसकेको विविसीले जनाएको छ । अमेरिका सरकरले आँधिका कारण प्रभावित बनेको सात शहरमा आपतकालिन अवस्थाको घोषणा गर्दै केन्द्रीय सहयोग परिचालन गरिसकेको जनाएको छ । अमेरिकी मौसम विभागले बुधबारबाट ३ सय पटक भन्दा धेरै पटक चक्रिय हावाहुरी चलेको जनाएको छ ।
एयर इण्डिया पाइलटको हड्ताल
भारतमा एयर इण्डिया विमान कम्पिनीका पाइलटहरुको हड्तालका दोश्रो दिन आज पनि कयौँ उडान रद्य भएका छन् भने यात्रुहरु समस्यामा परेका छन् । भारतको सरकारी विमान कम्पिनी एयर इण्डियाले दैनिक ३ सय २० उडान भर्दै आएको छ । एयर इण्डियाले भारतिय हवाइ बजारको १८ प्रतिशत हिस्सा ओगट्दै आएको छ । एयर इण्डियाका ६ सय पाइलट विभिन्न माग राख्दै हड्तालमा सामेल भएका छन् । एयर इण्डिया र इण्डियन एयरलाइन्स बिच एकिकरण भएपनि यी दुइ कम्पिनीका पाइलटहरु बिच विवाद रहँदै आएका छ भने एकीकरणका बेला भएको सम्झौता कार्यन्वयन नभएको भन्दै पाइलटहरु आन्दोलनमा उत्रिएका हुन् । पाइलटहरुले विभिन्न आर्थीक माग राख्दै आएका छन् । पछिल्लो समय एयर इण्डिया घाटामा रहेको छ भने भारतिय सरकारले माग पुरा गर्न अस्वीकार गर्दै आएका छन् ।
खेल समाचार
सहिद स्मारक लिग
आजबाट सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रानी पोखरी कर्नर टिम आरसिटी तथा नेपाल पुलिसले विजयी सुरुवात गरेको छन् । आज भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै आरसिटीले विजयी सुरुवात गरेको हो । आरसिटीका लागी शेखर लिम्बुले एकमात्र निर्णायक गोल गरेका थिए ।
त्यस्तै आजै भएको दोश्रो खेलमा नेपाल पुलिसले बौद्ध फुटबल क्लबलाइ ६–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । डिफेन्डिङ च्याम्पियन पुलिसको जितमा जुमानु राईले ह्याट्रिक पूरा गर्दै ४ गोल गरेका थिए । उनले खेलको ४३ औ, ५४ औ, ८० आँै र दोस्रो हाफको ईन्जुरी समयमा गोल गरेका थिए । यस्तै पुलिसका लागि भरत खवासले १२ औ, रमेश कटुवालले १८औ र मिनेटमा १–१ गोल गरेका थिए ।
गोल प्रोजेक्टमा नेपाल, गणेश थापाको पेट भरिने भो ।
विश्व फुटबल महासंघ फिफाले सुरु गर्न लागेको फिफा गोल फुटबल प्रोजेक्टकका लागि नेपाल छनौट भएको छ । विश्वभरका १० राष्ट्रमा पाईलट प्रोजेक्टको रुपमा शुरु गर्न लागेको सो प्रोजेक्टका लागी नेपाल चयन भएको हो । गोल प्रोजेक्टमा पर्ने राष्ट्रले तीन वर्षमा चार लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । सो प्रोजेक्ट सम्बन्धि सम्भाब्यता अध्ययन, अवलोकन भ्रमण गर्न फिफाका डेभिड बोर्जा, विकास कार्यक्रममा एसिया प्रमुख जिन माईकल बेनिजेट लगायत नेपाल आएका थिए ।
फिफाको टिम समक्ष आज एन्फा कम्प्लेक्समा आयोजित समारोहमा एन्फाद्धारा गोल फुटबल प्रोजेक्ट अन्तर्गत कार्यन्वयनमा ल्याउन खोजेको विषयमा एन्फाका टेक्निकल डाईरेन्टर भिम थापाले प्रस्ताव पेश गर्नु भएको थियो । सो अवसरमा एन्फा अध्यक्ष गणेश थापाले फिफाले नेपाललाई जहिले पनि पहिलो प्राथमिकतामा राखी फिफाका कार्यक्रम प्रदान गर्दै आईरहेकोमा फिफा तथा फिफाबाट आएका सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो ।
No comments:
Post a Comment