Monday, May 30, 2011

जेठ १६ गते २०६८

‘राष्ट्रलाई अन्योल र कामचलाउ अवस्थामा पु¥याएर जिम्मेवारी छाड्न मिल्दैन’ प्रधानमन्त्री

काठमाण्डौँ, १६ जेठ । प्रधानमन्त्री झलनाथ खनालले संविधान सभाको म्याद थपका बेला भएकाृे पाँचबुँदे सहमति कायम गर्ने क्रममा कतिपयले संविधानसभा विघटन हुनुपर्ने आशय प्रकट गरेको र कतिपयले बिखण्डनकारी धारणा समेत राखेको बताउनु भएको छ । संविधानसभाबाटै नयाँ संविधान जारी हुनुपर्ने स्पष्ट जनादेश र अभिमत रहँदा रहँदै समेत कतिपय दलहरु संविधान सभा विघटन गनुपर्ने पक्षमा देखिएको खनालको भनाइ थियो । पाँचबुदेँ सहमति कायम गर्ने बेलामा एकथरी तत्वहरुको संविधान सभाको विघटन हुनुपर्ने भन्ने कुलुषित आशय राम्रैसँग देखिएको खनालले भन्नुभयो । 

सरकारी संचार माध्यमका प्रतिनिधिहरुसंग आज भएको छलफलमा प्रधानमन्त्री खनालले संविधानसभाको थपिएको तीन महिना अवधि अत्यन्तै महत्वपूर्ण रहेको भन्दै यसको उचित सदुपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सहमतिको आधारमा नयाँ विकल्प प्रस्तुत हुनासाथ आफु मार्गप्रशस्त गर्न तयार रहेको बताउदै सहमति र विकल्प बेगर राष्ट्रलाई अन्योल र कामचलाउ अवस्थामा पु¥याएर जिम्मेवारी छाड्न भने नमिल्ने जिकीर गर्नुभयो । राष्ट्रिय सहमति कायम नहुँदै यसअघिका प्रधानमन्त्रीले राजीनामा दिंदा मुलुकले सात महिनासम्म कामचलाउ सरकार व्यहोर्नुपरेको तीतो यथार्थ स्मरण गर्दैै उहाँले त्यसबाट सुरक्षाव्यवस्था लगायत समग्र क्षेत्र प्रभावित भएकोतर्फ आफू सचेत र सजग रहेको बताउनुभयो । संविधानसभामा रहेका सबै दललाई समेटेर वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्न सकिने संभावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री खनालले यदि मुलुकमा अर्को राष्ट्रिय सरकार बन्छ भने आपूm त्यसका लागि बाधक नबन्ने बताउनुभयो । 

प्रधानमन्त्री खनालले पाँचबुँदे सहमतिको भावना अनुरूप मुलुकलाई राजनीतिक निकास दिन भोलिदेखि नै राजनीतिक भेटघाटमा सक्रिय रही शान्ति र संविधानका पक्षमा तीन महिनाका लागि कार्यतालिका निर्माण गर्ने र सेना समायोजन तथा रेखदेखसम्बन्धी विशेष समितिको बैठक भोलि नै बोलाउन लागेको समेत जानकारी दिनुभयो । 

वर्तमान संक्रमणकालीन परिस्थितिलाई सहज बनाउन संचारमाध्यम पनि जिम्मेवार हुनुपर्ने उल्ल्ेख गदै उहाँले जनमतलाई विभाजित र विखण्डित गरेर राष्ट्रलाई नै गलत दिशा दिने प्रयत्नलाई असफल पार्न आग्रह गर्नुभयो ।

यसैबिच प्रधानमन्त्री झलनाथ खनालले नेपाली जनताको भावनालाई सम्मान गर्न भारतलाई सुझाव दिनुभएको छ । बीबीसी हिन्दीसंगको कुराकानीमा प्रधानमन्त्री खनालले नेपाली जनतालाई आफ्नो स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता प्यारो भएको भन्दै भारतलाई यसको सम्मान गर्न आग्रह गर्नुभयो । 

नेपालमा धेरै दलहरु भएपनि कुन दलले देश र कस्ले विदेशीको इशारामा काम गर्छन् भन्ने नेपाली जनताले हेरिरहेको प्रधानमन्त्री खनालले बताउनुभयो । प्रधानमन्त्री खनालले माओवादी जस्तै अरु दलहरु पनि लचिलो भए शान्ति प्रक्रिया सफल हुने विश्वास व्यक्त गर्नुभयो । शान्ति प्रक्रिया र संविधान निर्माण कार्यलाई अगाडि बढाउन अहिलेको समय महत्वपूर्ण भएको प्रधानमन्त्रीको बुझाइ छ । दलहरुमा देखिएको सत्ता लिप्सा र सत्ताका लागि हुने सङघर्È शान्ति प्रक्रिया र संविधान निर्माणको बाधक रहेको उहांले बताउनुभयो । दलहरुले सत्ता लिप्ता त्यागे तीन महिनामा धेरै प्रगति हुन सक्ने प्रधानमन्त्रीले बताउनुभयो । उहांले राष्ट्रिय सहमति कायम भए एक मिनेटमै राजीनामा दिने स्पष्ट पनि पार्नुभयो ।

संविधानसभाको म्याद थपका लागी निकै मिहेनत गनुप¥यो ः प्रचण्ड 

काठमाण्डौँ, १६ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निमार्णका लागि थपिएको तीन महिना अग्निपरीक्षाको रुपमा रहेको बताउनुभएको छ । 

२१ औं पटक सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आप्पा शेर्पालाई आज पार्टी कार्यालयमा अभिनन्दन गर्दै प्रचण्डले संविधानसभाको म्याद थप्ने क्रममा निक्कै मेहनत गर्नुपरेको जानकारी दिनुभयो । ठूलो मेहनत र परिश्रमपछि मुलुक दुघर्टनाबाट जोगिएको प्रचण्डको भनाइ थियो । 

थपिएको तीन महिनाको समय नेपाली जनताको भाग्य र भविष्यको लागि अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले सोही समयले भविष्यको गोरेटो कोर्ने बताउनुभयो । सिंगो मुलुक र जनता ठूलो भूमरिमा पर्ने अवस्थामा रहेको भन्दै उहा“ले सबै जनता मिले अग्निपरीक्षा पार गर्न सकिने बताउनुभयो । जलवायु परिवर्तन र मानवनिर्मित फोहोरका कारण हिमालहरूको अवस्था बिग्र“दै गएको भन्दै प्रचण्डले हिमालको संरक्षणका लागि सबै लाग्नु पर्ने धारणा राख्नुभयो । सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले राजनीतिक रुपले माओवादीले कीर्तिमान कायम गरेको तथा हिमाल आरोहण गरी आप्पा शेर्पाले विश्वमा नेपालको कीर्ति फैलाएको चर्चा गर्नुभयो । 

नागरिक अगुवा पद्मरत्न तुलाधर, डा. सुन्दरमणि दीक्षित, माओवादी नेता कृष्ण केसीलगायतले आप्पा शेर्पाले मुलुकको नाम राख्न पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा कीर्तिमानी आरोही आप्पा शेर्पाले अब सगरमाथा नचढ्ने जानकारी गराउनुभयो । उहा“ले २१ पटकसम्म सगरमाथाको चुचुरोमा पुगेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । 

पाँचबुदे सहमति कार्यान्वयन गर्नुको विकल्प छैनः नेम्वाङ 

काठमाण्डौ, जेठ १६ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको म्याद थपको समयमा भएको पाँचबुदे सहमति कार्यान्वयनको बिषयलाइ लिएर वाद÷विबादमा नउत्रन प्रमुख दलहरुसंग आग्रह गर्नुभएको छ । साथै उहाँले जननिर्वाचित संस्था संसदले अनुमोदन गरेको सहमति कार्यान्वयन हुनेमा आशंका नभएको समेत दावी गर्नुभयो । संसद सचिवालय स्थित आफ्नै कार्यकक्षमा आज पत्रकारहरुसंग कुरागर्दै सभामुख नेम्वाङले सहमति अनुसार तोकिएको अबधिमै नयाँ संविधानको एकीकृत मस्यौदा तयार हुने बताउनु भएको हो । सभामुख नेम्वाङ्गले पाँच बुदेँ सहमतिलाइ संसदले अनुमोदन गरेको बताउँदै उक्त सहमति कार्यन्वयन भए नभए बारे संसदले अनुगमन गर्ने समेत बताउनुभयो । 

गतबर्ष भएको सहमति जस्तो यसपटक भएको सम्झौता अलपत्र नहुने दावीगर्दै सभामुखले यसपटकको सहमति कार्यान्वयनको विकल्प नभएको बताउनुभयो । नेम्वाङले विगतमा संविधान बन्न नसक्नुको कारण सहित संविधानसभाले केहि दिनमै श्वेतपत्र जारी गर्ने उल्लेख गर्नुभयो । संवैधानिक समितिलाइ सक्रिय बनाउन भोली देखी नै दलहरुसंगको परामर्शलाइ तीब्र बनाउने उहाँले जानकारी गराउनुभयो । 

तीन महिना अगावै संविधानको एकीकृत मस्यौदाः आचार्य

संविधानसभा संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले शासन प्रणाली, निर्वाचन प्रणाली र राज्यपुर्नसंरचना जस्ता बिषयमा दलहरुबीच सहमति भए एक महिनामै संविधानको एकीकृत मस्यौदा बन्ने बताउनु भएको छ । एकीकृत मस्यौदा तयारीको बिषयलाइ लिएर आफूले राजनीतिक परामर्श सुरु गरिसकेको स्मरणगर्दै उहाँले बुधवार सम्ममा संवैधानिक समितिको बैठक बस्ने जानकारी गराउनुभयो । संसद सचिवालय स्थित आफ्नै कार्यकक्षमा पत्रकारहरुसंग कुरागर्दै सभापति आचार्यले दलहरुबीच भएको पाँचबुदे सहमति कार्यान्वयन भए संविधान निर्माणकालागि विश्वासको वाताबरण बन्ने बताउन भएको हो । उहाँले थपिएको तीन महिनाको समयमा नयाँ संविधानको एकीकृत मस्यौदा बनाउन संभव भएको उल्लेखगर्दै गम्भीर छलफलमा जुट्न नेताहरुसंग आग्रह गर्नुभयो । 

सापकोटालाइ संचारमन्त्रीमा नियुक्त गरिएबो बारे सर्वोच्चको कारण देखाउ आदेश 

सर्वोच्च अदालतले हत्याको आरोपि संचारमन्त्री अग्नीप्रसाद सापकोटाकोलाइ मन्त्री बनाएको भन्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । अधिकारकर्मीहरुको संस्था जबाफदेही निगरानी समूहका तर्फबाट गत शुक्रबार अधिकारकर्मीहरु मन्दिरा शर्मा, सुशील प्याकुरेल, सुुबोध प्याकुरेल, डा. गोपालकृष्ण शिवाकोटी, कपिल श्रेष्ठ, चरण प्रसाईं, कनकमणि दक्षित लगायतले संचारमन्त्री मन्त्री सापकोटाको पद खारेजी माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रीटमा ज्यान मारेको अभियोग लागेका व्यक्तिलाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री कृष्णबहादुर महरालाई समेत बिपक्षी बनाइएको थियो

प्रिधानन्यायधिश खिलराज रेग्मीको एकल इजलासले आज निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने या नगर्ने विषयमा छलफलका लागि बिपक्षीहरुलाई आगामी आइतबार अदालतमा उपस्थित हुन निर्देशन दिएको हो ।। मन्त्री सापकोटामाथि काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोग छ । सापकोटा जिल्ला प्रहरी कार्यालय काभ्रेको ‘फरार अभियुक्त’को सूचीमा छन् । सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गरे उनको पदीय हैसियतको बैधानिकता नरहने कानुुन व्यवसायीहरु बताउछन् ।  

भत्ता बहिष्कार गर्ने राप्रपाको निर्णय

काठमाडौँ, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको थप अवधिभर आफ्ना सांसदले सदनमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सांसदभत्ता नलिने निर्णय गरेको बताउनुभएको छ । अध्यक्ष थापाले ‘संविधानको भावना एवम् सर्वोच्च अदालतको फैसला विरुद्ध’ संविधानसभाको म्याद थप गर्ने प्रयोजनका निमित्त अन्तरिम संविधानमा हालै गरिएको संशोधन राजनीतिक दृष्टिकोणबाट गलत र नैतिकरुपमा अनुपयुक्त रहेको बताउनुभयो । पार्टी कार्यालयमा आज आजोजित पत्रकार सम्मेलनमा उहाँले विवादास्पद ढङ्गबाट थपिएको अवधिमा संविधान लेखन र शान्ति स्थापना गम्भीर आशङ्कामा परेको बताउनुभयो । 

छ महिनामा शान्तिप्रक्रिया र संविधानको मस्यौदा जारी हुन सक्दैन– गुरुङ

काठमाडौँ, १६ जेठ । एकीकृत नेकपा माओवादीका स्थायी समिती सदस्य देव गुरुङले थपिएको तिन महिनामा पनि संविधानको मस्यौदा आउन नसक्ने बताउनुभएको छ । उहाले तिन महिनामा शान्तिप्रक्रिया समेत टुङगोमा नपुग्ने दाबी गर्नुभयो । राजधानीमा आज आयोजित एक कार्याक्रममा नेता गुरुङले म्याद थपका क्रममा भएको पाँद बुंदे सहमतीमा लडाकू समायोजनको विषयमा स्पष्ट कुरा नआएको र संविधान लेखनका विषयमा मुख्य–मुख्य विषयहरु विवादित भएकाले तीन महिनाभित्र शान्तिप्रक्रिया र संविधानको मस्यौदा आउनेमा आशङ्का देखिएको स्पष्ट पार्नुभयो । उहाले प्रचण्डको निर्णयले मात्र माओबादीले राज्यलाई हतियार नबुझाउने बताउनुभयो । 

उहाले पाँच बुंदामा उल्लेख गरिए झैँ प्रधानमन्त्रि झलनाथ खनालको राजीनामा राष्ट्रिय स्वधिनताका लागि आवश्यक नभएको टिप्पणी गर्नुभयो । पाँचबुँदामा प्रधानमन्त्री खनालले पदबाट राजीनामा दिनुपर्ने भनिए तापनि अहिलेसम्म आफ्नो पार्टीमा यस विषयमा कुनै पनि छलफल नभएको उल्लेख गर्दै नेकपा एमालेका तथा माओवादी बीच सहमति भए प्रधानमन्त्री खनालले एकहप्ताभित्र राजीनामा दिने ठोकुवा गर्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका नेता भिम रावलले प्रधानमन्त्रिले ७ दिनमा राजीनामा दिने सहमती भएको दाबी गर्नुभयो । सहमतीका लागि प्रधानमन्त्रि खनालले राजीनामा दिनै पर्ने बताउदै उहाले खनालले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कंग्रेशका केन्द्रिय सदस्य शेखर कोइरालाले राष्ट्रिय सहमतीको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रिको निश्चित नभएसम्म अहिलेको प्रधानमन्त्रिले राजीनामा दिन नहुने धारणा राख्नुभयो । 

कागे्रस केन्द्रीय समिति बैठक बुधवारः

काठमाडाँै, १६ जेठ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षागर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी जेठ १८ गते बुधबार बस्ने भएको छ । कागे्रसले विज्ञप्ती प्रकाशितगरी बुधवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी नगर, ललितपुरमा बैठक बस्न लागेको जनाएको हो । बैठकमा संविधानसभाको म्याद थपिएपछि बदलिएको राजनीतिक अबस्था, शान्ति प्रक्रियासम्बन्धी विषयमा छलफल हुने नेपाली काँग्रेसले आज जनाएको छ ।

तरकारीको मूल्यमा गिरावट 

काठमाडौँ, १६ जेठ । उपत्यक बाहिरबाट प्रर्याप्त मात्रामा तरकारी भित्रिन थालेपछि तरकारीको मूल्यमा कमी आएको छ । बाहिरी जिल्लाबाट नयाँ उत्पादनको तरकारी आउन थालेपछि यसको मूल्य घट्न थालेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । एक हप्ता अगाडि ३२५ रुपैयाँ केजी पर्ने च्याउ घटेर २१६ रुपैयाँ पुगेको छ । त्यसैगरी ठूलो गोलभेँडा, सेतो मुला, लौका, चिचिन्डो, घिरौला, पालुङ्गोको साग, रातो बन्दा, जिरीको सागलगायतका तरकारीको मूल्य निकै घटेको कालिमाटी तथा फलफूल तरकारी समितिले जनाएको छ । 

स्थानीय उत्पादनमा भएको वृद्घिले कालिमाटी तरकारी बजारमा हाल दैनिक छ सयदेखि सातसय टन तरकारी भित्रिने गरेको समितीले जनाएको छ । स्थानीय उत्पादनसँगै केही समययता भारतबाट समेत ठूलो परिणाममा तरकारी भित्रिने गरेको छ । भारतबाट प्याज, आलु, परवर, ठूलो गोलभेँडा, बोडी, सिमी, भिन्डी, खुर्सानीलगायत ३२.९५ प्रतिशत तरकारी भित्रिने गरेको समितिले जनाएको छ । 

अन्तराष्ट्रिय समाचार
जर्मनीद्धरा आफ्नो आणविक भट्टी बन्द गर्ने घोषणा

जर्मनीले आउँदो सन् २०२२ सम्ममा आफ्ना सबै आणविक भट्टी बन्द गर्ने घोषणा गरेको छ । जमर्न सरकारको सत्ताधारी गठबन्धनको गएराति बसको बैठकले आणविक भट्टी बन्द गर्न केही समय अघि भएको प्रर्दशनलाइ मान्यता प्रदान गर्दै आणविक भट्टी बन्द गर्ने निणर्य गरेको हो । जापानको फुकुसिमा आणविक केन्द्रमा बिष्फोट भएपछि जमर्नीमा आणविक भट्टी बन्दगर्न माग गर्दै केही समय अघि प्रर्दशन भएको थियो । जर्मनीमा हाल १७ वटा आणविक भट्टी संचालनमा रहेका छन् । सन् २०१५ सम्ममा ६ वटा सन् २०२२ सम्ममा सबै  भट्टी बन्द गर्ने निणर्य भएको जर्मनीका वातावरण मन्त्री नोबोर्ट रोटजेनले बताएका छन् । 

नेटो कारवाहीमा सर्वसाधारण मारिएको प्रति अफगानी राष्टपति रुष्ट 

अफगानिस्तानका राष्ट्रपति हमिद कार्जाइले नेटो आक्रमणमा सर्वसाधारण मारिएकोमा त्यसको कडा शब्दमा निन्दा गर्दै आक्रमण तत्काल रोक्न चेतावनी दिनु भएको छ । नेटो कारबाहीमा लगातार सर्वसाधारण अफगानी नागरिक मारिए पछि त्यसलाई रोक्न राष्ट्रपतिबाट अन्तिम चेतावनी आएको होे । निर्दोष महिला र बालबालिका मारिनु निन्दनीय कार्य हो भन्दै राष्ट्रपति कार्जाईले नागरिक रक्षाको दायित्व पूरा गर्नुपर्नेमा उल्टै उनीहरुमाथि आक्रमण गरेर नेटो सेनाले ठूलो गल्ती गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । शनिबार नेटो सेनाले अफगानिस्तानको दक्षिण पश्चिमी हेलमण्ड प्रान्तमा गरेको कारबाहीमा १४ सर्वसाधारणको ज्यान गएको थियो । मारिनेमा २ जना महिला र १२ बालबालिका रहेका छन् । 

यसैबिच गएराति नेटाको आधार शिविरमा चरमन्थीले गरेको हमलामा परि ४ सुरक्षाकर्मको मृत्यु भएको छ । पश्चिमी शहर हेरातमा गराइएको आत्मघाति हमलामा चार सैनिकको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

खेल समाचार 
शहिद स्मारक ए डिभिजन लिगमो शशस्त्रको विजयी शुरुवात

जारी संस्करणको शहिद स्मारक ए डिभिजन लिग प्रतियोगिता सुरु भएदेखी नै पराजित बन्दै आएको शशस्त्र प्रहरीको एपिएफ क्लबले आज पहिलो जित दर्ता गराएको छ । दशरथ रंगशालामा भएको आजको पहिलोे खेलमा शशस्त्रले ब्रिगेड ब्वाइजलाइ ७–० गोल अन्तरले पराजित गर्दै जित पहिलो जित निकालेको हो । यसअघि हालसम्म खेलका पाँच वटै खेलमा शशस्त्र प्रहरीको एपिएफ क्लब पराजित भएको थियो । शशस्त्रलाइ जित दिलाउन गाणेश लावतिले ह्याट्रिक पुरा गरेका थिए । उनले खेलको ६४ औँ, ८० औँ तथा थप गरिएको समयको अन्तिम मिनेनमो अर्को गाले गरेका थिए । त्यस्तै शशस्त्रका लागी जिवन सिन्केमान १५आँै र ८४ आँै मिनेटमा गरि दुइ गोल तथा सौरभ मगरले ३८ औँ मिनेटमा एक गोल गरेका थिए । शशस्त्रका लागी एक गोल भने आफ्नै पोष्टमा गोल गर्दै ब्रिगेडका अमिताभ सुनवारले उपहार स्वरुप दिएका थिए ।

प्रतियोगिता अन्तरगन नै आजै भएको दोश्रो खेलमा  बाँसबारी क्लबले स्यम्भू क्लबलाइ १–० गोलअन्तरले पराजित ग¥यो । स्यम्भूको खेलाडीले डि बक्स भित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाइ बाँसबारीले सदुपयोग गरेको हो । बाँसबारीका लागी पेनाल्टी प्रहार गरेका भोला राइले बललाइ जाली चुमाएका थिए । 

No comments: