Thursday, April 28, 2011

बैशाख १४ गते २०६८

एकीकृत मस्यौदा निर्माणको संभावना गुज्रीसक्योः सभापति आचार्य

काठमाण्डौ, वैशाख १४ । संविधानसभा संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले जेठ १४ मा नयाँ संविधानको एकीकृत मस्यौदा बन्ने संभावना गुज्री सकेको बताउनु भएको छ । अबको ध्यान हतारमा एकीकृत मस्यौदा निर्माण गर्नु भन्दापनि जेठ १४ पछिको कार्यतालिका निर्माण हुनुपर्ने उहाँको भनाइ छ । 

सिंहदरवार स्थित आफ्नै कार्यकक्षमा कुरागर्दै सभापति आचार्यले विबादका बिषय कायम राखेर संविधानको एकीकृत मस्यौदा बन्न नसक्ने बताउनु भएको हो । ‘एक महिनामा एकीकृत मस्यौदा बन्न संभव छैन, उहाँले भन्नुभयो– दलहरुबीच इच्छाशक्ति भए कम्तिमापनि जनतालाइ हाम्रो राजनीतिक प्रणाली, निर्वाचन प्रणाली यस्तो हुने भो भन्ने कुराम सहमति निर्माण गर्न सकिन्छ ।’

सभापति आचार्यले मूलभूत बिषयमा सहमति नभइ संविधानको एकीकृत मस्यौदा बन्न नसक्ने स्पष्टगर्दै दलहरुले भनजस्तो विबादका बिषयलाइ थाति राखेर एकीकृत मस्यौदा बनाउने संवैधानिक व्यबसथा नभएको टिप्पणी गर्नुभयो । जेठ १४ मा संविधान नबन्ने अबस्थामा अब संविधान कसरी अघि बढ्छ भन्नेमा ध्यान केन्द्रीत गर्नुपर्ने उहाँको सुझाव थियो ।

सभापति आचार्यले संविधानसभाको म्याद थपगर्ने भए वैशाख मसान्त भीत्रै सहमति गर्नु उचित हुने राय राख्नुभयो । विगतमा संविधानसभाको कार्यकाल थपगर्दा भएको सहमति किन कार्यान्वयन भएन तथा के÷के कुराले संविधान निर्माणमा बाधा दिए भन्ने कुराको समिक्षा हुनुपर्ने सभापति आचार्यले उल्लख गर्नुभयो ।

राजधानी लगायत नेवाः ताम्सालिङ क्षेत्र बन्द

आदिवासी जनजातिको अग्राधिकार सहितको संघीयराज्य, गणतन्त्र र धर्मनिरपेक्षता सुनिश्चितता सहितको संविधान माग गर्दै गरिएको बन्द सफल भएको नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले दावी गरेको छ । आज अपरान्ह ४ बजेसम्मका लागि आह्वान गरिएको बन्द अवधीभर बन्द उल्लङगन नगरेर सर्वसाधारणले आफूहरुको मागमा समर्थन जनाएको बन्दकर्ताको भनाई छ । बन्द अवधी सकिएसँगै राजधानी लगायत आसपासका जिल्लाहरुको जनजीवन सामान्य बन्दै गएको छ । बन्द खुलेपछि बजार, पसल खुल्न थालेका छन भने राजधानीमा यातायातका साधन पनि चल्न थालेका छन् ।

त्यसअघि आज विहानै देखि भएको बन्दले सामान्य जनजीवन प्रभावित बन्न पुग्यो ।आज दिनभर भएको बन्दका कारण काठमाडौ उपत्यका लगायत नुवाकोट, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लाहरुको जनजीवन प्रभावित बनेको थियो । बन्दका क्रममा अराजक गतिविधी गर्न खाजेको भन्दै आधा दर्जन प्रदर्शनकारी नियन्त्रणमा लिएको सङर्ष समितीले जनाएको छ । बन्दका कारण औद्योगिक क्षेत्रका विभिन्न उद्योग, कलेज, विद्यालय पनि बन्द भएका थिए । आज बिहानैदेखि पसल र सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा सर्वसाधारणलाई त्यसको प्रत्यक्ष असर पारेको थियो ।

संविधानसभाको विषयगत समितिले प्रस्तुत गरेको १४ प्रदेश सहीतको संघीय राज्यको खाकामा हेरफेर गर्न सक्ने भएकोले खबरदारीको लागि बन्द गर्नु परेको बन्दकर्ताहरुले बताएका छन् ।

यता गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गरी बन्दको मध्यम प्रभाव परेको जनाएको छ । बन्दका क्रममा जवजस्ती बन्द गराउन संलग्न काठमाडौबाट ४,विरगज्नबाट १०,कास्कीबाट ५ र धनुषाबाट १२ गरी ३१ जनालाई नियन्त्रणमा लिएर छाडिएको जनाएको छ ।

यसैबीच तोकिएको समयभित्रै संविधान सारी गर्न र शान्ति प्रक्रिया टुङ्गो लगाउन दलहरुलाई दबाब दिने उदेश्यले मानव अधिकार तथा शान्ति समाजले आज संविधानसभा भवन नयाँवानेश्वरमा धर्ना दिएको भएको छ । संविधानसभाबाट संविधान जारी हुन एक महिना मात्र बाकी रहेको अवस्थामापनि दलहरु संबेदनशील नभएको भन्दै समाजले दवावको लागि दिउँसो २ बजे देखि ३ बजे सम्म संविधानसभा भवनको पश्चिम गेट अगाडि धर्ना दिएको हो । समाजले राज्यपुनसंरचना आयोग गठन, वेपत्ता सम्बन्धी आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग, राष्टिय शान्ति तथा पुनस्थापना आयोग, दण्डहीनताको अन्त्य र रोम विहान अनुमोदन गर्न समेत माग गरेको छ । ।

पारशलाई कागज गराई छाड्ने

टाइगर टप्स रिसोर्टमा भएको गोली काण्डका आरोपित पुर्ब युवराज पारश शाहलाई जिल्ला प्रशासन कार्यालय चितवनले कागज गराई छाड्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज गरेको फैसालामा केही सार्बजनिक अपराध तथा सजाय एैन २०२७ को दफा ६ को (२) बमोजिम पहिलो पटकका लागि कागज गराई छाड्ने निर्णय गरेको हो । उक्त गोली काण्डमा पारसको संलग्नता पुष्टि भएकोले पहिलो पटकका लागि आइन्दा यस्ता घटनामा संलग्न नहुने प्रतिबद्धतासहीत कागज गराएर छाडिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको निर्णयमा चित्त नबुझेमा पुनराबेदन गर्न सक्ने प्राबधान रहेको छ । कानुन व्यबसायी शिब बहादुर पाण्डेका अनुसार म्याद भित्र पुनराबेदन नगरेमा फैसला स्वत कार्यान्वयन हुनेछ । फैसलामा पुर्ब युबराज शाह भने अनुपस्थित हुनुहुन्थ्यो ।

पारस शाहका तर्फबाट हिरा रेग्मी, शिव बहादुर पाण्डे, गणेश केसी, चुडामणी सापकोटा, कोशराज काफ्ले, र बद्रि गौतमले बहस गर्नुभएको थियो । उहाहरुले पूर्व यूवराज शाह घटनामा दोषि नदेखिएको भन्दै शाहलाई पुर्ण सफाई दिनुपर्ने माग गरेका थिए । त्यस्तै सरकारका तर्फबाट सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायधिवक्ता गिता प्रसाद तिमिल्सीना र सहन्यायधिवक्ता भिम प्रसाद भुर्तेलले केही सार्वजनिक अपराध ऐन २०२७ दफा २ को ग अनुसार कार्वाही हुनुपर्ने माग गर्नुभएको थियो ।

गोलीकाण्डका पीडित भनिएका बंगलादेशी नागरिक रुवेल चौधरी र पूर्वयुवराज पारस शाहसग गत चैत्र ८ गते लिईएको बयानका आधारमा प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको एकल इजलासले आजका लागि पेशी तोकेको थियो । गत मंसिर २५ गते टाईगर टप्स होटलमा रुबेललाई गोली हानेको आरोपमा मेघौली प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक गंगा बहादुर क्षेत्रीले पूर्वयुवराज शाह विरुद्ध सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा दायर गर्नु भएको थियो ।

सभासद्को राहदानी काण्डमा सङ्लग्न अध्यागमनका अधिकृत पक्राउ

काठमाडौँ, १४ वैशाख । सभासद्का रातो पासपोर्ट दुरुपयोग गरी दुई जनालाई विदेशमा पठाउने अध्यागमनका एक अधिकृतलाई प्रहरीले आज पक्राउ गरेको छ । सभासद् गायत्री शाह र विश्वनाथप्रसाद (विपी) यादवको पासपोर्ट दुरुपयोगमा सघाउ पु¥याउने अध्यागमनका अधिकृत भूमिनन्द भण्डारीलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । साभासद्द्वयको पासपोर्ट प्रयोग गरेर अबुधाबी पुगी फर्केका दुई नेपालीलाई भण्डारीले पासपोर्टमा छापसमेत नलगाई पठाएको अनुसन्धान व्यूरोका प्रमूख प्रहरी उपरीक्षक राजेन्द्रसिंह भण्डारीले बताउनुभयो । पक्राउ परेका भण्डारीले आफ्नो गल्ती स्वीकारिसकेको बताउँदै व्यूरोले थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी परिसरमा पठाएको जानकारी दिनुभयो ।

ओलीको गोली

नेकपा एमालेका प्रभावशालि नेता केपि शमौ वलीले पार्टि निर्णय विपरित काम गर्ने पार्टिका अध्यक्ष झलनाथ खनाललाइ पदवाट हटाउने चेतावनि दिनुभएको छ । आज धरानमा कार्यकर्ता संगको भेटघाट कार्यक्रममा नेता वलिले पार्टि भित्र गुट्वन्दिी गर्न कसैलाइ अधिकार नरहेको र निरंकुस बनेर आफुखुसि हिड्ने ब्यक्ति एमालेका लागि सहनिय नहुने बताउनुभयो

पार्टिको निति, निर्णय  उल्घंन गर्ने पार्टि अध्यक्ष झलनाथ खनाल विरुद्ध अविस्वासको प्रस्ताव मार्फत कार्वाहि गर्ने सक्ने चेतावनि दिदै उहाँले कार्यकर्ताहरुलाइ पार्टि निर्णय विरुद्ध हिड्ने नेताको पछाडि नलाग्न आग्रह गर्नुभयो  । 

यसैबीच विराटनगर विमानस्थलमा आज  सञ्चारकर्मीहरूस“ग कुरा गर्दै ओलीले प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधानलाई अगाडी बढाउन नसकेकाले सरकार छोड्नुपर्ने बताउनुभएको छ । उहा“ले गम्भीर भएर अघि बढे तीन दिनमै संविधान निर्माण गर्न सकिने र सात दिनभित्र शान्ति प्रक्रिया टुंगो लगाउन सकिने दावी समेत गर्नुभयो । सरकार माओवादीको मायावी खेलमा लागेकाले मुलुकले राजनीतिक निकाश नपाएको उहा“को भनाइ थियो । खनाल सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिन नसकेको भन्दै नेता ओलीले अहिलेको आवश्यकता का“ग्रेस र मधेवादी दलसमेत सहभागी हुने सहमतिय सरकार भएको बताउनुभयो । उहा“ले संक्षिप्त र मस्यौदागत संविधान ल्याइए जनताले बहिस्कार गर्ने दनबी गर्नुभयो ।

यता एमालेकै उपाध्यक्ष विद्यादेवी भण्डारीले अध्यक्ष झलनाथ खनालले केन्द्रीय कमिटिको बैठक तत्काल नबोलाए आफूहरुले विधानको प्रक्रियाबाट बैठक बोलाउने चेतावनी दिनुभएको छ । राजधानीमा आज पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले बैठक नबोलाईए विधान सम्मत रुपमा मौखिक रुपमा आग्रह गर्ने र त्यसो गर्दा पनि नबोलाईए लिखित रुपमै हस्ताक्षर गरेर बैठक बोलाउने बताउनुभयो । उहाँले बैठक बोलाउन आवश्यक परे केन्द्रीय कमिटिमा बहुमत देखाउन पनि आफुहरु तयार रहेको दावी गर्नुभयो ।

अध्यक्ष र उपाध्यक्षको प्रस्ताव फिर्ता हुन्छ मतदान हुँदैनः सचिव गजुरेल

काठमाडौ, १४ बैशाख । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले माओबादी केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष मोहन बैद्यले प्रस्तुत गर्नुभएको प्रस्ताव फिर्ता हुने दाबी गर्नुभएको छ । राजधानीमा आज आयोजित एक कार्याक्रममा सचिव गजुरेलले शान्ति र संबिधान निर्माण गर्ने बिषयमा पार्टी भित्र कुनै बिवाद नरहेको दाबी गर्दै दुई प्रस्तावलाई लिएर मतदान नहुने बताउनुभयो । पालुङ्गटार विस्तारित बैठकले पारित गरेको नीतिबाट कोही पनि बाहिर जान नसक्ने भन्दै उहाले सोही कार्य नीति कायम रहने स्पष्ट पार्नुभयो । विषयगत समितिहरुले बुझाएका प्रतिवेदनलाई अधारमा मानेर संविधान निर्माण गर्नमा माओवादीको विमति नरहेको उहाको भनाइ थियो ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले बाँकी एक महिनाभित्रमा संविधानको पहिलो मस्यौदा आउँनै नसक्ने र शान्ति प्रक्रिया पनि अगाडि बढ्न नसक्ने दाबी गर्नुभयो । प्रधानमन्त्रीका प्रमुख राजनीति सल्लाहकार एवम् एमाले पोलिटब्यूरो सदस्य प्रकास ज्वालाले शान्ति प्रकृया नटुङ्गी संविधानसभाको निर्वाचन गर्नु ठूलो भुल भएको टिप्पणी गर्नुुभयो । उहाले शान्ति प्रक्रिया टुङ्गोमा नपुर्याई संविधान जारी गर्न नहुने दाबी गर्नुभयो ।

मानबअधिकारकर्मी दमननाथ ढुङाना

भक्तपुर १४ बैशााख । पूर्बसभामुख एवं मानबअधिकारकर्मी दमननाथ ढुङानाले जनताको आन्दोलनले राजाको हुकुमी शाासनको अन्त्य गरेपनि अहिले तीन दलिय हुकुमी शासन भईरहेको बताउनुभएको छ । लोकतन्त्र दिबसको अबसरमा नेपाल भारत मैत्री संघ भक्तपुरले आज आयोजना गरेको संघको केन्द्रिय नवनिर्बाचित पदाधिकारी तथा सदस्यको सम्मान कार्यक्रममा पदाधिकारीलाई सम्मान गर्दै उहाले अहिले नेपालमा तीन दलिय हुकुमी शासन चलेको टिप्पणी गर्नुभयो ।

मुलुकमा अहिले लोकतन्त्र नभई माओबादी, काग्रेंस, र एमालेको लुटतन्त्र चलिरहेको आरोप लगाउदै उहाले जिल्ला–जिल्लामा पुगेका बिकास बजेट समेत तीन दलले भागबण्डा गरि लुटतन्त्र मच्चाएको उल्लेख गर्नुभयो । नेपालमा लोकतन्त्रलाई हाक्ने क्षमता भएको नेता नभएको बताउदै उहाले लोकतन्त्र हाक्ने नेताको आबश्यकता रहेको टिप्पणी गर्नुभयो । ढुङानाले लोकतान्त्रिक आन्दोलनले मुलुकमा ठूलो परिवर्तन ल्याए पनि राष्ट्रिय नेतृत्वको संकट परेकाले लोकतन्त्र नै संकटमा परेको बताउनुभयो ।

भत्र्सना

काठमाडाँै, १४ वैशाख । वरिष्ठ पत्रकार युवराज घिमिरेलाई सशस्त्र प्रहरीका जवानले दुव्र्यवहार र हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले भत्र्सना गरेको छ । नारायणहिटी दरबार सङ्ग्रालय नजिक रहेको अमेरिकी रिक्रिएसन सेन्टरअगाडिको बाटोबाट दरबारमार्गतिर जाँदै गरेको अवस्थामा हिजो अमेरिकी सेन्टरको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानले वरिष्ठ पत्रकार घिमिरेमाथि हातपातका साथै दुव्र्यवहार गरेका थिए । नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने संवैधानिक अधिकारलाई बिर्सेर आमनागरिककै सुरक्षामा खटिएको प्रहरी निकायबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित वरिष्ठ पत्रकार घिमिरेमाथि दुव्र्यवहार र हातपात हुुनु सम्पूर्ण प्रेस जगतमाथिकै हस्तक्षेप भएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काँग्रेसलाई सरकारमा आउन आग्रह– मन्त्री अर्याल

मङ्गलबारे (इलाम), १४ वैशाख । स्थानीय विकास मन्त्री उर्मिला अर्यालले वर्तमान सरकारमा नेपाली काँग्रेसलाई पनि सहभागी हुन आग्रह गर्नुभएको छ । इलाम नगरपालिकाको १५ औँ नगर परिषद्को आज इलाममा उद्घाटन गर्दै मन्त्री अर्यालले सबै पार्टी सरकारमा सामेल भएर वर्तमान गतिरोध अन्त्य गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने बताउनुभयो । मन्त्रि अर्यालले स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको र विनियोजित बजेट सदुपयोग नभएको भन्दै उहाँले छिट्टै स्थानीय निकायको निर्वाचन गराउन पहल गर्ने आश्वासन समेत दिनुभयो । आगामी बजेटमा गाविस सचिवलाई सुरक्षा दिन दुई जना सुरक्षाकर्मीको समेत व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

माओवादी बैठक स्थगित

एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठक भोलीसम्मका लागि स्थगित भएको छ । नेवाः ताम्सालिङ बन्दका कारण आज बिहान बस्ने भनिएको बैठक भोली बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको एक नेताले बताएका छन् ।  गत शुक्रबार देखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष मोहन बैद्य किरणका दुई फरक फरक प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको शान्ति र संविधानलाई मूल कार्यनिती बनाएर जानुपर्ने पक्षमा आफ्नो धारणा राखेका थिए ।

आगलागी, नौ लाखको क्षति

सप्तरी, १४ वैशाख । सप्तरीको लोहजारा गाविसमा भएको आगलागीमा दुई दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा एक जना गम्भीर घाइतेसमेत भएका छन् । घाइते हुनेमा बलदेव मण्डल रहेका छन् । उनको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । लोहजारा– ५ का टिरहु मण्डलको गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगोले मण्डलसहित दस परिवारको २५ घर जलेको प्रहरी चौकी लोहजाराले जनाएको छ । आगोलाई राजविराज नगरपालिकाबाट गएको बारुण यन्त्र, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

अन्तराष्ट्रिय समाचार
हवाइ सेनाको गोली अफगानिस्तानमा प्रहारबाट ९ सेनाको मृत्यु

नेटो गठबन्धन सेनाका एक सदस्यसंग वादविवाद बढेपछि अफगानि सेनाका एक पाइलटले गरेको गोली प्रहारमा ८ जना गठबनधन सेना र १ ठेकेदारको मृत्यु भएको छ । घटनामा अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । घटना काबुलको विमानस्थलमा भएको हो । अफगान हवाइ सेनाले प्रयोग गर्दे आएको विमानस्थलको क्षेत्रमा अफगान सेनाका ती पाइलट र नेटो सेनाबीच वादविवाद बढेपछि अफगान पाइलटले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ  । जवाफी कारवाहीमा गोली प्रहार गर्ने पाइलटको पनि मृत्यु भएको नेटोले बताएको छ । गुल अमहद नाम गरेका ति पाइलटको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । मृत्यु हुने सेनाहरु कुन देशका हुन भन्ने बारे भने अनुसन्धान जारी रहेको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

यसैबीच तालिवान बिद्रोहीले सो घटनाको जिम्मेवारी लिएको छ । अफगान सेना र प्रहरीमा हतारमा गरिएको भर्नाले तालिवानको घुसपैठ भएको हुनसक्ने आशका गरिएको छ । यसअघि गत नोभेम्बरमा पनि एक अफगान प्रहरीले ६ जना अमेरिकी सेनालाई गोली हानि मारेका थिए ।

साइबाबाको राजकिय परम्परा अनुसार अन्त्येष्टि

चर्चित आध्यात्मिक गुरु साइबाबाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बाबाको शबलाई उहाँको निवास पुट्टपर्तिस्थित प्रशान्ती निलयम आश्रममा समाधिस्थ गरिएको हो । अन्त्येष्टिमा २५ हजार भन्दा बढि झक्तजनको उपस्थिती रहेपनि समाधिस्थानमा भने उहाका परिवारका केहि सदस्य र साई सेन्ट्रल ट्रस्का सदस्यहरुलाईमात्र उपस्थित हुन अनुमति दिइएको बीबिसी हिन्दीले जनाएको छ । अन्त्येष्टिपूर्व सिख, इसाइ र अन्य धर्मका धर्मगुरुले समेत धार्मिक पुस्तक पाठ गरेका थिए । अन्त्येष्टि समारोह ३ घण्टा सम्म चलेको थियो । अन्त्येष्टि कार्यका लागि १५ जना पुरोहित जुटेका थिए भने सात वटा नदिको जल समेत प्रयोग गरिएको थियो । बाबाको गत आइतबार निधन ८६ बर्षको उमेरमा निधन भएको थियो ।

खेल समाचार
सहिद स्मारक लिग

काठमाडौंको दशरथ रंगशालामा भोलिबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु हु“दैछ । लिग प्रतियोगितामा यसपटक सबैभन्दा धेरै १८ टीमले सहभागिता जनाउ“दैछ । नेपालको सबैभन्दा ठूलो लिग सहिद स्मारक लिग यसपटकबाट दोस्रो डिभिजनको लिग बन्दैछ । सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट बढुवा हुने टीमहरू राष्ट्रिय लिगका लागि छनौट हुनेछन् । विगतमा एकै टीमले राउन्ड रोबिनका आधारमा डबल प्रतिस्पर्धा गर्नुपर्ने नियम भए पनि यसपटक सिङ्गल लिग हुनेछ । प्रतियोगिताको विजेताले २० लाख नगद रुपैया“ जित्नेछन् । प्रतियोगितामा शीर्ष आठ स्थान हात पार्ने टीम राष्ट्रिय लिगका लागि छनौट हुनेछन् भने अन्तिम चार स्थानमा पर्ने ‘बी’ डिभिनजमा झर्नेछन् । राष्ट्रिय लिग सुरु भएपछि सहिद स्मारक लिग नेपालको दोस्रो दर्जाको लिग हुनेछ । सहिद स्मारक लिग विजेताले यसपटक दक्षिण एशियाली क्लब च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछ ।

 भारतीय प्रशिक्षकमा फ्लेचर

जिम्बाबेका पूर्व कप्तान डनकन फ्लेचर भारतीय राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् । दक्षिणी अफ्रिकी स्टार गेरी क्रिस्टनले विश्वकप उपाधी दिलाउँदै टोलीको प्रशिक्षकबाट बिदा लिएपछि फ्लेचरले भारतीय क्रिकेट टोली सम्हाल्ने भएका हुन् । स्टेफन फ्लेमिङलाइ नयाँ प्रशिक्षक बनाउने चर्चा चलेपनि अन्ततह जिम्बाबेली फ्लेचरले महत्वपूर्ण जिम्मेवारी पाएका हुन् । उनले सन् २००७ सम्म ईङल्यान्ड राष्ट्रिय टोली सम्हालेका थिए । उनको प्रशिक्षणमा ईङल्यान्डले सन् २००५ को एसेज सिरिजमा अष्टे«लियालाई पराजित गरेको थियो । ६२ वर्षीय फ्लेचरलाई क्रिस्टनले छोडेको छाप पूरा गराउन चुर्नौतीपूर्ण हुने भारतीय क्रिकेट विश्लेषकहरुले लख काटेका छन् । बलिङ प्रशिक्षकमा भने ईरिक सिमोन्सलाई नै निरन्तरता दिने भारतीय क्रिकेट बोर्ड,बिसिसिआईले जनाएको छ

No comments: