Sunday, June 5, 2011

जेठ २२ गते २०६८

सेना समायोजन विषेश समितीद्धारा लडाकु समायोजनको कार्यतालिका निमार्णका लागी सचिवालयलाइ निर्देशन
Maoist's Women  Combatant, Nepal

काठमाण्डौँ, २२ जेठ । सेना समायोजन विषेश समितीले लडाकु समायोजन र पुनस्र्थापना सम्बन्धि समयतालिका निर्धारण गरि कार्ययोजना निमार्ण गर्न मातहतको सचिवालयलाइ निर्देशन दिएको छ । प्रधानमन्त्रिको अध्यक्षतामा आज साँझ बसेको बैठकले समयोजनका पुनस्थापना र समायोजनको प्राविधिक पक्ष केलाएर सुझाव सहितको प्रतिवदेन पेश गर्न निर्देशन दिएको हो । बैठकपछि प्रधानमन्त्री झलनाथ खनालले लडाकु समायोजनको कार्यतालिका बारे छलफल भएको जानकारी दिनुभयो ।

समायोजनको काम कहिले सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको माओवादीका तर्फबाट सचिवालय सदस्य बर्षमान पुन अनन्तले जानकारी दिनुभयो । पुनले सचिवालयको सुझाव आएपछि मात्र समयतालिका टुङ्गो लगाउने बताए । समितीको प्रत्येक आइतबार, मंगलबार र बिहिबार नियमित रुपमा बैठक बस्ने समेत निणर्य गरेको छ । यद्यपी बैठक भोलीका पनि बोलाइएको छ ।

यसैबिच समितीको निर्देशन लगत्तै सचिवालयले आउँदो भदौ १४ अघि नै समायोजन र पुनस्थापना सम्बिन्धि मुलभुत काम सक्ने गरि कार्यतालका निमार्ण गर्ने विषयमा छलफल अनौपचारिक छलफल सुरु गरेको छ ।

मधेशी माचोृद्धारा संविधान सभाको म्याद थपको विरोधमा काँग्रेसको छलफल बहिष्कार

काठमाण्डौँ, २२ जेठ । संविधान सभाको म्याद थपका बेला संयुक्त रुपमा छलफल गरेर तयार पारिएको १० बुँदै शर्तमा अडान लिन नसकेको भन्दै मधेशवादी दलहरुको मोर्चाले नेपाली काँग्रेसले आज आयोजना गरेको छलफल बहिष्कार गरेको छन् । मधेशवादी पाँच दल, सद्भावना, तमलोपा, तमलोपा समाजवादी, फोरम लोकतान्त्रिक र  फोरम गणतान्त्रिकले गत जेठ १४ गते संविधान सभाको म्याद थपका बेला सत्तारुढ दलहरुसँग भएको वार्ताका दौरान काँग्रेसले म्याद थपमा सहमति जनाएको भन्दै बैठक बहिष्कार गरेका हुन् । नेपाली काँग्रेसले आज पाँच बुदे सहमतीका विषयमा विपक्षिदलहरुकोे धारणा बुझ्न सिंहदरबारमा छलफलको आयोजना गरेको थियो ।

मधेशी मोर्चाले बैठकको आयोजना गरि बैठकमा उपस्थीत नहुने निणर्य गरेको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । म्याद थप्ने बेला सहमित गरेकाले गुनासो स्वरुप नआउने निणर्य गरि आउनुभएन ः पौडेलले भन्नुभयो ।

छलफलमा उपस्थीत साना दलहरुले भने शान्ति प्रक्रियाबारे अडान लिन नसकेको भन्दै कङग्रेसको आलोचना गरेका थिए । बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष पशुपति शमशेर जबराले भदौा १५ गते सम्ममा शान्ति प्रक्रिया टुङ्गाउने विषयमा छलफल भएको  जानकारी दिनुभयो । छलफलमा साना नौ दलको सहभागीता रहेको थियो ।

नेताको सुरक्षार्थ खटिएका माओवादी लडाकू शिविर फीर्ताः

काठमाण्डौ, २२ जेठ । एकीकृत नेकपा माओवादीले गत जेठ १४ गते संविधान सभाको मयाद थपका बेला भएको पाँच बुँदे सहमतीको कार्यान्वयन सुरु गरेको छ । दलहरु बिच भएको सहमती अनुसार नै आज माओवादीले आफ्ना नेताहरुले लिदै आएको माओवादी लडाकुहरुको सुरक्षा प्रणाली समेत अन्त्य गरेको छ । अब देखी माओवादी नेताहरुको सुरक्षा नेपाल प्रहरी र शशस्त्र प्रहरीले गर्नेछ ।

माओवादीका शिर्ष नेताहरुलाइ सुरक्षा दिन माओवादी लडाकुका १२७ लडाकु खटिएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नै निवास नयाँबजारमा एक कार्यक्रमका आयोजना गरि लडाकुहरुलाइ विदाई गर्नुभएको हो ।

लडाकुहरुलाइ विदाई गर्दे अध्यक्ष प्रचन्डले सरकार र आफ्नो पार्टीका बीच सहमतीका आधारमा ल्याइने समायोजनका कार्यक्रमहरु स्विकार गर्न समेत लडाुकहरुलाइ आग्रह गर्नुभएको थियो । नेपालको परिवर्तनमा तपाइँहरुको ठूलो त्याग छ ः भावुक हुदैँ प्रचण्डले भन्नुभयो ः तपाँइहरको भविष्यमाथी कुनै किसिमको अन्याय हुन दिदैनौँ । अध्यक्ष प्रचण्डले आङ्खनो सुरÔामा विशेÈ सतर्कता अपनाएकोमा डिभिजन कमान्डर सन्तु दराईको नेतृत्वमा सुरÔार्थ रहेका खटिएका ५० जना लडाकुहरुलाइ विशेÈ धन्यवाद समेत दिनुभयो ।

लडाकुहरुले झन्डै पाँच वर्षसम्म लडाकुहरुको कमाण्डर इन चिफ समेत रहेका प्रचण्डको सुरक्षामा खटिएका थिए । नेताहरुको दोहोरो सुरक्षा हटाउने निर्णय बिबादीत बनिरहेका बेला माओबादीले नेतृत्वको सुरक्षार्थ खटिएका १ सय २७ जना लडाकु सहित उनीहरुका ९६ थान हतियारलाइ चितवन स्थीत शक्तिखोर शिबिर पठाएको हो । ।

बरिष्ट उपाध्यक्ष मोहन बैद्य पक्षले दोहोर सुरक्षा नहटाउन दबाब दिइरहेका बेला माओवादीले पदाधिकारी बैठकको निर्णय अनुरुप लडाकुलाई फिर्ता पठाइएको हो ।
पाँच बुदेँ सहमतिबारे माओवादी छलफल जारी, प्रचण्ड–कोइराला बिच भेटवार्ता
काठमाण्डौँ, २२ जेठ । नेपाली कग्रेशले सरकार गठनमा भन्दा पनि शान्ति प्रक्रिया र सबिधान निमार्ण लाई उच्च प्राथमिकता दिनु पर्नेमा जोड दिएको छ । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग आज भएको भेटबार्तामा कग्रेश सभापति सुशील कौइरालाले शान्ति प्रक्रियालाई उच्च प्राथमिकता दिन माओादीलाइ आग्रह गर्नु भएको हो ।

आफ्नै निवास महाराजगंजमा भएको भेटमा माओबादी अध्यक्ष प्रचण्डले चक्रिय प्राणाली अनुसार सरकारको नेतृत्व गर्न आफनो पार्टीलाई समर्थन गर्न कोइरालाला समक्ष आग्रह गर्नु भएको थियो । जवाफमा कोइरालाले सरकार यति बेला प्राथमिकताको नरहेको भन्दै शान्ति प्रक्रिया टुङ्गाउने विषयमा केन्द्रीत हुन माओवादीलाइ आग्रह गर्नु भएको थियो । 

भेटपछि प्रचण्डले शान्ति प्रक्रियालाई टुगो लगाउन र राजनितीक गतिरोध अन्त्यका लागी एक अर्कालाई रचनात्मक सहयोग गर्ने विषयमा छलफल अत्यन्त सकारात्मक भएको बत ाउनुभयो । गत जेठ १४ गते सबिधानसभाको म्याद थपका बेला भएको पाँच बुँदे सहमतीको कार्यान्वयन र राष्टिय सहमतीको नयाँ सरकार गठन लगायतका बिषयमा प्रमुख दलहरु बिच केहि दिन यता छलफल हुर्दै आएको छ ।

वाताबरण  विनास मानव निर्मित समस्या—प्रधानमन्त्री

काठमाण्डौँ, २२ जेठ । आज विश्व वातावरण दिवस । नेपालमा पनि  बाताबरण सरक्षणका लागी बृक्षरोप लगायत बिभिन्न  जनचेतना मुलक कार्यक्रम गरि मनाइएको छ । बिश्व वाताबरण दिबस मुल समारोह समितीको आयोजनामा आज राजधनाीको प्रज्ञाप्रतिष्ठानमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा वातावरणको संरक्षण, सम्वद्र्धन एवम् चेतनामूलक कार्यक्रमका साथ विश्वभर यो दिवस मनाइने गरिन्छ । हरितगृह ग्याँस उत्सर्जनमा औद्योगिक राष्ट्रहरू बढी जिम्मेवार भएपनि वातावरणीय विनास र जलवायु परिवर्तनको असर नेपाल जस्ता देशहरूले भोग्नु परिरहेको छ । नेपाल लगायत विकासोन्मुख र अलपविकसित राष्ट्रहरू विभिन्न प्रकारका वातावरणीय समस्याहरूबाट आक्रान्त बनिरहेका छन ।

यसैबिच प्रधानमन्त्री झलनाथ खनालले वातावरण दिवसकै अपवसरमा राजधानीमा आज आयोजित एक कार्यक्रममा शान्ति, सुशासन र स्थिरता नभएका कारण प्राकृतिक स्रोतको अव्यवस्थित दोहनका कारण वन–जङ्गलको विनाश र बाढि–पहिरोवाट जीविकोपार्जनमा प्रतिकूल प्रभाव परिरहेको बताउनु भएको छ । वातावरण संरक्षणमा अहिले ध्यान दिन नसक्दा सरकारले गरिरहेको विकास प्रयासबाट समेत वाञ्छित जनाताले लाभ लिन नसकेको खनालको भनाइ थियो । बहुसङ्ख्यक समस्याहरु वन क्षेत्रको विनाशसँग गाँसिएकाले प्राकृतिक स्रोतको व्यवस्थापनमा विशेष जोड दिनु थप आवश्यक हुन पुगेको प्रधामनन्त्री खनालको भनाइ थियो ।

विश्व वातावरण दिवस–२०६८ को अबसरमा आयोजित कार्यक्रममा वातावरण संरक्षण परिषद् एवम् जलवायु परिवर्तन परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खनालले गरिब जनताले जीविकाको लागि उपयोग गर्ने प्राकृतिक स्रोत–सम्पदाका प्रयोग गर्दा दीर्घकालसम्म पर्ने वातावरणीय प्रभावलाई सेरोफेरोमा बसेर अनुभूत गर्न नसक्नु चुनौती हुन पुगेको बताउनु भएको हो । उहाँले यी साझा समस्या र चुनौतिलाई सम्बोधन गर्न सरकारले जनसहभागितालाई कार्यगत रुपमा प्रोत्साहन दिने नीति तथा कानुन कार्यान्वयनमा ल्याएको स्मरण गनूृभयो । नेपाल सरकारले स्थानीय स्तरसम्मको संस्थागत विकासलाई विशेष प्राथमिकता दिंदै वातावरण संरक्षण–उन्मुख विकास कार्यक्रमलाई बढावा दिंदै आएको प्रधानमन्त्रीले बताउनुभयो ।

सोही कार्यक्रममा प्रधानमन्त्री खनालले जेठ १४ भएको पाँचबुँदे सहमति मुलुकलाई शान्ति, संविधान र राष्ट्रिय सहमति प्रदान गर्ने आधार भएकाले त्यसको कार्यान्वयनका निम्ति आफू दृढ प्रतिज्ञ रहेको बताउनुभएको छ । सहमति निर्माणको आधार सहित विकल्प तयार हुनासाथ सहमति अनुरुप राजीनामा गरेर मार्गप्रशस्त गर्न आफू सँधै तयार रहेको उहाँको भनाई तिथयो । तर त्यसका लागि मुलुकले शान्ति र संविधान प्राप्त गर्नैपर्नै खनालको भनाई छ । राष्ट्रिय सहमति बेगर शान्ति र संविधान प्राप्त गर्न नसकिने तथ्य बुझेर सबै जिम्मेवार राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

माओवादी अभैm लोकतान्त्रिक पार्टिमा रुपमान्तरण भएको छैन ः देऊवा

काठमाण्डौँ, २२ जेठ । का“ग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादी प्रजातान्त्रिक पार्टीमा अझै पनि रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेविसंघ स्ववियु परिषद्ले आज राजधानीमा गरेको अन्तरक्रियामा वरिष्ठ नेता देउवाले माओवादीले चन्दा असुली, घरजग्गा कब्जालगायतका गतिविधि जारी राखेको भन्दै प्रजातान्त्रिक पार्टीमा रूपान्तरण हुन नसकेको बताउनुभएको हो । उहा“ले माओवादी एकदलीय सोचबाट ग्रसित रहेको भन्दै यस्ता सोचबाट माथि उठेर बहुदलीय मुलधारमा आउन आग्रह गर्नुभयो । नेता देउवाले माओवादीको दोहोरो सुरक्षा प्रणालीबाट लडाकुलाई हटाउने निर्णय सकारात्मक भएको बताउनुभयो । उहा“ले माओवादी अहिलेकै सोचबाट प्रजातान्त्रिक पार्टीमा रूपान्तरण हुन भने अझै केही समय लाग्ने बताउनुभयो ।

मकवानपुरमा करेन्ट लागी तीन जनाको मृत्यु, ९ जना घाइते

मकवानपुरको बुढि चौरमा करेन्ट लागेर आज बिहान तीन जनाको मृत्यु भएको छ । बत्ति निभाउने  क्रममा अचानक हाइभोल्टेज विद्युत प्रवाह भएका कारण करेन्ट लागी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा सोहि ठाउँका जगत लाल तितुर र सुकदेब तितुर रहेका छन् भने अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । करेन्ट लागेर अन्य ९ जना घाइते भएका छन् । उनीहरु मध्ये चार जनाको अबस्था गम्भिर रहेको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको हामा्रे स्थानीय सहकर्मीले जनाएका  छन ।

अन्तराष्ट्रिय समाचार
भारतिय योग गुरु रामदेवद्धारा काँग्रेस प्रति आक्रोश ब्यक्त

दल्लीको रामलिला मैदानमा भष्ट्राचार विरुद्ध भोक हड्तालमा बसेका चर्चित भारतिय योगगुरु रामदेवले आफुलाइ प्रहरीले ज्यान मार्ने प्रयास गरेको बताएका छन् । अनसनमा बसीरहेको अवस्थामा एक्कासी राति प्रहरीले आफुलाइ मार्ने उद्येश्यले धरपकड गरेको र आफु महिलाको कपडा लगाएर रामलिला मैदानबाट बाहिरीनु परेको रामदेवले बताएका छन् । गएराति प्रहरीले पक्राउ पछि उनलाइ हेलिकप्टरबाट देहरादुन हुदैँ हरिद्धार स्थीत उनको योग शिविरमा पु¥याएर आज दिउँसो छाडेको थियो । भारत सरकारले रामदेवलाइ पन्ध्र दिनका लागी देल्ली प्रवेशमा समेत रोक लगाएको छ ।

रामदेवले हरिद्धारमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो अनसनमा भएको धरपकड आफुलाइ मार्ने उद्येश्यले रचिएको बतएका थिए । प्रहरीले मार्ने षड्यन्त्रपूर्वक सत्याग्रह स्थलमा आक्रमण गरेपछि आफू बाहिरिनका लागि महिलाको कुर्था लगाएको र आफूले घाँटीमा बेरेको सलले घिसार्दै पशुवत ब्यवहार गरिएको बाबा रामदेवको भनाइ छ । पत्रकार सममेलनमा रामदेवले आफूलाई मृत्यु देखि कुनै डर नभएपनि षड्यन्त्रपूर्वक केही भए त्यसको जिम्मा भारतिय कङग्रेस पार्टि र त्यसको नेतृ सोनिया गान्धीले लिनुपर्ने बताएका छन् ।

यसैबिच रामदेवको अनसनमा प्रहरीले राति गरेको धरपकड गरेको विषयमा भारतिय राजनिती तातेको छ । भारतिय जनता पार्टिले रामदेवको शान्ति पूर्ण अनसनमा प्रहरीले गरेको हस्तक्षेप लोकतन्त्र विरुद्धको कदम भएको प्रतिक्रिया दिएको छ । भाजपाले सरकारले रामदेवको अनसनमा गरेको धरपकडको विरोधमा भाजपाले देल्ली स्थीत राजघाटमा २४ घण्टे अनसन गर्ने भएको छ । भाजपाका अध्यक्ष नितिन गडकरीले अनसनमाथी काँग्रेसको प्रत्यक्ष निर्देशनमा धरपकड गरिएको बतएका छन् ।

त्यस्तै भाजपा नेता लालकृष्ण आणवाणीले अनसनमा भएको धरपकडको विषयलाइ लिएर संसदको आपतकालिन बैठकको माग गरेका छन् । उनले अनसन बस्न पाइने या नपाइने र यसको बैद्यता बारे छलफल हुनुपर्ने बतएका छन् । भारतको उत्तर प्रदेशको मुख्य मन्त्री मायादेवीले पनि प्रहरी कारवाहीको विरोध गरेकी छिन् ।
यता भारतिय प्रहरीले भने रामदेवलाइ पक्राउ बेला बल प्रयोग नगरिएको जनाएको छ । देल्ली प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि अनसनमा बसेका प्रर्दशनकारीले ढुङ्गा हानेपछि अश्रु ग्याँस प्रयोग गरिएपनि लाठी चार्ज नगरिएको स्पष्ट गरेको छ । 

यसैबिच सरकारले धरपकड गरी अनसन विथोलेपनि रामदेवले आज रातीबाट नै पुन सत्याग्रह सुरु गर्ने बताएका छन् । रामदेवले हिजो बिहान सात बजे देखी राजधानी दिल्ली स्थीत रामलिला मैदानमा लाखौँ जनताको उपस्थीतिमा हड्ताल सुरु गरेका थिए । र

खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग

काठमाण्डौँ, २२ जेठ । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपाल आर्मी क्लब बौद्ध फुटबल क्लबसँगसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा तुलनात्मक रुपमा बलियो मानिएको  आर्मीलाई बौद्धले कडा टक्कर दिदै गोलरहित बराबरीमा रोकेको थियो ।

यस्तै आजै भएको अर्काे खेलमा थ्रिस्टार विजयी भएको छ । उसले एनआरटीलाई १—० को झिनो अन्तरले पाखा लगाएको हो । ललितपुरे टोलीलाई जित दिलाउन अनिल ओझाले पेनाल्टी मार्फत गोल गरेका हुन् ।

उता शसस्त्र प्रहरीको खेल मैदान हलचोकमा भएको खेलमा मनाङ मस्र्याङदी क्लबले कोइलापानी पोलस्टार विरुद्ध प्रभावशाली जित दर्ता गरेको छ । मनाङले मोफसलको एक मात्र सहभागी टिम कोईलापनीलाई ७—३ को फराकिलो अन्तरले पाखा लगाएको हो । मनाङको जितमा नायक बनेका सन्तोष साहुखलले ह्याट्रिक पुरा गर्दै ४ गोल प्रहार गरेका थिए । यस्तै उसलाई फराकिलो जित सिजैना गर्न निराजन खड्काले २ तथा अनिल गुरुङले एक गोल गरेका थिए ।

यद्यपी खेलमा अग्रता भने कोईलापनीले लिएको थियो । खेल लाई नाटकीय रुपमा अघि बढाउने क्रममा कोईलापानीका लागि  सुन बहादुर पाख्रिनले खेलको ७ औ मिनेटमा नै गोल गरेका थिए । तर स्टार स्टा«ईकर अनिल गुरुङले १७ औ मिनेटमा नै गोल गर्दै मनाङलाई १—१ को बराबरीमा ल्याएका थिए । त्यसपछि पुन एकपटक कोईलापनीले मनाङका टासी छिरिङको आत्मघाती गोलमा अग्रता लिएको थियो । तर त्यसपछि मनाङले गोलको वर्षा गर्दे कोईलापनीलाई स्तब्ध बनाउँदै ७—२ को अग्रता कायम गरेको थियो । खेल सकि केहीबेर मात्र बबाँकी रहँदा कोईलपनीका लागि जङबु शेर्पाले हार अन्तरलाई ७—३ मा पुराएका थिए ।

No comments: