Saturday, April 7, 2012

२०६८ बर्ष समिक्षा : कहिले के भयो ।

South Asian Country Nepal
आमनेपाली जनताले प्रतीक्षा गरेको शान्ति र संविधानरूपी मीठो फल दिन २०६८ साल पनि सफल हुन सकेन। दुई वर्षमा बनाउनुपर्ने संविधान करिब चार वर्ष बित्न लाग्दा पनि बनाउन नसक्नुले यो वर्ष पनि नेपालीका लागि निराशाको वर्ष बनेको छ। सर्वोच्च अदालतले संविधानसभाको म्याद थप गर्ने ढोका बन्द गरिदिएपछि वर्षको अन्त्यमा आएर प्रमुख दल, संविधानसभा, सरकार जसरी पनि शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याएर आगामी जेठ १४ मा संविधान जारी गर्न सघन गृहकार्यमा व्यस्त देखिएका छन्। 


यो वर्ष शान्तिप्रक्रिया टुङ्ग्याएर संविधान बनाउने, सुशासन र जनतालाई न्यूनतम राहत र सुरक्षा दिन, भ्रष्टाचार, कालोबजारी, तस्करी र अनियमितता रोक्न विभिन्न प्रयास नगरिएका होइनन् तर ती प्रयास अपेक्षित सफल भएनन्। खनाल सरकार र भट्टराई सरकारका प्रयासमा सबैभन्दा बढी अवरोध खडा गर्ने काम आ-आफ्नै पार्टीभित्रबाट भयो।यो वर्ष पनि भ्रष्टाचार त रोकिएन तर पनि भ्रष्टाचारीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको छ। जसले गर्दा मन्त्रीदेखि प्रहरी प्रमुखसम्म खोरमा पुगेका छन्। 

कार्यपालिका र व्यवस्थापिकासित न्यायपालिकाको सम्बन्ध राम्रो बनेन। शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका प्रमुख तीन निकाय चल्न नसक्दा त्यसले मुलुकलाई नै प्रभावित बनायो। लोकतन्त्रका आधारस्तम्भ मानिने राजनीतिक दलहरु बलिया बन्न सकेनन्। पार्टी फुट्ने र झगडा चर्काउने रोगले यस वर्ष दलहरु झन् नराम्ररी गाँज्यो। 

प्रस्तुत छ : २०६८ सालमा भएका महत्त्वपूर्ण घटना :

वैशाख 

  •  १ ः प्रधानमन्त्री झलनाथ खनालले आयोजना गर्नुभएको चियापान समारोह एमालेकै वरिष्ठ नेताहरू माधवकुमार नेपाल र केपी शर्मा ओलीद्वारा बहिष्कार।
    २ ः नेपालको तीनदिने भ्रमणमा रहनुभएका भुटानी प्रधानमन्त्री जिग्मे बाई थिन्ले र प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता, भुटानी शरणार्थी समस्या समाधान गर्न वार्ता प्रक्रिया पुनः सुरु गर्ने सहमति। आठ वर्षदेखि वार्ता अवरुद्ध।
    ४ ः सद्भावना आनन्दीदेवीका नेता श्यामसुन्दर गुप्ताको सभासद् पद खारेज।
    ४ ः वैद्यज अर्गनाइजेसन अध्यक्ष उद्योगपति डा. विजय गजानन्द वैद्यको ८४ वर्षको उमेरमा निधन।
    ६ ः रातो राहदानी दुरुपयोग गरेको आरोपमा सभासद्द्वय गायत्री साह र बीपी यादव पक्राउ।
    ८ ः नागरिकता विवादमा परेपछि अर्थ राज्यमन्त्री ल्हारक्याल लामाद्वारा राजीनामा ।
    ८ ः विशेष अदालतद्वारा कर्जा प्रवाहमा एक अर्ब ३७ करोड रुपियाँ भ्रष्टाचार गरेको ठहर गर्दै मङ्गतुराम समूहका पाँच उद्योगपतिलाई एक वर्ष कैद र बिगो असुल गर्ने फैसला।
    १२ ः ऋण लिँदा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतद्वारा नवलपरासीको सिल्भर फाइबर टेक्स्टाइलका दुई सञ्चालकलाई एक वर्ष कैद र १९ करोड रुपियाँ जरिवानाको फैसला।
    १६ ः माओवादी केन्द्रीय समितिको बैठकद्वारा अध्यक्ष पुष्पकमल दाहाल 'प्रच्ाण्ड'को शान्ति र संविधानको कार्यदिशा प्रतिवेदन पारित, उपाध्यक्ष मोहन वैद्य किरणद्वारा नोट अफ डिसेन्ट।
    २० ः सिन्धुलीमा बस दुर्घटना १६ यात्रुको मृत्यु।
    २१ः डोटीमा बस दुर्घटना २० यात्रुको मृत्य।
    २०-२१ ः नेपाल पत्रकार महासङ्घको अध्यक्षमा शिव गाउँले निर्वाचित।
    २२ ः प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश खिलराज रेग्मी नियुक्त।
    २६ ः सगरमाथा आरोहण गर्नेक्रममा ८२ वषर्ीय पूर्व्ापरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायको निधन।
जेठ 
  •  ४ ः नेपालका नौ निजामती कर्मच्ाारीद्वारा सगरमाथाको सफल आरोहण।
    ५ ः एकीकृत नेकपा माओवादी नेपाली सेनाली स्ोनाको प्रस्तावअनुसार लडाकु समायोजन गर्न सहमत, उपाध्यक्ष मोहन वैद्य 'किरण' पक्षद्वारा नोट अफ डिसेन्ट।
    ६ ः मिङ्मा शेर्पाद्वारा कञ्चनजङ्घा आरोहरणसँगै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम।
    ९ ः मधेसी जनाधिकार फोरम चौथोपटक विभाजित, सहअध्यक्ष जेपी गुप्ताको नयाँ पार्टी गठन।
    १० ः व्यवस्थापिका संसद्द्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित, कालो धनको ओसारपसारमा प्रतिबन्ध।
    ११ ः सरकारद्वारा विद्यालयलाई शान्तिक्षेत्र घोषणा।
    १५ ः वरिष्ठ उद्योगपति तोलाराम दुगडको ८१ वर्षको उमेरमा निधन।
    २२ः माओवादी नेताहरूको दोहोरो सुरक्षा प्रणाली अन्त्य, नेताहरूको सुरक्षामा खटिएका लडाकुको हतियार शिविर फिर्ता।
    २२ः सरकारद्वारा सिंहदरबार क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा।
    २४ ः अख्तियारद्वारा सुडान घोटला प्रकरणमा २९ करोड रुपियाँ भ्रष्टाचार गरेको भन्दै तीन पूर्व्ाप्रहरीमहानिरक्षकसहित ३४ प्रहरी अधिकृत र दुई ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर।
    ३१ ः सैनिक अदालतको फैसलाअनुसार म्याग्दीको इन्द्र बक्स गणमा गत चैत १४ मा भएको विद्रोह प्रकरणमा संलग्न ३९ सैनिक कारबाहीमा , २३ बर्खास्त।
    ३१ ः फुल्चोकीमा रहेको अन्तिम बारुदी सुरुङ हटाएपछि नेपाल बारुदी सुरुङमुक्त भएको घोषणा।
असार
  •  १३ ः असार ३ गतेदेखि सुरु भएको एघारौँ राष्ट्रिय जनगणना कार्य सम्पन्न।
    १६ ः सर्वोच्च अदालतद्वारा सैनिक ऐन सुधार गर्न सरकारका नाममा आदेश जारी।
    २० ः रातो पासपोर्ट दुरुपयोगम नेकपा एमालेका सभासद् नारदमुनि राना पक्राउ।
    ३१ ः अर्थमन्त्री भरतमोहन अधिकारीद्वारा आ.व. २०६८/६९ का लागि तीन बजेट प्रस्तुत।
    ३२ ः कोसीमा यस वर्षकै सबैभन्दा ठूलो बाढी।
साउन  
  • १ ः निजामती कर्मचारीद्वारा सरकारले निर्धारण गरेको पोसाक लगाउन सुरु ।
    २ ः राजेन्द्र महतो नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टी विभाजित।
    १० ः जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडकोस्थापना।
    १४ ः नयाँ टोलीलाई सपथ नगराएको भन्दै माओवादी अध्यक्ष प्रचण्डद्वारा मन्त्रीहरूको सामूहिक राजीनामा प्रधानमन्त्री झलनाथ खनालसमक्ष पेस।
    १५ ः चार करोड रुपियाँभन्दा बढी ठगी गरेको आरोपमा उद्योगपति पीयुषबहादुर अमात्य पक्राउ।
    २२ ः सरकारद्वारा सार्वजनिक ठाउँमा धूमपान गर्न निषेध गर्ने ऐन लागू ।
    २३ ः सभासद् केशवप्रसाद मैनाली र राजकुमार लिम्बूको सभासद् पद खारेज।
    २९ ः प्रधानमन्त्री झलनाथ खनालद्वारा राजीनामा। राष्ट्रपतिद्वारा राजीनामा स्वीकृत।
भदौ 
  • ८ ः माओवादीद्वारा डेढ महिनामा शान्तिप्रक्रिया टङ्ुग्याउनेगरी आठ हजार लडाकु समायोजन गर्ने प्रस्ताव सार्वजनिक, अन्य दलको भने असहमति।
    ११ ः डा. बाबुराम भट्टराई मुलुकको ३५औँ प्रधानमन्त्रीमा निर्वाचित।
    ११ ः सर्वोच्च अदालतद्वारा संविधानसभाको म्याद थपविरुद्ध परेको रिट खारेज।
    १९ ः वाणिज्य विभागले राजधानीको न्युरोडमा रहेको साझा कर्नर र श्रीकृष्ण गुदपाक भण्डारमा छापा।
    २१ ः नेपाल वायुसेवा नियगमा तत्कालीन महाप्रबन्धक रामाज्ञाप्रसाद चतुर्वेदीले भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतद्वारा डेढ वर्ष कैद र डेढ करोड जरिवाना गर्ने फैसला।
असोज 
  • १ ः ९० सालयताकै सबैभन्दा ठूलो भूकम्प जाँदा नेपालमा आठजनाको मृत्यु एक सयभ्ान्दा बढी घाइते, दुई हजारभन्दा बढी घरलगायतका भौतिक संरचना क्षतिग्रस्त।

  • १ ः व्यवस्थापिका संसद्द्वारा पूर्ववर्ती सरकारले ल्याएको तीन खर्ब ८४ अर्ब रुपियाँको वाषिर्क बजेट जस्ताको तस्तै पारित।
    १ ः म्याग्दीको बाबियाचौरमा मिनीबस दुर्घटना हुँदा १३ को मृत्यु ।
    ७ ः प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा संयुक्त राष्ट्रसङ्घको ६६औँ महासभालाई सम्बोधन।
    ८ ः बुद्ध एयरको विमान ललितपुरको कोटडाँडामा दुर्घटना हुँदा विमानमा सवार सबै १९ को मृत्यु।
    ९ ः रक्षामन्त्री शरत्सिंह भण्डारीले तराईका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग भएको खण्डमा कुनै कानुनले पनि त्यसलाई रोक्न नसक्ने अभिव्यक्ति दिनुभएकोमा त्यसको सर्वत्र विरोध।
    १० ः जनगणना २०६८ को प्रारम्भिक प्रतिवेदन सार्वजनिक, नेपालको जनसङ्ख्या दुई करोड ६६ लाख २० हजार आठ सय नौ पुग्यो।
    ११ ः नेपाल सेयर मार्केट एन्ड फाइनान्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ दुई अर्ब ६६ करोड रुपियाँ अपचलन गरेको अभियोगमा पक्राउ।
    १५ ः हत्याकाण्ड आरोपमा सर्वोच्चद्वारा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी दिन सरकारद्वारा राष्ट्रपतिलाई आग्रह।
    १५ ः प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रत्यक्ष संवाद कार्यक्रममार्फत जनगुनासो सुन्ने सुरु।
    २२ ः किसान आन्दोलनका अगुवा तथा कवि केवलपुरे किसानको ८५ वर्षको उमेरमा निधन।
    २३ ः राष्ट्रपति डा. रामवरण यादव कतारको चारदिवसीय भ्रमणका लागि त्यसतर्फ प्रस्थ्ाान।
    २५ ः वरिष्ठ वाम बुद्धिजीवी तथा समालोचक गोविन्द भट्टको ७५ वर्षको उमेरमा निधन।
    २६ ः सिन्धुलीबाट काठमाडौँ आउँदै गरेको बस सुनकोसीमा खस्दा ४२ को मृत्यु २० घाइते।
    २९ ः हत्या आरोपी माओवादी केन्द्रीय सदस्य तथा भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहद्वारा राजीनामा।

कात्तिक 
  •  १ ः नेपाली सेनाको विमान बाग्लुङको बोबाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु। ३ ः नेपालमा ६७ लाख रुपियाँ अर्थात् २५ दशमलव २ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको तथ्य केन्द्रीय तथ्याङ्क विभागद्वारा सार्वजनिक।
  • ४ ः प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय समकक्षी डा. मनमोहन सिंहबीच हैदरावाद हाउसमा महत्त्वपूर्ण वार्ता, औद्योगिक लगानी प्रवर्द्धन तथा संरक्षण -बिप्पा), २५ करोड डलर सहुलियत ऋण र कुष्ठरोग नियन्त्रणसम्बन्धी तीन सम्झौता।
    १३ ः नक्कली भ्याट बिल बनाई अबार्ंै
    राजस्व ठगी गर्ने ४३७ व्यापारिक र्फमको नाम अर्थ मन्त्रालयद्वारा सार्वजनिक।
    १५ ः तीन प्रमुख दल माओवादी, काँग्रेस र एमाले साथै संयुक्त मधेसी मोर्चा शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा सातबुँदे सहमतिमा हस्ताक्षर, ६ हजार पाँच सयसम्म माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिने, माओवादीको वैद्य पक्षद्वारा भने सहमतिको विरोध।
    १७ ः सर्वोच्च अदालतद्वारा सद्भावना पार्टी -आनन्दीदेवी)का अध्यक्ष श्यामसुन्दर गुप्ताको संविधानसभा सदस्य पद बदर गर्ने पूर्व निर्णय सर्वोच्चद्वारा खारेज।
    १७ ः जनताको गुनासो सुन्न र सुझावका लागि हेलो सरकार ११११ संयन्त्र प्रधानमन्त्री कार्यालयमा स्थापना भई काम सुरु।
    १८ ः अन्तरिम संविधान २०६३ को एघारौँ संशोधनका लागि संसद् सचिवालयमा प्रस्ताव दर्ता ।
    २२ ः एक सातादेखि खराब मौसमका कारण उडान हुन नसकी सगरमाथा क्षेत्रमा अलपत्र परेका दुई हजारभन्दा बढी पर्यटकको उद्धार।
    २५ ः सार्कको सत्रौँ शिखर सम्मेलनमा माल्दिभ्समा चार क्षेत्रीय सम्झौता र बीसबुँदे अड्डु घोषणापत्र जारी गर्दै सम्पन्न।
    २६ ः दुई महिनाअघि केन्द्रीय सदस्यबाट राजीनामा दिनुभएका काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको राजीनमा सभापति सुशील कोइरालाद्वारा अस्वीकृत।
    २७ ः प्रधानमन्त्री डा. बाबुराम भट्टराईर्द्वारा तीन राज्यमन्त्री थप गरी इतिहासकै सबैभन्दा ठूलो ४९ सदस्ययी सरकार गठन।
    २७ ः हत्या आरोप प्रमाणित भएका माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश।
मङ्सिर 
  •  ३ ः माओवादी लडाकुको
    पुनर्वर्गीकरणको कार्य सातवटै मुख्य शिविरमा सुरु।
    ४ ः माओवादीले कब्जा गरेका घर-जग्गा फिर्ता अभियान बर्दियाबाट सुरु गर्ने भन्ाी तीन दलका नेता बर्दियामा।
    ६ ः सरकारद्वारा अध्यक्षविनाको आठ
    सदस्यीय राज्य पुनःसंरचना आयोग गठन।
    ७ ः सर्वोच्च अदालतद्वारा माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी दिने प्रक्रिया अगाडि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी।
    ९ ः सर्वोच्च अदालतद्वारा संविधानसभाको म्याद अन्तिमपटक थप गर्न आदेश, यसपछि संविधान नबने संविधानसभा स्वतः विघटन हुने।
    १२ ः भारतसँग गरिएको बिप्पा सम्झौता
    संसद्बाट अनुमोदन गराएरमात्र लागू गर्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी।
    १२ ः माओवादी लडाकुको पुनःवर्गीकरण कार्य ६ मुख्य शिविरमा सम्पन्न, कैलालीको दहवन शिविरमा भने जारी।
    १३ ः अन्तरिम संविधानलाई एघारौँपटक संशोधन गरी संविधानसभाको म्याद पुनः ६ महिना थप।
    १५ ः प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा लुम्बिनीमा आयोजित समारोहमा लुम्बिनी भ्रमण वर्ष २०१२ को औपचारिक घोषणा।
    १५ ः ट्रान्सपेरेन्सी इन्टरनेसनलद्वारा १८३ मुलुकको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सार्वजनिक।
    २१ ः अमेरिकाले नेपाल भ्रमणमा लगाएको खतराको सूची हटाउँदै नेपाल सुरक्षित गन्तव्य भएकाले भ्रमण लागि प्रोत्साहन।
    २२ ः ६ वर्षअघि नेपाल आएको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको
    कार्यालय -युएनएचसीआर)को म्याद समाप्त।
    २२ ः सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री, पूर्वराजपरिवार तथा पूर्वमन्त्रीहरूले राज्यकोषबाट लिएका सबै सुविधा अवैध ठहर गरी खारेज।
    २६ ः सरकारद्वारा उच्चस्तरीय सूचना प्रविधि आयोग खारेज।
    २७ ः पुसको पहिलो सातामा हुने भनिएको चिनियाँ प्रधानमन्त्री बेन जियाबाओको नेपाल भ्रमण कार्यक्रम स्थगित।
पुस  
  • २ ः साहित्यकार दैवज्ञराज न्यौपानेको ६६ वर्षको उमेरमा निधन।
    २ ः सत्तारूढ दलहरू एकीकृत नेकपा माआवादी र संयुक्त मध्ोसी मोर्चा नेपाली सेनामा मधेसका लागि छुट्टै एकाई गठन गर्न सहमत, नेपाली सेनाको आपत्ति।
    ५ ः सरकारद्वारा नेपाली सेनामा तीन हजार मधेसीलाई भर्ना गर्ने निर्णय, माओवादीको वैद्य पक्ष, काँग्रेस र नेकपा एमालेको भने आपत्ति।
    ११ ः सर्वोच्च अदालतद्वारा मधेसीलाई समूहगत रूपमा सेनामा भर्ना गर्ने कार्य रोक्न
    सरकारका नाममा अन्तरिम आदेश जारी।
    ११ ः संविधानसभाको म्याद अन्तिमपटक थप गर्न सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन गर्न प्रधानमन्त्री डा.
    बाबुराम भट्टराई र सभाध्यक्ष सुवास नेम्वाङद्वारा सर्वोच्च अदातलमा निवेदन।
    १२ ः सर्वोच्च अदालतद्वारा संविधानसभाको म्याद थपबारेको फैसला
    पुनरावलोकनका लागि दिइएको निवेदन दरपीठ।
    २१ ः सरकारद्वारा थप ३७ नगरपालिका घोषणा।
    २४ः मधेसी जनअधिकार फोरमद्वारा भट्टराई सरकारलाई दिएको समर्थन फिर्ता ।
    २४ ः सर्वोच्च अदालतद्वारा पूर्वगृहमन्त्री तथा काँग्रेस नेता गोविन्दराज जोशीलाई विशेष अदालतले सफाइ दिएको भ्रष्टाचारसम्बन्धी मुद्दाको पुनः सुनुवाई गर्न आदेश।
    २६ ः सर्वोच्च अदालतद्वारा सहिदगेटबाट राजा त्रिभुवनको सालिक नहटाउन र विद्युत् महसुल नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी।
    ३० ः राष्ट्रपति डा. रामवरण यादवद्वारा लुम्बिनी भ्रमण वर्ष २०१२ को औपचारिक रूपमा उद्घाटन।
    ३० ः चीनका प्रधानमन्त्री वेन जिआबाओद्वारा एकदिवसीय नेपाल भ्रमण, नेपाललाई ७५ करोड डलर सहयोग गर्नेलगायत आठबुँदे सम्झौता र सहमति।
माघ 
  • २ ः व्यापारी अपहरण गरेको आरोपमा पूर्वमन्त्री तथा सभासद् श्यामसुन्दर गुप्ता पक्राउ।
    ३ ः माओवादीको जनसत्ताले गरेका निर्णयलाई वैधानिकता दिने सरकारको निर्णयको विरोध।
    ५ ः माओवादी जनसत्ताले गरेका निर्णय कार्यान्वयन नगर्न सर्वोच्चद्वारा सरकारका नाममा अन्तरिम आदेश जारी।
    २३ ः काँग्रेस र एमालेद्वारा शान्तिप्रक्रियाका मूलभूत कार्य सक्न सरकारलाई एकसाताको अल्टिमेटम।
    २९ ः नेपाली सेनाले ६ हजार पाँच सय माओवादी लडाकुलाई मेजर पदसम्म दिने गरी कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस।
फागुन
  •  १ ः सुडान घोटला प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले तीन पूर्व्ाप्रहरी प्रमुख र दुई ठेकेदारलाई कैद सजाय र जरिवाना, ३१ प्रहरी अधिकारीलाई सफाइ।
    १ ः साहित्यकार घनश्याम ढकालको निधन।
    ७ ः इन्सेकद्वारा सन् २०११ म्ाा नेपालमा ३७७ को हत्या भएको प्रतिवेदन सार्वजनिक।
    ७ ः ६२औँ राष्ट्रिय प्रजातन्त्र दिवस सरकारले औपचारिक रूपमा नमनाएकोमा सर्वत्र विरोध।
    ९ ः सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरी सर्वोच्च अदालतद्वारा डेढ वर्ष कैद र एक करोड ६८ लाख जरिवाना, डिल्लीबजार सदरखोर चलान।
    ९ ः ६२औँ राष्ट्रिय प्रजातन्त्र दिवस नमनाएकोमा सरकारद्वारा सदनसमक्ष माफी माग्दै यसलाई निरन्तरता दिइने प्रतिबद्धता।
    १३ ः आन्ध्रप्रदेशबाट पहिलोपटक शोभायात्रासहित काठमाडौँ ल्याइएको तिरुपति बालाजीको विवाह महोत्सव सम्पन्न।
    १४ ः बौद्ध विद्वान् कुमार कश्यप
    महास्थवीरको ८५ वर्षको उमेरमा निधन।
    १४ ः दाङका ७२ वषर्ीय चन्द्रबहादुर डाँगी विश्वकै होचा व्यक्ति घोषित।
    १४ ः छैटौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिमको धनगढीमा सुरु, राष्ट्रपति डा. रामवरण यादवद्वारा उद्घाटन।
    १५ ः नेपाल आयल निगमको गेटमा गराइएको शक्तिशाली बम विस्फोटमा तीनको मृत्यु, सात घाइते।
    १८ ः लुम्बिनी-सगरमाथा शान्ति अभियान २०१२ लुम्बिनीबाट सुरु।
    २० ः कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा भीषण आगलागी, ६ को मृत्यु, ३६८ स्टल जलेर नष्ट, १० करोड रुपियाँभन्दा बढी जलेर नष्ट।
    २० ः छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता धनगढीमा सम्पन्न।
    २४ ः पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र विष्टमगर भिसाविना जर्मनी जानेक्रममा दुवई विमानस्थलमा ४८ घन्टा नियन्त्रणमा ।
    २५ ः नेपालमा पहिलोपटक एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता राजधानीमा सुरु।
    २६ ः सरकारद्वारा माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराईलगायत ३६७ जनाको मुद्दा फिर्ता गर्ने निर्णय।
    २६ ः अख्तियारद्वारा नियमविपरीत सरुवा गरिएका करिब तीन हजार कर्मचारी सरुवा बदर गर्न निर्देशन।
    ३० ः कर्मचारी सरुवाको विवादमा गृहमन्त्रालयमै कर्मच्ाारीबीच कुटाकुट।
चैत  
  • ३ ः सरकारद्वारा प्रकाश दाहालसहितको टोलीलाई सगरमाथा चढ्न दुई करोड रुपियाँ दिने निर्णय।
    ४ ः वैद्य पक्षद्वारा भट्टराई सरकारलाई
    राष्ट्रघातीको संज्ञा दिँदै आन्दोलनको घोषणा।
    ७ ः यस वर्षको एसएलसी परीक्षा प्रारम्भ, पाँच लाख २८ हजार विद्यार्थी सहभागी।
    ८ ः माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्यबीचको वार्ता विफल, केन्द्रीय समितिको बैठक अनिश्चित।
    १० ः प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा श्रममन्त्री सरिता गिरी बर्खास्त।
    १२ ः संविधानसभाको बैठकमा राज्य
    पुनःसंरचना आयोगको प्रतिवेदन प्रस्तुत।
    १२ ः विवाद समाधान उपसमितिलाई विवाद समाधान गर्न चैत २० गतेसम्मको समय थप।
    १३ ः प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा कृषिमन्त्री नन्दनकुमार दत्तलाई बर्खास्त।
    १३ ः मधेसी जनाधिकार फोरम गणतान्त्रिकका निलम्बित सांसद् बीपी यादवद्वारा विनाविभागीयमन्त्री राजलाल यादव र कृषिमन्त्री नन्दनकुमार दत्तमाथि संसदीय दलमा हातपात।
    १४ ः नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि। एक वर्षमा सातौँपटक मूल्यवृद्धि।
    १५ ः माओवादी केन्द्रीय समिति बैठक वैद्य पक्षद्वारा बहिष्कार।
    १५ ः प्रधानमन्त्री र सभामुखले संविधानसभाको म्यादबारे दिनुभएको निवेदन दरपीठलाई
    सर्वोच्चद्वारा सदर। आगामी ०६९ जेठ १४ मा संविधानसभाको म्याद स्वत ः समाप्त हुने।
    १७ ः सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन गर्ने तीन प्रमुख दलको बैठकमा सैद्धान्तिक सहमति।
    १७ ः सेना समायोजनको काम चैत मसान्तसम्म सम्पन्न गर्ने सेना समायोजन विशेष समितिको निर्णय।
    १९ ः काठमाडौँका ५१ झोले विद्यालयको
    स्वीकृत खारेज।
    २० ः माओवादीको वैद्य पक्षद्वारा जनसंविधानका लागि भनी देशव्यापी हस्ताक्षर अभियान सुरु।
    २१ ः भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतद्वारा पूर्वप्रहरी प्रमुख मोतीलाल बोहोरालाई डेढ वर्ष जेल र ५४ लाख रुपियाँ जरिवानाको फैसला।
    २२ ः झापामा पत्रकार यादव पौडेलको अज्ञात समूहद्वारा बीभत्स हत्या 
 ३० : मुख्य तीन दलका शीर्ष नेताहरु सहित बसेको बिशेष समिति बैठकद्वारा माओवादी लडाकु, शिविर र हतियार सेनालाई बुझाउने निर्णय । सबै लडाकु शिविरमा सेना तैनाथ । हतियार र लडाकु सेनाको जिम्मामा । माओवादी बैद्य पक्षद्वारा बिरोध ।
· शान्ति प्रकृयामा सन्तोषजनक प्रगतिसँगै संविधान निर्माण प्रकृया सहज । जेठ १४ मा संविधान बन्ने अपेक्षा ।प्रधानमन्त्रीद्धारा राष्ट्रको नाममा सम्बोधन
  • २०६८ बर्ष समिक्षा कहिले के भयो । गोरखापत्र दैनिकमा चैत्र २५ गते शनिबार प्रकाशित भएको थियो । 

No comments: