अशोक दाहाल
यस्तो छ, समायोजन कार्ययोजना
यस्तो छ, समायोजन कार्ययोजना
Nandakishor Pun and Chattraman Singh together |
- २४ गते शिविर प्रस्थान
- २५ गते शिविर पुग्ने र समन्वय
- २६ गते वर्गिाकरण कार्य प्रारम्भ
- २७, २८, २९ र ३० सम्म– स्वेच्छिक अवकास र समायोजन रोज्न दिइने
- ३० गते - हतियार कन्टेनरमा राखेर सेनालाई बुझाइने, समायोजन रोज्ने लडाकु सेनाको ब्यारेकतर्फ प्रस्थान
माओवादी लाडाकुले नेपाली सेनामा पाउने दर्जा लगायतका विवादहरुलाई थाति राख्दै दलहरु आगामी ३० गतेभित्र टुंङ्गोमा पुयाउनेगरि सेना समायोजन अघि बढाउन सहमत भएका छन् । प्रमुख तीन राजनीतिक दलहरुबीच बुधबार राती भएको सहमतिसँगै सेना समायोजन विशेष समितिले चैत्र ३० भित्र माओवादी लडाकुका शिविर खाली गर्नेगरि सेना समायोजनको कार्यतालिका पारित गरेको छ । दलहरुबीच यसअघिबाटै विवादीत रहेका दर्जा निर्धारण लगायतका बिषयमा तत्काल सहमति नभए समायोजन कार्यतालिका कार्यान्वयनमा भने अझै समस्या आउनसक्ने देखिएको छ ।
एक साता अघि सचिवालयले तयार गरेको कार्ययोजना दर्जा निर्धारण, लातिम अवधि, छनौट समिति लगायतका बिषयमा सहमति जुट्न नसकेकै कारण पारित हुन सकेको थिएन । ‘यसअघिनै अधिकांश बिषयमा सहमति भएपनि केही प्राविधीक कारणले पारित हुन सकेको थिएन, आज पारित गर्ने सहमति भयो’ शीर्ष तहमा भएको सहमतिबारे जानकारी गराउँदै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने ।
सेना समायोजन विशेष समिति अन्तर्गतको सचिवालयले तयार गरेको समायोजन कार्ययोजना अनुसार बिभिन्न सात स्थानमा छनौट केन्द्र स्थापना गरेर नेपाली सेनाले चैत्र मसान्तभित्रै माओवादी लडाकुलाई आफ्नो ब्यारेकमा राख्नेछ । ‘मापदण्डबारे सहमति भइसकेपछि समायोजनको सम्पूर्ण प्रकृया सेनाको मापदण्ड अनुसार नै हुनेछ, छनौट केन्द्रहरु आवश्यकता अनुसार सेनाले थप गनए पनि सक्नेछ’ विशेष समितिपछि समिति सदस्य बर्षमान पुनले भने ।
सेना समायोजन विशेष समिति अन्तर्गतको सचिवालयले तयार गरेको समायोजन कार्ययोजना अनुसार बिभिन्न सात स्थानमा छनौट केन्द्र स्थापना गरेर नेपाली सेनाले चैत्र मसान्तभित्रै माओवादी लडाकुलाई आफ्नो ब्यारेकमा राख्नेछ । ‘मापदण्डबारे सहमति भइसकेपछि समायोजनको सम्पूर्ण प्रकृया सेनाको मापदण्ड अनुसार नै हुनेछ, छनौट केन्द्रहरु आवश्यकता अनुसार सेनाले थप गनए पनि सक्नेछ’ विशेष समितिपछि समिति सदस्य बर्षमान पुनले भने ।
Maoists Combatants showing march at Shaktikhor, Chitwan. |
समायोजनमा जाने माओवादी लडाकुको संख्या घटाउनका लागि यसअघि समायोजन रोजेका लडाकुलाई पुनः रोज्ने मौका दिन शुक्रबार सचिवालयले शिविरहरुमा कर्मचारी खटाउनेछ । २७ गतेबाट लडाकुहरु रहेका सबै शिविरहरुमा लाडकुहरुलाई स्वेछिक अवकास वा समायोजन रोज्ने मौका दिइनेछ । ३० गतेभित्रै समायोजनमा जाने लडाकुहरुको अन्तिम संख्या तय गरिने नेताहरुले जानकारी दिएका छन् । ‘मूल उपलब्धी ३० गतेभित्र पुन रोज्ने अवसर दिने कार्य टुंङ्गोमा पु¥याइने भयो, शिविर र हतियार सरकार मातहत आउन केही थप निर्णय भए, तथापी ३० गतेभित्रै अmझै केही निर्णय गर्न बाँकी छ’ बैठकपछि कांग्रेस नेता मिनेन्द्र रिजालले भने ।
PM, Dr. Baburam Bhattarai with Maoists Combatants. |
दलहरुबीच २६ गते समायोजनबारे सहमति भइसकेपछि २७ गतेबाटै संविधान निर्माण र शान्ति प्रकृयाका बाँकी बिषयमा सहमतिको पहल सुरु गरिने भएको छ । एमाले नेता माधवकुमार नेपालले सेना समायोनबारे सहमति भएलगत्तै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग गठन तथा संविधानका विवादीत बिषयमा सहमतिका लागि दलहरुले छलफल सुरु गर्ने जानकारी दिए ।
सहमति हुन बाँकी बिषयहरु
सहमति हुन बाँकी बिषयहरु
दलहरुबीच सहमति हुन नसकेको लडाकुको दर्जा निर्धारण, नेपाली सेना अन्तर्गत नयाँ बन्ने महानिर्देशनालयको संरचना, लडाकुले सेनामा प्रवेश गर्दाको तालिम अवधि र समायोजन छनौट समितिमा माओवादी प्रतिनिधी रहने/नरहने विवाद भने २६ गतेभित्र टुङ्ग्याउने सहमति भएको छ । सात बुँदे सहमति अनुुसार माओवादी लडाकुले दर्जा पाउने कांग्रेस एमालेको अडान छ भने माओवादीले सात बुँदे भित्रै रहेर मापदण्डमा केही लचकता अपनाउन सकिने प्रस्ताव गरेको छ । सात बुँदे अनुसार माओवादी लडाकुले नेपाली सेनामा सेनानी(मेजर)सम्म मात्र पाउने भएपनि माओवादीले भने महासेनानीसम्म पाउनुपर्ने अडान त्यागेको छैन । त्यस्तै माओवादीले लडाकु समायोजनको छनौट समितिमा आफ्नो प्रतिनिधी समेत रहनुपर्ने माग गरेको छ । नयाँ बन्ने महानिर्देशनालय अन्तर्गत रहने सेनालाई विकास निर्माण, औद्योगीक र सीमा सुरक्षा लगायतका जिम्मेवारी दिइने सहमति भइसकेपनि माओवादीले केही जिम्मेवारी थप गर्न प्रस्ताव गरेको छ । त्यस्तै सचिवालयको कार्ययोजनामा सेनाले सामान्य अवस्थामा भर्ना लिँदाको अवस्था सरह तालिमको प्रस्ताव गरिएपनि माओवादीले ब्रिज कोर्ष मात्र रहेका कारण भर्नाको समय केही घटाउन आग्रह गरेका कारण सहमति हुन सकेको छैन । एमाले नेता भीम रावललले १५ वटा बिषयमा सहमति भएपनि केही बिषयमा मात्र सहमति हुन नसकेको जानकारी दिए । २६ गतेसम्म आन्तरिक गृहकार्यपछि २६ गते सहमति हुन नसकेका सबै बिषयहरु टुंङ्गो लगाइने नेताहरुले जनाएका छन् ।
No comments:
Post a Comment