अशोक दाहाल
सामान्य प्रशासन मन्त्रालयलाई समेत जानकारी नगराई राजनीतिक तोक–आदेशमा कर्मचारीहरूको बढुवा र काज सरुवामा पठाउने प्रवृत्तिका कारण कर्मचारीको सरुवा–बढुवाबारे जिम्मेवार मन्त्रालयसमेत अनभिज्ञ हुने गरेको छ । कर्मचारी सरुवा बढुवाको नियमन गर्ने जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रालयले माग्दासमेत विभिन्न मन्त्रालयले कर्मचारी सरुवा–बढुवाको सूचना लुकाउने गरेका छन् ।

- सामान्य मन्त्रालयका सचिव पाठकले मन्त्रीहरूको हस्तक्षेपका कारण सरुवा–बढुवालाई मन्त्रालयले नियमन गर्न नसकेको गुनासो गरे ।
सरुवाको अधिकार सचिवालाई हुने गरेपनि मन्त्रीले सचिवको अधिकार खोस्नेगरेको सामान्य मन्त्रालयको गुनासो छ । राज्यव्यवस्थाले निजामति ऐनविपरितका सरुवा–बढुवा सच्याएर १५ दिनभित्र जवाफ पेश गर्न गत पुस ३ गते समान्य प्रशासनलाई निर्देशन दिएको थियो । सामान्य प्रशासनले भने सीमित मन्त्रालयहरूको मात्र नियमविपरितका सरुवा सच्याएको जवाफ पेश गरेको छ ।
सामान्य प्रशासनका सचिव पाठकका अनुसार गृह मन्त्रालयबाट सबैभन्दा धेरै नियम विपरितका सरुवा र बढुवा भएका छन् । सामान्य प्रशासनको आग्रहमा समेत गृहले सिडियो सरुवाबारे जवाफ पेश गरेको छैन भने वन विभागले डिएफओ सरुवा सच्याएको छैन । स्थानीय विकास, भौतिक योजनालगायतका केही मन्त्रालयले ऐन विपरितका सरुवा–बढुवा सच्याएको जानकारी गराएपनि अधिकांश मन्त्रालय सामान्य प्रशासनलाई अटेर गर्दै चुपचाप बसेका छन् ।
No comments:
Post a Comment