Sunday, March 4, 2012

बमको नाममा दिउँसै तनाव र असुरक्षा


Is there Bomb at Baneshwor
मनोज सत्याल
राजधानिको बानेश्वरमा बम राखिएको हल्ला सँगै फागुन २१ गते दिउँसो र साँझ तनाव भयो । एउटा बेवारिसे झोलामा बम भएको आशंकमा प्रहरीले संविधान सभा भवनको पूर्वी गेट अगाडीको भाग खालि गरायो । प्रहरीले आफ्ना कुकुरहरुको प्रयोग ग¥यो र बम भएको निष्कर्ष पनि निकाल्यो । लगत्तै शशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल आइपुग्यो । 
बम डिस्पोजका लागी तयारी गरियो । बम भएको आशंकामा डिस्पोप पनि गरियो तर आखिरीमा बम नभएको थाहा भयो । एक महिलाको वेवारिसी झोलालाई बम भन्ठान्दा बानेश्वर आतंकित बन्न पुग्यो । हल्लाकै भरमा प्रहरी सर्वसाधारणले तनाव खेप्नुप¥यो । तर बम नभेटिएको नेपाल प्रहरीका एसपी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । त्यसो त अर्को रमाइलो कुरा के भने शसस्त्र प्रहरी र नेपाली सेनाको दुइ वटा टोली बम डिस्पोजको तयारीमा जुटे । न एक अर्का सँग समन्वय न कुराकानी शशस्त्र र सेना दुबै बम डिस्पोज गर्न जुटे । तर सेनाले डिस्पाृेज गराए पनि शशस्त्रका बम डिस्पोज गर्न तयार जवान भने लडाएको लुगा खोल्न बाध्य भए । यसरी राजधानिमा बमको हल्लाले आतंकित हुनु । दुइ निकाय बिच तादम्य नहदाँ भविष्यमा झन् भयावह नहोला भन्न सकिन्न । 


त्यसो त बम पनि एकठाउँमा होइन दुइ ठाउँमा भएको हल्ला फैलियो । एउटा बानेश्वरको संविधान सभाको गेट अगाडीकै भवनको दोश्रो तल्लामा रहेको आइएमीको भवनमा थियो । प्रहरीले दोश्रो स्थानमा भने केही तार तथा केही पदार्थ भेट्टाएको जनाएको छ । तर बम भने नभएको पुष्टि भयो ।

यसरी राजधानीमा आतंक फैलाउन बम भएको हल्ला फैलाउनुलाई राम्रो संकेत मान्न सकिन्न । यस्ता घटनालाई निरुत्साहित गर्नु हामी सबैको दायीत्व हो । केही दिन अगाडी मात्र बबरमहलमा भएको बिष्फोटमा तीन जनाले ज्यान गुमाएपछि राजधानिमा बमको हल्लाले मात्रै पनि आतंक र डर पैदा गर्न थालेको छ ।

No comments: