Tuesday, June 7, 2011

जेठ २४ गते २०६८

भदौ १० गते सम्म समायोजन र पुनस्थापानामा जाने लडाकु वर्गिकरण सक्ने समितीको निणर्य

काठमाण्डौँ, २४ जेठ । सेना समायोजन विषेश समितीले आउँदो भदौ १० गते सम्म समायोजन र पुनस्थापर्नाको जाने लडाकुहरुको वर्गिकरण गरिसक्ने कार्यतालिका निमार्ण गरेको छ । 
Army Intregration, Nepal

समितीको आज बानेश्वरमा बसेको बैठकले संविधान सभाको तिन महिने कार्यकाल सँग मिल्दोजुल्दो हुने गरि भदौ १० गते सम्म समायोजन र पुनस्थापनामा जाने लडाकुहरुको वर्गिकण गर्ने निणर्य गरेको हो । यद्यपी समितीले माओवादी लडाकुका हतियार भने समायोजन सुनिश्चित अन्तिम समयमा मात्र सरकारलाइ बुझाउने निणर्य गरेको छ ।

बैठकपछि समितीका सदस्य समेत रहेका मधेशी जनाधिकार फोरम गणतान्त्रिका अध्यक्ष जेपी गुप्ताले असार १३ गते देखी भदौ १० गतेको बिचमा पुस्नस्थापना र समायोजनमा जाने लडाकुको वर्गिकरण गरिने जानकारी दिनुभयो । वर्गिकरण गरिएको लडाकुहरुलाइ चार वटा भिन्दा भिन्दै शिविरमा छुट्याइने गुप्ताले बताउनुभयो ।

मोडालिटी, समायोजनमा जाने लडाकुहरुको पद मिलान र संख्याबारे भने आउँदो बिहीबार बस्ने बैठकले टुङ्गो लगाउने गुप्ताले जानकारी दिनुभयो । त्यसअघि समितीको हिजो बसेको बैठकले समायोजन तथा पुर्नस्थापना जाने लडाकु वर्गिकरणका लागी असार १० गते भित्र चार वटा टोलीमा ३०÷३० जनाका दरले १ सय २० जना विशेषज्ञ कर्मचारीको नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार नै समितीले विषेशज्ञ टोलीले असार १३ गते देखी लडाकुको वर्गिकरण सुरु गर्ने निणर्य गरेको थियो ।

कार्यतालिका लडाकु रेखदेदखका लगाी विज्ञहरुको एक टोली यहि जेठ २७ गतेसम्ममा पूर्व लडाकुहरु राखिएका शिविरमा जानेछन् । त्यस्तै समितीले आउँदो असार ५ गते भित्र समायोजनमा अपनाइने विधि, प्रक्रिया र पदको टुङ्गो लगाइ समायोजन गरिने लडाकुको संख्या निर्धारण गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

अख्तियारद्वारा सुडान घोटाला प्रकरणमा (एपिसी खरिद) ३० भन्दा बढि प्रहरी अधिकारी माथी मुद्दा दायरः
Office of the Commission for Investagation of Abuse of Authority

काठमाण्डौँ, २४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडानमा खटिएको नेपाल प्रहरीलाई आवश्यक बन्दोबस्तीका सामान एपीसी खरिदमा भ्रष्टाचार गरेकोे अभियोगमा उच्च प्रहरी अधिकृतहरु सहित ३६ जनाविरुद्ध आज विषेश अदालतमा मुद्या दायर गरेको छ ।

अख्तियारले ३ पूर्व प्रहरी माहानिरिक्षक, २ बहालवाला एआइजी र ठेकेदार सहित ३६ जना बिरुद्ध मुद्धा दायर गरेको हो । आयोगका अधिकारीहरुको एक टोलीले आज बिशेष अदालत पुगी उनीहरुविरुद्ध मुद्धा दायर गरेका हुन् । मुद्धामा हाल प्रधानमन्त्रीका सुरक्षा सल्लाककार रहेका तत्कालिन प्रहरी महानिरिक्षक रमेशचन्द्र ठकुरी, पुर्वप्रहरी प्रमुखहरु हेमबहादुर गुरुङ तथा ओमबिक्रम राणालाई बिपक्षी बनाइएको छ । यसैगरी पूर्व बहालवाल एआइजीहरुमा मदन खड्का र अर्जुनजंग बहादुर शाहीलाई पनि अभियुक्त बनाइएको छ ।

अख्तियारले दायर गरेको मुद्यामा अभियुक्त बनाइएकाहरुमा तीन पूर्व एआइजी, दुइ बाहालवाला डिआइजी, तथा तिन पूर्व डिआइजी रहेका छन् । यस्तै एसएसपी ६ जना, पूर्व एसपी १, बहालवाला एसपी ६, कयममुकायम एसपी १, डिएपी ३, पूर्व डिएसपी १, इन्सपेक्टर ३ र एपीसीका ठेकेदार २ जना रहेका छन् ।

अख्तियारले केहीदिन अघि नै मुद्धा दायर गर्ने तयारी गरेपनि प्राबिधिक कारण देखाउदै आज मात्र मुद्धा दायर भएका हो । उच्च राजनीतिक दवावका कारण मुद्या दायर गर्न ढिलाई भएको समाचारहरु सार्वजनिक भए लगत्तै अख्तियारले आज मुद्या दायर गरेको हो । मुद्धामा पूर्व गृहमन्त्रिहरुलाई बिपक्षी बनाउने कि नबनाउने भन्ने विषयमा अख्तियारमा दबाब परेपछि मुद्या दायरमा ढिलाइ हुनुका साथै अख्तियार भित्रैकै अधिकारीहरु बिच समेत विवाद भएको थियो । राष्ट्रसघीय मिसन सुडानमा खटिएका प्रहरीका लागी प्रहरी कल्याण कोष बाट खर्चिएको ४५ करोड मध्ये ३१ करोड घोटाला भएको राज्य ब्यबस्था समितीको प्रतिबेदनलाई आधार बनाएर आयोगले अनुसन्धान गरेको थियो ।

आज दायर गरिएको मुद्यालाई अग्राधिकार सहित बहसमा ल्ययाईने विशेष अदालत निकट स्रोृतले जनाएको छ । उच्च पदस्थ सरकारी अधिकारीहरु विरुद्ध अख्तियारले दवावका बीच पनि मुद्या दायर गरेको हो ।

संसदमा बजेट पेश गर्न दिन अर्थमन्त्री अधिकारीद्धारा विपक्षि दलका नेता कोइराला समक्ष आग्रह

काठमाण्डौँ, २४ जेठ । असार मसान्त समम्मा बजेट ल्याउने तयारी स्वरुप सरकारले बिपक्षी दलहरुसँग परामर्श सुरु गरेको छ । यसैक्रममा अर्थमन्त्रि भरतमोहन अधिकारी यही असार मसान्तामा बजेट ल्याउने बिषयमा अवरोध नपु¥याउन प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेशका सभापति सुशिल कोइरालासँग आग्रह गर्नु भएको छ । अधिकारीले आज कोइरालालाइ उहाँकै निवासमा पुगि बजेट ल्याउनमा सहयोगका लागि आग्रह गर्नुभएको थियो ।
भेटपछि अधिकारीले असार २५÷२६ गतेतिर बजेट ल्याउनका लागि असारको पहिलो साताभित्र प्रिबजेट छलफल गर्नुपर्ने भएकाले प्रतिपक्षी दलसँग बजेट ल्याउन सहयोगका लगाी आग्रह गरिएको बताउनुभयो । बजेट ल्याउने समयमा जुन सरकार भएपनि बजेट जारी गर्नका लागि आफुले प्राबिविधिक प्रक्रिया सुरु गर्दै जाने उहाको भनाई थियो ।सभापति कोइरालाले भने सबै प्रतिपक्षी दलसँग छलफल गरेरमात्र निर्णय गर्न अधिकारीलाइ सुझाव दिनुभएको थियो ।

युनिटि प्रकरणवारे जानकारीलिन मन्त्रीहरुलाइ लेखाले बोलायोः

काठमाण्डौ, जेठ २४ । व्यबस्थापिका संसदको सार्वजानिक लेखा समितिले बहुचर्चीत युनिटि लाइफ ठगी काण्डको छानविन प्रगतिवारे विभिन्न मन्त्रालयका मन्त्री र सचिवलाइ समितिमा बोलाउने निर्णय गरेको छ । संसद सचिवालय सिंहदरवारमा आज बसेको बैठकले युनिटि ठगी प्रकरणको छानविन सम्बन्धमा सरोकारवाला मन्त्रालयका अधिकारीसंग जानकारी लिने निर्णय गरेको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।
समितिले परराष्ट्रमन्त्री र सचिव तथा कानून मन्त्री र सचिव एवं उद्योग मन्त्रालयका सचिवलाइ यही जेठ ३१ गते ११ बजे समितिमा बोलाएको छ । यस्तै अर्थमन्त्री र सचिव तथा गृहमन्त्री र गृहसचिव एवं मुख्यसचिवलाइ असार १ गते समिति बैठकमा बोलाउने निर्णय भएको यादवले बताउनुभयो । बैठकमा धनराज गुरुङ, रवीन्द्र अधिकारी, नारायण दाहाल लगायतले छानविन प्रभावकारी नभएको आरोप लगाएका थिए । सभासद हृदयश त्रिपाठीले युनिटि ठगी प्रकरण राज्यद्वारा प्रोत्साहन गरिएको ठगिको नमुना भएको आरोप लगाउनुभयो । सभासद नारायण दाहालले युनिट प्रकरणमा ठगिएका जनतालाइ राज्यले क्षतिपूर्ती दिनु पर्ने माग गर्नुभयो । बैठकमा गृहसचिव लीलामणि पौडेलले युनिटिलाई पुनः कानूनको दायरामा ल्याउन सक्ने संभावना रहे पहल गर्ने बताउनु भएको थियो ।
यसैबीच, लेखा समितिले आर्थिक बर्षको अन्त्यमा रकमान्तर गर्ने कार्य रोक्न निर्देशन दिएको छ । उपप्रधान एवं मन्त्री भरतमोहन अधिकारीसंगको छलफलपछि लेखाले ‘औचित्यपूर्ण’ बाहेकका आयोजनामा कानून सम्मत बाहेक रकमान्तर नगर्न निर्देशन दिएको हो । लेखाले गैर सरकारी संस्थालाइ कुनैपनि किशिमको अनुदान नदिन समेत सरकारलाइ निर्देशन दिएको छ ।

महत्वपूर्ण निर्णय नगर्न कग्रेशद्धारा प्रधानमन्त्रिलाई आग्रह

नेपाली कग्रेशले दलहरुबिच भएको पाँच बुँदे सहमती अुनसार वर्तमान सरकार कामचलाउमा परिणत भइसकेकोले दीर्घकालीन प्रभाव पर्ने कुनै पनि निर्णय नगर्न प्रधानमन्त्री झलनाथ खनाललाई आग्रह गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी काँग्रेश महामन्त्री प्रकाशमानसिंह लगातयका नेताहरुले यस्तो आग्रह गरेका हुन् । काँग्रेस केन्द्रीय समितिको हिजोको बैठकले सरकारले गरेको विभिन्न राजनीतिक नियुक्ती र सरुवा  बढुवाको निर्णयप्रति गम्भीर ध्यानकाषर््ाण भएको जनाउदै सरकारलाई यसप्रकारका निर्णय नगर्न आग्रह गरेको थियो । भेटमा पाँच बुँदे सहमति अनुरुप राष्टिय सहमतिको सरकार गठनका लागि राजीनामा दिन काँग्रेसले प्रधानमन्त्रीसंग आग्रह गरेको थियो । भेटपछि पत्रकारस्रंग कुरागर्दै काँग्रेस महामन्त्री सिंहले सरकारलाई दीर्घाकालीन असर पर्ने निर्णय नगर्न र त्यस्तो निर्णय अघि विपक्षी दलहरुसंग पनि परामर्श गर्न आगह गरेको जानकारी दिनुभयो ।

पाँचबुदे सहमतिको आफूखुसी व्याख्याः

संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमति कार्यान्वयनको बिषयलाइ प्रमुख दलहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष सयमा दलहरुले पाँचबुदे सहमति कार्यान्वयनमा एकआर्को दल गम्भीर नभएको आरोप लगाएका हुन ।

विपक्षी नेपाली कागे्रस संसदीय दलका उपनेता प्रकाशमान सिंहले पाँचबुदे सहमतिको इमान्दारी पूर्वक कार्यान्वयनले मात्र शान्ति र संविधान सुनिश्चित गर्ने बताउनुभयो । १२ बुदे सहमतिदेखी हालसम्मका समझदारी कार्यान्वयन नभएका कारण शान्ति र संविधान निर्माण प्रक्रिर्याले अपेक्षित प्रगतिगर्न नसकेको बताउनुभयो । उहाँले पाँचबुदे सहमतिले राष्ट्रिय सहमति कायमगर्न प्रधानमन्त्रीले राजीनाम गर्ने बिषय व्यबस्थापिका संसदले अनुमोदन गरिसकेका कारण कामचलाउ सरकारले दीर्घकालिन महत्वका निर्णय गर्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्रीको वोलीमा शान्ति र संविधानको अर्जुन दृष्टि भएपनि त्यसअनुरुपको व्यबहार नभएको आरोप लगाउनुभयो । एकीकृत नेकपा माओवादीका दीनानाथ शर्माले पाँचबुदे सहमति अनुसार माओवादीले दोहोरो सुरक्षाको अन्त्यगरि सबै लडाकूलाइ क्यान्टोनमेण्टमा पठाएर शान्ति र संविधान निर्माण प्रति गम्भीर भएपनि कागे्रस लगायतका दलहरु यसमा गम्भीर नभएको बताउनुभयो ।

नेकपा एमालेका रामनाथ ढकालले राष्ट्रिय सहमति नभइ प्रधानमन्त्रीले रानीनमा दिए फेरिपनि बहुमतको सरकार बन्ने दावीगर्दै सहमति पछिमात्र राजीनामा गर्नुपर्ने बताउनुभयो । ‘हामीले राष्ट्रिय सहमति गरेर प्रधानमन्त्रीलाइ बाटो खोलिदिन सक्द्रनौ उनले प्रश्न गरे– सहमति नभइ प्रधानमन्त्रीले रमजीनामा दिए फेरिपनि गत बर्षकै हालत दोहोरिने छ ।’

त्यसअघि बैठकको सुरुमै सभामुखसंग समय लिएर दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानले आफूहरुका माग संवोधन गर्नकालागि सरकारले पहल नगरेको आरोप लगाउनुभयो । उहाँले संसदमा समावेशी विधेयक ल्याउने लगायत आफूहरुका मागप्रति वेवास्था गरिए भोलीदेखी संसद बैठक सुचारु हुन नदिने बताउनुभयो । संसदको शून्य समयमा नेपाली कागे्रसका पुरुषोत्तम बस्नेतले तीन महिनामा संविधानको एकीकृत मस्यौदा बनाउन नसकिए मुलुक अराजकतामा फस्ने भएकोले समयमै संविधान निर्माणमा दलहरु गम्भीर बन्ुन पर्ने बताउनुभयो । व्यबस्थापिका संसदले कानून तथा न्यायमन्त्री प्रभू शाहले देवानी कार्याविधि संहिता स्वीकृत गरेको छ ।

लडाकुहरुको विदाइ सम्पन्न, चिवन पुगे माओवादी नेताको सुरक्षामा खटिएका माओवादी लडाकुहरु 

एकिकृत नेकपा माओबादीका नेताहरुको सुरक्षामा खटिएका लडाकू दोस्रो चरणमा आज चितवनको शक्तिखोर फर्किएका छन् । उपाध्यक्ष, महासचिव, सचिव, स्थायी समिति र पोलिटब्युरो सदस्यका सुरक्षामा खटिएका ६६ लडाकू हतियारसहित शक्तिखोरस्थित तेस्रो डिभिजन मुख्यालय फर्किएका हुन् । डिभिजन कमाण्डर सन्तु दराई को नेतृत्वमा शक्तिखोर आईपुगेका लडाकुहरुले शिविर प्रवेश लगतै हतियार एकै ठाउमा वुझाएका थिए । हाल शिविर सुरक्षाका लागि हतियार वाहिरै रहने र पछि कन्टेनरमा राखिने डिभिजन कमाण्डर दराईले जानकारी दिनुभयो । 

यसअघि अध्यक्षको सुरक्षार्थ खटिएका ४४ लडाकु गत अस्ति र ५ लडाकू हिजो डिभिजन मुख्यालय गएका थिए । जनसेनाको फिर्तिसगै अध्यक्ष प्रचण्ड सहितका माओवादी नेताहरुको सुरक्षाको जिम्मा प्रहरीले लिएको छ । प्रचण्डको सुरक्षाका लागि शशस्त्रको ५० र जनपद प्रहरीको २० जना खटाईएको छ । संविधानसभाको म्याद थपअघि दलहरुबीच भएको मौखिक सहमतिका आधारमा माओवादी पदाधिकारी बैठकले गत साता दोहोरो सुरक्षा अन्त्य गर्ने निर्णय गरेको थियो । माओवादी शीर्ष नेतादेखि पोलिटब्युरो सदस्यसम्मको सुरक्षामा १ सय ६ लडाकू सहित अनमिनद्वारा प्रमाणीकरण गरिएका साना ठूला गरी ९६ थान हतियार तैनाथ गरिएको थियो ।

सेनामा मधेसी प्रवेशका लागि नयाँ भर्ना खोल्न फोरम लोकतान्त्रिकको माग

ललितपुर, २४ जेठ । मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिकले संबिधान सभाको म्याद थपको क्रममा भएको पाँचबुंदे सहमती अनुसार प्रधानमन्त्रिलाई राजीनामा दिन आग्रह गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज सम्पन्न केन्द्रिय समितीको बैठकले सम्झौताअनुरुप राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्नेमा जोड दिएको कार्यालय सचिव परमानन्द मेहताले जानकारी दिनुभयो । बैठकमा संविधानसभाको म्याद थपपछिको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै दलहरूबीचको पछिल्लो पाँचबुँदे सम्झौता कार्यान्वयन नभएकोप्रति आपत्ति समेत जनाएको छ ।

फोरम लोकतान्त्रिकले संयुक्त मधेसी मोर्चाले हिजो निर्णय गरेको नेपाली सेनामा १० हजार मधेसीको प्रवेशलाई चाँडो कार्यान्वयनका लागि नयाँ भर्ना प्रक्रिया थालनी गर्न माग गरेको मेहताले जानकारी दिनुभयो । 

आईएलओको गभर्निङ कमिटीमा नेपाल बिजयी

अन्तराष्टिय श्रम सगठन आईएलओको गभर्निङ कमिटीमा नेपाल बिजयी भएको छ । नेपालको  प्रतिनिधीत्व गर्दै नेपाल ट्रेडयुनियन महासघ जिफन्टले आईएलओ कमिटीका लागी श्रमिकहरुका तर्फ बाट सभासद बिन्दा पाण्डेलाई उमेदवार बनाएको थियो । गएराती भएको चुनाबमा खसेको १ सय २७ मत मध्ये ९४ मत पाएर पाण्डे बिजयी हुनु भएको हो । पाण्डे आईएलओमा प्रतिनिधीत्व गर्ने दक्षिण एशियाकै पहिलो महिला हुनुहुन्छ । आईएलओको गभर्निङ कमिटीमा तीन प्रकारका गरेर १ सय ८८ सदस्य हुनेमा नेपालले ६६ सदस्य रहने डेपुटी मेम्बरमा उमेदवारी दिएको थियो । स्वीजरल्याण्डको जेनेभामा जारी एक सयौै अन्तराष्टिय श्रम सगठनमा एसिया तथा प्रशान्त  क्षेत्रका लागी छुट्टयाइएको सिटमा नेपाल सँगै चीन, भारत, न्युजिल्याण्ड, जपान, पाकिस्तान, बहराईन तथा इन्डोनेशियाका ट्रेडयुनियनहरुले उमेदवारी दर्ता गराएका थिए ।

विद्युत् प्राधिकरणविरुद्ध मुद्दा दायर

विराटनगर, २४ जेठ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमावलीविपरीत विद्युत् महसुल लिएको विरोधमा प्रगति टेक्सटायल इष्डट्रिज प्रालि खनार सुनसरीले पुनरावेदन अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । विद्युत् प्राधिकरण दुहवी वितरण केन्द्रले विद्युत् विनियमावली २०५५ विपरीत डाटा डाउनलोडको नाममा रु ८० लाख महसुल लिएकोमा फिर्ताको माग गर्दै अदालतमा मुद्दा दायर गरेको सो उद्योगले जनाएको छ ।

प्रगति टेक्सटायलका व्यवस्थापक प्रदीप निरौलाले आफ्नो उद्योगले कुनै किसिमको विद्युत् चुहावट तथा अनियमितता नगरेको र समयमा महसुल बुझाइरहेको उल्लेख गर्दै डाटा डाउनलोडको नाममा मिटर जडान भएको सातवर्षपछि एक्कासि महसुल माग्नु न्यायोचित नभएको बताउनुभयो । 

अन्तराष्ट्रिय समाचार
आक्रमणमा १२० सुरक्षाकर्मी मारिए

बेरुत, २४ जेठ । सिरियाको उत्तरी भागमा प्रदर्शनकारीको आक्रमणमा परी १ सय २० जना सिरियन सुरक्षाकर्मी  को मृत्यु भएकोे छ । ४० वर्षदेखि शासन गरिरहेको सिरियन राष्ट्रपति बसिर असाद र उनका परिवारविरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीहरूसँग भएको झडपमा सुरक्षाकर्मीको मृत्यु भएको सिरियाली अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । गत मार्च महिना देखि सुरु भएको सरकार बिरोधी प्रर्दशनमासुरक्षाकर्मी माथि प्रर्दशनकारी बाट हमला भएको यो पहिलो ठुलो हमला हो ।

प्रर्दशनकारीहरुले जिस्र अल सुगुर शहरमा रहेको कतिपय सरकारी कार्यालयमा आगजनी गर्न थाले पछि सर्बसाधारण नागरिकको जिउधनको सुरक्षा र सरकारी सम्पतीको थप क्षति हुन नदिन भन्दै त्यसतर्फ गएको र सुरक्षााकर्मी माथि हतियार बोकेका प्रर्दशकारीहरुले ढुकेर आक्रमण गरेको  अन्तराष्टिय सचारमाध्यमहरुले जनाइएका छन । सिरिया सरकारले भने उक्त आक्रमण सशस्त्र हतियारधारी समूहले गरेको दाबी गरेको छ । सिरियामा भइरहेको जनआन्दोलनको क्रममा देशभरि लगभग एक हजार २०० भन्दा बढी सिरियन नागरिकको जान गुमाइसकेको जनाइएको छ ।

खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग

काठमाण्डौँ, २४ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगितामा शीर्ष स्थानमा रहेको नेपाल पुलिस आज गोलरिहत बराबरीमा रोकिएको छ । हालसम्म अपराजित रहेको पुलिसलाई आज अर्काै विभागीय टोली सशस्त्रको एपिएफ क्लबले बराबरमिा रोकेको हो । दशरथ रङगशालामा भएको खेलमा पुलिसका स्टा«ईकरहरुलाई सशस्त्रका डिफेन्डरहरुले हैरान पारेका थिए ।

यस्तै आजै दशरथ रङगशालामा सम्पन्न दोस्रो खेलमा थ्रिस्टारले बौद्धलाई १—० ले पराजित गरेको छ । निकै नै तनावपूर्ण बनेको खेलमा ललितपुरे टोलीले पेनाल्टीमा गोल गरेका थिए । बौद्धका डिफेन्डरले थ्रिस्टारका राजकुमार घिसिङलाई डिबक्समाम लडाएपछि दिएको पेनाल्टीमा बौद्धका समर्थकले केहिबेर रङगशालामा तनाव समेत सिर्जना गराएका थिए । जसका कारण खेल केहीबेर अवरुद्ध समेत भएको थियो । पेनाल्टीलाई स्वयम् राजकुमार घिसिङले गोलमा परिणत गर्दे टोलीलाई जित दिलाएका थिए ।

उता सशस्त्र प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा न्यूरोड टिम एनआरटीले कोइलापानी पोलस्टार लाई ३—० ले हराएको छ । उसको जितमा राजिव गुरुङ,एलोन ब्लाकी र रोशन लामिछानेले १—१ गोल गरेका थिए ।

No comments: