Monday, June 6, 2011

जेठ २३ गते २०६८

लडाकु समायोजनको कार्यतालिका तयार

Special  Comitte finalize maoist combatant  Integration Plan 
मनोज सत्याल
काठमाण्डौँ, २३ जेठ । सेना समायोजन विशेष समितिले माओवादीका पूर्व लडाकुहरुको समायोजन तथा पुर्नस्थापनाका लागि असार १० गतेसम्मको कार्यतालिका तयार गरेको छ । समितीको आज बानेश्वरमा बसेको बैठकले आउँदो २७ गते देखी मओवादी लडाकुका शिविरको अनुगनमनका लागी सचिवालय मातहत कर्मचारी खटाउने समेत निणर्य गरेको छ ।

विषेश समितीमा यसअघि भएको सहमति अनुरुप नेपाली सेना, माओवादी लडाकु, शशस्त्र प्रहरी र नेपाल प्रहरी सम्मिलित टोलीलाइ २१ वटा शिविरमा खटाउने निणर्य भएको हो । यसअघि विषेश समितीले लडाकुका शिविर अनुगनमनका लागीसबै सुरक्षा अगं र लडाकुहरुको तर्फबाट गरि १२६ जनालाइ नियुक्त गर्ने निणर्य गरेको थियो । यद्यपी आवश्यक सामाग्रीको अभावमा कर्मचारीहरु शिविर जान पाएका थिएनन् । 
  • कार्यतालिका अनुसार विज्ञहरुको टोली यहि जेठ २७ गतेसम्ममा पूर्व लडाकुहरु राखिएका शिविरमा जानेछन् । 
  • सार ५ गतेसम्म विषेश समितीले समायोजन गरिने विधी, प्रक्रिया र पदको टुङ्गो लगाइ समायोजन गरिने लडाकुको संख्या निर्धारण गर्ने  । 
  • तेस्रो चरण अन्र्तगत समायोजनको कामलाई तिब्रता दिन असार १० गतेसम्म १ सय २० कर्मचारीको भर्ना गरि समायोजन र पुनस्थापनामा जाने लडाकुको वर्गिकरण ।
    त्यसैगरि बैठकले आगामी असार १० गतेसम्म तीन चरणमा समायोजनमा जाने लडाकु वर्गिकरण सम्मको कार्यतालिका निमार्ण गरेको छ । कार्यतालिका अनुसार विज्ञहरुको टोली यहि जेठ २७ गतेसम्ममा पूर्व लडाकुहरु राखिएका शिविरमा जानेछन् ।

    त्यसैगरि आउँदो असार ५ गतेसम्म विषेश समितीले समायोजन गरिने विधी, प्रक्रिया र पदको टुङ्गो लगाइ समायोजन गरिने लडाकुको संख्या निर्धारण गर्नेछ । तेस्रो चरण अन्र्तगत समायोजनको कामलाई तिब्रता दिन असार १० गतेसम्म १ सय २० कर्मचारीको भर्ना गरिने विशेष समितिका संयोजक रहेका प्रधानमन्त्री झलनाथ खनालले जानकारी दिनुभयो । सेना समायोजन विशेष समितिको गत बिहिबार बसेको बैठकले समायोजन तथा पुर्नस्थापनाका लागि लडाकु वर्गिकरण गर्न चार वटा टोलीमा ३०÷३० जनाका दरले १ सय २० जना विशेषज्ञ कर्मचारीको भर्ना गर्ने निर्णय गरेको थियो ।

    मधेशी मोर्चाद्वारा सेनामा तत्काल १० हजार प्रवेश गराउन मागः

    काठमाण्डौ, जेठ २३ । पाँच मधेशबादी दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संबिधानसभाको म्याद थपका क्रममा प्रमुख तिन दलबिच भएको पाँच बुंदे सहमती इमानदारी पुर्वक कायान्वयन गर्न माग गरेको छ । सिंहदरबारस्थित मधेशी जनाधिकार फोरम लोकतान्त्रिको संसदीय दलको कार्यालयमा आज सम्पन्न मोर्चाको बैठकले पाँचबुदे सहमतिको इमान्दारि कार्यान्वयनले मात्र शान्ति र संविधान निर्माणमा मद्दत गर्ने ठहर गरेको हो । मोर्चाले सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा दिनुपर्ने निर्णय भएकोे फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले बताउनुभयो ।
    मोर्चाले नेपाली सेनामा मधेशी सामुदायबाट १० हजारजना समाबेश गराउनका लागि तत्काल ‘बिशेष इकाइ’ गठन गर्नपनि सरकारसँग माग गरेको छ । मधेशी सामुदायका तर्फबाट १० हजार जना सेनामा भर्ना नगरिए थप गरिएको ३ महिनामा संबिधान बन्न नसक्ने मोर्चाले चेतावनी दिएको छ । तत्कालका लागि दश हजारवाट सुरुगर्न ‘विशेष इकाइ’ गठनको माग राखिएको सद्भावना अध्यक्ष राजेन्द्र महतोले बताउनुभयो । पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले कंग्रेशले आफ्नो १० बुदे अडान त्यागेका कारण उसको नियतमाथि प्रश्नचिन्ह खडा भएको बताउनुभयो ।

    त्यसैको विरोध स्वरुप कागे्रसले बोलाएको सर्बदलीय बैठक मधेशी मोचर्ताले बहिस्कार गरेको उहाले बताउनुभयो । गच्छेदारले कंग्रेशले आफ्नो अडानमा यथावत रहन नसकेकाले शान्ति प्रक्रियाले पुर्णता पाउनेमा आशंका रहेको टिप्पणी गर्नुभयो । पछिल्लो समयमा माओबादीका नेताहरुले प्रयोग गर्दै आएको दोहोरो सुरक्षा प्रणाली हटाउने दलहरुले गरेको निर्णय सकरात्म भएपनि पर्याप्त नभएको मोर्चाको ठहर रहेको छ ।

    सिन्धुलीमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु , ३० भन्दा वढी घाइते

    सिन्धुली, चितवन र रौतहटमा भएका बिभिन्न दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । सिन्धुलीमा आज एक यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन । सदरमुकाम सिन्धुलीबाट चकमके जादै गरको ना ३ ख २६१४ नम्बरको बस रानीचुरी–७, तीनतलेमा दुर्घटना हुदा ४ जनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । वस विहान ११ः३० वजे करिव ८० मिटर तल खसि दुर्घटना भएको थियो । घाइतेमध्ये १३ जनालाई उपचारको लागि काठमाण्डौ ल्याइएको छ भने अन्यको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा कमलामाइ ६ की ३४ बर्षिय गंगा फुयाल , सिन्धुली बाहुनतिल्पुङ की १६ बर्षिय उषा देवकोटा, सुर्खेतका ३२ बर्षिय विरेन्द्र जि.सी. र डुडभञ्ज्याङ सिन्धुलीका वर्ष ११ का पुजन लामिछाने रहेका छन् । क्षमताभन्दा बढी यात्रु, साँगुरो र चिप्लो बाटो भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    यता चितवनको खैरहनी पर्सामा बस र ट्रक एक आपसमा ठोकीदा ३ जनाको मृत्यु भएको छ भने१५ जना घाईते भएका छन् । मृत्यु हुनेमा कठार १ का कालीबहादुर प्रजा, खैरहनी २ का बसचालक राजकुमार चौधरी र चितवनकै बिपिन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भण्डारा बाट नारायण गढ तर्फ आउदैं गरेको बा २ ख १५ नम्बरको बस र विपरित दिशावाट आउदैं गरेको ना २ ख ३४३८ नम्बरको ट्रक एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।

    यसैबिच रौतहटको विश्रामपुर ८ मा माटोको ढिस्कोले पुरिएर आज बिहान तीन जनाको मृत्यु भएको छ । घर लिप पोत गर्नका लागी माटो लिन स्थानिय चाँदीखोलामा गएका तीनै जनाको माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर आज बिहान ७ बजे मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा रमौली बैेरिया ७ का ४२ वर्षिया मगनी राउत,  १८ वर्षिय सेहरु राउत, र १२ वर्षिय रामबिकेश राउत रहेका छन् । ढिस्कोले पुरिएका तीनै जनाको शबलाई स्थानियवासीका सहयोगमा प्रहरीले बाहिर निकालेको थियो ।
    असार मसान्तमा बजेट ल्याउन सहयोगगर्न अर्थमन्त्रीको आग्रहः

    काठमाण्डौ, जेठ २३ । उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले असार मसान्तमा बजेट ल्याउन सहमति दिन विपक्षी दलहरुसंग आग्रह गर्नुभएको छ । बजेट ल्याउन सहमति खोज्दै आफूले नेताहरुको घरमा धाइरहेको उहाँको भनाइ थियो । व्यबस्थापिका संसदको सार्वजानिक लेखा समिति बैठकमा मन्त्री अधिकारीले असार मसान्तभीत्र बजेट ल्याउन असार सुरुदेखी नै पूर्बबजेट छलफल गर्नु जरुरी रहेको बताउनु भएको हो । मन्त्री अधिकारीले विपक्षी दलहरुको समेत सहमतिका आधारमा कार्यक्रम थपघटगर्न सकिने बताउनुभयो ।
    बजेट पारित गर्नमाढिलाइ भएका कारण चालु आर्थिक बर्षमा पूजीगतखर्च ४० प्रतिसत खर्च नहुने अबस्था आएको भन्दै नयाँ बजेट समयमै ल्याउनुपर्ने उहाँको भनाइ थियो । बैठकमा अर्थसचिव कष्णहरि बास्कोटाले चालु आर्थिक बर्षमा ३० अर्ब फ्रिज हुने अबस्था रहेको बताउनुभयो । फ्रिज हुन लागेको उक्त रकमलाइ प्रस्तावित उर्जा कोषमा पठाउने तयारी भएरहेको उहाँले बताउनुभयो ।

    बैठकमा सभासदहरुले आर्थिक बर्ष सकिन लाग्दा एउटा शीर्षकमा विनियोजित बजेत आर्कोतिर रकमान्तरण गरिएको भन्दै आपत्ति जनाएका थिए । चालु बजेटको १६ अर्ब ४१ करोड भन्दा बढि रकम रकमान्तर गरिएको तथ्याडंक अर्थमन्त्रालयले दिएपछि सभासदहरुले अपारदर्शी भएको भन्दै आपत्ति जनाएका थिए । मन्त्री अधिकारीले निरन्तरका योजना बाहेक अन्यमा कमान्तर नभएको दावी गर्नुभयो । यसबिषयमा समितिका भोली बस्ने बैठकले निर्णयगर्ने समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।

    हतियारको राजनीति त्याग ः राष्ट्रपति

    सिन्धुपाल्चोक (हेलम्बु), २३ जेठ । राष्ट्रपति डा. रामबरण यादवले हतियारको राजनीति त्यागेर बिचारको राजनीतिमा केन्द्रित हुन प्रमुख दललाई आग्रह गर्नुभएको छ । एकिकृत नेकपा माओबादी तर्फ लक्षित गर्दै राष्ट्रपति यादवले तत्काल हतियार व्यवस्थापन तथा लडाकु समायोजन गरी शान्ति प्रक्रियालाई पुर्णता दिन अग्रसर हुन आग्रह गर्नुभयो । हतियारको राजनीतिले मुलुकलाई फाइदा नपुग्ने उहाको भनाई थियो । सिन्धुुपाल्चोकको हेलम्बुमा बौद्ध गुम्बाको उद्घाटन गर्दै राष्ट्रपति यादवले शान्ति र संबिधान जनताको चाहाना भएकाले जनताको सम्मान गरेर सहमतीमा आउन दलहरुलाई आग्रह गर्नुभयो । जनआन्दोलन २०६२÷६३ कै कारण जनता रैतीबाट मालिक बनेको उल्लेख गर्दै उहाले जनताको त्यागबाट आएको परिबर्तनलाई संस्थागत गर्न राजनीतिक दलको प्रमुख भुमिका हुने बताउनुभयो । एक फरक प्रसङगमा राष्ट्रपति यादवले बौद्ध धर्मका कारण नेपालीहरुको इज्जत बिश्वमा उच्च गरहेको बताउनुभयो ।

    कग्रेश केन्द्रिय कार्यसमितीको बैठक

    काठमाण्डौँ, २३ जेठ । नेपाली कंग्रेशले कामचलाउ सरकारको रुपमा रहेको बर्तमान सरकारले महत्वपुर्ण निर्णय गर्न नहुने ठहर गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज बसेको केन्द्रिय कार्यसमितीको बैठकले यस्तो ठहर गरेको केन्द्रिय सदस्य एनपी साउदले जानकारी दिनुभयो । पछिल्लो समयमा सरकारले प्रहरी प्रमुखरुको सरुवा लगायतका बिभिन्न निर्णयहरु गरेको प्रति लक्षित गर्दै कंग्रेशले सहमतीको सरकार गठनका लागि राजीनामा दिन प्रधानमन्त्रि सहमत भइसकेका अवस्थामा यस्तो निर्णय गर्न नहुने जनाएको हो । यस्तै बैठकमा बैठकमा नियमाबली तयारी समितीका सयोजक अर्जुन नरसिह केसीले मस्यौदा नियमाबली पेश गर्नु भएको साउदले जानकारी दिनुभयो । नियमावलीमा जिल्ला समितीका बिधान सम्बन्धी पनि बिषयमा बस्तु समाबेश भएकाले सो नियमावलीका बारेमा आगामी २९ र २८ गते हुने जिल्ला सभापतिहरुको भेलापछि छलफल गरिने उहाले बताउनुभयो ।

    विवाद समाधानका लागी एमाले स्थायी समितिद्धारा प्रतिवेदन तयार

    काठमाण्डौँ, २३ जेठ । नेकपा एमाललेको स्थायी कमिटीले आगामी केन्द्रीय कमिटीको दशौं बैठकमा पाटीभित्रका विभिन्न विवादहरु समाधान गर्न एकिकृत मस्यौदा सहितको प्रतिवेदन पेश गर्ने भएको छ । आज एमाले मुख्यालय बल्खुमा भएको प्रमुख नेताहरुको छलफलले केन्द्री्रय कमिटीको विषेश बैठकका लागि सबै विवाद हल गर्नेगरी एकिकृत प्रतिवेदन स्थायी कमिटीका तर्फबाट प्रस्तुत गर्ने निर्णय भएको एमाले उपाध्यक्ष अशोक राईले जानकारी दिनुभयो । गत १८ गते सम्पन्न केन्द्रीय कमिटीले नेताहरुको कार्यविभाजनको जिम्मा स्थायी समितीलाई दिएको भएपनि आजको बैठकले कार्यविभाजनबारे केही निर्णय गरेन । बंगलादेश भ्रमणमा जानुभएका वरिष्ठ नेता माधवकुमार नेपाल बैठकमा उपश्थीत नहुनुभएकाले कार्यविभाजनबारे छलफल गरीएपनि उहा आएपछि मात्र यो विषयलाई टुङ्ग्याइने भएको छ । स्थायी कमिटीको अर्को बैठक पर्सी २५ गते ११ बजेका लागि डाकीएको छ ।

    अबको प्रधानमन्त्री बाबुराम भट्टराईः प्रवक्ता शर्मा

    काठमाडौ, २३ जेठ । एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले अबको प्रधानमन्त्री पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराई हुने दाबी गर्नुभएको छ । राजधानीमा आज अयोजित एक कार्यक्रममा प्रबक्ता शर्माले सरकारको नेतृत्व माओबादीको हातमा आए एकै मतले भट्टराइको नाम अनुमोदन हुने ठोकुवा गर्नुभयो । पार्टीभित्र र बाहिर सबैले चाहेको नेता भट्टराई नेतृत्वमा राष्ट्रिय सहमति सरकार छिट्टै बन्ने उहाको दावी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको नेतृत्व गर्ने भन्दा पनि शान्ति प्रक्रिया र संविधान निर्माणमा केन्द्रीत हने स्पष्ट उहाले पार्नुभयो । शर्माले शान्ति प्रक्रियालाई टुङगोमा पुर्याउन र संविधान निर्माण गर्न माओवादी प्रतिबद्ध भएको दोहोर्याउँदै अबको नेतृत्वमा माओवादीको दावी स्वभाविक भएको तर्क गर्नुभयो ।

    नेपाली काग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा कुनै पनि हालतमा सहमति नबन्ने भन्दै तत्काल राजिनामा दिएर सहमतिको सरकार निर्माणकोलागी बाटो खुल्ला गर्नु पर्ने बताउनुभयो । प्रधानमन्त्रि आफैले काम चलाउ भईसके भनेपछि एक मिनेट पनि पदमा बस्न नहुने दावी गर्दै खड्काले काम चलाउ सरकारले सरुवा , बढुवा, भर्ती जस्ता ठूला ठूला निर्णय लिनु मुलुककोलागी दुर्भाग्यपूर्ण हुने टिप्पणी गर्नुभयो । नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रदिप ज्ञावलीले काम चलाउको रुपमा रहेको सरकारलाई धेरै दिन राख्न नहुने भन्दै तत्काल दलहरुले सहमति गरेर यो सरकारलाई विदा दिनु पर्ने धारणा राख्नुभयो । प्रधानमन्त्रीले आफ्नो राजिनामामा आफै हस्ताक्षर गरिसकेको अवस्थामा प्रधानमन्त्रीलाई राजिनामा दिलाउन तत्काल सहमतिको आधार तय गर्न तर्फ दलहरु लाग्नु पर्ने उहाको भनाई थियो ।

    पत्रकार माथी भएको हमला विरुद्ध नेपाल पत्रकार महासंघद्धारा गृहमन्त्रीको ध्यानाकर्षण

    काठमाण्डौँ, २३ जेठ । गृहमन्त्रि कृष्ण बाहादुर महराले पत्रकारहरुलाई आक्रमण गर्नेलाई तत्काल कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पछिल्लो समयमा पत्रकारहरुमाथि भएका संघातिक हमलामा संलग्लाई कारबाहीको माग गर्दै गृहमन्त्रिलाई भेट्न गएका नेपाल पत्रकार महासंघको टोलीसँग उहाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । आक्रमणकारीहलाई किटानी जाहेरी दिन आग्रह गर्दै मन्त्रि महाराले दोषीलाई कानुनको कठघारामा ल्याएरै छाड्ने बताउनुभएको महासंघका अध्यक्ष शिव गाउलेले जानकारी दिनुभयो । मोरङको बिराटनगरमा पत्रकार खिलानाथ ढकाललाई युथफोर्सका कार्यकर्ताले निर्घात कुटपिट गरेको र धनुषामा पत्रकार सुरेश यादवलाई प्रहरीले नियन्त्रणमा लिई याताना दिएको लगायत सञ्चाकर्मीहरुमाथि हुने गरेका बिबिध घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरिएको अध्यक्ष गाउलेले बताउनुभयो ।

    यसैबिच बिराटनगरका पत्रकार खिलानाथ ढकाल माथि आक्रमण गरेको अभियोगमा प्रहरीले युथ फोर्स विराटनगरका अध्यक्ष रोहित कोइरालालाई पक्राउ गरेको छ । एमाले निकट युथफोर्सका नेता–कार्यकर्ता विरुद्ध समाचार लेखेको भन्दै ढकालमाथि गएराती युथफोर्सका कार्याकर्ताले गएराती निर्घात कुटपिट गरेका थिए । आक्रमनबाट गम्भीर घाइते ढकालको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

    अंगीकृत नागरिकताको लागि छिट्टै नीतिगत निर्णयः महरा

    काठमाण्डौँ, २३ जेठ । सरकारले वैबाहित अंगीकृत नागरिकता प्रदानकालागि छिट्टै नीतिगत व्यबस्था गर्ने बताएको छ । आमाको नामवाट समेत नागरिकता दिनुपर्ने संविधानमा रहेको व्यबस्था कार्यान्वयनवारे ध्यानाकर्षण गराउन गएका महिला सभासदहरुसंगको भेटमा सोमवार गृहमन्त्री कृष्णबहादुर महराले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सरकारले छिट्टै त्यसवारे छलफल गरेर नीतिगत व्यबस्थाको पहल गर्ने प्रतीवद्धता व्यक्ता गर्नुभयो ।

    जुम्लाकी नागरिकता पिडित गंगा नगरकोटिका छोराछोरीलाई नागरिकताको व्यबस्थागर्न मागगर्दै महिला सभासदहरु गृहमन्त्रीलाई भेटेका हुन् । जुम्लामा शिक्षकको रुपमा कार्यरत भारत दार्जिलिगका एक पूरुषसंग २६ बर्ष अघि विबाह गरेपनि गंगाका छोराछोरी र श्रीमानले नागरिकतावाट वञ्चित हुनुपरेको सांसद उषाकला राईले गृहमन्त्रिलाई जानकारी गराउनुभएको थियो । मन्त्री महराले यस्ता घटना मुलुकभर रहेका कारण मन्त्रीपरिषद बैठकवाटै नीतिगत निर्णय गरेर समस्या समाधानकालागि पहल गर्ने बताउनुभयको हो ।

    अन्तरिम संविधानको प्रावधान विपरित एकजना नेपाली महिलाका बालबच्चा ‘राज्यविहिन’ बन्ने अबस्था सृजना भएका कारण आफूहरुले उनिहरुको मागमा समर्थन जनाएको एमाले सभासद उषाकला राइले बताउनुभयो । भारतीय नागरिकता त्यागेको ८ बर्ष पुग्दा समेत नागरिकता नपाएको पिडित नगरकोटिले बताइन् । अन्तरिम संविधानमा नेपाली नागरिकसंग विवाह गरेका पूरुषले १५ बर्षपछि अंगीकृत नेपाली नागरिकता पाउने प्रावधान रहेको छ ।

    यसैबीच, तराई मधेश लोकतान्त्रिक पार्टीले नेपालमा जन्मेका कुनैपनि विदेशी नागरिकलाई अंगीकृत नागरिकता उपलब्ध गराउन सरकारसंग माग गरेको छ । सोमवार उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरालाई भेटेर तमलोपाले नेपालमा जन्मेका बिदेशी नागरिकलाई जन्मसिद्ध आधारमा अंगीकृत नागरिकता उपलब्ध गराउन माग गरेको हो ।

    तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीको नेतृत्वको टोलीले अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकलाई नागरिकता प्रमाणपत्र वितरणमा रोक लगाएको प्रती सरकारको ध्यानाकर्षण गराएको हो । सरकारले नेपालमा जन्मीएकै आधारमा बिदेशी नागरिकलाई नागरिकताको प्रमाणपत्र दिन नसकिने भन्दै हाल त्यो ब्यवस्था बन्द गरेको छ ।

    माओबादीकै कारण संबिधान बनेन ः ओली

    नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओवादीकै कारण तीन वर्षमा संबिधान बन्न नसकेको आरोप लगाउनु भएको छ । राजधानीमा आज आयोजीत एक कार्यक्रममा उहाले माओबादी अझै पनि नसच्चिए थपीएको तीन महिनामा पनि संबिधानको एकिकृत मस्यौदा जारी हुन नसक्ने दाबी गर्नु भयो । हतियार मोह त्यागेर माओबादी नागरीक पार्टीमा रुपान्तरण नभए सम्म शान्ति प्रक्रिया र संबिधान लेखन कार्यले गति लिन नसक्ने उहाको ठहर छ  । नेता ओलीले सरकारले ५ बुदे सहमती तत्काल कार्यान्वयन गर्नु पर्ने दोहो¥याउनु भयो ।

    एक अर्को फरक प्रसंगमा स्थायी समिति सदस्य ओलीले आफ्नै सहयात्री मीत्रले आफ्नो बिरुद्ध केन्द्रिय समिति बैठकमा बिरोध प्रस्ताब दर्ता गराएकोमा आश्चर्य प्रकट गर्नु भयो ।  एक हप्ता अघि सम्पन्न एमालेको केन्द्रिय कमिटी बैठकमा संस्थापन पक्षनिकट एमाले पोलिट्ब्यूरो सदस्य शुरेन्द्र पौडेलले ओली बिरुद्ध पार्टीएमा गुण्डागर्दी संकार बिकास गरेको लगायतका ११ बुदे प्रस्ताब दर्ता गराउनु भएको थियो ।

    एमाले सभासद् द्धारा संविधान निमार्णको कार्यतालिका सार्वजनिक गर्न सभामुख समक्ष आग्रह

    काठमाण्डौँ, २३ जेठ । नेकपा एमालेका युवा सभासद्ले अबको ११ हप्ताभित्र शान्तिप्रक्रियालाई टुंगोमा पु¥याइ नया“ संविधानको मस्यौदा तयार पार्ने कार्यतालिका ल्याउन दबाब कार्यक्रम सुरु गरेका छन् । यसैक्रममा उनीहरूले आज संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई भेटी संविधान निर्माणको कार्यतालिका बनाउन दबाब दिएका छन् । दलहरूस“ग छलफल गरी संविधान लेखनको कार्यतालिका तत्काल सार्वजनिक गर्न उनीहरूले सभाध्यक्ष नेम्बाङलाई आग्रह गरे । 

    एक–एक हप्तामा विशेष समिति र उपसमितिको मनिटरिङ गर्नुपर्ने र संविधान निर्माणको कार्यतालिका तत्कालै जारी गर्नुपर्ने माग गर्दै सभाध्यक्षको ध्यानाकर्षण गराएको युवा सभासद् रवीन्द्र अधिकारीले जानकारी दिनुभयो । यसैगरी संबिधान जारी नगरिएसम्म शिर्ष नेताहरुलाई उपत्यका बाहिर नजान निर्देशन दिन समेत माग गरिएको उहाले बताउनुभयो । शान्तिप्रक्रिया र संविधान निर्माण राजनीतिक दलहरूलाई सहयोग र खबरदारी दुवै आवश्यक रहेको भन्दै नेम्बाङले तत्काले शान्तिप्रक्रिया र संविधान निर्माणको काम अघि बढाउन नसके तीन महिनापछि मुलुक ठूलो दुघर्टनामा फस्ने धारणा रारणा राख्नुभयो ।

    अन्तराष्ट्रिय समाचार
    भारतिय काँग्रेस पार्टिका प्रवक्तामाथी जुत्ता प्रहारको प्रयास

    भारतिय काँग्रेस पार्टिका प्रवक्ता माथी आज एक पत्रकार सम्मलेनमा जुता प्रहारको प्रयास भएको छ । रामदेव प्रकरणको विषयलाइ लिएर काँग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा आफुलाइ नवसंचार पत्रिकाको पत्रकार बताउने ब्यक्तिले जुत्ता प्रहारको प्रयास गरेका हुन् ।

    पत्रकार सम्मेलनमा आफुले सोधेको प्रश्नको जवाफ नदिएको भन्दै ति ब्यक्तिले मञ्चमा उक्लिएर भारतिय काँग्रेस पार्टिका प्रवक्ता जनार्दन त्रिदेवीमाथी जुत्ता हान्ने प्रयास गरेका थिए । भारतिय संचार माध्यमहरुले जुत्ता हान्न प्रयास गर्ने ब्यक्तिको नाम सुनिल कुमार भएको बताएका छन् । यद्यपी राजस्थानबाट प्रकाशन हुने भनिएको उक्त नवसंचार पत्रिकाले भने सुनिल आफ्नो संवाददाता नभएको स्पष्ट गरेको छ । सुनिलले भने आफुले कुनै पनि किसिमको अनुचित काम नगरेको बताएका छन् ।

    सुनिलले सत्तारुढ भारतिय काँग्रेस पार्टिले देशमा प्रतिपक्ष नचाहेको भन्दै भाजपा कमजोर रहेको तथा रामदेव र अन्न्ना हजारेलाइ बलियो देखेर कारवाही गरिएको उल्लेख गर्दै के भारतिय काँग्रेस पार्टि प्रतिपक्ष चाहँदैन भन्ने प्रश्न सोधेका थिए । यद्यपी जुत्ता प्रहार गर्न गएका सुनिललाइ भारतिय संचारकर्मीहरुले रोकेका थिए ।

    यसैबिच भारतिय सत्तारुढ काँग्रेस पार्टिले जुत्ता प्रहार गर्ने ब्यक्ति भारतिय जनता पार्टिका कार्यकर्ता भएको आरोप लगाएको छ । काँग्रेस पार्टिका महासचिव दिग्गविजय सिंहले आक्रमण प्रयास गर्ने ब्यक्ति भाजपाले भएको भन्दै घटना सुनियोजित भएको बताएका छन् ।

    यता भारतिय जनता पार्टिले भने जुत्ता प्रहार गर्ने घटना निन्दनिय भएको भन्दै विरोधका लागी अपनाइएको यो घटना निन्दनिय भएको प्रतिक्रिया दिएको छ । भाजपाले यस्तो घटना जुनसुकै पार्टिका ब्यक्तिले गरेको भएपनि अनुचित भएको भन्दै कारवाहीको माग गरेको छ ।

    खेल समाचार
    शहिद स्मारक ए डिभिजन लिग
    शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा  बा“सबारी, फ्रेण्ड्स र ब्रिगेड ब्वाइज बिजयी भएका छन् । दशरथ रंगशालामा भएको पहिलो खेलमा बा“सबारी क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लव लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले आठ खेलको समाप्तिमा १९ अंक बटुलेको छ । जावलाखेलसंग समान अंक भए पनि मनाङ मस्र्याङदी क्लव गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । शीर्ष स्थानको पुलिसले भने आठ खेलबाट २२ अंक बटुलेको छ । यता बा“सबारी भने नवौ स्थानमा यथावत छ । 

    जावलाखेलका बिशाल राई बीले खेलको आठौ मिनेटमा कर्नर किक मार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएक थिए । यस्तै खेलको ५०औ मिनेटमा बिशाल राई एले काउन्टर एट्याकमा गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाएका थिए । यस्तै खेलका इन्जुरि टाईममा अफ्रिकी जेरार्डले गोल गर्दै जावलाखेलको जित निश्चित गरेका थिए । यता जावलाखेलका केहि डरलाग्दा आक्रमणलाई बचाउ गर्दै बा“सबारीका गोलकिपरले आफ्नो टोलीको संकट टारेका थिए ।  प्रतियोगिताको दाबेदार मानिएको थ्रीस्टार र आरसीटीलाई पराजित गर्द लिगमा सनसनी मच्चाएको बा“सबारीले आजको खेलमा पनि पोस्टमा केहि आक्रमण गरेको थियो । तर जावालाखेलको गोलकिपर बा“सबारीको लागि बधाक बनेका थिए । यता बा“सबारीको दुई प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

    यस्तै दशरथ रंगशालाको दोस्रो खेलमा युनाइटेडलाई ४–०ले पराजित गर्दै फ्रेण्ड्स क्लव लिगको दशौ स्थानमा उक्लिएको छ । फ्रेण्ड्सले आर्मी र एपीएफलाई पछि पार्दै १० अंक बटुल्दै दशौ स्थानमा उक्लिएको हो । यता एक खेलमा बराबरी खेलेको युनाइटेड भने पुछारबाट दोस्रो स्थानमा छ । फ्रेण्ड्सको जितमा  प्रकाश बुढाथोकीले पहिलो हाफको इन्जुरि टाइममा गोल गरेका थिए । यस्तै खेलको ४६औ मिनेटमा सुरेन्द्र तामाङले, ७८औ मिनेटमा सुवर्ण लिम्बुले र ८६औ मिनेटमा दुध राज भट्टराईले गोल गरेका थिए ।

    उता हल्चोक मैदानमा भएको खेलमा मन्छिद्र फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै ब्रिगेड ब्वाइजले आठ अंक बटुलेको छ । ब्रिगेड लिगको १३औ स्थानमा छ । यता मछिन्द्र भने लिगको रेलिगेशन जोनमा रहेको छ । तीन खेलमा बराबरी खेलको मछिन्द्रले अहिलेसम्म खेल जित्न सकेको छैन ।

    No comments: