आफ्नो नयाँ घर नियाल्दै दाहाल तस्विर सौजन्य : सुनिल शर्मा/हिटा |
दाहालको नीजि सचिवालयले भने उक्त घर ब्यापारीकै रहेको स्विकार गरेपनि घरधनीको नाम भने बताउन चाहेन । दाहालका एक सहयोगीले भने–‘घर कसको हो भन्ने थाहा छैन, तर दाहाल परिवार र माओवादी पार्टीको भने होइन, भाडा तिरेरै बस्न लागिएको हो ।’ घर घरभाडा कति हो भन्नेबारे ती सहयोगीले केही बताउन चाहेनन् ।
दुई महिना अघिनै पत्नि सीताले उक्त घर हेरेर मन पराएपछि दाहाल सर्ने निधो भएको थियो । दुई महिनादेखि चलिरहेको रंगरोगन र मर्मत सम्भार सकिएपछि दाहाल विहीबार विहानै नयाँबजारबाट लाजिम्पाट सरेका थिए । नयाँ बजारबाट दिनभर सामाग्रीहरु लाजिम्पाटको निवासमा सारिएको थियो । होटल सांग्रीलाको अगाडी साढे २ रोपनी क्षेत्रफलमा रहेको कम्पाउण्डभित्र साढे दुई तले दुईवटा घर छन् । दुवै घरमा गरि १६ कोठा रहेको र सवै कोठामा घाम पुग्ने डिजाइन रहेको बताइएको छ । दुई मध्ये एक घरमा दाहाल परिवार र अर्कोमा उनको नीजि सचिवालय रहनेछ । घर अगाडी ढुंङ्गा विछ्याइएको करिब एक दर्जन कार/जीप पार्कीङ गर्न पुग्ने कम्पाउण्ड रहेको छ । सर्वहारा वर्गको प्रतिनिधीत्व गर्ने नेता भएपनि सुविधाभोगी भएको भन्दै माओवादीकै नेता कायकर्ताले दाहालको आलोचना गरेका छन् । ‘अध्यक्ष नवसामन्ती भइसके’ बैद्य पक्षका एक केन्द्रीय सदस्यले भने–‘अध्यक्षको सम्पति छानविनको लागी अब हामी कुरा उठानेवाला छौं ।’ दाहालको नयाँ घरको भाडा मासिक एक लाख बढि रहेको दावी गरिएको छ ।
No comments:
Post a Comment