Friday, June 3, 2011

प्रहरी आइजिपी प्रकरण : किन हटाइयो ठुकरीलाइ किन ल्याइयो शाहलाइ ?

Nawaraj Mainali
नवराज मैनाली
काठमाडौं, भ्रष्टाचारको आरोप लागेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई हटाई प्रहरी अतिरीक्त महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई सरकारले नया“ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

आईजीपी ठकुरीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा जगेडा राख्ने निर्णय भएको हो । आईजीपीमा बढुवा भएका शाह हालका एआईजीमध्ये सबैभन्दा बरिष्ठ एआईजी थिए । गृहमन्त्री कृष्णबहादुर महराको प्रस्तावमा चन्दलाई हटाई शाहलाई आईजीपी बनाइएको हो ।
  • गृहमन्त्री कृष्णबहादुर महराको प्रस्तावमा चन्दलाई हटाई शाहलाई आईजीपी बनाइएको हो ।
  • आईजीपी चन्द सुडान घोटाला काण्डमा मुछिएकाले संगठनमा उनको आदेश चल्न छोडेको र त्यसले देशको शान्ति सुरक्षामा गम्भिर असर पर्ने निष्कर्षका आधारमा उनलाई हटाइएको हो ।
  • एआईजी चन्दले कार्यक्षमताको भन्दा पनि सोर्सफोर्स र क्षे्त्रीयताको आधारमा संगठनलाई चलाएको समेत आरोप लागेको थियो । 
      बुधबारको मन्त्रीपरिषद् बैठकमा सहभागी वातावरण मन्त्री सुनिल मानन्धरका अनुसार आईजीपी चन्द सुडान घोटाला काण्डमा मुछिएकाले संगठनमा उनको आदेश चल्न छोडेको र त्यसले देशको शान्ति सुरक्षामा गम्भिर असर पर्ने निष्कर्षका आधारमा उनलाई हटाइएको हो । 
      ‘भ्रष्टाचारको अभियोगका कारण उनको निर्णय नै प्रहरीमा नमानिने अवस्था सिर्जना भएपछि उनलाई पदबाट हटाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको हो,’ मन्त्री मानन्धरले भने,‘प्रधानमन्त्रीको सल्लाहकार बनाइएको बताइएपछि उनलाई जगेडाका रुपमा राखिएको हो ।’ सुरक्षा निकायका अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा राख्दा जगेडा राखिएको नबताइने भएकाले उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार भनिएको छ । मन्त्री मानन्धरका अनुसार चन्दलाई प्रधानमन्त्री कार्यालयमा कुनै जिम्मेवारी तोकिएको छैन । उनले आईजीपी हैसियत अनुसार प्रधानमन्त्री कार्यालयमा हाजिर गरेर सेवा सुविधा लिनेछन् । चन्द प्रचण्ड नेतृत्वको सरकारको समयमा आईजीपी बनाइएका थिए ।

      पछिल्लो कार्यविभागका रहेका शाह  हटाइएका चन्दकै ब्याची हुन् । उनीहरु एकैसाथ २०३९ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रबेश गरेका थिए । एआईजीमा बढुवा हुदा शाह एक नम्बरमा र चन्द दोस्रो नम्बरमा बढुवा भएका थिए । तर आफुभन्दा कनिष्ट चन्दलाई आईजीपीमा बढुवा गरिएको भन्दै शाह असन्तुष्ट रहदै आएका थिए । चन्दको २०६५ फागुनमा आईजीपीमा बढुवा गरिएको थियो । चन्द र शाहबीच पहिलेदेखी नै पटक पटक विवाद हुदै आएको थियो ।

      बिहिबारको सरकारको निर्णयलाई कतिपयले संगठनमाथि राजनीतिक हस्तक्षेपका रुपमा लिएका छन् भने केही प्रहरी अधिकारी खुशी भएका छन् । यसरी आईजीपीलाई प्रधानमन्त्री कार्यालयमा जगेडा राखेर एआईजीलाई आईजी बनाइएको यो दोस्रो पटक हो । यसअघि २०५१ सालमा तत्कालिन आईजीपी अच्युतकृष्ण खरेललाई गृहमन्त्री रहेका बामदेव गौतमले हटाएर धुव्रबहादुर प्रधानलाई आईजीपी बनाइएको थियो । उक्त घटना गृहमन्त्री र आईजीपीबीचको टक्करको  उपज थियो ।

      बुधबारको मन्त्रीपरिषद्को निर्णयलाई पनि कतिपयले त्यही रुपमा लिएका छन् । तर सरकारले चन्दको भ्रष्ट्राचारलाई प्रमुख आधार बनाएको छ । एआईजी चन्दले कार्यक्षमताको भन्दा पनि सोर्सफोर्स र क्षे्त्रीयताको आधारमा संगठनलाई चलाएको समेत आरोप लागेको थियो ।

      सुडानको डार्फरका लागि खरिद गरिएको एपीसी लगायतका सामान खरिदमा भएको अनियमिततामा चन्दपनि मुछिएका थिए । उनै चन्दको पालामा ६० प्रतिशत रकम भुक्तानी भएको थियो । ४४ करोडको उक्त काण्डमा करिब ३० करोड भ्रष्टाचार भएको थियो । उक्त भ्रष्टाचार काण्डको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरि मुद्दा दायरको तयारी गरिरहेको छ । मुद्दा दायर गरेको खण्डमा चन्द स्वत पदबाट निलम्बित हुन्थे । उनी त्यही विवादमा परेकाले पनि उनलाई आईजीपीबाट हटाइएको हो । सरकारका प्रवक्ता शिक्षामन्त्री गंगालाल तुलाधरले भने चन्दको आवश्यकता प्रधानमन्त्री कार्यालयमा परेकाले उनलाई त्यहा“ ल्याइएको बताए ।

      धादिङ स्थायि घर भएका नया“ आईजीपी शाह खासै कुनैपनि ठुलो बिबादमा मुछिएका छैनन् । जिल्ला प्रहरी कार्यालय झापा, अञ्चल प्रहरी कार्यालय बाग्मती, लुम्बिनी, भेरी, महानगरीय प्रहरी अपराध महाशाखा, क्षेत्रीय प्रहरी कार्यालय पूर्वाञ्चल, तथा एआईजी भएपछि पनि मानवस्रोत र पछिल्लो समयमा उनी कार्यविभागको प्रमुखको रुपमा कार्यरत थिए । गत साता मात्र सरकारले केन्द्रमा एआईजीको काम नभएको बताउदै पा“च एआईजीलाई क्षेत्रमा खटाएको थियो । आईजीपी चन्दले शाहलाई पनि क्षेत्रमा खटाउने प्रस्ताव गृहमा गरेका थिए तर शाह र गृहमन्त्रीले त्यसमा असहमति जनाएपछि उनको सरुवा रोकिएको थियो  । कतिपयले उक्त सरुवालाई शाहलाई आईजीपी बनाउने खेलमा रुपमा पनि बुझेका छन् । अन्य एआईजीलाई क्षेत्रमा पठाउदा उनीहरुको आईजीपीका लागि दौडधुप नगर्ने भएकाले पनि उनीहरुलाई क्षेत्रमा पठाइएको कतिपय प्रहरी अधिकारीको भनाई छ ।

      एआईजी शाहको बढुवास“गै एक एआईजीको पद रिक्त भएको छ । उक्त पदमा तत्काल पदपुर्ती गर्ने वा नगर्ने भन्नेमा निश्चित भइसकेको छ । प्रधानमन्त्रीका सल्लाहकार बनाइएका चन्दसहित आईजीपी शाह लगायत सबै एआईजी उमेरहदका कारण १४ महिनापछि अवकाश पाउदैछन् । हाल कुनै डीआईजीलाई रिक्त एआईजी पदमा बढुवा गरिएमा उनी स्वत आईजीपीको दाबेदार हुनेछन् । हालका डीआईजीमध्ये कुवेरसिंह राणा बरिष्ठ डीआईजी हुन् ।

      No comments: