Friday, April 6, 2012

क्रमभंग भएको बर्ष : नेपाली फिल्मको बर्ष समिक्षा

LOOT Nepalese Movie
सुशील पौडेल
क्रिकेटमा अन्तिम ओभरमा विस्फोटक ब्याटिंग गर्न सक्यो भने त्यसले समग्र रनरेटलाई नै उकास्छ र खेल आफ्नो पक्षमा हुने सम्भावना बढाउछ ।
त्यस्तै भयो वर्ष २०६८ फिल्म क्षेत्रका लागि । पछिल्ला तीन महिनामा ‘लुट’ र ‘चपली हाइट’ ले विस्फोटक व्यापार गर्दै समग्र वर्षकै पारी सम्हाले । धेरै मानेमा नया“पन बोकेको ‘लुट’ ले त पहिल्यै देखिका फिल्म उद्योगका ‘भरपर्दा खेलाडी’ लाई क्लीन बोल्ड नै गरिदियो र समग्र उद्योग नै आफ्ना पक्षमा ह्वाइट वास ग¥यो । मल्टिप्लेक्स हलमा विदेश फिल्मलाई नै विस्थापित गरी नेपाली चलाउन बाध्य पार्ने गरी दर्शक बटुल्न ‘लुट’ स“ग ‘चपली हाइट’ पनि गतिलो साझेदारी ग¥यो ।
  • राजेशको ‘ब्रेक फेल’ भयो, निखिलको ‘परिचय’ ले हावा खायो अनि विराज भोजपुरीमै फर्किन ‘मजबुर’ बने । 
  • गाली पनि लयबद्ध लाग्ने अनि दर्शक भनेका गीत र फाइट हेर्न मात्रै आउने हुन् भन्ने गलत धारणा फिल्म क्षेत्रमा  तर्कहीन देखिए ।
त्यसो त यौन मनोविज्ञानमा बनाउन खोजिएको ‘चपली हाइट’ लाई अश्लिलता बेचेको आरोप पनि नलागेको होइन । तर ‘एडल्ट’ प्रमाणित फिल्मले एकै दिनमा लगानी रकमकै तेब्बर व्यापार गरेर गैरफिल्मीको पनि ध्यान तान्यो । क्रमभंगको श्रेय भने तीस लाख हाराहारीमा बनेर तीन करोड रुपैया“ माथिको व्यापार गरेको ‘लुट’ ले पायो । यसले व्यापार मात्रै राम्रो गरेन, कम लगानीमा पनि राम्रा फिल्म बन्न सक्छन् भन्ने सद्बुद्धि पनि दिलायो, फिल्मकर्मीलाई । पात्र÷कलाकारमा मात्रै स्टारडम देख्ने सनातन निर्माता÷निर्देशकलाई गतिलो चरीत्र हेर्न पनि दर्शक आउ“दा रहेछन् भन्ने हेक्का भयो । किफायती लगानीको सही प्रयोग हुन सके उच्च मुनाफा पनि हुने संकेत मिलेपछि यतिबेला बन्दै गरेका अधिकांश फिल्मले पुरानो धारलाई छोडेर दर्शकलाई कसरी नया“पन दिने भनेर लागी परेका छन् ।


‘आजसम्म त हामीले फिल्म भनेर ‘नाटकै’ मात्र देखाएका रहेछौं’ गतसाता मात्र ‘अमर प्रीति’ फिल्म रिलिज गरेका उदय सुब्बाले दर्शकहरुले यथार्थपरक खोज्न थालेकोले नाटकीय फिल्मलाई चल्न गाह्रो परेको स्वीकार गरे । उनी स्थापित कलाकारमा पैसा खन्याउनु भन्दा गतिलो स्क्रिप्टमा समय सान्दर्भिक फिल्म बनाउन लागेको बताउ“छन् । गाली पनि लयबद्ध लाग्ने अनि दर्शक भनेका गीत र फाइट हेर्न मात्रै आउने हुन् भन्ने गलत धारणा विकास भएको फिल्म क्षेत्रमा निर्देशक निश्चल बस्नेतले पहिलो फिल्म ‘लुट’ बाटै झर्रो संवाद, लयबद्ध प्रस्तुती र यथार्थपरक कथाबस्तुको स्वाद दिए । वर्षको सुरुवातमा ‘ठेगाना’, ‘श्रीमान’ र ‘आचार्य’ जस्ता फिल्म कथा र प्रस्तुतीका हिसाबले राम्रा मानिए भने ‘अन्दाज’ ले सन्तोषजनक व्यापार ग¥यो ।

वर्षका नौ महिनामा फिल्मले गरेको निराशाजनक व्यापारलाई हेरेरै ‘संकटकाल’ निम्त्याउन खोजेको चलचित्र विकास बोर्डले पनि ‘लुट’ को व्यापार देखेपछि पछि हट्न बाध्य भयो । कारणमा भन्दा परिणाममा आधारित भई योजना बुन्ने बोर्डको कदम कच्चा साबित रह्यो । कुनैबेला फिल्म उद्योगकै लागी क्रान्तिकारी निर्णय गर्ने भनेर चिनिएका गणेश भण्डारीको पछिल्लो कार्यकाल उति ओजस्वी रहेन । सरकारी खर्चमा जिल्ला भ्रमण गर्दै जतापनि फिल्मी सिटी निर्माण गर्ने भन्दै हिंड्नुले उनलाई वर्ष ०६८ ले नया“ परिचय दियो, ‘बढि खोक्ने बोर्ड अध्यक्ष ।’ विद्यार्थी कक्षा छोडेर फिल्म हेर्न आए भनेर विहानी शो खारेज गरिनुपर्छ भन्ने आफ्नै निर्णयमा तर्कहीन देखिए ।

उता, फिल्म वितरण, हलको अनुगमन र देशभरको फिल्म व्यापारको पारदर्शिताका लागि बक्स अफिसको सन्जाल राख्ने भन्ने बोर्डको योजना अग्रगामी देखिएपनि त्यसले चलचित्र संघलाई भने चिढायो । खाईपाई आएको भाग खोसिने भयले संघले तत्काल विरोध मात्रै गरेन, बोर्डकै संरचना खारेजको माग गर्दै अहिले पनि आन्दोलनमा छ । संघले बोर्डको पनि आर्थिक पारदर्शिता हुनुपर्ने माग राख्दै भनेको छ, ‘रेडियो चोर चाहि चोर हुने अनि घडी चोर चाहि खुलेआम हिंड्ने ?’ अझ फिल्म बनाउनु अघि नै पा“च लाख रुपैया“ बोर्डमा धरौटी राख्नुपर्छ भन्ने आफ्नो योजनालाई बोर्डले अन्तिममा आएर रोकेको छ । बोर्डले सात लाख रुपैया“ हातमा लिएर फिल्म बनाएका ‘लुट’ का निश्चल बस्नेत जस्ता क्षमतावान फिल्मकर्मीलाई पैसाको तगारो लगाउन खोजेको छ ।
वर्ष २०६८ पुरानाका लागि आपत्तिजनक र नया“का लागि उत्तेजनात्मक रह्यो । सौगात मल्ल, दयाहाङ राई, कर्म जस्ता थिएटर कलकारले एकाएक फिल्म क्षेत्रमा कब्जा जमाए । राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, सुमन सिंह जस्ता ‘हस्ती नायक’ ले बनाएको फुसको घरमा उनीहरुले आगो झोस्ने काम गरे । एउटै फिल्मबाट सौगातले आफ्नो कलाको छलांग मारे । उनीहरुका अघि राजेशको ‘ब्रेक फेल’ भयो, निखिलको ‘परिचय’ ले हावा खायो अनि विराज भोजपुरीमै फर्किन ‘मजबुर’ बने । आर्यन सिग्देलले भने ‘मेरो लभस्टोरी’, ‘के यो माया हो’, ‘सपना’ जस्ता फिल्मबाट खस्केको फ्यान सर्कललाई ‘आई एम सरी’ ले पुनः मेकअप गराए । फिल्म चल्नुअघि सधैं चर्चामा रहने अनि चलिसकेपछि छायामा पर्ने नायक राजवल्लभ कोइरालालाई यसवर्ष पनि कुनै फिल्मले उचाल्न सकेन । तर पनि हलिउड फिल्म ‘हाईवे टू धम्पुस’ मा चल्तीका नायकलाई पछार्दै छानिए र चर्चामा रहीरहे ।
यसवर्ष नायिकाका लागि पनि क्रमभंग नै भयो । नामकै भरमा फिल्म चल्ने रेखा थापालाई यसवर्ष त्यो लोटरी लागेन । ‘अन्दाज’ लाई नजर अन्दाज गर्ने हो भने उनका वर्ष २०६८ मा चलेका कुनै फिल्मले पनि लगानी उठाउन सकेनन् । बरु ‘चपली हाइट’ बाट एडल्ट नायिका हु“दै करिअर शुरु गरेकी बिनिता बरालले रेखाका दर्शक स्वाट्टै तानिन् । स“गै प्रदर्शनमा आएका रेखाका दुई फिल्मको आम्दानी जोड्दा पनि सोही समय चलेको ‘चपली हाइट’ को भन्दा धेरै कम रह्यो । बरु फिल्ममा नजमेपनि अरुणिमा लम्साल, सन्चिता लुईटेलले सन्तान सुख पाए भने ऋचा घिमिरे पनि त्यही बाटोमा हिडिरहेकी छन् । झरना थापाले जेनतेन फिल्म पाईरहेकी भएपनि चलिआएका अन्य नायिकाको भाग केकी अधिकारी, निशा अधिकारी, निता ढुंगाना, ऋचा शर्माले चप्काईदिएका छन् ।
वर्ष २०६८ नेपाली फिल्म इतिहासमा टर्निङ इयरका रुपमा रहनेछ । लामो समयदेखि फिल्मले दर्शक नपाईरहेको अवस्थामा राम्रा फिल्म भए यहा“को लगानीलाई धान्न सक्ने दर्शक छन् भन्ने २०६८ ले छर्लङ पारिदियो । क्रमभंग गराएको यस वर्षले देखाएको बाटोमा भने विरोधाभाष पनि उत्तिकै छ । ‘लुट’ को सफलतामा समेत अश्लिल शब्द÷भाषाको हात देख्ने केही फिल्मकर्मीलाई ‘चपली हाइट’ ले झनै ढुक्क पारिदिएको छ । जसले गर्दा आगामी वर्ष सेन्सर बोर्डका लागि टाउको दुखाई ह्वात्तै बढ्ने देखिन्छ ।
झण्डै सात दर्जन फिल्म रिलिज भएको वर्षमा ‘लुट’ र ‘चपली हाइट’ ले मात्रै कमाउ“दा ‘अन्दाज’ ले लगानी सुरक्षित गर्न पायो । चलेका फिल्म जसरी अत्यधिक चल्दिए, बा“की त्यसैगरी अत्यधिक फ्लप पनि रहे । यस्तोमा आफुलाई स्थापित ब्यानर, निर्माता÷निर्देशक भन्न रुचाउनेका फिल्मले पनि हावा खाए । अहिलेसम्म सफल फिल्म बनाउ“दै आएका भुवन केसीका लागि वर्ष २०६८ अफापपूर्ण रह्यो । उनको महत्वाकांक्षी फिल्म ‘साथी म तिम्रो’ लाई दर्शकले साथै दिएनन् ।
मसलै फिल्म बनाएर पनि एउटा सर्कलमा फिल्म चलाउन सक्ने निर्देशक शोभित बस्नेतले पनि ‘दुलही रानी’ बाट झट्का खाए । नीर शाह, तुलसी घिमिरे जस्ता हस्तीका लागि पनि यो वर्ष लाभदायक रहन सकेन भने निरन्तर फिल्म निर्माण कार्यमा लाग्दै आएका निर्माताले फिल्ममा लगानी गर्न हच्किए, वर्ष २०६८ मा । धेरै निर्देशकको त्यसैले गर्दा हात खाली नै रह्यो । बरु निर्माता नै नायक भएर खेल्ने ह्वीम यसवर्ष तुलनात्मक रुपमा बढि रहेपनि कुनैले अरुको लगानीमा नायक हुने संभावना देखाउन सकेनन् ।

No comments: