Saturday, June 18, 2011

असार ४ गते २०६८

विदेश निती र राष्ट्रियताको विषयमा  दलहरु बिच साझा धारणा बन्नुपर्छ —बाबुराम

काठमाण्डौँ, ०४ असार । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले राष्ट्रियता र विदेश नितीको विषयमा सबै दलहरुले साझा धारणा निमार्ण गनुपर्ने बताउनु भएको छ । भट्टराइले नेपालको विदेश निति स्पष्ट नहुदाँ यसलाइ राजनैतिक दलहरुले खेलको मैदान बनाएको टिप्पणी गर्नुभयो ।

राजधानीमा आज भएको एक अन्तरक्रियामा उपाध्यक्ष भट्टराईले विदेश नितीको अस्पष्टताकै कारण पार्टिहरु बिच एक अर्कालाइ छिमेकी देशहरुसँग जोडेर आरोप पत्यारोप चलेको तथा पार्टि भित्रैकै असन्तुष्ट पक्षले अर्को पक्षलाइ छिमेकी देशसँग जोडर बदनाम गर्ने गरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

भट्टराइले राष्ट्रियताको रक्षाका लागि ठूला बैदेशिक शक्तिस“ग छापामार शैली अपनाउनु पर्ने समेत विचार ब्यक्त गर्नुभयो । ठूला मुलुकस“ग सिधै लड्न नसकिने भएकाले छापामार शैली अपनाउनु पर्ने भट्टराइको भनाइ थियो । उहॉले भारतस“ग भएका सबै असमान सन्धीहरू खारेज गर्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रियताको सवालमा सबै राजनीतिक दलहरूबीच समान धारणा हुनुपर्ने भन्दै उपाध्यक्ष भट्टराईले अहिले कांग्रेस र माओवादीबीच राष्ट्रवादकै बुझाइमा संघर्ष चलिरहेको बताउनुभयो । रातो झिल्को त्रैमासिक अंकमा प्रकाशित ‘नेपालको सन्र्दभमा राष्ट्रवाद, एक माक्र्सवादी दृष्टिकोण’ विषयक अन्तरक्रियामा  भट्टराईले मुलुकको राष्ट्रियता जनवादमा आधारित  हुने पर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले केही तत्वहरूमा दासत्वको मानसिकता रहेकाले राष्ट्रवाद कमजोर हु“दै गएको धारणा राख्नुभयो । यादवले संघीयता र संविधानलाई पूर्णता दिन नचाहनेहरूले संविधानसभालाई भंग गर्न खोजेको आरोप लगाउनुभयो । भारततर्फ संकेत गर्दै यादवले पहिला पहिला राजनीतिक दलका नेताहरू प्रधानमन्त्री र मन्त्रीको दरखास्त हाल्न नारायणहिटी धाउने गरेको र अहिले लैनचौर धाउने गरेको बताउनुभयो ।

माओवादी नेता राम कार्कीले २००७ सालबाट प्रजातन्त्र र राष्ट्रवादलाई फरक रुपमा उठाइएको भन्दै आन्तरिक राष्ट्रियतालाई बलियो बनाएपछि मात्र विदेशीबाट थिचोमिचो सहन नपर्ने धारणा राख्नुभयो । कांग्रेस नेता चक्रप्रसाद बास्तोलाले दलहरू नेपालको भू–राजनीतिक अवस्थाका कारण मात्र राजनीतिक ब्यवस्था जोगिएको अन्यथा विदेशी हस्तक्षेपका कारण राष्ट्रियता नै गुम्ने खतरा रहेको तर्क गर्नुभयो ।

चीनीया राजदुत नेपालमा, भारतिय वित्तमन्त्री प्रणव मुर्खजीको भ्रमण रद्य

काठमाण्डौँ, ०४ असार । नेपालका लागि नवनियुक्त चिनीयाँ राजदुत योङ होऊलान पदभार ग्रहणका निम्ती आज नेपाल आईपुगनुभएको छ । चाइना एयरको बिमान बाट आज नेपाल आउनुभएका नबनियुक्त राजदुत होऊलानले सोमबार राष्टपति डा रामबरण यादब समक्ष आफनो ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको शीतल निबासले जनाएको छ । चीन  सरकारले नेपाल पठाउनु दुई साता अघि हुलानको एग्रिमो दुई स्वीकृत गरेको थियो । राजदुतमा नियुक्त हुनुअघि उहाँ कोरीयाली प्रायदीप मामलाका विशेष दुत रहनु भएको थियो भने यसअघि अफगानिस्तानमा राजदुतको रुपमा कार्य गरिसक्नु भएको छ । यसैबिच नेपाल आए लगत्तै त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै राजदुत होऊलानले आफु नेपालको शान्ति र संधिवान निमार्णमा सहयोग गर्न बताउनु भएको छ ।
उता भारतीय अर्थमन्त्री प्रणव मुखजीले  आज बाट  गर्ने  भनिएको दुई दिने नेपाल भ्रमण तत्कालका लागी स्थगीत भएको छ । नेपाल स्थित भारतीय दुताबास र परराष्टमन्त्रालयका बरिष्ट अधिकारीहरुले मुखर्जीको भ्रमण अन्तिममा आएर स्थगीत भएको बताएका छन ।दलहरु सेना समायोजनका बिषयमा निर्णयमा सहमतिमा पुग्न नसकिरहेको समयमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विश्वासपात्र मुखर्जी आज नेपाल आउने तय भएको थियो ।

खिलनाथ ढकाल आक्रमण प्रकरण ः पत्रकार महासङ्घद्वारा चरणबद्ध आन्दोलनमा

काठमाण्डौँ, ०४ असार । सञ्चारकर्मीैहरु माथि भएका श्रृखलाबद्ध  आक्रमणको बिरोधमा नेपाल पत्रकार महासंघले घोषणा गरेको  प्रथम चरणको आन्दोलन अन्तर्गत आज राजधानी लगायत मुलुकभरका जिल्ला प्रशासन कार्यालय अगाडि  प्रर्दशन तथा धर्ना दिएका छन् । राजधानीको नयाँबानेश्वर स्थित सबिधानसभा भबनबाट सुरु भएको ¥याली माइतीघर मण्डला पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दे सभापती शीव गाँउलेले आराेिपत पर्शुराम बस्नेतलाई पक्राउ गरी कारबाही नगरिएसम्म आन्दोलन नरोकिने बताउनुभयो । पहिलो चरणको अन्दोलन धेरै अर्थमा सफल भएको भन्दै उहाँले भोली बस्ने महासङघको बैटकले दोस्रो चरणका आन्दोलनका कार्उक्रम तय गर्ने जानकारी दिनुभयो । यस्तै राजधानीमा बाहिर पनि महासघंको जिल्ला शाखाको नेतृत्वमा स्थानीय जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको विभिन्न जिल्लाबाट हाम्रा स्थानीय सहकर्मीहरुले जनाएका छन् ।

बिराटनगरका पत्रकार खिलनाथ ढकाल र मुलुकका अन्य भागमा पत्रकार माथि भएका श्रृखलाबद्ध  आक्रमणको सवरोधमा महासघले घोषणा गरेको प्रथम चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत एक साता यता सञ्चारकर्मीले दैनिक जसो बिरोधका कार्यक्रम  गर्दै  आएका थिए ।

यसैबीच पत्रकारमागि भएको आक्रमणको घटनालाई लिएर झडप हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज बिराटनगरमा ७ घण्टे निशेधाज्ञा जारी गरेको थियो ।

यता आजै साँझ अवैध रुपमा राजस्व संकलन गरिरहेको बारे सोधपुछ गर्ने पत्रकार टोली माथी चितवनको आपँटारमा दुब्यवहार भएको छ । राजस्व संकलनका लागी भन्दै ढाटमा बसेका केन्द्रीय बस टर्मिनलको ठेकेदार हरुले दुब्यवहार गरेका हुन् । टर्मिनमा प्रवेश गर्ने सवारी साधनलाइ जरिवाना लिने गरेको बारे सोधपुछ गर्दा बिनोद श्रेष्ठ नाम भएको ब्यक्तिले दुब्यवहार गरेका हुन् । श्रेष्ठले न्युज २४ टेलिभिजनको क्यामेरा फुटाइदिने धम्की समेत दिएका छन् ।

यसैबिच पत्रकारलाइ दुव्यवहारको भएको विषयलाइ लिएर चितवनको आपँटारमा पत्रकारहरुले अहिले दुव्यवहार गर्ने ब्यक्तिलाइ कारवाही माग गर्दै दबाद दिएका छन् । यद्यपि कारवाहीका लागी दबाद दिएको भन्दै पत्रकारहरुलाइ ठेकेदारहरुले ज्यान मार्ने धम्किी दिएका छन् । 

तीन दलको बैठक बस्न सकेन, भोली बस्ने रे

पछिल्लो राजनीतिक गतिरोधको निकास र नयाँ बजेटमा सहमती जुटाउने लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको प्रमुख तीन दलको बैठक भोलीका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजेका लागि आह्वान गरिएको बैठकमा माओवादी र एमालेका शीषै नेताहरु ब्यस्तताका कारण उपस्थित हुन नसक्ने जनाएपछि स्थगित गरएको जनाईएको छ । ब्यस्ततको कारण देखाइएपनि दलहरु आन्तरिक तयार?ी नपुगेको भन्दै छलफल भोलीका लागि सार्न राजी भएको स्रोतको भनाई छ । आजको बैठकमा दलहरुबीच जेठ १४ गते भएको पाँच वुदे सहमति कार्यान्वयन, शान्ति प्रक्रियाको कार्यतालिका, संविधान निर्माण,  लगायतका बिषयमा छलफल हुने कार्यक्रम रहोको थियो । यस्तै बैठकमा नियमित प्रक्रियाबाट बजेट ल्याउन  सत्तारुढ दलले गरिरहेको प्रयास बारे प्रतिपक्षी कांग्रेसले बैठकमा आफ्नो धारणा राख्ने बताइएको थियो ।

एउटै परिवारमा धेरै चुलो चौका छ, यस्तो अवस्थामा परिवार टुक्रिन सक्छ — उपाध्यक्ष गौतम

धनकुटा, ०४ असार । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्र चरम गुटबन्दी रहेकाले पार्टी विखन्डनको सङघारमा पुगेको खुलासा गर्नुभएको छ । पार्टीभित्रको गुटबन्दीले कार्यकर्ता र पार्टीको हित नहुने भन्दै उहाँले यसलाई बेलैमा सच्याएर सुदृढिकरण गर्न नसकिए पार्टीले धक्का बेहोर्नुपर्ने दावी गर्नुभयो । प्रेस चौतारीले आज धनकुटामा गरेको पत्रकार सम्मेलनमा गौतमले प्रतिकात्मक रुपमा टिप्पणी गर्दे भन्नुभयो—एउटै परिवारभित्र धैरै चुलाचौका भएपछि नयाँ घर बन्न पनि सक्छ तर अहिले भने त्यो अवस्था आइृनसकेको उल्लेख गर्नुभयो । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्नेलाई पार्टीका नेताले संरक्षण गरेको पाईए ठूला नेता समेत सानामा परिणत हुने भन्दै उहाँले आक्रमणमा सम्लग्नलाई पार्टीले कारबाहीको दायरामा ल्याएरै छाड्ने दावी गर्नुभयो ।

यसैबीच एमालेकै महासचिव इश्वर पोखरेलले शान्तिप्रक्रिया नटुंिगएसम्म लोकतान्त्रिक संविधान बन्नै नसक्ने बताउनुभएको छ । नेकपा एमाले मेची अन्चल समन्वय कमिटीको प्रशिक्ष्ँण कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादी लडाकूको शिविर खाली गर्नु नै अहिलेको मुख्य चुनौती भएको बताउनुभयो । उहांले लडाकूका शिविर खाली गरी सरकारलाई हतियार  बुझाउन माओवादीलाई आग्रह गर्नुभयो । शान्ति प्रक्रियालाई पुरा नगरी कुनै पनि हालतमा संविधान जारी नहुने पोखरेलको भनाइ थियो । 

एमाले महासचिव पोखरेलले माओवादी र कांग्रेससंग राजनीतिक सहयात्रा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने नै एमालेको लाइन भएको बताउनुभयो । शान्ति प्रक्रियालाई टुगाेंमा पु¥याउन आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उहांले माओवादी र काग्रेसका गलत कुरालाई आखा जुदाएर मात्र राजनीतिक सहयात्रा गर्ने बताउनुभयो । पार्टीमा फरकफरक सोच भएका कारण बिवाद उत्पन्न हुने गरेको र यो स्वभाविक भउको उहांले बताउनुभयो । महासचिव पोखरेलले पार्टीको सिद्धान्त विपरीत नबोल्न नेताहरुलाई चेतावनी पनि दिनुभयो ।

पत्रकार महासंघसँग वार्तामा बस्न तयार छ — युथफोर्स

काठमाण्डौँ, ०४ असार । एमाले भातृ सङगठन युवा सङघले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणको न्यायिक छानविन गर्न माग गरेको छ । ढकालमाथिको आक्रमणमा युवा सङघ मोरङका अधयक्ष पर्शुराम बस्नेताको सम्लग्नता रहेको भन्दै प्रहरीले उनको बयापक खोजि गरिरहेकै बेला युवा सङघले यस्तो माग गरेको हो । घटनामा पक्राउ परेका दुई जनालाई छानविन नै नगरी नियोजित रुपमा बस्नेतलाई फसाउन खोजिएको भन्दै सङघले वार्ताका माधयमबाट अनुसन्धान गरी यथार्थ पत्ता लगाउन माग गरेको छ । आरोपित बस्नेत भने अहिलसम्म पनि फरार नै रहेका छन् । सङघको आज बसेको बैठकले आन्लोलनरत पत्रकार महासङघसँग वार्त गर्न आफूहरु तयार रहेको भन्दै उपाध्यक्ष हरि राईलाइृ जिम्मा समेत दिएको जनाएको छ । 

यसैबीच एमाले भातृ सङगठन युवा संघका अध्यक्ष महेश बस्नेतले अदालतले दोषि नदेखाएसम्म पत्रकार कुटपिटमा आरोपित पर्शुराम बस्नेतलाई प्रहरीमा नबुझाउने बताउनुभएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले अदालतले बरु पर्शुरामलाई दोषि देखाएमा आफुले युवा संघबाट समेत राजीनाम दिने घोषणा समेत गर्नुभयो । घट्नामा सग्लगन देखीएका दुईजनालाई पक्राउ गरी सक्दा पनी  घट्नामा सग्लग्न नै नभएका पर्शुरामलाई दोषि देखाउन खोज्नु सिगो युवा संघलाई दोषि देखाउनु खोज्नुभएको टिप्पणी गर्नुभयो । आफुले आन्दोलन गर्न नचाहेको तर सरकार र पत्रकार महासंघले घट्नालाई अतिरन्जीत पादै झन झन चक्राउन खोजीरहेको आरोप लगाउँदै बस्नेतले एक डिएसपी र पर्शुरामको फोन रेर्कडको छानविन गर्न न्यायीक आयोग गठन हुने तर खिलानाथको घट्नालाई किन नहुने भन्दै प्रतिपश्न गर्नुभयो ।

ब्युटिपार्लरमा यौन धन्दा के यो काठमाण्डौँ हो ?

प्रहरीले राजधानीको एक ब्युटिपार्लरमा छापा मारी सन्चालिका सहित यौन क्रियाकलापमा संलग्न ६ युवती र ३ युवालाई रङगे हात पक्राउ छ । न्युरोड धर्मपथस्थित न्यु सहेली व्युटिपार्लरमा छापा मारी सन्चालिका उर्मिला विष्ठ सहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ब्युटिपार्लर भन्दै करिब ३ वर्ष देखि यौन ब्यापारमा पार्लर चलाएको स्थानीय बासीको विषेश सूचनाको आधारमा सो ठाँउमा छापा मारिएको जनाईएको छ । छापा मार्ने क्रममा व्युटी पार्लरमा छुट्टै कोठाहरु र पलङहरु समेत पाईएकाले सो ठाँउमा ब्यसायिक रुपमै यौनधन्दा चलाईदै आएको हुनसक्ने प्रहरीको अनुमान छ । छापाका क्रममा प्रहरीले यौन क्रियाकलापमा प्रयोग हुने कन्डम लगायतका सामाग्री समेत फेला पारिएको जनाईएको छ । सो पार्लरका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको काठमाडै प्रहरीले जनाएको छ । राजधानीको मसाज केन्द्रमा अवैध यौन क्रियाकलाप हुने गरेका भेटिए पनि व्युटीपार्लरमा यस्ता गतिविधि भएको अवस्थामा पक्राउ गरिएको यो पहिलो पटक हो ।

सहमती बिना बजेट ल्याउन दिदैंनौं ः काँग्रेस महामन्त्री प्रकाशमान सिंह

भक्तपुर ४ असार । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक सहमती नभएसम्म बजेट ल्याउन नदिने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ ले आयोजना गरेको क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री सिंहले कांग्रेस नियमित बजेट ल्याउन बाधक नबन्ने तर बर्तमान सरकारले कांग्रेस लगायतका दलहरुस“ग छलफल गरि सहमती गरेर मात्र बजेट ल्याउनुपर्ने बताउनुभयो ।

एमाले–माओवादीले सहमतीको उलंघन गरेको बताउदैं नेता सिंहले संसदबाट पा“च बु“दे सहमती पारित भइसकेकाले बर्तमान सरकार कामचलाउ मात्र भएको बताउनुभयो । उहा“ले कामचलाउ सरकारले जथाभावी निर्णय गर्न नपाउने बताउदै सहमतीको पालना नभए कांग्रेस शान्तिपूर्ण आन्दोलनमा जाने समेत उल्लेख र्नुभयो । महामन्त्री सिंहले माओवादी सेना समायोजन बिषेश समितिमा बस्ने, निर्णय गर्ने तर निर्णयमा हस्ताक्षर गर्न नमान्ने माओवादी चरित्रले शान्ति प्रक्रियामाथि शंका उत्पन्न गरेको बताउनुभयो । उहा“ले पा“च बु“दे सहमती भएको लामो समय भईसम्दा पनि लडाकुको समायोजन तथा व्यबस्थापन, कब्जा सम्पती फिर्ता, वाइसियलको अर्धसैनिक संरचना भंग गरि शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनेमा एनेकपा माओवादी उदासिन बनेको बताउनुभयो ।

यता माओवादीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले प्याकेजमै राष्ट्रिय सहमति बनेपछि मात्र नयाँ आर्थिक बर्षका लागि बजेट ल्याउनुपर्ने बताउनुभएको छ । माओवादीसहितको सरकारका प्रधानमन्त्री र मन्त्रीहरु असार महिनाभित्रै बजेट ल्याउने गरी दौडधुप गरिरहेको बेला उहाँको यस्तो अभिब्यक्ति आएको हो । पोखरा इञ्जिनियरीङ्ग क्याम्पसमा भोली हुने एक कार्यक्रममा सरक हुन पोखरा आउनुभएका पूर्वअर्थमन्त्री उपाध्यक्ष भट्टराईले पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दलहरुको सहमतिबिना कुनै हालतमा बजेट नआउने बताउनुभयो ।

यार्सागुम्बा टिप्न गएका फर्किएनन्

डोल्पाको विङ्गबुङ्ग हिमाली क्षेत्रमा यार्सागुम्बा टिप्न गएका तीन जनाको हिम पहिरोमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नायकवाडाका सिंगबहादुर सिंह, प्रमे बहादुर सिंह र पदम बहादुर सिंह रहेका छन भने अन्य दुई जनाको परिचय खुल्न सकेको छैन । यार्सागुम्बा टिप्न जाने क्रममा मालुवाचौरको हिम पहिरोमा उनीहरु पुरिएका थिए । उच्च हिमाली क्षेत्रमा मात्र पाइने यार्सागुम्बा टिप्न जाने क्रममा वर्षेनी धेरै मानिसहरुको हिम पहिरोमा पुरिएर धेरै मानिसहरुको ज्यान जाने गरेको छ ।  

भेलाहरु पार्टीलाई मजबुद बनाउनका निम्ति ः मन्त्री रायमाझी

भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले माओवादीले भेला गर्दै हिड्नु पार्टी लागि खतरा नभै पार्टीलाई झनै मजबुद बनाउनका निम्ति भएको दाबी गर्नुभएको छ । पार्टीभित्र प्रचण्ड, बैद्य र भट्टराईले विभिन्न ठाउँमा आ आफ्नो ढंगले भेला गर्दै हिडेको अवस्थामा मन्त्री रायमाझीले यस्तो दाबी गर्नुभएको हो । पोखरा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले ठूलो पार्टी भएका कारण पार्टी फुटाउनका लागि र माओवादी एक भएको देख्न नसक्नेहरुले भेलालाई अनावश्यक टिका टिप्पणी गर्दै हिडेको आरोप लगाउनुभयो ।

पार्टीका पोलिट्ब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले माओवादी लडाकुको समायोजन तथा पुनस्र्थापना नभएसम्म सरकारलाई हतियारको चावी नबुझाइने भन्दै उहाँले हतियार र सेनालाई अलग गर्न नमिल्ने बताउनुभयो । शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउन, नयाँ संविधान जारी गर्न र देशलाई समृद्धितर्फ डो¥याउन राष्ट्रिय सहमति अनिवार्य भएको विचार व्यक्त गर्दै मन्त्री रायमाझीले राष्ट्रिय सहमति भएपछि मात्रै प्रधानमन्त्री खनालको राजीनामा आउने जनाउनुभयो । पाँचबुँदे सहमतिको कार्यान्वयन १५ दिनभित्रै लागू हुने विश्वास ब्यक्त गर्दै उहाँले सहमति पालना भएमा मात्रै देशले निकास पाउने धारणा राख्नुभयो । देश अहिले पनि चुनौती र सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको हुँदा दलहरु ५ बँुदे सहमतिप्रति लचिलो भएर कार्यान्वयनको दिशामा आउनुपर्ने बताउनुभयो  ।

आर्थिक समाचार
तस्करहरुले प्रहरीले समातेको अवैध मल लुटे

सशस्त्र प्रहरीको वीरगन्ज भन्सार राजश्व गस्ती टोलीले पर्साको लङ्गडीबाट पक्राउ गरेको एक ट्रक मल तस्करहरुले लुटेका छन् । लंगडीबाट व्यापक मलको तस्करी भइरहेको सूचनाका आधारमा आज बिहान सशस्त्र पं्रहरी नायव उपरीक्षक यादवबहादुर विश्वकर्माको नेतृत्वमा त्यसतर्फ गएको टोलीले अवैध मल लोड गरिएको तीन ट्रक मल नियन्त्रणमा लिएको थियो । तस्करहरुले स्थानीयवासीलाई उक्साएर प्रतिकार गर्दै एक ट्रक मल भने नियन्त्रणमा लिएका हुन् । त्यसक्रममा राजश्व गस्तीले दुई राउण्ड हवाई फायरसमेत गरेको थियो । तर तस्करको उक्साहटमा प्रतिकारमा उत्रेका स्थानीयवासी पछि नहटेपछि राजश्व गस्तीले लाठीचार्ज गरेको बताइएको छ । लाठीचार्जबाट केही स्थानीयवासी घाइते भएका छन् । ना ३ ख ९९४६ र ना ४ ख ४४१६ नम्बरको दुईवटामा लोड गरिएको मल भने भन्सार गस्ती टोलीले नियन्त्रणमा लिएर वीरगन्ज ल्याएको छ ।

अन्तराष्ट्रिय समाचार
अमेरिका र तालिबान बिच वार्ता

अफगानी राष्ट्रपति हमिद कारजाइले अमेरिकाले तालिवानी बिद्रोहीसँग वार्ता गरिरहेको खुलासा गर्नु भएको छ । कारजाइले अमेरिकी सेनाको विषेश टुकडीले तालिवानी बिद्रोहीहरु सँग शान्तिपूर्ण वार्ता गरिरहेको बताउनु भएको हो । कारजाइले एक पत्रकार सम्मेलनमा बोल्दै मध्यस्तता मार्फत अमेरिका सैनिकसँग तालिबानीको वार्ता भइरहेको उल्लेख गर्नुभयो । तालिबानी बिद्रोहीहरुले अमेरिकी सेनाले अफगानिस्तान छाडे अफगानिस्तान सरकार सँग समेत वार्ता गर्न तयार रहेको उल्लेख गरेको छ ।

यसअघि अमेरिकी रक्षा मन्त्री रोबर्ट गेट्सले यसबर्षको अन्त्य सम्मा तालिवानी सँग राजनैतिक वार्ता हुनसक्ने बताउनु भएको थियो । आउँदो महिना जुलाइ देखी अफगानिस्तानबाट ९७ हजार अमेरिकी सैनिक फिर्ता हुनु ठिक अघि अमेरिकाले तालिबानसँग वार्ता गरेको हो । अमेरिकाले सन् २०१४ सम्ममा अफगानिस्तानको सम्पूर्ण सुरक्षा अफगानी सुरक्षा फौजलाइ नै फिर्ता गर्ने बताउँदै आएको छ ।

यसैबिच संयुक्त राष्ट्र सुरक्षा परिषदले तालिबन अलकायदा भन्दा अलग संगठन भएको स्पष्ट गर्दै यी दुई  सगठन बिरुद्ध जारी रहदै आएको  प्रतिबन्धलाई पनि भिन्दै गर्ने निणर्य गरेका छ । यसअघि सुरक्षा परिषदले दुवै आतंकवादी संगठनलाई एकै स्तरमा राखि एकै प्रकारको प्रतिबन्ध लगाउँदै आएको थियो ।

राष्ट्र  सघंको यो निर्णयले तालिबानी बिद्रोहीलाई राजनितीक प्रक्रियामा सहभागी हुने महत्वपुर्ण अबसर मिलेको समाचारमा जनाइएको छ । यस्तै अल कायदा  बिरुद्ध लगाइर्दै आएको प्रतिबन्धलाईै बढि निष्पक्ष र पारदर्शी  बनाउने कोशिस गरिएको छ ।

खेल समाचार
शहिद स्मारक लिग ए डिभिजन लिग

काठमाण्डौँ, ०४ असार । शहिद स्मारक ए डिभीजन लिग फुटवल प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा युनाईटेड युथ क्लव र कोइलापानी पोलस्टारले एक एक गोलको बराबरी खेलेका छन् । शसस्त्र प्रहरीको खेल मैदान हल्चोकमा भएको खेलमा अग्रता भने दोस्रो हाफको ८०औ मिनेटसम्म कोइलापानीले लिएको थियो । उसलाई अग्रता दिलाउन जेङगु शेर्पाले पेनाल्टी मार्फत गोल गरेका थिए । प्रतियोगितामा पहिलो जित  तर्फ उन्मुख कोईलापनीले खेलको अन्त्यमा ईन्जुरी समयमा गोल खान पुगेपछि जित आत्मसाथ गर्र्ने सपना तुहिएको थियो । युनाईटेडका लागि बरारबी गोल स्मायुएलले गरेका थिए ।

यसैगरी प्रतियोगिता अन्र्तगत नै आजै सम्पन्न दोश्रो खेलमा उपाधि दाबेदार मनाङले प्रभावशाली जित दर्ता गराएको छ । सोही मैदानमा सम्पन्न दोस्रो खेलमा आरसिटीलाई ४—० ले पराजित गर्दै मनाङले शीर्ष स्थानमा रहेको पुलिससँगको अङक दुरी घटाएको हो । मनाङको जितमा निराजन खड्काले २ तथा सुजल श्रेष्ठ र विजय गुरुङले एक–एक गोल गरेका थिए ।

No comments: