Wednesday, April 4, 2012

सक्रिय अदालत भष्ट्राचारी प्रहरी नेतृत्व ।


Bench of Special Court of Nepal
शोभा शर्मा 
काठमाडौ । ट्रान्परेन्सी इन्टरनेशनलले जब भष्ट्राचारको सुचकाङ्क सार्वजनिक गथ्र्यो त्यतिबेला प्रहरी भष्ट्राचारको सुचीमा सबैभन्दा अगाडी हुन्थे । त्यतिमात्र होइन प्रहरीहरुलाई कारवाही भएको वा दोषी ठहर गरेको समाचार त सुन्नै गाह्रो हुन्थ्यो । तर यतिबेला भष्ट्राचारको फन्दा प्रहरी नेतृत्वको गलामा लागेको छ । विषेश अदालतको सक्रियताले प्रहरीमा अकुत सम्पती कमाएकाहरु जेल जाने निश्चित प्राय भएको छ । प्रहरीका पुर्व प्रमुखहरुकै मुद्दामा पनि विषेश अदालतले भष्ट्राचार गरेको हठर गरेपछि भने अब भष्ट्राचारीको निद केही हराम भएको बुझ्न सक्छौँ । त्यसो त मन्त्री नै भष्ट्राचारी भएको भन्दै जेल पर्ने मुलुकमा पूर्व प्रहरी प्रमुख भष्ट्राचारी ठहर्नु सामान्य विषय हो । यतिबेला पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहोरा भष्ट्राचारी ठहर भएका छन् । 
विषेश  अदालतले पूर्व प्रहरी महानिरिक्षक (आइजीपी ) मोतिलाल बोहोरालाईे पदमा रहँदा अकुत सम्पत्ति कमाएर  भ्रष्ट्राचार गरेको  ठहर गर्दैे मंगलवार १८ महिना जेल सजाय र २६लाख ८३ हजार जरिवाना सुनाएको  छ । विषेशका  अध्यक्ष गौरीबहादुर कार्की तथा न्यायाधीश ओम प्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐनको दफा २० (२) बमोजिम एक वर्ष कैद र विशिष्ट श्रेणीको पदाधिकारी भएकाले ऐनको दफा २४ बमोजिम थप छ महिना गरी डेढ वर्ष कैद हुने सजाय सुनाएको हो ।    
२०५४  सालमा महानिरीक्षकबाट अवकास लिएका बोहोरालाई  स्रोत नखुल्ने २ करोड ३८ लाख  २३ हजार ६ सय २७ रुपैँया ३७ पैसा कमाएको भन्दै २०६१  भदौ एक गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको  थियो ।
उनलाई विषेश अदालतका तत्कालिन अध्यक्ष न्यायधीस भुपध्वज अधिकारी , चोलेन्द्र शमशेर राणा र कोमलनाथ शर्माको संयुक्त इजलासले हद म्याद बाहिर अभियोग पत्र दायर भएको कारण देखाई सफाई दिएको थियो । अवकाश लिएको एकवर्ष सम्म पदमा  रहेको व्यक्तिले भ्रष्ट्राचार गरेको  उजुरी गर्नु पर्नेमा सो अवधिमा उजुरी  नगरेको भन्दै विषेशले उनलाई ६४ साल जेठ १३ गते सफाई दिएको थियो ।
 
अकुत सम्पत्तिमा कमाएर  भ्रष्ट्राचार गर्नेलाई मुद्दा चलाउन हदम्याद नलाग्ने जिकीर सहित फेरी अख्तियारले बोहोरालाई विषेशले दिएको सफाई खारेज गर्न माग  गर्दै सर्वोच्च अदालतमा पुनरावेदन ग¥यो । सर्वोच्चले अकुत सम्पत्ति आर्जन गरेकोमा हदम्याद नलाग्ने भन्दै बोहोराको मुद्दा भित्र  पुनः प्रवेश गर्न विषेशलाई आदेश गरेको थियो । विषेशले पुन मुद्दामामा प्रवेश गरि मंगलवार बोहोरालाई  कैदसहितको फैसला सुनाएको हो । 
विषेश अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले ‘भ्रष्ट्राचार निवारण ऐन  २०१७ मा हदम्यादको व्यवस्था भएकोले विषेशले सो  अनुसार पहिले कारवाही गरेको र  सर्वोच्चले नै हदम्याद नलाग्ने भनेपछि  अहिले मुद्दामा प्रवेश गरि फैसला गरिएको’ बताए । विषेश अदालतले बोहोरा र उनको परिवार संग घर, जग्गा, गाडि, शेयर, बैंक ब्यालेन्स लगायत गरी जम्मा रु. ८९ लाख ८४ हजार ३ सय ६४ रुपैँया ४५ पैसा बराबरको सम्पत्ति रहेको र सो मध्ये वैध आय ६३ लाख ८७ हजार ८ रुपैया ६७ पैसा बराबरको सम्पत्ति रहेको जनाएको छ । ‘आम्दानी भन्दा निजसंग रहेको सम्पत्ति रु. २६,८३,४८५७८ बढी देखिन आयो ’ विषेश अदालतले मंगलबार गरेको फैसलामा उल्लेख छ ‘जस्को स्रोत खुलेको नदेखिनाले सो सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम निजले गैरकानूनी रुपमा भ्रष्टाचार गरेर आर्जन गरेको ठहर्छ ।’ 
बोहोराले विगो सहित ५३ लाख ६६ हजारभन्दा बढी  रकम दिनुपर्ने विषेशको फैसलामा उल्लेख छ । विभिन्न  बैँकहरुमा रहेको  मौज्दात , शेयर लगानीसहित बढेको  सम्पत्ति ,  बोहोराकी श्रीमतिको नाममा रहेको  नारायणगढको जग्गा बोहोराकै नामको कैलालीको जग्गा र उनी छोरीको नाममा रहेको  काठमाडौँ को बलम्बुको जग्गा र पैशा समेत  दफा  २० को (२) बमोजिम जफत गर्न विषेशले आदेश गरेको छ । 
६१ सालमा अख्तियारले बोहोरा र उनको परिवार संग ४ करोड ३८ लाख ८ सय ७९ रुपैया ५९ पैसा मध्ये २करोड ६८लाख ८ सय ७९ रुपैया ५९ पैसाको स्रोत खुलेको र बाँकी २करोड ३८लाख  २३ हजार ६ सय २७ रुपैया ३७ पैसा को स्रोत नखुलेको अभियोग लगाएको थियो । विषेशले गरेको फैसला चित्त नबुझे बोहोराले ३४ दिन भित्र सार्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने छन । सो अवधी सम्म उनलाई पक्राउ गर्न नमिल्ले विषेश का रजिष्ट्रार चन्दले जानकारी दिए । हिमालय टाइम्स बोहोराले ‘आफु ले ३० वर्ष सम्म इमान्दार भइ राष्ट्रसेवामा समर्पित  भएको तर अवकास लिएको ७ वर्ष पछि षड्यन्त्र गरेर  मुद्दा चलाएको’ प्रतिक्रीया दिएका  छ ।  आफुले अदालतको फैसलालाई मान्ने बताउदै उनले भने ‘म न्यायका लागि सर्वोच्च अदालतमा जान्छु ।’ यसैबीच विषेशले बुधवार पूर्व आइजीपी अच्युतकृष्ढण खरेलबारे सुनुवाई गर्ने भएको छ । खरेलको मुद्दाबारे पनि सर्वोच्चले विशेषलाई पुन ः प्रमाण भित्र प्रवेश गरि फैसला गर्न  आदेश  गरेको थियो । खरेललाई प्रहरी महानिररुक्षको जिम्मेवारीमा रहदाँ पदको दुरपयोग गरी अकुत सम्पत्ति कमाएर भ्रष्ट्राचार गरेको आरोपमा अख्तियारले विषेशमा मुद्दा  दायर  गरेको थियो ।   खरेलले आफू, पत्नी र छोराको नाममा १ करोड ६३ लाख ३६ हजार रुपैयाँ जम्मा गरेको अख्तियारले दाबी गरेको  छ । 

No comments: