म नेतृत्व हस्तान्तरणगर्न आतुर छु ः प्रधानमन्त्री
काठमाण्डौ, १७ जेठ । प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिको वाताबरण बने सरकारको नेतृत्व हस्तान्तरणगर्न आफू तयार रहेको बताउनु भएको छ । प्रधानमन्त्री भएपछि देशबासीका नाममा आज दोस्रो संवोधनगर्दै खनालले राष्ट्रिय सहमति कायमगर्न आफूले निरन्तर पहल जारी राखेको समेत दावी गर्नुभयो ।
![]() |
PM Khanal Address to the Nation. |
प्रधानमन्त्री खनालले मुलुकले लामो समयपछि सरकार पाएको स्मरणगर्दै दैनिक प्रसाशनिक काम प्रभावित गर्नेगरी तत्काल राजीनामा नदिने स्पष्ट गर्नुभयो । उहाँले पाँचबुदे सहमतिको आफूखुसी व्याख्या नगर्न दलहरुलाइ आग्रहगर्दै सहमतिको कार्यान्वयनले संविधानको सुनिश्चितता गर्ने बताउनुभयो ।
‘एकातिर राष्ट्रिय संयुक्त सरकार गठन गर्ने राजनीतिक सहमति भइसकेको र अर्कोतिर मुलुकलाई लामो समयसम्म सरकार बिहीनताको अवस्थामा राख्दा मुलुकको दैनिक प्रशासन, आर्थिक गतिविधि र सुरक्षा व्यवस्थामा समेत दीर्घकालीन र गम्भीर नकारात्मक असर पर्ने हुँदा नयाँ सरकारको गठनका लागि ढिलो गर्नुहुँदैन भन्ने कुरा स्वत ः स्पष्ट छ, प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभयो – त्यसका लागि गत १४ गते सम्पन्न भएको पाँचबुँदे सहमतिको कार्यान्वयन गर्नैपर्छ । सहमतिलाई आ–आफ्नो हिसाबले व्याख्या गर्नुभन्दा तीन महिनाभित्र शान्ति र संविधानका लागि गर्नुपर्ने काम र राष्ट्रिय संयुक्त सरकारको आधारका बारेमा ठोस सहमति निर्माण हुनपर्ने प्रधानमन्त्री खनालको भनाइ थियो ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले ऐतिहासिक संविधानसभा जोगाउन सफल भएको स्मरणगर्दै तोकिएको समयमा संविधान जारीगर्न नसकिएकोमा जनतासंग माफी माग्नुभयो । उहाँले भन्नुभयो– सबै जिम्मेवार राजनीतिक पार्टीहरुका तर्फबाट प्रधानमन्त्रीकोे हैसियतमा म सम्पूर्ण नेपाली नागरिकसमक्ष आत्मालोचना गर्दै क्षमायाचना गर्दछु ।’
संविधानसभा सबैलाइ एकताबद्धगर्ने संस्था भएका कारण संविधानसभा नबचेको भए मुलुक बहुआयामिक द्वन्दमा प्रवेशगर्ने खतरा रहेको प्रधानमन्त्री खनालको दावी थियो । ‘संविधानसभाबाटै नयाँ संविधान जारी गरेर क्रान्तिका उपलब्धिहरुलाई संस्थागत गर्नु वा मुलुकलाई फेरि अर्को बहुआयामिक द्वन्द्वमा फस्न दिनु यी दुईमात्रै हाम्रा विकल्प हुन् प्रधानमन्त्रीले भन्नुभयो– यस्तो अवस्थामा हामीले शान्ति, संविधान र अग्रगमनको बाटोलाई रोजेका छौँ र त्यसैका लागि म्याद थप गरी संविधानसभाको रक्षा पनि गरेका छौँ ।’
शान्ति प्रक्रिर्याको एउटापक्ष माओवादी र प्रतिपक्षी कागे्रस आन्तरिक कार्यक्रममा व्यस्त भएका कारण शान्ति प्रक्रियामा ढिलाई भएपनि माओवादीले शान्ति र संविधानको पक्षमा गरेको संस्थागत राजनीतिक निर्णयले समग्र शान्तिप्रक्रियाका लागि राजनीतिक रुपमा कोसेढुंगाको काम गरेको प्रधानमन्त्री खनालले उल्लेख गर्नुभयो । सिंहदरवार स्थित राष्ट्रिय योजना आयोगको कार्यकक्षवाट उपप्रधानमन्त्रीत्रय भरतमोहन अधिकारी, कृष्णबहादुर महरा र उपेन्द्र यादवलाइ साथमा राखेर प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री निर्वाचित भएलगत्तै खनालले जनताका नाममा संवोधनगर्दै माओवादीसंग भएको सातबुदे सहमति कार्यान्वयन गर्ने अठोट व्यक्त गर्नुभएको थियो ।
पाँच बुदेँमा भएको प्रधानमन्त्रीको राजिनामाको विषयलाइ लिएर एमालेमा विवाद
काठमाण्डौँ, १७ जेठ । संविधान सभाको म्याद थपका बेला भएको सहमतिका बुदाँलाइ लिएर सत्तारुढ दल नेकपा एमाले भित्र विवाद उत्पन्न भएको छ । आजबाट राजधानीमा सुरु एमाले केन्द्रिय कमिटी बैठकमा पाँच बँुदे सहमतिमा उल्लेख राष्ट्रिय सहमतिका लागी प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्ने भन्ने बुदाँमा विवाद देखिएको हो । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री खनाल पक्षधरले पाँचबुदेँ अनुसार राष्ट्रिय सहमति जुटेमात्र प्रधानमन्त्रीले राजिनामा दिने सहमति भएको बताएका थिए भने बरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरले तत्काल राजिनामा दिएर राष्ट्रिय सहमतिको वातावरण निमार्ण गर्नुपर्ने बताएका थिए ।
![]() |
Top UML Leader of Nepal |
बैठकपछि नेताहरु समेत बैठकमा भएको छलफलबारे फरक फरक ब्याख्या गरेका थिए । उपाध्यक्ष बामदेव गौतमले पाँच बुँदे सहमतीमा उल्लेख गरिएको राजिनामा सम्बन्धमा राष्ट्रिय सहमतीको स्पष्ट विकल्प तयार नभएसम्म राजिनामा दिनुनपर्ने एमाले निष्कर्ष रहेको बताउनुभयो । यद्यपी वरिष्ठ नेता माधवकुमार नेपालले भने आजको बैठकमा प्रधानमन्त्रीको राजिनामाका सबन्धमा कुनै छलफलनै नभएको प्रतिक्रिया दिनुभयो ।
नेता नेपालले बैठकमा शान्ति प्रक्रियालाई टुङगाउन पार्टीले खेल्ने भूमिका लगायतका विषयहरु समेटेर तयार पारिएको एजेन्डाहरु प्रस्तुत गरिएको र भोली देखि सोही विषयमा छलफल सुरु हुने जानकारी दिनुभयो । पार्टीबाट विगतमा मन्त्री बनेकाहरुको भूमिका समिक्षा गर्नै तथा लामो समयदेखि पार्टीमा देखिएको विवाद निरुपण गर्न भोली देखि गम्भिर छलफल थालिने नेता नेपालले बताउनुभयो ।
माओवादी उपाध्यक्ष प्रकाशद्धारा छुट्टै कार्यकर्ता भेला
काठमाण्डौँ, १७ जेठ । पार्टी भित्र गुट उपगुटको चर्चा चलिरहेका बेल एकिकृत नेकपा माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आज आफुनिकट कार्यकर्ताहरुको छुट्टै भेला गरी छलफल गर्नुभएको छ । राजधानीको तिनकुनेस्थित रुपसना पार्टी प्यालेसमा आज आफुनिकटका कार्यकर्ता बोलाई छलफल गर्नुभएको हो । उपध्यक्ष प्रकाशले भने पार्टी भित्रको अन्तरसंघर्षको सामाधानका लागि आफुले भेला बोलाएको दाबी गर्नुभयो । सञ्चारकर्मीहरुलार्य प्रतिक्रिया दिदै उहाले पार्टी भित्रको अन्तरसंघर्षलाई कसरी उचित ढङगले व्यवस्थापन गरी पार्टी एकतालाई सुदृढ बनाउने भन्ने बिषयमा छलफल गरिएको बताउनुभयो । भेलामा सहभागी कार्यकर्ताले भने आफ्नो छुट्टै गुटको भेला भएको बताएका छन् । भेलमा जनमोर्चाबाट माओबादीमा एकिकृत भएका ३ सय बढि कार्यकर्ता सहभागी थिए ।
पाँच बुदेँ कार्यन्वयनको विषयलाइ लिएरु प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता
काठमाण्डौँ, १७ जेठ । संविधानसभाको म्याद थपगर्दा भएको पाँचबुदे सहमति लगायतका बिषयमा प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आदाघण्टा चलेको भेटमा तीन दलबीच भएको पाँचबुँदे सहमतिको कार्यान्वयन, शान्ति प्रक्रियाका बाकी काम तथा सरकार संचालन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।
तीन दलबीच पाँचबुँदे सहमति भइ संविधानसभाको तीन महिना म्याद थपिएपछि पहिलो पटक भएको भेटवार्तामा दलहरुबीच भएको सहमतिलाई कार्यान्वयन गर्न दुवै नेताले जोड दिएको सल्लाहकार थापाले जानकारी दिनुभयो । साथै उहाँहरुबीच राष्ट्रिय सरकार गठन हुने सहमति भएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिनेमा एक मत देखिएको छ । समसामयिक घटनाक्रमका बिषयमा छलफल भएको प्रधानमन्त्री खनालले संक्षिप्त प्रतिक्रिर्या दिनुभयो ।
गत जेठ १४ गते संविधानसभाको म्याद सकिन लागेको समयमा दलहरुबीच पाँचबुँदे सहमति भइ संविधानसभाको म्याद तीन महिना थप गर्ने सहमति भएको थियो । सहमतिमा राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्ने लगायतका बुँदा समावेश छन् । पछिल्लो समयमा दलका नेताहरुबाट आफु अनुकुल सहमतिको ब्याख्या हुन थालेपछि उहाँहरुबीच भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्रीले अन्य नेताहरुसंगपनि परामर्श गर्नुहुने सल्लाहकार थापालृ बताउनुभयो ।
प्रचण्डको निर्णय विरुद्ध पार्टीमा गंभिर छलफल हुन्छ ः गजुरेल
काठमाडौ, १७ जेठ । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले प्रधानमन्त्रि झलनाथ खनाललाई राजीनामा गराउने भनी गरिएको पाँच बुंदे सहमती आफुलाई मान्य नहुने बताउनुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा उहाले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने पार्टी निर्णय भएको उल्लेख गर्दै सो सहमतीमा आफ्नै अध्यक्ष प्रचण्डले समेत सहमति गरेकोको विषयमा पार्टीमा गंभिर छलफल हुने बताएका छन् ।
गजुरेलले पार्टीले राष्ट्रिय सहमतिको सरकारको लागी प्रधानमन्त्रीको राजिनामा गराउने विषयमा म्याण्डेड नदिएकोले पाँच बुंदे सहमतीसहमति कार्यान्वयन हुन नसक्ने ठोकुवा समेत गर्नुभयो । माओवादीले तत्काल हतियार सरकारलाई नबुझाउने स्पष्ट पार्दै गजुरेलले समायोजन र हतियार बुझाउने काम सँगसँगै हुनु पर्ने धारणा राख्नुभयो ।
नेपाली काग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाली काग्रेसलाई प्रधानमन्त्रीको राजिनामाको विषयमा हतार नभएको स्पष्ट पार्दै अर्को प्रधानमन्त्री निश्चित नभएसम्म राजिनामा आउन नहुने तर्क गर्नुभयो । उहाले काग्रेसको लागी सरकार भन्दा पनि शान्ति प्रक्रिया महत्वपूर्ण भएको बताउदै शान्ति प्रक्रिया टुङगोमा पुग्ने समय दुई महिनासम्म झलनाथ नै प्रधानमन्त्री हुने दाबी गर्नुभयो ।
संवैधानिक उपसमिति मार्फत दुइ महिनामा सबै विबाद समाधान गर्ने सहमतिः
काठमाण्डौ, जेठ १७ । प्रमुख दलहरुबीच संवैधानिक समिति अन्तरगतको विबाद निरुपण समितिलाइ सक्रिय बनाए दुइ महिनमा सवै विबाद समाधान गर्ने सहमति भएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा आज विहान सिंहदरवारमा बसेको प्रमुख दलका नेता सहित संवैधानिक उपसमितिका सदस्यहरुको अनौपचारिक बैठकले उपसमितिलाइ सक्रिय बनाएर विबाद समाधानको प्रयास गर्ने सहमति भएको हो । उपसमिति मार्फत नै विबाद समाधानगर्न सहजहुने निश्कर्षमा पुगेको नेताहरुले बताएका छन । संविधानका अन्तरवस्तुमा रहेका विबाद समाधान नहुदासम्म उपसमितिलाइ सक्रिय बनाउने सहमति भएको प्रधामनन्त्री झलनाथ खनालले जानकारी दिनुभयो । यसवारे औपचारिक निर्णइ भने संवैधानिक समितिको भोली विहान बस्ने बैठकले लिनेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उपसमितिलाइ सक्रिय बनाउनेवारे छलफल भएको बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्ड संयोजक रहेको उपसमितिको म्याद जेठ १३ गते सकिएको थियो । बैठकमा संविधानसभाको म्याद थपको समयमा भएको पाँच बुदे र अलिखित सहमति कार्यान्वयन वारे समेत छलफल भएको कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताउनुभयो ।
पाँचबुदेमा अलिखित सम्झौता कार्यान्वयनगर्न कागे्रसको मागः
नेपाली कागे्रसले संविधानसभाको निर्वाचनको सयमा भएका पाँचबुदे सहमतिसंगै अलिखित सम्झौता समेत कार्यान्वयनगर्न सरकारसंग माग गरेको छ । सभामुखले आव्हान गर्नु भएको विवाद समाधान उपसमितीको अनौपचारिक बैठकमा काँग्रेस उपसभापति समेत रहनु भएका रामचन्द्र पौडेलले माओवादीसँग अलिखित सहमतिपनि कार्यान्वयन गर्न माग गर्नु भएको हो । उहाँले संविधानसभाको म्याद गपगर्ने क्रममा गत आइतवार पाँचबुदे सहमति अन्य अलिखित सहमतिका आधारमा शान्ति प्रक्रिर्या, संविधान लेखन र राष्ट्रिय सहमतिका लागि पहल गरिनुपर्ने बताउनुभयो ।
संवैधानिक समिति अन्तरगतको विबाद समाधान उपसमितिसंगै तत्कालै सेना समायोजन विशेष समितिलाइ सक्रिय बनाउनपनि कागे्रसले माग गरेको छ । नेता पौडेलले सेना समायोजन प्रक्रिर्या अघि बढाउन विशेष समितिको बैठक बोलाउन माग गर्नुभयो । प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डले सहमति कार्यान्वयनमा सकारात्मक प्रतिक्रिर्या जनाएको पौडेलले उल्लेख गर्नुभयो । उहाँले आगाम तीन महिना अग्नीपरिक्षा रहेको भन्ने माओवादी अध्यक्षको भनाइको सराहनागर्दै बोली अनुसारको व्यबहारगर्न सुझाव दिनुभयो ।
महिलाद्धारा अन्नपूर्ण चौथो आरोहण
चारजना नेपाली महिलाहरुले अन्नपूर्ण चौथो हिमालको सफल आरोहण गरेका छन् । महिलाले अन्नपूर्ण चौथो हिमाल आरोहण गरेको यो पहिलो पटक हो । सोलुखुम्बुकी ३० वर्षिया निर्मा राई र २९ वर्षिया शान्तिकला राई, मनाङकी २४ वर्षिया मुना गुरुङ र पोखराकी २७ वर्षिया सरस्वती विकले ७ हजार ५ सय २५ मिटर अग्लो अन्नपूर्ण चौथो हिमाल आरोहण गरेको नेपाली महिला आरोहण २०११ कार्यसम्पादन समिति संयोजक तथा महिला शसक्तिकरणकी अध्यक्ष लक्कि कार्कीले बताउनुभयो । आज बिहान सबा ५ बजे उनीहरुले आरोहण गरेको कार्कीले बताईन् । कार्कीका अनुसार ६ हजार ८ सय मिटर उचाईको चौथो शिबिरबाट राती एक बजे हिडेका उनीहरु बिहान सवा ५ बजे शिखरमा पाईला टेकेका थिए । उनीहरु मनाङ्गको हुम्देस्थित बेसक्याम्पबाट गत बैशाख २८ गते शिखर आरोहण सुरु गरेका थिए ।
अनुगमन संयन्त्रमा सहभागि गराउन महिला सभासदको मागः
संविधानसभाका विभिन्न महिला सभासदले पाँचबुदे सहमति कार्यान्वयनको अनुगमन संयन्त्रमा महिला सभासदको सहभागिता गराउन माग गरेका छन । सभामुख सुवास नेम्वाङलाइ आज सिंहदरवारमा भेटगरी महिलाहरुले अनुगमन संयन्त्रमा ३३ प्रतिसत महिला सहभागिता गराउन माग गरेका छन । महिलाको समानुपातिक सहभागिता नगराइए संसदभीत्रै आन्दोलन सुरुगर्ने महिला सभासदले चेतावनी दिएका छन । आफूहरुका मागप्रति सभामुखले समर्थन जनाउनु भएको महिला सभासद समूहकी संयोजक निलम बर्माले जानकारी दिनुभयो । संविधानसभाको म्याद थपको समयमा भएको सहमतिको अनुगमनगर्न सभामुखको संयोजकत्वमा संसदीय अनुगमन समिति गठन गर्ने तयारी भइरहेको छ ।
अन्तराष्ट्रिय समाचार
यमनमा झडप ५० को मृत्यु
यमनमा राष्ट्रपति अलि अब्दुल्लाह सालेह र विपक्षि दलहरु बिच भएको सम्झौता खारेज भए लगत्तै ब्यापक झडप सुरु भएको छ । आफुहरु सँग भएको युद्धविराम सम्भौता विपरित राष्ट्रपति सलेहले सैन्य कारवाहीलाइ निरन्तरता दिएको भन्दै विपक्षि दलहरुले सम्झौता भंग भएको घोषणा गरेका थिए ।
सम्झौता भंग भए लगत्तै त्यहाँ राष्ट्रपति समर्थक र विपक्षिहरु बिच भिडन्त सुरु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राजधानि सानामा मात्रै सैन्य कारवाहीमा परि कयाँैको मृत्यु भएको बताइएको छ । झडपमा परि कम्तिमा ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्था विविसीले जनाएका छन् । राजधानिमा सानामा सुरक्षाकर्मीहरुले घरको छतबाट सडकमा प्रर्दशन गरिरहेका प्रर्दशनकारीहरुमा माथी गोली प्रहार गरेको भिडीयो समेत विविसीले सार्वजनिक गरेको छ ।
खेल समाचार
शहिद स्मारक फुटवल प्रतियोगिता
शहिद स्मारक ए डीभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा सरस्वती क्लवले युनाइटेड युथ क्लबलाई ३ – १ गोल अन्तरले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भएको खेलमा सरस्वतीलाइ जित दिलाउन योना एलाइस, टासी लामा र रमेश घिसिङले एकएक गोल गरेका थिए । खेलको पहिलो हाफसम्म युनाइटेड क्लवले अग्रता लिएपनि उसले खेलमा आफ्नो लय कायम राख्न नसक्दा दोश्रो हाफमा ३ गोल खाएको थियो । पराजित युनाइटेडका लागि एकमात्र गोल विजय शाहीले खेलको ४१ औ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै प्रतियोगिता अन्तरगतनै आजै भएको दोश्रो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिसलाइ गोल रहित बराबरीमा रोकेको छ । जारी संस्करणमा पुलिसको यो पहिलो बराबरी हो भने हिमालयनले आज दोश्रो पटक बराबरी खेल्दै नम्बर बाँड्न बाध्य भएको छ । खेलमा दुबैपक्षबाट गोलका लागी कयाँै प्रयास भएपनि फिनिसिङ कमजोर हुदाँ गोल भने हुन सकेन ।
पाकिस्तानी पूर्व वानडे कप्तान शाहिद अफ्रिदीद्धारा सन्यासको घोषणा
विश्वकपमा पाकिस्तानको सनसनीपूर्ण नेतृत्व गरेका पाकिस्तानी पूर्व वान डे कप्तान शाहिद अफ्रिदीले अन्र्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पाकिस्तानी क्रिकेट बोर्ड पिसिबीसँग एक हप्ता लामो तनावपूर्ण विवाद पछि अफ्रिदीले राजिनामा दिएको बताएका छन् । पिसिबीमा गलत र क्रिकेट नबुझेका मान्छेहरु रहेकाले पाकिस्तानी क्रिकेट माथि उठ्न नसकेको र पिसिबीसँगको रिसिबीका कारण आफूले राजिनामा दिएको अफ्रिदीलाई उधृत गर्दे अन्र्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । तथापी पिसिबीमा अधिकारीहरु परिवर्तन भएको अवस्थामा भने आफू सन्यास फिर्ता लिन तयार रहेको अफ्रिदीले बताएका छन् ।
No comments:
Post a Comment