Wednesday, January 25, 2012

बन्दले उयत्यका ठप्प, कसैलाइ पर्व, कसैलाइ कष्ट !

This is Kathmandu Banda
अशोक दाहाल
काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोधमा विद्यार्थीहरु प्रर्दशनमा उत्रिए तर राजधानी काठमाण्डौँका धेरैले भने यसलाइ पर्व झैँ मनाए । प्राय कार्यलय तथा शिक्षण संस्था र पसलहरु बन्द भएपछि घरमै बस्न बाध्य भएका अधिकांशले परिवार सँग त समय बिताए नै धेरैलाइ पर्व झैँ भयो ।

अस्पतालका बिरामी कुरुवा तथा विभिन्न नगइ नहुने काममा जानुपर्नेहरुले भने बन्दमा दुख पाए । यद्यपी बन्दले कतिलाइ हतारो तुल्यायो त कतिलाइ आरामको अवसर दियो । के के भयो त विद्यार्थीहरुले आयोजना गरेको बन्दमा ।

देशको राजनीतिक मूलधारमा रहेका दलहरु सम्वद्ध विद्यार्थी संगठनबाट आह्वान भएको उपत्यका बन्दका कारण बुधबार राजधानी ठप्प प्राय रह्यो । बन्द अवज्ञा गर्दै सवारी चलाउने क्रम पछिल्ला दिनहरुमा बढ्दै गएपनि १३ विद्यार्थी संगठनले आह्वान गरेको बन्दमा भने नीजि तथा सार्वजनीक सवारी साधन ठप्प रहे ।

बन्दका कारण उपत्यकाभित्र निजी तथा सार्वजनिक सवारी साधन, बजार, कलकारखाना, विद्यालय ठप्प रहे भने विद्यार्थीहरुको प्रदर्शको प्रभाव राजधानी बाहिरका शहरहरुमा पनि देखिएको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरोधी विद्यार्थी आन्दोलनमा तरुण दल, वाइसिएल, युवा सङघ नेपाल, तराई मधेस युवा फ्रन्ट, मधेसी युवा फोरम नेपाल, प्रगतिशील युवा सङघ, नेपाल क्रान्तिकारी युवा सङघ, अखिल नेपाल युवक सङघ र नेपाल युवा कम्युनिस्ट सङघ एकीकृत लगायतका युवा संगठनहरुले समेत साथ दिएका थिए । नेविसंघ, अखिल, अखिल क्रान्तिकारी लगायत १३ विद्यार्थी संगठनहरु  पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि फिर्ता र विद्यार्थीलाई राहतको माग गर्दै घोषणा गरेको पहिलो चरणको कार्यक्रको अन्तिम दिन बुधबार उपत्यका बन्द आह्वान गरिएको थियो । बन्दका क्रममा अप्रिय घटना नभएपनि बन्दमा सञ्चालन गरिएका प्रेशका गाडिहरुलाई बन्द आह्वानकर्ताले दुब्र्यवहार चेकजाँच गरेका गरेका थिए । बन्दकर्ताहरुले सरकार र प्रधानमन्त्री विरुद्ध ‘अशिष्ट’ नारा लगाएका थिए । बन्दको कार्यक्रमलाई ध्यानमा राख्दै राजधानीका प्रमुख सडक र चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती थियो । सर्वसाधारणको जीविका सहज बनाउन भन्दै बन्दको कार्यक्रम साँझ पाँच बजेबाट फिर्ता लिइएको थियो । विहीबार आन्दोलनरत १३ विद्यार्थी सङगठनहरुको संयुक्त बैठक बसी थप आन्दोलनको रणनीति तयार गरिने एमाले निकट अनेरास्ववियुका अध्यक्ष माधव ढुङगेलले जानकारी दिए । उनिहरुले विहीबार पनि कार्यालय समय सुरु हुनुअघि एक घण्टा चक्काजाम गर्ने जनाएका छन् । 

सरकारले एकसाता अघि पेट्रोलियम पदार्थमा भारीमात्रामा मूल्यवृद्धि गरेपछि दलनिकट विद्यार्थी संगठन तथा युवा संगठनहरु चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले यसअघि सडक प्रर्दशन देखि आयल निगम घेराउ लगायतका कार्यक्रम गरेका थिए । सरकारसँग एकचरणको वार्ता समेत गरेका विद्यार्थी संगठनहरुले सरकार मूल्यबृद्धीको निर्णय फिर्ता लिन तयार नभएपछि आन्दोलन थप चर्काएका हुन् । 

अमेरिकी राजदुत बोलेनन्

पछिल्लो समय हरेकजसो बन्द हड्तालप्रति सामाजिक सञ्जाल फेसबुक मार्फत असन्तोष ब्यक्त गर्दै आएका अमेरिकी राजदुत स्कट एच डेलिसी बुधबारको बन्दबारे भने मौन रहे । उनले फेसबुकमा अन्य बिषयमा लेखेपनि बन्दबारे रादिएका जिज्ञासामा समेत जवाफ फर्काएनन् । नेपालको आन्तरिक राजनीतिक मामिलामा फेसबुक मार्फत टिप्पणी गरेको भन्दै आलोचित बनेका राजदुत डेलिसिलाई मंगलबार मात्र ह्वाइट हाउसले फिर्ता बोलाउने सिफारीश गरेको सार्वजनिक भएको थियो ।

बन्दका क्रममा भक्तपुरको सानो ब्यासीमा भक्तपुर नगरपालीकाको बा १ ग २२६५ नम्बरको फोहोरमैला बोक्ने मिनिट्रक, जगातेमा बा ४ ख ३९३६ नम्बरको ट्रक तथा ललितपुरको ग्वार्कोमा दुईवटा मोटरसाइकल र खुमलटारमा पशु स्वास्थ्य निर्देशनालयको झ्यालका सीसामा तोडफोड गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै बन्दकर्ताहरुले काठमाडौंको बनकाली ओरालोमा एउटा मोटरसाइक, चावहीलमा एउटा ट्याक्सीमा तोडफोड गरेका थिए ।
 

सरकारी र राजनीतिक कामकाजमा प्रभाव

बन्दका कारण सरकारले ल्याउने भनिएको राहात कार्यक्रम स्थगित गरियो । बुधबार अपरान्ह दुई बजेका लागि तय गरिएको मन्त्रीपरिषद् बैठक पनि स्थगित गरियो । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म प्रधानमन्त्री र मन्त्रीहरु जान नसक्ने जनाएपछि मन्त्रीपरिषद् बैठक स्थगित गरिएको थियो । बन्दकर्ताहरु सडकमा आउनुअघि विहान पाँच बजेनै सरकारका तीन मन्त्री भने सिंहदरवार पुगिसकेका थिए । शान्तिमन्त्री सत्य पहाडी, भौतिक योजना तथा निर्माण मन्त्री, हृदयेश त्रिपाठी र श्रम तथा यातायात ब्यवस्थामन्त्री सरिता गिरी विहान पाँच बजेनै सिंहदरवार पुगे । उनिहरु साँझ बन्द फिर्ता भएपछि मन्त्री निवास पुल्चोक फर्किएका थिए ।

बन्दकै कारण बुधबारका लागि तय भएको संवैधानीक समितिको बैठक पनि शुक्रबार सम्मका लागि स्थगित भएको छ । त्यस्तै बुधबारै बस्ने भनिएको तीन दल बैठक पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । त्यस्तै बुधबारका लागि पूर्वनिर्धारित नेकपा एमालेको स्थायी समिती बैठक पनि स्थगीत भएको छ । उपत्यका बन्दका कारण बैठक स्थगीत भएको एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिए । बन्दका कारण स्नातक थह दोश्रो बर्षको परिक्षा दिने विद्यार्थीहरु भने मार्कामा परेका थिए । बन्दका वावजुद पनि परिक्षा सञ्चालन गरिएपछि टाढा टाढाबाट हिँडेर परिक्षा केन्द्रसम्म पुग्न उनिहरु वाध्य भएका थिए ।

No comments: