राष्ट्रिय सहमितको सरकार गठनका लागी एमाले माओबादीद्धारा कसरत प्रारम्भ
काठमाण्डौँ, २१ जेठ । सत्तारुढ दुई दल माओबादी र एमाले आजबाट राष्ट्रिय सहमतीको सरकार गठनको कसरत सुरु गरेका छन् । दुई दलले आज गम्भिर छलफल गरी पाँच बुँदै सहमतीमा टेकेर राष्ट्रिय सरकार गठनका लागि तत्काल पहल गर्र्ने सहमती जुटाएका छन् । प्रधानमन्त्रिको सरकारी निवास बालुवाटारमा आज भएको दुई दलका शीर्ष नेताहरुको छलफलले राष्ट्रिय सहमती सरकार गठनका लागि कङग्रेस लगायतका दलहरुसँग तत्काल छलफल सुरु गर्ने जनाएको छ । दुई दलबीचको छलफलमा माओवादी लडाकुहरुको समायोजनका विषयमा केही छलफल भएपछि मुख्य रुपमा राष्ट्रिय सहमतीको सरकार गठनलाई कसरी अघि बढाउने भन्ने बारेमा बैठक केन्द्रित रहेको बैठकपछि एमाले नेता सुरेन्द्र पान्डले जानकारी दिनुभयो ।
बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले हिजो सकिएको पार्टीको केन्द्रिय कमिटी बैठकले गरेका निर्णयहरु माओवादीलाइै जनाकारी गराउनुभएको थियो । एमाले केन्द्रिय कमिटी बैठकले शान्ति र संविधानका लागि भएको पाँच बुँदे सहमती अनुसार नै राष्ट्रिय सहमतीको उपयुक्त विकल्प तयार हुनासाथ प्रधानमन्त्रीले राजिनामा दिने तथा सहमतीको सरकार गठनका लागि सक्दो पहल गर्ने निर्णय गरेको थियो । यस्तै बैठकमा सहमतीको सरकार गठनका लागि दुबै दल एकमत भएर अघि बढ्ने सहमती भएको र तीन दलको बैठकमा सहमतीको विकल्प प्रस्तुत गर्नै विषयमा महत्वपूर्ण छलफल भएको एमाले नेता पान्डेले बताउनुभयो ।
नेपाली कंग्रेश लगायतका दलहरुले राष्ट्रिय सहमतीको सरकार गठनका लागि प्रधानमन्त्रिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताइरहेका बेला सत्तारुढ दलहरुले भने दुई दल मिलेर जाने सहमती गरेका हुन् । दुई दलबीच भएको बैठकमा राष्ट्रिय सहमतीको सरकारको नेतृत्व माओवादीलाई दिने विषयमा छलफल भएको र सो सरकारमा कङग्रेसको समर्थन कसरी जुटाउने भन्ने बारेमा छलफल भएको बालुवाटार स्रोतको भनाई छ । बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री खनाल सहित उहाँ निकट नेताहरु मात्र सहभागी भएको जनाईएको छ । ओली पक्षधर नेताहरु सहभागी नभएकोसो बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड,गृहमन्त्री कृष्ण बहादुर महरा लगायतका नेताहरु सहभागी रहेका थिए ।
उर्जा संकट समाधानका लागी जलविद्युत बैङ्क खोल्ने सरकारको निणर्य
काठमाण्डौँ, २१ जेठ । सरकारले उर्जा संकट समाधानका लागि जलविद्युत विकास बैंक स्थापना गर्ने भएको छ । प्रधानमन्त्रि निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । जनताले लोडसेडिङको मार खेपिरहेका बेला केही राहत दिन जलबिद्युत बिकास बैंक स्थापनाका लागि प्रक्रिया सुरु गरिने निर्णय भएको सरकारका प्रवक्ता गंगालाल तुलाधारले जानकारी दिनुभयो । बैंक स्थापनाका लागि स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुले पनि सहयोग गर्न सक्ने उहाले बताउनुभयो ।
यसैगरी बैठकले साउदी अरेबियाको मक्का मदिनास्थित हज यात्रामा जाने यात्रीको लागि भिषा शुल्क व्यहोर्ने समेत निर्णय गरेको छ । यसबर्ष हज यात्राका लागि जाने ७ सय २२ जना हजयात्रीहरुलाई चाहिने भिषाको ५÷५्र हजारका दरले ३६ लाख १० हजार रुपैया व्यहोर्नेे प्रवक्ता तुलाधरले जानकारी दिनुभयो । यस्तै मन्त्रिपरिषद बैठकले मानव बिकार सुचकांक र स्वास्थ्यका आधारमा पछाडि परेका ८ जिल्लामा एकिकृत जनस्वास्थ्य अभियान लागु गर्ने पनि निर्णय गरेका छ । त्यस्ता जिल्लाहरुमा मुगु, जाजरकोट, कपिलबस्तु, रौतहट, सिराहा, ताप्लेजुङ लगायत रहेका छन् ।
यस्तै कृष्ण सेन, मित्रलाल तथा जीवराज आश्रितका नाममा छुट्टाछुट्टै प्रतिस्ठान निर्माण गर्ने निर्णय गरेको प्रवक्ता तुलाधरले जानकारी दिनुभयो । जसका लागि प्रतिष्ठान खोल्ने संस्थालाई ५०÷५० लाख रुपैयाँ अनुदान दिने निर्णय भएको प्रवक्ता तुलाधरले बताउनुभयो ।
यसैिबीच सरका्रले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.दिनेशचन्द्र देवकोटालाई नियुक्त गरेको छ । मन्त्रीपरिषद्को आजको बैठकले देवकोटालाइ रिक्त रहेको योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । गत फागुन २९ गते जगदिश चन्द्र पोखरेलले राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।
माआवादी शान्ति प्रक्रियामा इमान्दार भए, सरकारको नेतृत्व दिन तयार छौँ ः कंग्रेश नेताहरु
काठमाण्डौँ,, २१ जेठ । नेपाली कंग्रेशका सभापति सुशिल कोइरालाले एकिकृत नेकपा माओबादी शान्ति प्रक्रियाप्रति इमान्दार भए माओवादीे नेतृत्वको सरकार स्विकार गर्न सकिने बताउनुभएको छ । राजधानीमा आज आयोजित डेमोक्रेटिक ईन्जिनियर्स एसोििसएसनको कार्याक्रममा सभापति कोइरालाले माओबादीले हतियार व्यवस्थापन, लडाकु समयोजन र कब्जा सम्मपत्ती फिर्ता गरे प्रचण्डलाई प्रधानमन्त्रि बनाउन
आफुहरुलाई कुनै आपत्ती नभएको स्पष्ट पार्नूभयो । नेपाली कंग्रेशले शान्ति र संबिधानलाई प्रमुख प्राथमिकतामा राखेको बताउदै उहाँले शान्ति र संबिधानमा इमानदारीता देखाउन माओबादीलाई आग्रह गर्नुभयो । माओबादीले अझैपनि तानाशाह प्रबृत्ति देखाइरहने हो भने बिश्वका तानाशाहीहरु जस्तै माओबादी पनि पतन हुने उहाको चेतावनी थियो ।
कार्यक्रममा कंग्रेशका बरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति प्रक्रिया पुरा गर्नका लागि संबिधान सभाको थपिएको तिन महिना माओबादीले सदुपयोग गर्नुपर्ने बताउनुभयो । माओवादी अझै पनि ान्ति प्रक्रिया टुङगोमा पुराउन सकारात्मक नभएको भन्दै देउवाले ऊ जिम्मेवार नभएसम्म राजनीतिक गतिरोधले निकास नपाउने देउवाको भनाई छ । महामन्त्रि कृष्णप्रसाद सिटौलाले माओबादी हतियारबाट अलग नभएसम्म शान्ति प्रक्रिया पुरा गर्न नसकिने उल्लेख गर्नुभयो ।
पाँचबुंदे सहमती कार्यान्वयनका लागि भरपुर पहल गर्छु ः प्रधानमन्त्रि खनाल
प्रधानमन्त्रि झलनाथ खनालले संबिधान सभाको म्याद थपका क्रममा भएको पाँचबुंदे सहमती कार्यान्वयनका लागि आफुले आग्रस्थानमा रहेर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राजधानीको डल्लुस्थित स्थानीयबासीद्धारा आयोजित स्वागत कार्याक्रममा प्रधानमन्त्रि खनालले पाँच बुंदे सहमती कार्यान्वयनमा आफुले कुनै कसुर बाँकी नराख्ने बताउनुभएको हो । शान्ति र संबिधान निर्माणमा सहयोग पु¥याउनका लागि नै आफूले पाँच बुदे सहमती पत्रमा हस्ताक्षार गरी सहमती गरिएको भन्दै उहाले सहमती कार्यान्वयनका लागि अन्य दलहरुलाई पनि अग्रसर हुन आग्रह गर्नुभयो । प्रधानमन्त्रि खनालले पाँच बुंदे सहमतीले जनाताको आशा र आंकाङक्षाको रक्षा गरेको दाबी गर्दै सहमती कार्यान्वयनका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनुभयो । उहाले राष्ट्रिय सहमतीको आधार तयार हुना साथ प्रधानमन्त्रिको पदबाट राजीनामा दिने दोहो¥याउनु भयो ।
प्रतिगमनकारी पराजित—भट्टराई
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले संविधान सभाको म्यादका लागि भएको पाँच बुँदे सहमतीले संविधान सभा विघटन गर्न चाहने प्रतिगमनकारीहरु पराजित भएको बताउनुभएको छ । जागरण मिडिया सेन्टरद्धारा आज राजधानीमा आयोजित कार्यक्रममा नेता भट्टराईले फेरी एकपटक ती तत्वहरुलाइ पराजित गर्न सकिएपनि अझै उनीहरुले टाउको उठाउने स्थिती भने रहेको दावी गर्नुभयो । ती तत्वहरुलाई टाउको उठाउन नदिन पनि दलहरुले सहमतीका आधारमा राष्ट्रिय सरकार गठन गर्नुपर्नैमा उहाँले जोड दिनुभयो । जनताको पक्षमा संविधान बनाउने र शान्ति प्रक्रिया टुङगोमा पुगिनसकेकाले अझै पनि क्रान्ति र विद्रहोको अभियान पूरा भईनसकेको भट्टराईको भनाई थियो ।
कार्यक्रममा एमाले नेता प्रकाश ज्वालाले मुलुकमा अझै पनि सामन्त्वादको अवशेष बाँकी रहेकाले दलित,महिला सबै वर्ग एक भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
दोहोरो सुरक्षा प्रणाली हटाउने विषयलाइ लिएर माओवादी बैठक प्रभावित
काठमाण्डौँ, २१ जेठ । सहमतीको कार्यान्वयन स्वरुप माओबादी नेताहरुले प्रयोग गर्दै आएको दोहोरो सुरक्षा प्रणाली हटाउने पदाधिकारीहरुको निर्णयमा पार्टीभित्रै बिवाद भएपछि आजका लागि सारिएको माओबादीको स्थायी समिती बैठक बस्दै नबसी स्थगित भएको छ । हिजो बसेको माओबादी स्थायी समिती बैठकमा उपाध्यक्ष बैद्य पक्षका सदस्यहरुले सो निर्णयको बिरोध गरेपछि बैठक आजका बोलाइएको थियो । थप छलफल पछि मात्र बैठक बस्ने भन्दै स्थायी समिती बैठक अनिश्चित कालका लागि स्थगित गरिएको माओबादीले जनाएको छ ।
उपाध्यक्ष बैद्य पक्षका स्थायी समिती सदस्यहरुले तत्काल दोहोेरो सुरक्षा प्रणाली हटाउन नहुने, पार्टी अध्यक्ष प्रचण्ड सबैधानिक उपसमितीमा बस्न नहुने ,संबिधान निर्माण र शान्ति प्रक्रिया नटुङिगएसम्म प्रधानमन्त्रिले राजीनामा दिन नहुने लगायत बिषयमा जोडदार रुपमा आबाज उठाउदै आएका छन । शान्ति प्रक्रियाका लागि बिश्वासको बाताबरण तयार गर्न भन्दै केहि दिन अघि बसेकोको पदाधिकारी बैठकले माओबादीका नेताहरुले प्रयोग गर्दै आएको दोहोरो सुरक्षा प्रणाली हटाउने निर्णय गरेको थियो ।
यसैबिच माआोवादीका नेताहरुको सुरक्षार्थ खटिएका माओवादी लडाकुहरुले आजबाट आफ्ना हतियारहरु आफ्ना कमाण्डरलाई बुझाएका छन् । माओवादी पदाधिकारीको केहि दिन अघि बसेको बैठकको निर्णय अनुरुप उनीहरुले आज हतियार बुझाएका हुन् । माओवादी नेताहरुको दोहारो सुरक्षा अन्तत्य गर्ने विषयमा स्थायी समिति बैठकमा भने तिब्र विवाद उत्पन्न भएको छ । संविधानसभाको म्याद थपका समयमा तीन दलबीच भएको पाँचबुँदे सहमति अनुसार माओवादी नेता हरुको दोहोरो सुरक्षा हटाउँने सहमति भएको थियो । हाल माओवादीका नेताहरुको सुरक्षार्थ एक सय भन्दा बढि लडाकुहरु रहेका छन् । उनीहरुलाई भोली शक्तिखोर शिबिरमा लगिने माओवादी श्रोतले जनाएको छ ।
आज छुवाछुतमुक्त राष्ट्र घोषणा दिवस
आज छुवाछुत उन्मुलन राष्ट्रिय दिबस,दलित अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसँस्थाहरूले आज विविध कार्यक्रमका साथ यो दिवस मनाईएको छ । पुर्नस्थापित प्रतिनिधि सभाले मुलुकलाई छुवाछुतमुक्त घोषणा गरेको आज पाँच वर्ष पुगेको छ ।२०६३ जेठ २१ गते आजकै दिन जनआन्दोलनद्वारा पुनस्थापित प्रतिनिधिसभाले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । २०२० सालमा राजा महेन्द्रले मुलुकी ऐनमा छुवाछुतलाई निषेध गरेका थिए । दिसका अवसरमा राजधानीमा आज विहान ¥यालीका आयोजना गरिएको थियो ।
अन्तराष्ट्रिय समाचार
रामदेवद्धारा भोक हड्ताल शुरु
भारतका चर्चित योगगुरु बाबा रामदेबले भ्रष्टाचार बिरुद्ध आज बाट भोक हडताल सुरु गरेका छन् । रामदेवले बिहान सात बजे देखी राजधानी दिल्ली स्थीत रामलिला मैदानमा लाखौँ जनताको उपस्थीतिमा हड्ताल सुरु गरेका हुन् । हड्तालका बिच आज दिउँसो सरकारसँग रामदेवले वार्ता गरेपनि वार्ता सफल नभएको भारतिय संचार माध्यमहरुले जनाएका छन् । भारतिय कँग्रेस पार्टिले रामदेवको अनसनलाइ राजनितिबाट प्रेरित भएको बताएको छ । भारतिय काँग्रेस पार्टिका महासचिव दिगविजय सिंहले रामदेवको आन्दोलनमा भारतीय जनता पार्टी निकटको राष्ट्रिय स्वयम् सेवक संघको संलग्नता रहेका बतएका थिए ।
यसैबिच रामदेवले अनसनमा हजारौँ जनतासामु संचारकर्मीसँग कुरा गर्दै भारतमा भष्ट्राचार विरुद्ध मानिसिक उपचारको आवश्यकता रहेको बताएका छन् । रामदेवले आफुले सरकारलाइ पटक पटक भष्ट्राचार विरद्ध तत्काल कदम चलाउन आग्रह गर्दै पत्र लेखेपनि सुनवाइ नभएको समेत बतएका छन् । साथै रामदेवले आफ्नो भोक हड्ताल कुनै पार्टिको पक्षमा तथा विपक्षि नभएको बताएका छन् । रामदेवले आफुले देशमा अस्थीरता फैलाउन नचाहेको बताउँदै आजसम्म कुनैपनि कसिमिका अस्थीरता फैलाउने विषयमा बोलेको भए जस्तो सुकै कारवाही भोग्न तयार रहेका उल्लेख गरेका छन् । रामदेवले आफु कसैको विरोधमा नबोल्ने उल्लेख गर्दै कसैले आफ्नो विरोध गरे त्यसको कडा प्रतिउत्तर दिने चेतावनी दिएका छन् । आफुलाइ डराउन पटक पटक प्रयास भएपनि आफु कसैसँग हटेर, डराएर अघि नबढ्ने रामदेवले बतएका छन्् ।
त्यस अघि आज बिहान रामदेवले ५ देखि ७ बजे सम्म उहाँले योग सिकाएका थिए । भोककहडताल मा ७÷८ हजार जनताको समर्थन रहने बताइए पनि लाखौँ संख्यामा जनताको उपस्थिती रहेको छ । रामदेबले आफनो पक्षमा बिश्वका करोडौ जनता भएको दाबी गर्दै भ्रष््टाचारीलाई फाँसिदिनु पर्ने बताउनु थिए । सहि तरिकाले आन्दोलन अघि बढाउने भन्दै उहाँले सबैलाई आ—आफनै स्थान बाट भ्रष्टाचार बिरुद्ध अनसन बस्न पनि आग्रह गर्नु भएको छ । यदि आन्दोलन दबाउन कोसिस गरिए त्यसको परिणाम नरामा्रे हुने उहाँले चेताबनी दिएका थिए । भ्रष्टाचारको तत्काल निवारण नभए भोकहडताल बस्ने चेताबनी दिनु भएका बाबा रामदेबलाईै हडताल स्थगीत गर्न भारत सरकारले पटक पटक आग्रह गर्दा समेत अस्वीकार गरेका थिए । भारतिय वित्त मन्त्री प्रणव मुर्खजीले भोक हड्ताल स्थगित गर्न पत्र लेखेपनि रामेदवले अस्वीकार गरेका थिए ।
यसैबिच भारतिय संचार माध्यमहरुले रामदेवको आन्दोलनमा करोडौँको चलखेल भएको बतएका छन् । उनीहरले रामदेवको अनसनका लागी दबाद दिएर समेत चन्दा असुल गरिएको बतएका छन् ।
खेल समाचार
शहिद स्मारक फुटवल
राजधानीमा जारी शहिद स्मारक ए डिभीजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा रानीपोखरी कर्नर टिम आरसिटि र हिमालयन शेर्पा क्लवले १ – १ को बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा सम्पन्न खेलमा आरसिटीका लागि दिपेश थापा मगरले २६ औँ मिनेटमा गोल गर्दै टिमलाइृ अग्रता दिलाएका थिए । तर हिमालयनका जगजित श्रेष्ठले ७१ औ मिनेटमा बराबरी गोल गर्दे टिमलाई पहिलो हारबाट जोगाएका थिए ।
यस्तै सोही रङगशालामा सम्पन्न अर्काे खेलमा सशस्त्र प्रहरीको एपीएफले सरस्वती क्लवलाई १—० ले पराजित गरेको छ । उसलाई जित दिलाउन कुमार थापाले खेलको ४७औ मिनेटमा निर्णायक गोल गरेका थिए ।
उता सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा सम्पन्न खेलमा नेपाल पुलिसले स्वयम्भु क्लवलाई ५—०.ले पराजित गरेको छ । पुलिसलाई जित दिलाउन भरत खवासले २ तथा भोला सिलवाल,रमेश कटुवाल रविन श्रेष्ठले १—१ गोल गरेका थिए । जितसँगै पुलिस पहिलो स्थानमा नमेर बसेको छ ।

No comments:
Post a Comment